Thursday, October 12, 2017

देउवाले गठन गरे विधान विपरित भागवण्डामा संसदीय बोर्ड

पत्र पत्रिका बाट  -साभार  

http://www.enayapatrika.com/2017/10/11/190797/
मधुसुधन भट्टराई, काठमाडौं, २४ असोज   |   ०२ दिन अगाडि
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित संसदीय समिति निर्माण गरेका छन् । कांग्रेसको विधानमा पार्टी सभापति र संसदीय दलको नेता फरक फरक भएमा १४ र सभापति तथा संसदीय दलको नेता एउटै व्यक्ति भएमा १३ सदस्यीय संसदीय समिति निर्माण हुने उल्लेख छ । तर, सभापति देउवाले सिवधानमा रहेको प्रावधान विपरित बुधबार १७ सदस्यीय समिति गठन गरेका हुन् ।
आसन्न प्रदेशसभान र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छान्न प्रधानमन्त्रीसमेत रहेका देउवाले झण्डै दुई वर्ष लगाएर समिति गठन गरेका हुन । विधानतः महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रैमा पदाधिकारी, केन्द्रीय समितिसहित सबै विभागहरुलाई पूर्णता दिनु पर्ने उल्लेख छ ।
कांग्रेस सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष प्रदेश सदस्य रहने व्यवस्था छ । त्यसमा उपसभापति, एउटा महामन्त्री र सहमहामन्त्री मनोनयन हुन बाँकी रहेकाले तीन जना मात्र पदेन सदस्य छन् । विधान त ः बाँकी ८ सदस्य मनोनयन गर्नु पर्नेमा देउवाले १४ जना मनोनयन गरेका हुन । समितिलाई भागवण्डाको आधारमा टुंग्याइएको हो । देउवाले नेता पौडेल पक्षलाई ४ सदस्य दिएका छन् । पौडेल पक्षबाट महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सितादेवी यादव पदेन सदस्य छन् । उनीबाहेक पौडेल पक्षबाट स्वयं पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत र महेश आचार्य सदस्य बनेका छन् ।
त्यस्तै खुमबहादुर खड्का समूहलाई दुई सदस्य दिइएको छ । खड्का समूहबाट स्वयं खड्का र पूर्णबहादुर खड्कालाई सदस्य बनाइएको छ ।  त्यस्तै नेता कृष्ण सिटौला समूहबाट उनै सिटौलालाई सदस्य बनाएका छन् । भने संस्थापन पक्षबाट देउवाले ६ जनालाई सदस्य बनाएका छन् । संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण र चित्रलेखा यादवलाई सदस्य बनाइएको छ ।

No comments:

Post a Comment