Wednesday, October 11, 2017

पृथ्वी विनाश नजिक ! वैज्ञानिकका आ–आफ्नै दावी, के होला ?

पत्र पत्रिका बाट  -साभार

http://www.janabolinews.com/?p=97633&


2017-08-13 09:28
विभिन्न धार्मिक ग्रन्थ देखि वैज्ञानिकहरुको प्रक्षपणलेपनि पृथ्वी एकदिन ध्वस्त हुन सक्छ, जसरी यस दुनियामा सिर्जना हुने अरु चिजहरु ध्वस्त हुन्छन् । वैज्ञानिकहरुले पनि प्रमाणित गरिसकेको विषय के हो भने पृथ्वी पनि एक सिर्जित चिज हो । जतिसुकै वर्ष अगाडि भए पनि पृथ्वीको सिर्जना भएको थियो । र, त्यसपछि यहाँ अन्य जीव, जन्तु, हावा, पानी र सम्पूर्ण वातावरणको सिर्जना भएको हो । सामान्य रुपमा भन्नुपर्दा सिर्जना हुने जुनसुकै चिजको पनि अन्त्य जरुर हुन्छ । ढिलो र चाँडोको मात्रै कुरा हो ।
दुनियामा वैज्ञानिक अनुसन्धान र धार्मिक भविष्यवाणीलाई फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । तर अक्सर भविष्यवाणीहरु वैज्ञानिक खोजबाट सही सावित पनि भएका छन् । वैज्ञानिक खोजले पृथ्वीको अन्त्यबारे ठोस आधार पत्ता लगाउन सकेको छैन । तर, विभिन्न धार्मिक भविष्यवाणीहरुले भने पृथ्वी ध्वस्त हुने ठोकुवा गरिसकेका छन् ।
पृथ्वीको प्रलय हुने दिन कहिले आउने हो भनेर यकिन रुपमा कुनै पनि भविष्यवाणीमा उल्लेख गरिएको छैन । सायद पृथ्वीको आयूबारे कसैले यकिन साथ भन्न सक्दैनन् । तर पनि भिन्न सभ्यता र धर्मका मानिसहरुद्वारा यसको भविष्यवाणी भइरहन्छ ।
यो आलेखमा पृथ्वी ध्वस्त हुनेबारे कुन कुन समय र कसेले कसरी भविष्यवाणी गरे भन्ने बारे उल्लेख गरिएको छ ।
माया सभ्यता (२१ डिसेम्बर २०१२ मा महाप्रलय)
भविष्यवाणी गरिएको थियो कि सन् २०१२ मा पृथ्वीको अन्त्य हुने छ । मेक्सिकोको माया सभ्यतामा आधारित क्यालेण्डर (पात्रो) को हिसावले यो घोषणा गरिएको थियो । माया सभ्यताको प्रमाणिकता यति थियो कि संसारभरका धेरै मानिसले उक्त भविष्यवाणीलाई सत्य मानेका थिए ।
नेपाललगायत भारतजस्ता हिन्दु वहुल भएका क्षेत्रमा त मानिसहरु आफ्नो अन्तिम इच्छा पूरा गर्ने जिद्धीमा पनि लागेका थिए । माया सभ्याताको क्यालेन्डर सोही दिन समाप्त हुन गइरहेको भनेर प्रचार गरिएको थियो । माया क्यालेन्डरमा २१ डिसेम्बर २०१२ पछि तिथिको वर्णन छैन । क्यालेन्डरका अनुसार त्यसपछि पृथ्वीको अन्त्य थियो । यो सभ्यतालाई गणित र खागोल विज्ञानको मामलामा धेरै उन्नत मानिन्थ्यो । यो सम्भतामा पृथ्वीको आयू ५१२६ वर्ष मानिएको थियो ।
वेन्गा बाबा (सन् ५०७९ मा ध्वस्त हुनेछ पृथ्वी)
भोल्कान्समा नास्त्रेदमसको नामबाट चर्चित बाबा वेन्गाले धेरै भविष्यवाणी गरेका छन् । र उनका धेरैजसो भविष्यवाणी सही सावित पनि भएका छन् । उनले पृथ्वीको बारेमा पनि भविष्यवाणी गरेका छन् । जसले मानिसहरुमा डर र चिन्ता बढाइदिएको छ । वेन्गा बाबाले भविष्यवाणी गरेका थिए कि सन् ५०७९ मा पूरै दुनियाको अन्त्य हुने छ । यद्यपी सन् १९९६ मा ८५ वर्षको उमेरमो उनको निधन भइसकेको छ । थाहा छैन उनले गरेको भविष्यवाणी कति सही हो ?
लियोनार्दो दा भिन्ची (सन् ४००६ मा आउने छ महाप्रलय)
संसारभरका अन्य भिवश्यवक्ता जस्तै लियोनार्दो दा भिन्चीले पनि पृथ्वीबारे भविष्यवाणी गरेका छन् । भिन्चीका अनुसार सन् ४००६ मा पृथ्वीको अन्त्य हुने छ । विश्वभरी एक ठूलो बाढी आएर दुनिया ध्वस्त हुने भिन्चीले भविष्यवाणी गरेका छन् ।
लियोनार्दो दा भिन्ची इटालीको पुनर्जागरणका सबैभन्दा बढी ज्ञाता मानिन्छन् । दा भिन्ची पेन्टर, चित्रकार, इन्जिनियर, संगीतत्त, वैज्ञानिक, गणितज्ञ, आविस्कारकसँगै धेरै विषयका ज्ञाता थिए । दा भिन्चीका अनुसार पृथ्वीको २१ मार्च ४००६ देखि विश्भर वाढी आउने छ । र, उक्त बाढी १ नोभेम्बर ४००६ सम्म रहने छ । त्यसपछि पृथ्वी पूरै ध्वस्त हुने छ ।
पृथ्वीको आयूबारे अन्य धेरैले पनि भविष्यवाणी गरेका छन् । हालै एक भविष्यवाणीले खुव चर्चा कमायो । यो भविष्यवाणीमा अनुसार २९ जुलाई सन् २०१६ मा पूरै विश्व ध्वस्त हुने भनिएको थियो ।
हेराल्ड केम्पियन नामका एक अमेरिकी ज्योतिषले गरेको भविष्यवाणीले पनि पनि एकचोटी तहल्का मच्चाएको थियो । केम्पियनले २१ मे सन् २०११ मै पूरै विश्व ध्वस्त हुने भविष्यवाणी गरेका थिए ।
अमेरिकी धार्मिक नेता मार्शल एप्पलव्हाइट सन् १९९७ मै विश्व ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए । उनको भविष्यवाणी सही सावित त भएन । तर, त्यतिबेला उनको उक्त भविष्यवाणीले विश्वभरका मानिसहरुलाई चिन्तित बनाएको थियो ।
आधुनिक विज्ञानका पिता मानिने न्यूटनले पनि पृथ्वीको आयूबारे भविष्यवाणी गरेका छन् । न्यूटनले सन् २०६० मा पृथ्वी ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए ।
जर्मनीका प्रख्यात गणितज्ञ तथा ज्योतिषी जहन्नस स्टफलरले पनि पृथ्वीबारे भविष्यवाणी २५ फेब्रुअरी सन् १५२४ मै पृथ्वी ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए । उक्त भविष्यवाणीले त्यतिबेला विश्व नै तरंगित भएको बताइन्छ । तर, उक्त भविष्यवाणी सही सावित भएन ।
ताइवानका धार्मिक गुरू मिंग चेन उर्फ चेन ताओ या टू वे ले यूएफओ के सिद्धान्त एवम् ईसाई तथा बौद्ध धर्मलाई आधार मानेर २५ मार्चा १९८८ मै पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरेका थिए । तर उनको भविष्यवाणी पनि सही सावित हुन सकेन ।
प्रसिद्ध बैज्ञानिक स्टीफन विलियम हकिङ्गले दावी गरेका छन् कि मानव जाति अधिकतम एक हजार वर्षसम्म मात्रै जीवित रहन सक्छ । किनकी पृथ्वीको एक गोला एक हजार वर्ष पछि समाप्त हुने छ ।
उनले भनेका छन् की एक हजार वर्ष भित्रै मानव जातिले कुनै अन्य ग्रहमा बस्ती बासाल्नु पर्नेछ । तर यी सबै भविष्यवाणीमध्ये केहीको तिथि बितिसकेको छ । केही भने भविष्यको गर्भ मै छन् ।

No comments:

Post a Comment