प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
विश्व
स्वास्थ्य संठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा
बर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन् । जसमध्ये करिब एक
हजारले ज्यान गुमाउने गरेका छन् । नेपालका २६ जिल्ला सर्पदंशबाट अति
प्रभावित छन् । सर्पदंशबाट बच्न यस्ता छन् उपाय :
कमल देवकोटा प्राणीशास्त्री/सर्पविज्ञ
सर्पले आफूलाई खतरा महसुस भएमा मात्र
मानिसलाई टोक्ने वा आक्रमण गर्ने गर्छ । जब मानिसले झुक्किएर वा जानाजान
सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षास्वरूप टोक्न पुग्छ ।
अधिकांश सर्पदंशका घटना समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा हुने
गर्छ ।
जोगिने उपाय
सर्पलाई जथाभावी रूपमा समात्न खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन ।
घरवरिपरि सर्प बस्न सक्ने सम्भावित ठाउँजस्तै दाउराको चाङ, काठ, पराल,
इट्टा, ढुंगा आदि वेलावेलामा सफा गरिराख्नुपर्छ । घरको वरिपरि दुलो छ भने
त्यसलाई तुरुन्त टालिहाल्नुपर्छ । साना केटाकेटीले खेल्दाखेल्दै सर्प बस्न
सक्ने सम्भावित ठाउँमा हात हाल्न सक्ने भएकाले उनीहरूलाई सावधान हुन
सिकाउनुपर्छ । घरभित्र मुसा छिर्न दिनुहुँदैन । कुखुरा, हाँस, परेवा आदिको
खोर पनि घरभित्र बनाउनुहुँदैन ।
सर्पले टोकेमा
नआत्तिनुहोस्, नडराउनुहोस् र बिरामीलाई सान्त्वना दिनुहोस् । बिरामीलाई
आरामदायी र सुरक्षित तरिकाले पल्टिन लगाउनुहोस् । कसिने गरी लगाएको लुगा वा
गहना खोलिदिनुहोस् । टोकेको हात वा खुट्टालाई हलचल हुन नदिई स्थिर
राख्नुहोस्, यसका लागि स्प्लिन्ट वा स्लिङको प्रयोग गर्न सकिन्छ ।
टोकाइको अवस्था हेरी धेरै कसिलो नहुने गरी
ब्यान्डेज प्रयोग गर्नुस् । प्रेसर इमोबिलाइजेसन ब्यान्डेजिङ (पिआइबी)
उपलब्ध नभएको अवस्थामा लोकल कम्प्रेसन प्याड इमोबिलाइजेसन (एलसिपिआई)
अर्थात् कपडाको टुक्रालाई ब्यान्डेजका रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।
बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुहोस् ।
सर्पले टोकेको वेलामा के नगर्ने ?
समय खेर फाल्नुहुँदैन । टोकेको हात वा खुट्टा हलचल गराउनुहुँदैन,
दौड्नुहुँदैन । टर्निक्वेटले कसेर बाँध्नुहुँदैन । टोकेको ठाउँ काट्ने,
जलाउने र चुस्ने गर्नुहुँदैन । टोकेको ठाउँ चिरेर रगत झार्ने गर्नुहुँदैन ।
टोकेको ठाउँमा मलम वा जडीबुटी लगाउनुहुँदैन । पोटासियम परम्याग्नेटको
प्रयोग गर्नुहुँदैन । विद्युतीय झट्का दिने काम गर्नुहुँदैन । कुनै पनि
आर्युवेदिक वा अन्य औषधि डाक्टरको सल्लाहविपरीत प्रयोग गर्नुहुँदैन ।
तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।
No comments:
Post a Comment