प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
Thursday, September 26, 2019
सुन्दर यातायातका बस खरीदमा ७५ प्रतिशत फाइनान्स सुविधा
काठमाडौं । चिनियाँ विद्युतीय बस
उत्पादक कम्पनी बिएकेको नेपालका लागि आधिकारिक विक्रेता सुन्दर यातायात
ट्रेडर्स प्रालिले विद्युतीय बसको बुकिङ खोलेको छ । कम्पनीले दशैं र
तिहारलाई लक्षित गरी ७५ प्रतिशत फाइनान्स सुविधासहित बुकिङ खोलेको हो ।
सुन्दर यातायातले १२ मिटर लम्बाइ भएका बसको
मूल्य रू. १ करोड ७२ लाख ३५ हजार, साढे १० मिटरका बसको मूल्य रू. १ करोड ६२
लाख र साढे ८ मिटरका बसको मूल्य रू. १ करोड ५५ लाख ३५ हजार तोकेको छ ।
सुन्दर यातायात प्रालिअन्तर्गत काठमाडौं
चक्रपथमा चारओटा विद्युतीय बस सञ्चालन भइरहेका छन् । हाल नयाँ बसको विक्री
शुरू भइसकेको जानकारी सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले दिए ।
‘हामीले दशैंतिहारको विशेष योजनासहित फाइनान्समा विक्री खोलेका हौं,’ उनले
भने, ‘जसअन्तर्गत २५ ओटा बस बुकिङ भइसकेका छन् ।’
थापाका अनुसार गाडी बुक भएको ३ महीनाभित्र
कम्पनीले खरीदकर्तालाई गाडी उपलब्ध गराउनेछ । उनका अनुसार तत्काल बसको
मात्र विक्री शुरू गरे पनि सुन्दरले नेपालका छिट्टै बीएकेका कारको विक्री
पनि शुरू गर्नेछ ।
No comments:
Post a Comment