प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
काठमाडौं । चिनियाँ विद्युतीय बस
उत्पादक कम्पनी बिएकेको नेपालका लागि आधिकारिक विक्रेता सुन्दर यातायात
ट्रेडर्स प्रालिले विद्युतीय बसको बुकिङ खोलेको छ । कम्पनीले दशैं र
तिहारलाई लक्षित गरी ७५ प्रतिशत फाइनान्स सुविधासहित बुकिङ खोलेको हो ।
सुन्दर यातायातले १२ मिटर लम्बाइ भएका बसको
मूल्य रू. १ करोड ७२ लाख ३५ हजार, साढे १० मिटरका बसको मूल्य रू. १ करोड ६२
लाख र साढे ८ मिटरका बसको मूल्य रू. १ करोड ५५ लाख ३५ हजार तोकेको छ ।
सुन्दर यातायात प्रालिअन्तर्गत काठमाडौं
चक्रपथमा चारओटा विद्युतीय बस सञ्चालन भइरहेका छन् । हाल नयाँ बसको विक्री
शुरू भइसकेको जानकारी सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले दिए ।
‘हामीले दशैंतिहारको विशेष योजनासहित फाइनान्समा विक्री खोलेका हौं,’ उनले
भने, ‘जसअन्तर्गत २५ ओटा बस बुकिङ भइसकेका छन् ।’
थापाका अनुसार गाडी बुक भएको ३ महीनाभित्र
कम्पनीले खरीदकर्तालाई गाडी उपलब्ध गराउनेछ । उनका अनुसार तत्काल बसको
मात्र विक्री शुरू गरे पनि सुन्दरले नेपालका छिट्टै बीएकेका कारको विक्री
पनि शुरू गर्नेछ ।
विश्व
स्वास्थ्य संठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा
बर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुन्छन् । जसमध्ये करिब एक
हजारले ज्यान गुमाउने गरेका छन् । नेपालका २६ जिल्ला सर्पदंशबाट अति
प्रभावित छन् । सर्पदंशबाट बच्न यस्ता छन् उपाय :
कमल देवकोटा प्राणीशास्त्री/सर्पविज्ञ
सर्पले आफूलाई खतरा महसुस भएमा मात्र
मानिसलाई टोक्ने वा आक्रमण गर्ने गर्छ । जब मानिसले झुक्किएर वा जानाजान
सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षास्वरूप टोक्न पुग्छ ।
अधिकांश सर्पदंशका घटना समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा हुने
गर्छ ।
जोगिने उपाय
सर्पलाई जथाभावी रूपमा समात्न खोज्ने, जिस्क्याउने र छुने गर्नुहुँदैन ।
घरवरिपरि सर्प बस्न सक्ने सम्भावित ठाउँजस्तै दाउराको चाङ, काठ, पराल,
इट्टा, ढुंगा आदि वेलावेलामा सफा गरिराख्नुपर्छ । घरको वरिपरि दुलो छ भने
त्यसलाई तुरुन्त टालिहाल्नुपर्छ । साना केटाकेटीले खेल्दाखेल्दै सर्प बस्न
सक्ने सम्भावित ठाउँमा हात हाल्न सक्ने भएकाले उनीहरूलाई सावधान हुन
सिकाउनुपर्छ । घरभित्र मुसा छिर्न दिनुहुँदैन । कुखुरा, हाँस, परेवा आदिको
खोर पनि घरभित्र बनाउनुहुँदैन ।
सर्पले टोकेमा
नआत्तिनुहोस्, नडराउनुहोस् र बिरामीलाई सान्त्वना दिनुहोस् । बिरामीलाई
आरामदायी र सुरक्षित तरिकाले पल्टिन लगाउनुहोस् । कसिने गरी लगाएको लुगा वा
गहना खोलिदिनुहोस् । टोकेको हात वा खुट्टालाई हलचल हुन नदिई स्थिर
राख्नुहोस्, यसका लागि स्प्लिन्ट वा स्लिङको प्रयोग गर्न सकिन्छ ।
टोकाइको अवस्था हेरी धेरै कसिलो नहुने गरी
ब्यान्डेज प्रयोग गर्नुस् । प्रेसर इमोबिलाइजेसन ब्यान्डेजिङ (पिआइबी)
उपलब्ध नभएको अवस्थामा लोकल कम्प्रेसन प्याड इमोबिलाइजेसन (एलसिपिआई)
अर्थात् कपडाको टुक्रालाई ब्यान्डेजका रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।
बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुहोस् ।
सर्पले टोकेको वेलामा के नगर्ने ?
समय खेर फाल्नुहुँदैन । टोकेको हात वा खुट्टा हलचल गराउनुहुँदैन,
दौड्नुहुँदैन । टर्निक्वेटले कसेर बाँध्नुहुँदैन । टोकेको ठाउँ काट्ने,
जलाउने र चुस्ने गर्नुहुँदैन । टोकेको ठाउँ चिरेर रगत झार्ने गर्नुहुँदैन ।
टोकेको ठाउँमा मलम वा जडीबुटी लगाउनुहुँदैन । पोटासियम परम्याग्नेटको
प्रयोग गर्नुहुँदैन । विद्युतीय झट्का दिने काम गर्नुहुँदैन । कुनै पनि
आर्युवेदिक वा अन्य औषधि डाक्टरको सल्लाहविपरीत प्रयोग गर्नुहुँदैन ।
तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।
सरकारले तोकेकै भाडामा बुक गर्ने सुविधा http://bussewa.com/
Sep 24, 2019
यातायात
अभियान संवाददाता
काठमाडौं । टिकट एजेन्सी कम्पनी ‘बस सेवा’ले आइतवारदेखि अनलाइन
टिकट बुकिङ सेवा शुरू गरेको छ । सरकारले अग्रिम टिकट खोलेकै दिन कम्पनीले
अनलाइन मार्फत टिकट बुकिङ खोलेको हो । सेवाग्राहीले थप शुल्कविना सरकारले
तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।
दशैंमा २५ लाखभन्दा बढी मानिस राजधानीबाट बाहिरिने गरेका छन् । यसैको
व्यवस्थापनका लागि सरकारले हरेक वर्ष टिकट बुकिङ खोल्ने गरेको छ । तर टिकट
बुकिङ व्यवस्थित बन्न नसक्दा रातिदेखि नै मानिसहरू काउन्टरमा लाइन लाग्न
पुग्ने गरेका छन् । यो समस्याको व्यवस्थापन तथा यात्रुको सहज सुविधाका लागि
अनलाइन बुकिङ खोलिएको कम्पनीका संस्थापक परशुराम खनालले बताए ।
‘यात्रुले टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन
सेवा शुरू गरेका हौं,’ खनालले भने, ‘हामीले ८० ओटा यातायात कम्पनीसँग
सहकार्य गरी दैनिक ६ हजार टिकटको बुकिङ सेवा दिइरहेका छौं ।’ उनका अनुसार
बस सेवाले पर्यटकका लागि हरियो नम्बर प्लेट र सर्वसाधारणका लागि कालो नम्बर
प्लेटका सार्वजनिक सवारीसाधनबाट यो सेवा दिइरहेको छ । कम्पनीले २०७१
सालदेखि नै अनलाइन टिकट बुकिङ सेवा दिँदै आए पनि प्रभावकारी बन्न सकेको
थिएन । उनले भने, ‘तर यो वर्ष पहिलो दिनमै साढे ५ हजार टिकट बुक भयो ।’
दोस्रो दिन पनि उल्लेख्य बुकिङ भएको उनले बताए ।
कम्पनीका अनुसार फोन, कम्पनीको मोबाइल एप र वेबसाइटमार्फत अनलाइन टिकट
बुकिङ गर्न सकिन्छ । बुकिङपूर्व भाडा, बसको सुविधा, सिट, गाडीको प्रकार,
नम्बर लगायत सबै जानकारी लिन सकिने खनालले बताए । ई–सेवा, आईएमई पे, आइपे र
ई–प्रभु जस्ता पेमेन्ट गेटवे कम्पनीको मोबाइल एप्समार्फत पहिले नै पूरा
भाडा तिरेर टिकट बुक गर्न सकिन्छ । बुकिङपछि ईमेलमा आएको टिकट वा फोनको
म्यासेज देखाएर यात्रा गर्न सकिन्छ ।
कम्पनीले पोखरा, बागलुङ, स्याङ्जा, चितवन, नवलपरासी, अर्घाखाँची, बुटवल,
पाल्पा, कपिलवस्तु, दाङ, नेपालगञ्ज, सुर्खेत र रुकुमका लागि अनलाइन टिकट
बुकिङ सेवा दिइरहेको छ । यस्तै नुवाकोट, रसुवा, ओखलढुंगा, खोटाङ, वीरगञ्ज,
जनकपुर, धरान, विराटनगर, काँकडभिट्टा र इलामका लागि यो सुविधा रहेको खनालले
जानकारी दिए । बस सेवाले भारतको दिल्ली, पटना र बनारससम्म चल्ने बसका लागि
पनि अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ । साथै देशका सबै ठाउँमा सेवा
विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।
भदौ ३०, काठमाडौं । अब जमिन बाँझो राख्नेलाई
१ लाख रुपैयाँसम्म जरिवाना गर्न सरकारलाई बाटो खुलेको छ । संघीय संसदको
दुबै सदनबाट पारित भएको ‘भूउपयोग ऐन, २०७६’ यही भदौ ६ गते राष्ट्रपति
विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि सोही ऐन बमोजिम यो व्यवस्था लागू
भएको हो ।
उक्त ऐनको दफा २४ (ख) मा ‘काबुबाहिरको
परिस्थिति उत्पन्न भई जग्गा बाँझो राख्नु पर्ने उचित कारण सहितको सूचना
सम्बन्धित स्थानीय तहमा दिएको अवस्थामा बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन
लगातार तीन वर्षदेखि बाँझो राखेमा,’ कसूर गरेको मानिने उल्लेख छ । ऐनको
दफा २५ (ख) अनुसार यस्तो कसूर गरेमा उत्पादन अनुमानको आधारमा १ लाख
रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
यसैगरी उक्त ऐनले नेपालको भूमिलाई उपयोगिता र
आवश्यकताका आधारमा विभिन्न १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । ऐनमा
तोकिएको १० भूउपयोग क्षेत्रहरु निम्न छन् :
कृषि क्षेत्र
आवासीय क्षेत्र
व्यावसायिक क्षेत्र
औद्योगिक क्षेत्र
खानी तथा खनिज क्षेत्र
वन क्षेत्र
नदी, खोला, ताल, सीमसार क्षेत्र
सार्वजनिक उपयोगको क्षेत्र
सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र
नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र
संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा
गरिबी निवारण मन्त्रालयले २०७५ पुस ३० गते संघीय संसदको प्रतिनिधि सभामा
पेश गरेको ‘भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिबाट
प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा आएको छ । विभिन्न चरणमा छलफल र
संशोधन भई यही भदौ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक
प्रमाणीकरण गर्नुभएको हो ।