Sunday, February 3, 2019

एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

http://annapurnapost.com/news/119512


एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

फाइल तस्बिर  अन्नपूर्ण  कर्पोरेट   २० माघ २०७५ १६:५८:०० 0 shares
काठमाडौं : एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । 
गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागू हुने भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक  मात्र रु १५ (रु १९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डेटा प्याक मात्र ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।
गज्जबको डेटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि  डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ । 

No comments:

Post a Comment