http://www.aarthikdainik.com/news_details/22240//22240/कोदो-किन-खाने-%3F.html
कोदो किन खाने ?
शान्ता सुवेदी
कोदोमा जति शक्ति अरु अन्नमा हुँदैन भन्ने कमै मान्छेलाई मात्रै थाहा होला । थाहा पाएको भए कोदोलाई हेलाको अन्न मान्ने थिएनन् । पहिला–पहिला मात्र होइन अहिले पनि कोदोलाई गरिबको अन्न मान्ने र कोदो खानेलाई हेला गर्ने मानसिकता व्यप्त छ । कतिपयलेत कोदोलाई कुअन्न पनि मान्दछन् । वास्तवमा तिनीहरु ठूलो भ्रममा छन् । किनभने कोदो कुअन्न पनि होइन र कोदो गरिबको अन्न पनि होइन र स्वयं कोदो गरिब अन्न होइन । बरु कोदो आफैँमा सम्पन्न अन्न हो । यस मानेमा सम्पन्न अन्न हो कि कोदो आफैँ धेरै तत्व भएको अन्न हो । अर्थात् कोदोमा अरु अन्नको तुलनामा धेरै उपयोगी खाद्य तत्वहरु पाइन्छ । जस्तो कि कोदोमा गहुँमा भन्दा झण्डै ९ गुणा बढी र मकै र धानको चावलमा भन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ । त्यस्तै कोदोमा मकैमा भन्दा ३ दशमलव ७ प्रतिशत गुणा, गहुँमा भन्दा १ दशमलव ५ प्रतिशत गुणा र चावलमा भन्दा २ दशमलव ३ प्रतिशत गुणा बढी आइरन पाइन्छ ।
कोदोमा जति शक्ति अरु अन्नमा हुँदैन भन्ने कमै मान्छेलाई मात्रै थाहा होला । थाहा पाएको भए कोदोलाई हेलाको अन्न मान्ने थिएनन् । पहिला–पहिला मात्र होइन अहिले पनि कोदोलाई गरिबको अन्न मान्ने र कोदो खानेलाई हेला गर्ने मानसिकता व्यप्त छ । कतिपयलेत कोदोलाई कुअन्न पनि मान्दछन् । वास्तवमा तिनीहरु ठूलो भ्रममा छन् । किनभने कोदो कुअन्न पनि होइन र कोदो गरिबको अन्न पनि होइन र स्वयं कोदो गरिब अन्न होइन । बरु कोदो आफैँमा सम्पन्न अन्न हो । यस मानेमा सम्पन्न अन्न हो कि कोदो आफैँ धेरै तत्व भएको अन्न हो । अर्थात् कोदोमा अरु अन्नको तुलनामा धेरै उपयोगी खाद्य तत्वहरु पाइन्छ । जस्तो कि कोदोमा गहुँमा भन्दा झण्डै ९ गुणा बढी र मकै र धानको चावलमा भन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ । त्यस्तै कोदोमा मकैमा भन्दा ३ दशमलव ७ प्रतिशत गुणा, गहुँमा भन्दा १ दशमलव ५ प्रतिशत गुणा र चावलमा भन्दा २ दशमलव ३ प्रतिशत गुणा बढी आइरन पाइन्छ ।
कोदोमा
प्रसस्त मात्रामा फाइबर हुन्छ अर्थात् कोदो फाइबरले भरिपूर्ण भएको अन्न
हो । साथै कोदोमा विभिन्न किसिमका भिटामिन पनि पाइन्छ । त्यस्तै कोदोमा
लेसितिन उच्च मात्रामा पाइन्छ । जसले स्नायु प्रणालीलाई बलियो बनाउन मद्दत
गर्दछ । यसको अलावा कोदोमा प्रशस्त मात्रामा पोलिफेनल्स, ट्यानिन,
फाइटोस्टेरोल्स समेत पाइन्छ । कोदो फाइदाकारी एन्टिअक्सिडेन्टले भरिपूर्ण
हुन्छ । त्यति मात्र होइन कोदो म्याग्नेसियम, फोस्फोरस र पोटासियमसमेतको
राम्रो स्रोत हो । कोदो ऊर्जा तथा खनिजको राम्रो स्रोत पनि हो । अनेक
अनुसन्धानले यो पनि देखाएको छ कि कोदोमा रेसिस्टेन्ट स्टार्च,
ओलीगोसेकेराइड, लिपिड, फनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फलेभोन्वाइड्स,
लिग्नस् तथा फाइटेस्टेरोल जस्ता अनेक पोषक तत्वहरु पाइन्छ । यति
धेरै उपयोगी तत्व भएको कोदोको सेवनले मानव शरीरलाई बलियो मात्र बनाउने
होइन कि धेरै रोगबाट बचाएर स्वास्थ्य जीवन जिउनसमेत मद्दत गर्दछ । कोदोको
नियमित सेवन गर्नेहरुलाई मधुमेह लाग्ने सम्भावना कम हुनुको साथै
लागेकाहरुलाई पनि फाइदा दिने अनेक अनुसन्धानले प्रमाणित गरेको पाइन्छ ।
त्यसको अलावा गर्भवतीहरु, बालबालिकाहरु तथा रक्तचापका बिरामीहरुलाई समेत
कोदो खानाले फाइदा दिने अनुसन्धानकर्ताहरु बताउँछन् ।
कोदोको
नियमित उपयोगले गर्नाले मुटुरोग लाग्ने सम्भावना कम भएर जाने तथ्य बाहिर
आएको छ अनेक अनुसन्धानमार्फत । कोदोमा म्याग्नेसियम अत्यधिक हुने भएकोले
यसले रक्तचाप कमगराउन र मुटुको स्ट्रोकको जोखिमलाई समेत कम गराउँदछ ।
कोदोमा भएको पोटासियमले सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम गर्नलाई
सहयोग गर्नुको साथै रक्तनलीसम्बन्धीका जोखिमलाई समेत कम गर्दछ । कोदो
नियमित खाने गरेमा कतिपय प्रकारका क्यान्सर लाग्ने सम्भावना पनि कम हुने
अनेक अनुसन्धानले बताएका छन् । कोदोको नियमित सेवनले स्तन क्यान्सरको
सम्भावनालाई पर धकेलिदन्छ । कोदो खाइरहने मानिसको पाचन प्रणाली बलियो भएको
पाइएको छ । कोदोको नियमित सेवन गर्नेहरुको कोदोले शरीरबाट विषाक्तता हटाएर
शुद्धीकरणमा सहयोग दिन्छ । कोदोको
सेवलले श्वासप्रश्वासको जोखिम कम गराउँछ । यसले श्वासप्रश्वाससम्बन्धी
रोगलाग्नबाट बचाउन प्रतिरोध क्षमता बढाउँछ । यसले मांशपेसी तथा नशासम्बन्धी
प्रणालीको सुधारमा समेत योगदान दिन्छ । कोदोले पार्किन्सन रोगमा समेत
योगदान दिने अनेक अनुसन्धाने फेला पारेको पाइएको छ ।
कोदो खाने
बालबालिको हाड र दाँत बलियो हुन्छ । साथै बालबालिकामा कुपोषण पनि हुँदैन ।
कोदो खानाले तागत बढ्छ । यसले कोलेस्ट्रोल हुन दिँदैन । यसले नराम्रो
कोलेस्ट्रोललाई घटाउँछ । कोदो नियमित खाएमा कब्जियत हुनबाट बचिन्छ साथै
रक्तअल्पताबाट पनि बचिन्छ । कोदो खानेहरुको शारीरिक तौल नियन्त्रित र
सन्तुलित हुन्छ । रोग प्रतिरोध क्षमता बढाउने कोदोले मर्गाैला र कलेजोको
रोग लाग्नबाट पनि बचाउँछ । कोदो खाइरहनेहरुमा पत्थरी हुने सम्भावना कम
हुन्छ । फलफूल र सागसब्जी जस्तै पोषक तत्व भएको कोदो खाइरहने हो भने छाला
पनि चिल्ले र निद्रा पनि राम्रो लाग्छ । कोदोले शरीरमा ऊर्जा धेरै दिन्छ ।
कोदो खाने आमा भएका महिलाहरुको दुध राम्रोसँग आउँछ र बच्चाहरु निरोगी र
बलिया हुन्छन् । जेठी फुपूले सीता खाने भित्ता लाग्छ ढिँडो खाने जोधाहा
त्यसै भनेको होइन रहेछ ।
यति धेरै
तत्व भएको कोदो जस्तो गुणकारी सुअन्नलाई कुअन्नको र हेलाको दर्जा दिनु
विडम्बा नै हो । कोदोको चेतना जगाउनु बढीभन्दा बढी मान्छेलाई कोदो खाने
बनाउनु र बढीभन्दा बढी किसान र व्यवसायीहरुलाई कोदो उत्पादनमा लगाउनु
नेपालको राष्ट्रिय आवश्यकता हो भन्दा अत्युक्ति हुँदैन । किनभने कोदो
जनस्वास्थ्यसँग जोडिएको छ । जनतालाई स्वास्थ्य राख्ने वा स्वास्थ्य सेवा
दिने काम सरकारको हो । सरकारको यो कामलाई कोदोले सहयोग गर्दछ । सरकारले
आफ्नो सहयोगीलाई अघि बढाउनु पर्ने होइन र ? सरकारले कोदो उत्पादन बढाउन
किसानहरुलाई उत्प्रेरित गर्नुपर्छ अनुदान र तालिम दिनुपर्छ । बजार र
बिक्रीमा सहजीकरण गर्दिनुपर्छ । धान, मकै, गहुँ पछि चौंथो बढी उत्पादन हुने
बालीमा कोदो नै पर्दछ नेपालमा । तर यसको सदुपयोग भन्दा दुरुपयोग नै बढी
छ । कोदोको ठूलो परिमाण जाँड–रक्सी बनाएर सकिने गरेको छ ।
हामी सानो
हुँदा कोदोसम्बन्धी गीत गाएको सम्झना छ । कोदो रोप्न सारो छ अनिकालमा फारो
छ । कोदो धान जस्तो छिटो रोपिँदैन । एउटा–एउटा गरेर रोप्नुपर्ने भएकोले
कोदो रोप्न सारो छ भनेको हुनुपर्छ । र धेरै पौष्टिक तत्वहरु भएकोले थोरै
खाए पनि प्रसस्त क्यालोरी प्राप्त हुनाले अनिकालमा फारो छ भनेको हो । कोदो
धेरै प्राचीन खाद्यबालीमा पर्दछ । कोदो १०–१२ वर्षसम्म पनि बिग्रदैन ।
अर्थात कोदाको बीउ दश बार वर्षसम्म पनि सुरक्षित राख्न सकिन्छ । कोदोको
खेतीलाई अरु बाली जस्तो धेरै जल, मल पनि चाहिँदैन । कोदोमा रोग पनि कम
लाग्छ । कोदो आफैँमा रोग प्रतिरोधी क्षमता भएको बाली हो । त्यसैले कोदो
बालीमा विषादी आदिको जरुरत पर्दैन । यस हिसाबले हेर्दा पनि कोदो उच्चस्तरको
अर्गानिक खाद्य पदार्थ हो । नेपालमा मात्रै दुई सयभन्दा धेरै प्रकारका स्थानीय जातका कोदोहरु पाइन्छन् ।
यसको बीउ
घर घरमा सुरक्षित राखिने परम्परा छ । तर बढ्दो सहरीकरणले यो क्रम घट्दो
छ । नेपालमा हाल करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती भएको छ । नेपालमा
वार्षिक करिब तीन लाख पन्ध्रहजार मेट्रिक टन कोदो उत्पादन भएको पाइन्छ ।
नेपालमा कोदो बाली लाग्नेमध्ये कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्य
पहाडी क्षेत्रमा पर्छ । कोदो उत्पादन बढाउन यसमा अनुसन्धान र अनुदानमा
लगानी बढाउनुु पर्दछ । कोदोको व्यावसायिक उत्पादन बढाउन ढिलो गर्नु
हुँदैन । कोदो उत्पादन र खपत बढाउन आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न ढिलो
भइसक्यो । आम रुपमा कोदोको ढिँडो खाने चलन छ । गाउँघरमा ढिँडो बाध्यताले खान्छन् भने सहरमा सोखले ।
सोखले
खानेहरु होटल रेष्टुरामा गएर खान्छन् । गाउँघरतिर कोदोको खोले पनि
खान्छन् । यता पछिल्ल दिनमा कोदोका विभिन्न परिकारहरु समेत बजारमा पाइन
थालेको छ । कोदोको रोटी त पहिलादेखि नै खाइदै आएको हो । पछिल्ला समय यता
कोदोको पिठोबाट मम समेत बनाउन थालेको पाइन्छ । यसको बिक्रीसमेत हुन थालेको
छ । साथै कोदाके बिस्कुट, मिठाई, केक आदिसमेत बनाएर बजारमा बेच्न थालिएको
पनि छ । जे बनाएर खाए पनि कोदो भान्सामा पाक्नुप¥यो, थाल, कचौरा वा डबकामा
पस्किएको हुुनुप¥यो । कोदो खाएर तपाईं निरोगी भइरहनु होस् । कोदोको खेती
गरेर किसानहरुलाई पनि आम्दानी भइरहोस् । सरकार र निजी क्षेत्रको पनि कोदो
उत्पादन बढाउनेमा सबै किसिमले ध्यान जाओस् ।
No comments:
Post a Comment