Wednesday, March 24, 2021

दोब्बर उत्पादन हुने नयाँ प्रजातिको उखु खेती शुरू

 https://www.himalkhabar.com/news/121642

दोब्बर उत्पादन हुने नयाँ प्रजातिको उखु खेती शुरू

सञ्जय मित्र बुधबार, ८ पुस, २०७७

17 Shares  17   Shares

उखु खेतीको लागि राम्रो माटो मानिएको रौतहटमा बढी उत्पादन हुने नयाँ प्रजातिको उखु खेती शुरू गरिएको छ। गत वर्ष परीक्षणको रूपमा खेती गरिएको नयाँ प्रजातिको उखुले झण्डै दोब्बर उत्पादन दिएपछि खेतीको औपचारिक विस्तार गर्न थालिएको छ। 

रौतहटको कटहरिया नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजले परीक्षणको रूपमा गत वर्ष ६ बिगाहा खेतमा कोजा–८५ जातको उखु खेती गरेको थियो। कोजा–८५ ले अहिले प्रचलनमा रहेको उखु भन्दा झण्डै दोब्बर उत्पादन दिएकोले किसानहरूलाई यही उखु लगाउन सिफारिश गरिएको उद्योगपति बैजु बाबराले बताए।यसैगरी ४ बिगाहा खेतमा सिओजिरो–२३८ र २३९ प्रजातिको उखु खेती परीक्षण गरिएको र राम्रो प्रतिफल दिएको उद्योगपति बाबराको भनाइ छ। पानी नजम्ने हल्का माटो भएको अग्लो जमिनमा नयाँ प्रजातिको उखुले बढी उत्पादन दिने प्राविधिकहरूको बुझाइ रहेको छ। 

कोजा–८५ प्रजातिको उखु भारतको पञ्जाबबाट ल्याएर परीक्षण खेती गरिएको थियो। रौतहटको माटोमा उखु फस्टाएकोले उत्पादन राम्रो हुने र किसानलाई पनि फाइदा हुने विश्वास लिइएको छ। कोजा–८५ जातको उखु एक कठ्ठा खेतमा ४० देखि ५० क्वीन्टल उत्पादन हुने अपेक्षा गरिएको छ। उखु खेती गरिने खेतको माटो, वर्षा र अन्य अवस्था सामान्य भए किसानले अपेक्षा गरेभन्दा राम्रो आम्दानी हुने देखिएको उखु उत्पादक संघ रौतहटका सल्लाहकार सफिन्द्रप्रसाद यादवले बताए। अहिले खेती भइरहेका परम्परागत जातका उखुहरूले प्रतिठ्ठा १५ देखि २५ क्वीन्टलसम्म उत्पादन दिइरहेको छ। उत्पादन लागत धेरै हुने र उत्पादन पनि औसत हुने हुनाले उखु खेतीबाट खासै धेरै फाइदा नहुने गरेको किसानहरू बताउँछन्। नयाँ प्रजातिको उखु खेतमा लगाउँदा उत्पादन लागत पनि कम हुने उद्योगको दाबी रहेको छ। 

उखुको बीउ नै निक्कै कम लाग्ने, उखुको दूरी बढी हुने र लांक्रा ठूलो हुनुका साथै मोटो जातिको उखु हुने हुनाले किसानलाई सबै दृष्टिकोणबाट फाइदा हुने देखिन्छ। 

रौतहटमा दुईवटा चिनी उद्योग रहेको भए पनि गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्स गत साउनमा सूचना प्रकाशित गरी सदाको लागि बन्द गरिएको छ भने कटहरिया नगरपालिकास्थित बाबा बैजुनाथ सुगर तथा केमिकल इन्डस्ट्रिज भने चालु सिजनको लागि सञ्चालन हुने तयारीमा रहेको छ। उद्योगपति बाबराको चिनी उद्योग गत दुई आर्थिक वर्षदेखि सञ्चालनमा छ। 


बुधबार, ८ पुस, २०७७, १९:१८:०६ मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/121642


======================================

 कोसा 13235, कोसा 13452 और कोसा 10239 किस्में विकसित की हैं. 



No comments:

Post a Comment