Saturday, June 27, 2020

नेपाल भारत सम्वन्ध रोटीबेटीको होइन् चेलिबेटी बेचबिखनको होः डा. पोखरेल

https://www.corporatenepal.com/2020/06/186311/
नेपाल भारत सम्वन्ध रोटीबेटीको होइन् चेलिबेटी बेचबिखनको होः डा. पोखरेल कर्पोरेट नेपाल ,   ११ असार २०७७, बिहीबार, ०७:०३ pm    काठमाडौं । एकजना विश्लेषकले नेपाल र भारतबीचको सम्वन्ध रोटीबेटीको नभई चेलिबेटी बेचबिखनको भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै डा. अम्बरिश पोखरेलले हजारौं नेपाली चेलीहरुलाई मुम्बईका कोठीहरुमा बर्षौंदेखि नारकीय जीवन बिताउन बाध्य बनाउने नेपाल र भारत दुवै हुन भन्दै यस्तो स्थितिमा दुई देशको सम्वन्ध रोटीबेटीको हुननसक्ने बताए । डा. पोरखेल भन्छन्ः नेपाल र भारत बीच चेलिबेटी बेचबिखनको सम्बन्ध हो, रोटीबेटीको होइन । १. सत्तरी हजारभन्दा बढी सोझा नेपाली चेलीहरुलाई बम्बैंका कोठीहरुमा वर्षौंदेखि नारकीय जीवन बिताउन बाध्य गर्ने गराउने नेपाल सरकार र भारत सरकार दुवै हुन् । २. उनीहरूको बेचविखनमा नेपाल सरकारका अधिकारीहरु अघोषित रुपमा दलालहरुसँग मिल्ने गरेको कुरा वर्षौंदेखि सबै नेपालीहरुलाई थाहा नै छ । अझ आजभोलि त ठूला पार्टीका वरिष्ठ नेताहरुले बेचविखनमा संग्लग्न दलालहरुको संरक्षण गरेको भनेर बारम्बार रूपमा समाचार आइरहन्छ । केही समयअघि मात्र नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको समाचार आएको थियो । ३. अहिलेसम्म नेपालको कुनै पनि सरकारले ती नेपाली चेलीहरुलाई त्यहाँबाट छुटाएर नेपाल ल्याउने सम्बन्धमा भारतीय सरकारसँग संवाद गरेको समेत सुनिएको छैन । ४. नेपालमा रहेका नारी मुक्ति वा नारी अधिकारका वा पितृसत्ता हाम्रो दुस्मन हो भनेर ठूलो ठूलो स्वर गर्ने ठूला पार्टीहरूका ठूली नेतिहरु समेतले आवाज विहिनहरुको आवाज भएर संसद वा बाहिर बोलेको र लेखेको सुनिएको छैन किन होला ? ५. के उनीहरूलाई भारतीय सरकारले आफ्नो देशको नागरिकता दिएर ती कोठीहरुमा राखेको हो ? के नेपाल सरकारले कहिल्यै उनीहरूलाई नागरिकता देऊ भनेर भारतसँग कुरा गरेको सुन्नु भएको छ ? के उनीहरूको उद्दार गर्ने समाचार सुनिएको छ ? अहँ, अहिलेसम्म सरकारी स्तरमा सुनिएको छैन । लेखकले आफ्नो टिप्पणीलाई परिवर्तन गरेअनुसार समाचार पनि अपटेड गरिएको

Read more at: https://www.corporatenepal.com/2020/06/186311/

No comments:

Post a Comment