प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
सरकारले तोकेकै भाडामा बुक गर्ने सुविधा http://bussewa.com/
Sep 24, 2019
यातायात
अभियान संवाददाता
काठमाडौं । टिकट एजेन्सी कम्पनी ‘बस सेवा’ले आइतवारदेखि अनलाइन
टिकट बुकिङ सेवा शुरू गरेको छ । सरकारले अग्रिम टिकट खोलेकै दिन कम्पनीले
अनलाइन मार्फत टिकट बुकिङ खोलेको हो । सेवाग्राहीले थप शुल्कविना सरकारले
तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।
दशैंमा २५ लाखभन्दा बढी मानिस राजधानीबाट बाहिरिने गरेका छन् । यसैको
व्यवस्थापनका लागि सरकारले हरेक वर्ष टिकट बुकिङ खोल्ने गरेको छ । तर टिकट
बुकिङ व्यवस्थित बन्न नसक्दा रातिदेखि नै मानिसहरू काउन्टरमा लाइन लाग्न
पुग्ने गरेका छन् । यो समस्याको व्यवस्थापन तथा यात्रुको सहज सुविधाका लागि
अनलाइन बुकिङ खोलिएको कम्पनीका संस्थापक परशुराम खनालले बताए ।
‘यात्रुले टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन
सेवा शुरू गरेका हौं,’ खनालले भने, ‘हामीले ८० ओटा यातायात कम्पनीसँग
सहकार्य गरी दैनिक ६ हजार टिकटको बुकिङ सेवा दिइरहेका छौं ।’ उनका अनुसार
बस सेवाले पर्यटकका लागि हरियो नम्बर प्लेट र सर्वसाधारणका लागि कालो नम्बर
प्लेटका सार्वजनिक सवारीसाधनबाट यो सेवा दिइरहेको छ । कम्पनीले २०७१
सालदेखि नै अनलाइन टिकट बुकिङ सेवा दिँदै आए पनि प्रभावकारी बन्न सकेको
थिएन । उनले भने, ‘तर यो वर्ष पहिलो दिनमै साढे ५ हजार टिकट बुक भयो ।’
दोस्रो दिन पनि उल्लेख्य बुकिङ भएको उनले बताए ।
कम्पनीका अनुसार फोन, कम्पनीको मोबाइल एप र वेबसाइटमार्फत अनलाइन टिकट
बुकिङ गर्न सकिन्छ । बुकिङपूर्व भाडा, बसको सुविधा, सिट, गाडीको प्रकार,
नम्बर लगायत सबै जानकारी लिन सकिने खनालले बताए । ई–सेवा, आईएमई पे, आइपे र
ई–प्रभु जस्ता पेमेन्ट गेटवे कम्पनीको मोबाइल एप्समार्फत पहिले नै पूरा
भाडा तिरेर टिकट बुक गर्न सकिन्छ । बुकिङपछि ईमेलमा आएको टिकट वा फोनको
म्यासेज देखाएर यात्रा गर्न सकिन्छ ।
कम्पनीले पोखरा, बागलुङ, स्याङ्जा, चितवन, नवलपरासी, अर्घाखाँची, बुटवल,
पाल्पा, कपिलवस्तु, दाङ, नेपालगञ्ज, सुर्खेत र रुकुमका लागि अनलाइन टिकट
बुकिङ सेवा दिइरहेको छ । यस्तै नुवाकोट, रसुवा, ओखलढुंगा, खोटाङ, वीरगञ्ज,
जनकपुर, धरान, विराटनगर, काँकडभिट्टा र इलामका लागि यो सुविधा रहेको खनालले
जानकारी दिए । बस सेवाले भारतको दिल्ली, पटना र बनारससम्म चल्ने बसका लागि
पनि अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ । साथै देशका सबै ठाउँमा सेवा
विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।
No comments:
Post a Comment