Wednesday, March 24, 2021

काठमाडौँ र ललितपुरमा मास्क अनिवार्य, नलगाए कारबाही हुने थप सामग्री :

 https://www.himalkhabar.com/news/122638

“सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही समेत हुने व्यवहोरा सर्वसाधारणको जानकारीका लागि सूूचित गरिन्छ”, जिप्रका काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। 

संक्रामक रोग ऐनको दफा ३ मा यो ऐन अनुसार दिइएको आदेश पालना नगर्नेलाई एक महिना कैद वा रु.१०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। भारतमा कोरोनाको दोस्रो लहर आएसँगै काठमाडौंमा पनि त्यसको प्रभाव देखिएको जिप्रकाले जनाएको छ। 

शुरुमा सम्भाइबुझाइ गर्ने, तर अटेर गर्नेलाई कानूनी दायरामा ल्याइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन्। उनी भन्छन्, “कोरोनाको दोस्रो लहरबाट जोगिन स्वास्थ्य मापदण्ड पालनाको विकल्प छैन।”

ललितपुरका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने निर्णय भएको बताउँछन्। ललितपुरमा राती ११ बजेपछि व्यावसाय गर्न पनि रोक लगाइएको उनले जानकारी दिए । काठमाडौँका स्थानीयवासीलाई यो वर्षको होली (फागु) घरभित्रै मनाउन पनि जिल्ला प्रशासन कार्यालयहरुले निर्देन जारी गरेका छन्। कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार सूचना जारी गरेर होली पर्वलाई घरभित्रै सीमित गर्न निर्देशन दिएका हुन्। 

कञ्चनपुर, बर्दिया, तनहुँ लगायतका जिल्ला प्रशासन कार्यालयहरूले पनि भारतमा कोभिड–१९ संक्रमित बढेसँगै स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएका छन्।


बुधबार, ११ चैत, २०७७, २०:०१:५७ मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/122638

No comments:

Post a Comment