जयबहादुर रोकाया - नेपाल
विकट हुम्लाको पनि अति विकट लिमी गाउँ एउटा अर्को चलनका कारण पनि अनौठो छ । गाउँमा गन्यमान्य वा हुनेखानेले अविवाहित वा एकल महिलालाई रखौटीका रूपमा प्रयोग गर्छन् । यस् तो परम्परालाई यहाँ सामान्य रूपमा लिइन्छ । यस्ता रखौटीलाई पुङ्दाङ भनिन्छ । पुङ्दाङबाट जन्मेका बालबालिकाको जिम्मा पिताले लिनु पनि पर्दैन । बिनाविवाह अर्काको बच्चा जन्माउँदा महिलामा पश्चात्ताप र हीनताबोध पनि हुँदैन बरु खुसी हुन्छन्् । यस् ता महिलाले आफूलाई गर्वसाथ 'ङ पुङ् दाङ -म फुङ्दाङ हुँ)' भन्ने गर्छन् ।
रखौटी भएर जन्माएको बालबालिकाको पालनपोषण गर्ने जिम्मा ती महिलाकै काँधमा हुन्छ । छोरा भएमा १८ वर्ष उमेर पुगेपछि सामाजिक अधिकार प्राप्त हुन्छ तर छोरी भएमा जीवनभरि कुनै अधिकार हुँदैन ।
No comments:
Post a Comment