पत्र पत्रिका बाट -साभार http://www.arthasansar.com/news/2715
अर्थ संसार
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा
विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट रु १२ रुपैयाँ
४० पैसा पलब्ध गराउने भएको छ ।
प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मङ्सिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो ।
जलाशयुक्त आयोजना निर्माणका लागि
प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मंसिर १५
सम्म प्रतियुनिट रु ६.०३ मा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल
वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट रु ७.१० मा विद्युत्
खरिद गरिनेछ ।
यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि
प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेष गरी
मंसिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध
जलाशयुक्त आयोजनालाई प्रतियुनिट रु ८.५० उपलब्ध गराउनेछ ।
त्यसमा एक घण्टासम्म २ घण्टा भन्दा कम
समय विद्युत् उपलब्ध गराए प्रतियुनिट रु ८.५०, दुई घन्टादेखि ३ घण्टासम्म
भन्दा कम प्रतियुनिट रु ८.८०, तीनघण्टादेखि चार घण्टाभन्दा कम रु ९.४०, चार
घण्टादेखि ६ घण्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए रु १०.५५
प्रतियुनिटमा विद्युत् खरिद गरिने छ ।
No comments:
Post a Comment