Wednesday, October 11, 2017

जहाँ लाग्छ युवतीको हाटबजार, रकम तिर्नुस् दुलही बनाएर भर्जिन युवती लैजानुस्

पत्र पत्रिका बाट  -साभार 

http://www.janabolinews.com/?p=101016



2017-09-07 15:23
संसारका कतिपय स्थानमा यस्ता बजार पनि छन्, जुन अलग विशेषताका कारण चिनिएका छन् । तर, के तपाईले कहिल्यै ब्राइड मार्केका बारेमा सुन्नु वा पढ्नु भएको छ ? जहाँ नवविवाहिता दुलही विक्रीका लागि राखिन्छ र यो बजारमा दुलही विक्री हुन्छन् । हो, बुल्गेरियामा स्टारा जागोर नामक स्थानमा हरेक तीन वर्षमा एकपटक बेहुलीको व्यापार हुने गर्दछ । यहाँ आएर बेहुलाले आफूलाई मन परेको बेहुली किनेर उसलाई आफ्नो श्रीमती बनाउन सक्दछ । यो मेला यस्ता गरिब परिवारले लगाउँछन्, जसको आर्थिक अवस्था नाजुक हुन्छ र छोरीको विवाहको खर्च धान्ने अवस्था हुँदैन ।
यो बजारमा भर्जिन टिनएजर्स किशोरीको सबैभन्दा बढी माग रहन्छ । यो ब्राइड मार्केटमा युवाहरु खुलेआम एकसे एक युवतीहरुसँग समय बिताउँछन्, जबसम्म उनीहरु कुनै युवतीको सुन्दरता र खुबीबाट प्रभावित भएर आफ्नो बेहुली बनाउँदैनन् । यो ब्राइड मार्केटमा विवाहका लागि ल्याइने युवतीहरुलाई बेहुलीको पहिरनमा सजाएर ल्याइन्छ । आफूप्रति युवक आकर्षित गर्न युवतीहरु भड्किलो पहिरन र मेकअप गरेर पुग्छन् । यहाँ विक्री हुने बेहुलीमा करिब करिब सबै उमेरका युवती र महिला सामेल हुन्छन् । तर, अधिकांश टिनएजर्स युवतीको संख्या हुने गर्दछ ।

बेहुली किन्नका लागि युवकहरुका साथमा परिवारजन पनि सँगै यो बजार पुग्छन् । यो बजारमा केटालाई पहिला आफूलाई मन परेको केटी रोज्ने अवसर दिइन्छ । केटी मन परेपछि उनलाई श्रीमती स्वीकार गरिन्छ र युवतीका परिवारलाई रकम दिइन्छ । यो बजारमा पछिल्लो केही समयदेखि टीनएजर युवतीलाई दुलही बनाउनका लागि मानिसहरु बढी रुची देखाउन थालेका छन । यसका पछाडिको कारण कुमारीत्व भएको विश्वास गरिएको छ । यहाँ ल्याइने युवतीको मुल्य दुई लाखदेखि ५ लाखसम्म हुन्छ । यदि कुनै युवतीका लागि एकभन्दा बढी युवकले माग गरे उक्त युवतीको मूल्य पनि स्वतः बढ्ने गर्दछ ।
बेहुली किन्ने चलन गरिब परिवारमा कयौ पुस्तादेखि चलिआएको छ । यसमा कानुनी रोक पनि छैन । गर्मी होस वा जाडो बुल्गेरियाको स्टारा जागोरमा यो बजार लाग्ने गर्दछ । यो उत्सव पहिला हाइस्कुल डान्स जसरी सुरु हुन्छ, जहाँ युवायुवती अलग अलग समूह बनाएर डान्स गर्दछन् । त्यसपछि उनीहरु औपचारिक रुपमा हात मिलाउँछन् । यसक्रममा अभिभावक यो ब्याकग्राण्डबाट टाढै रहन्छन्, जहाँ यो आयोजना गरिन्छ । यसपछि स्टेज तयार गरिन्छ, जहाँ दुलही बनेकी युवतीलाई उभ्याइन्छ । त्यहाँ उभ्याइएका युवतीहरुलाई भिडमा रहेका युवकले चुन्छन् ।
यो मेला बुल्गेरियाको कलाइदझी समुदायले लगाउने गर्दछन् । यही समुदायले बाहेक यहाँ अरुले बेहुली खरिद गर्न भने पाउँदैन । बजारमा त्यही परिवार हुन्छ, जो आफ्नो छोरीको विवाह गर्न आर्थिक रुपमा असक्षम हुन्छ । बजारमा युवतीहरु एक्लै आउँदैनन् । उनीहरुका परिवारका कुनै न कुनै सदस्य अवश्य हुन्छन् । नेपाल, भारत लगायतका मुलुकमा केटा पक्षले दाइजो लिने गर्दछन्, तर, यहाँको चलन त्यसको ठिक विपरीत छ । यहाँ केटा पक्षले केटी पक्षलाई रकम दिनुपर्ने हुन्छ । बजारमा केटाले मन पराएको केटीलाई परिवारले पनि बुहारी मान्नैपर्ने हुन्छ । यो नियमको पालना निकै कडाईपूर्वक हुने गर्दछ । एजेन्सी

No comments:

Post a Comment