Wednesday, August 3, 2022

सामाजिक सुरक्षा कोषले दिने सुविधा असीमित छन् : कपिलमणि ज्ञवाली

 https://www.abhiyandaily.com/newscategory-detail/412135

सामाजिक सुरक्षा कोषले दिने सुविधा असीमित छन् : कपिलमणि ज्ञवाली

२०७९ साउन, ८  
अन्तरवार्ता

Image Not Found

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको चर्चा निकै वर्ष अघिदेखि हुँदै आए पनि २०७५ मंसिर ११ देखि यो कार्यान्वयनमा आएको छ । कार्यान्वयनपछि जुन हिसाबले कोषमा आबद्धता हुनुपर्ने हो, त्यति नभएको गुनासो छ । यस अवधिमा कोषलाई आवश्यक पर्ने कर्मचारीको भर्ना, नियमावली, कार्यविधि निर्माणदेखि करीब साढे ३ लाख श्रमिक आबद्ध भइसकेका छन् । प्रस्तुत छ, कोषमा आबद्ध हुनुपर्ने कारण, कोषका सेवासुविधा, योजना लगायत विषयमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग आर्थिक अभियानका रुद्र खड्काले गरेको कुराकानीको सार :

सामाजिक सुरक्षा कोष जुन उत्साह र तामझामले शुरू भयो । तर योगदानकर्ताको आकर्षण अपेक्षित रूपमा बढेको छैन । किन यस्तो भइरहेको छ ?
शुभारम्भ कोषको मार्केटिङ हुने हिसाबले नै भएको हो । त्यतिबेला नयाँ युगको शुभारम्भ पनि भनियो । त्यस्तो अभियानले धेरैलाई सुसूचित हुने अवसर मिल्यो, जसले जनस्तरमा चेतना बढाउने काम गर्‍यो । पछिल्लो समय केहीले कार्यान्वयनमा अलि ढिलाइ भइरहेको हो कि भन्ने गरे पनि कोषको वृद्धि र विकास सन्तोषजनक छ । यद्यपि अपेक्षा अनुसार अघि नबढेको साँचो हो । तर अहिले भइरहेको प्रगति र उपलब्धिलाई कम भन्न मिल्दैन । तथ्यांककै कुरा गर्ने हो भने १७ हजार १०० भन्दा बढी रोजगारदातासहित ३ लाख ४२ हजारभन्दा बढी श्रमिक कोषमा आबद्ध भइसकेका छन् । 

अपेक्षा गरिए अनुसार श्रमिक आबद्ध नहुनुमा नेपालमा उस्तै प्रकृतिका धेरै कोष हुनु हो । अहिले यस्ता प्रकृतिका ५० भन्दा बढी अवकाश कोष सञ्चालनमा छन् । अर्को कारण ऐन, कानून बाझिनु पनि हो । सरकारी करार पारिश्रमिकका श्रमिकलाई कोषमा आबद्धता गर्ने भनिए पनि उनीहरू आइसकेका छैनन् । कोष नयाँ पनि हो । त्यसैले यस अवधिमा कर्मचारी भर्नादेखि व्यवस्थापनका अन्य काम गर्नुपर्‍यो । साथै यो योगदानमा आधारित कोष भएकाले यसबाट हुने लाभबारे बुझ्ने, बुझाउने कार्यमा पनि कमी, ढिलाइ भएको हुन सक्छ । कतिपयले कोषमा आबद्धता हुनुलाई ऐच्छिक हो भन्ने बुझे । बैंकमा काम गर्ने कर्मचारीले गतवर्ष मुद्दा नै हाले, जुन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तैपनि निराश हुनुपर्ने अवस्था छैन । आगामी दिनमा भने नयाँ कार्यक्रम ल्याएर थप तीव्रताका साथ अघि बढ्छौं । 

के कस्ता छन् नयाँ कार्यक्रम ?
अनौपचारिक र स्वरोजगार क्षेत्रमा रहेकाहरूलाई पनि कोषमा आबद्धता गराउँदै छौं, जसका लागि कार्यविधि तयार हुँदै छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कार्यान्वयनमा आउनेगरी काम भइरहेको छ । यो भएपछि नयाँ क्षेत्र पनि समेटिन्छ । त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जानेलाई पनि कोषमा आबद्धता गर्ने बजेट वक्तव्यमा ल्याइसकेको छ । त्यसका लागि पनि काम भइरहेको छ । त्यसमा काम गर्न मन्त्रालयमा कार्यविधि मस्यौदा समिति गठन भएको छ । अनि वैदेशिक रोजगारीमा गएका र जाने श्रमिकलाई कोषमा आबद्ध गर्ने बाटो खुल्नेछ । कोषमा नियमित योगदान गर्नेको औषधि उपचारका लागि बिर्तामोडदेखि नेपालगञ्जसम्मका २५ अस्पताललाई जोड्ने काम भएको छ । विगतमा बिल खर्च भुक्तानी गर्दा केही समय लाग्थ्यो । अब त्यस्तौ हुँदैन । योगदानकर्ताले अब बिरामी भएर अस्पताल गएपछि नगद तिर्नुपर्दैन, कोषले जारी गरेको कार्डको आधारमा उपचार गर्न पाइन्छ । अस्पतालले कोषमा दाबी गर्छ, बिरामीसँग गर्दैन । संकलन त पहिलेदेखि नै अनलाइन भइसकेको थियो । अब उपचार पनि सोही पद्धतिबाट हुने व्यवस्था मिलाइएको छ । यसले योगदानकर्तालाई सेवासुविधा पाउन झनै सहज हुने अपेक्षा गरेका छौं ।

१७ हजार १०० भन्दा बढी रोजगारदातासहित ३ लाख ४२ हजारभन्दा बढी श्रमिक कोषमा आबद्ध भइसकेका छन् । 


सरकारी असहयोगका कारण कोषलाई सक्रिय भएर काम गर्न अप्ठ्यारो परेको भन्ने कतिपयको दाबी नि ?
त्यस्तो होइन । सरकारले कोषमा आबद्ध हुने योगदानकर्तालाई ५ लाख अथवा पारिश्रमिकको ३३ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यसमा कर छूट व्यवस्था गरेको छ । यो व्यवस्था अन्य कोषमा छैन । त्यस्तै कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर नलाग्ने भनिएको छ । कोभिडका कारण लकडाउन गर्नुपर्दा अप्ठ्यारो परेपछि ६ महीनाको करीब सवा २ अर्ब रुपैयाँ सरकारले नै बेहोरिदियो । चालू वर्षको बजेटमा सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई समेटेर यसको दायरा बढाउन खोजिएको छ । यस्ता कार्यक्रम र व्यवस्थाले सरकारले सहयोग नगरेको भन्ने देखिँदैन । बरु प्राथमिकतामा राखेको पाइन्छ । त्यस्तै यसअघि कर्मचारी सञ्चय कोषमा योगदान गरेका र अहिले यो कोषमा योगदान गर्नेको हकमा सञ्चय कोषले रकम निकासा दिन थालेको छ । यी सबै व्यवहारबाट कोष सरकारको उच्च प्राथमिकतामा परेको पुष्टि हुन्छ । 

सरकारी कर्मचारी नै आबद्ध नभएकाले पनि कोषमा निजीक्षेत्रका श्रमिकको आकर्षण बढ्न नसकेको हो ?
पक्कै पनि सरकारी करार पारिश्रमिक पाउने कर्मचारी कोषमा आबद्ध हुने हो भने विश्वसनीयता अझै बढ्थ्यो । यद्यपि यही अवधिमा कोषमा धेरै कर्मचारी आबद्ध भइसकेका छन् । पछिल्ला दिनमा कोषका योजना र यसले दिने लाभका कारण श्रमिकको आकर्षण बढ्दो छ । परिणामस्वरूप मासिक ८–१० हजार नयाँ श्रमिक कोषमा आबद्ध भइरहेका छन् । योगदानकर्ताले कोषबाट सुविधा प्राप्त गर्न थालेपछि विश्वसनीयता बढ्दै गएको छ । 

नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषजस्ता निकायका कारण सामाजिक सुरक्षा कोषलाई काम गर्न गाह्रो भइरहेको हो कि ?
केही अघिसम्म अन्योल थियो । तर अहिले स्पष्ट हुँदै गएको छ । अहिले सञ्चय कोषले सामाजिक सुरक्षा कोषमा जान चाहनेको रकम फिर्ता गर्ने निर्णय गरिसकेको छ । नागरिक लगानी कोषले यस्तो निर्णय नगरेकाले योगदानकर्तालाई रकम झिक्न कठिन भइरहेको छ । सबैका लागि सामाजिक सुरक्षा चाहिने भएकाले विभिन्न खाले कोष रहनुभन्दा एउटै खाले कोष रहनु राम्रो हो । यसो हुन सक्यो भने कोषबाट पाउने सुविधा बढी हुनुका साथै द्विविधा पनि हुँदैन । 

सामाजिक सुरक्षा कोष अन्य कोषहरू भन्दा के कसरी फरक छ ?
अन्य कोष बचतलाई प्रोत्साहन गर्न स्थापना गरेको देखिन्छ । तर सामाजिक सुरक्षा कोष श्रम ऐनमा भएका व्यवस्था तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्थालाई श्रमिकको हकहितमा कार्यान्वयन गर्न स्थापना गरिएको हो । सामाजिक सुरक्षा कोषले श्रमिकको जन्मदेखि मृत्युपर्यन्त आइपर्ने विभिन्न जोखिम वहन गर्छ, जसले गर्दा श्रमिकले ढुक्क भएर काम गर्ने बनाउँछ । श्रमिक समस्यामा पर्दा आश्रित परिवारलाई आर्थिक रूपले अप्ठ्यारो हुन दिँदैन । साथै काम गर्ने उमेर ढल्केपछि पनि कोषले व्यक्ति बाँचुन्जेल आयको निरन्तरतामा सघाउँछ । कोषले दिने सुविधा असीमित छन् । कोषका सुविधा आजीवन दिने खालका छन् । कोषले पेन्सन दिने योजना ल्याएको छ, जुन सुविधा अन्यमा छैन । कथंकदाचित् दायित्व वहन गर्न कोषमा भएको रकमले पुगेन भने राज्यले त्यसको जिम्मेवारीसमेत लिने व्यवस्था छ । त्यसैले यो अन्य कोषहरूभन्दा नितान्त फरक छ । 

कोषले कार्यान्वयनमा ल्याएका मुख्य योजना के के हुन् ?
कोषले मुख्यगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्ततता, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाले कोषमा योगदान गरेको ३ महीना पछिदेखि र योगदान गर्न छाडेको ३ महीनासम्म तोकिएको सुविधा उपलब्ध गराउँछ, जसअन्तर्गत घरमै बसी उपचार गरेमा वार्षिक २५ हजार र अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक १ लाख रुपैयाँमध्ये कुल दाबी रकमको ८० प्रतिशत कोषले बेहोर्ने र बाँकी २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ । त्यस्तै पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई गर्भ परीक्षण, अस्पताल भर्ना भई प्रसूति सम्बन्धी शल्यक्रिया वा उपचार गराउँदासम्मको खर्च र ३ महीनासम्मको शिशुको उपचार खर्च बेहोर्छ । दुर्घटनाबापतको सुविधा कोषमा योगदान शुरू गरेको दिनदेखि प्राप्त गर्न सकिन्छ । मासिक नियमित योगदान गर्दासम्म योगदानकर्ताले सुविधा पाउँछन् । 


सरकारी करार पारिश्रमिक पाउने कर्मचारी कोषमा आबद्ध हुने हो भने विश्वसनीयता अझै बढ्थ्यो । 

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई आजीवन पेन्सन सुविधा प्राप्त हुन्छ । जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निजको पति वा पत्नीले आजीवन पाउने व्यवस्था छ । वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तभरण योजनाबापतको रकम ६० वर्ष उमेर पूरा भएपछि र अवकाश योजनाबापतको रकम जागीर समाप्त भएपछि जुनसुकै समयमा प्राप्त हुन्छ । कोषले दिने यस्ता सुविधा थुप्रै छन् । कोषमा सहभागी हुन रोजगारदाताले न्यूनतम पारिश्रमिकको २० र श्रमिकले ११ प्रतिशत रकम योगदान गर्नुपर्छ । 

उद्देश्य यति धेरै राम्रो हुँदा हुँदै पनि थोरै मान्छे आउनुको संकेत के हो ?
कोषमा श्रमिक आबद्धता नभएको भन्ने होइन । बैंक, वित्तीय संस्था, बीमा, सूचनाप्रविधि, ठूला उद्योग तथा साना उद्योगमा काम गर्ने श्रमिक आबद्ध भइसकेका छन् । आबद्ध भएसँगै उनीहरूले कोषबाट सुविधा पाउन थालेका छन् । तर सबै नसमेटिएको भने पक्कै हो । यसो हुनुमा अनेक कारण छन् । तीमध्ये केहीले श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक पाउन नसकेको, केहीलाई कोषमा आबद्ध हुँदा रोजगारदाताले रकम राखिदिनुपर्ने, कतिपय रोजगारदाता नै कोषमा आबद्ध हुन अनिच्छा व्यक्त गरिरहेको अवस्था छ । केही कम्पनीमा काम गर्ने श्रमिक, जसले धेरै पारिश्रमिक पाउँछन्, उनीहरूले नै किन कोषमा सहभागी हुनुपर्‍यो भन्ने गरेका छन् । यस्तै कोषको तर्फबाट दिइने साक्षरता पर्याप्त नभएको पनि हुन सक्छ ।

सबै श्रमिकलाई कति अवधिभित्र कोषमा ल्याइसक्ने योजना छ ?
योगदानकर्ता मैत्री कार्यविधि बनाएर कोषले दिने सेवा राम्रो भयो भने चाँडै धेरै श्रमिक आउने अपेक्षा छ । सोही अनुसार समयसापेक्ष केही नेपाल ऐन संशोधन हुने क्रममा छ । सुरक्षा साक्षरता व्यापक बनाएर अघि बढ्न सकिन्छ भन्ने छ । कोषको शाखा बढाएर प्रदेशस्तरमा लैजाने काम भइरहेको छ । भर्खरै अस्पताललाई अनलाइन गर्ने काम भएको छ । स्वरोजगार, अनौपचारिक र वैदेशिक रोजगारीमा रहेकालाई पनि समेट्नेगरी काम भइरहेको छ । शुरुआती समयमा कोषमा आबद्ध हुनेको संख्या त्यति धेरै नबढे पनि यो आर्थिक वर्षको लक्ष्य ५ लाख श्रमिक र ३० हजार रोजगारदातालाई कोषमा आबद्ध गर्नुपर्छ भन्ने छ । योगदानमैत्री कार्यविधि बनाएर बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने योजना छ । 

कोषमा आबद्ध नहुने रोजगारदातालाई केही अघिसम्म कारबाही गर्नेसम्मको चर्चा गरिएको थियो । तर अहिले त्यसबारे कुरा हुन छोडेको छ । किन होला ?
श्रमिक कोषमा अनिवार्य आबद्ध हुने वा नहुने भन्नेबारेको विवाद यतिखेर सर्वोच्च अदालतमा विचाराधीन छ । कतिपय अवस्थामा प्रचार भन्दा पनि गुणस्तरलाई जोड दिएका छौं । योगदानकर्ताले पाउने सुविधाले पनि कोषप्रति विश्वास बढाउने काम भइरहेको छ । कोषले पेन्सन दिन थालेको छ । त्यसैले जनस्तरमा यसको राम्रो सन्देश प्रवाह भइरहेको छ । पछिल्लो समय आमसर्वसाधारणले कोषले प्रदान गर्ने लाभबारे बुझ्ने क्रम बढेको छ । कोषमा आबद्ध हुँदा पाउने लाभबारे जानकारी पाउने क्रम बढेको छ । कोषले प्रदान गर्ने सेवाको गुणस्तरका कारण यतिखेर राम्रो सन्देश प्रवाह भइरहेको छ । 

श्रम मन्त्रालयले हस्तक्षेप गर्दा काम गर्न कठिन भइरहेको चर्चा छ । यो सत्य हो ?
त्यस्तो छैन । मन्त्रालयको सचिव नै बोर्डको अध्यक्ष हुुनुहुन्छ । सहसचिवहरू पदेन र रोजगारदाता, ट्रेड युनियनका प्रतिनिधि बोर्डमा हुनुहुन्छ । यसको सर्वोच्च निकाय सञ्चालक समिति हो । यो स्वतन्त्र निकाय पनि हो । सचिव नै बोर्डको अध्यक्ष हुने भएकाले कुनै समस्या छैन, बरु सहज भएको छ । यसमा मन्त्रालयले आफ्ने ‘पर्फर्मेन्स’ देखाउने हो । 

मन्त्रालयले कोषलाई आवश्यक पर्ने नीतिको समयमा निर्णय नगर्ने, अघि सारेका कुरा नसुन्ने गरेको गुनासो छ नि ?
वास्तविकता त्यस्तो होइन । जुनसुकै ऐन संशोधन गर्दा त प्रक्रिया लागिहाल्छ नै । ऐन संशोधन गर्दा समय लाग्ने भएकाले बरु अध्यक्ष (श्रम सचिव)ले नै केही नेपाल ऐन संशोधन गरेर अघि बढ्न खोज्नुभएको छ । लकडाउनको बेला सरकारले उपलब्ध गराएको सवा २ अर्बको योगदान पनि मन्त्रालयको पहलमा भएको हो । कोषले एक्लै पहल गरेको भए सरकारले त्यो रकम नदिन पनि सक्थ्यो । नीतिगत सुधारका लागि पनि मन्त्रालयले पहल गर्दै आएको छ । यस्ता कामले गर्दा कोषलाई असहयोग होइन, बरु अभिभावकत्व पाए जस्तो भएको छ । 

अबको योजना के छ ?
कोषको अहिलेसम्म शाखा छैन । शाखा नहुँदा काम गर्न गाह्रो हुने भएपछि कम्तीमा प्रदेशस्तरमा शाखा खोल्ने प्रक्रियाका लागि ऐन संशोधन गर्न खोजिएको छ । मन्त्री, सचिवबाट स्वीकृति भएर अहिले प्रदेशमा शाखा खोल्ने निर्णय अर्थ मन्त्रालयमा पुगेको छ । 

बैंकमा काम गर्ने श्रमिक कोषमा आबद्ध हुनुको साटो सर्वोच्च अदालत गए । यसमा के समस्या हो ?
कार्यविधि स्वीकृत गर्दा बैंकर्स एशोसिएशनसँग बसेका हौं । त्यहाँ पनि अवकाश कोष छन् । सर्वोच्चमा मुद्दा जानुमा मेरो बुझाइ परिवर्तनलाई रोक्ने प्रवृत्ति हो जस्तो लाग्छ । केही कुरा हामीले बुझाउन पनि नसकेको होला । कोषमा केही बैंक, वित्तीय संस्था बीमा कम्पनी आएका छन् । हाम्रो प्रयास सबैलाई कोषमा आबद्ध गराउने नै हुन्छ । संवादको प्रक्रियालाई तीव्रता दिन्छौं । के गरियो भने उहाँहरू आउनुहुन्छ, त्यो पनि बुझ्छौं । सामाजिक सुरक्षा दीर्घकालीन योजना भएकाले कोषमा सबै आबद्ध हुनैपर्छ । 

अन्य कोषले दिनेभन्दा सामाजिक सुरक्षा कोषले दिने सुविधा कम हुँदा बैंकमा काम गर्ने श्रमिक विरोधमा उत्रिएको बताइन्छ । यसबारे के भन्नुहुन्छ ?
सामाजिक सुरक्षा कोषले दिने सुविधा अन्य कोषले दिनेभन्दा कम छैनन् । औषधि उपचारमा सामाजिक सुरक्षा कोषको भन्दा अन्यको केही बढी होला । यसमा पनि बुझ्नुपर्ने कुरा के हो भने बढी सेवासुविधा सम्बन्धित प्रतिष्ठानबाट पाइरहेको छ भने बाधा पर्ने छैन भन्ने ऐनमा व्यवस्था छ । योबाहेक कोषले दिने अन्य सुविधा राम्रा छन् । मातृत्व सुरक्षा, बिरामी, अशक्त, शिशु स्याहार, दुर्घटना, आश्रितलाई दिने सुविधा तथा पेन्सनका सुविधा अन्यभन्दा उत्कृष्ट छन् । अहिले २०० भन्दा बढी आश्रितले कोषबाट पेन्सन पाइरहेका छन् । मासिक १ लाख रुपैयाँसम्म पेन्सन पाउने पनि छन् । ६० वर्षपछि पेन्सन पाउने व्यवस्था पनि निकै राम्रो छ । तैपनि कतिपय व्यक्ति ६० वर्ष नभई अहिले नै सुविधा पाउनुपर्छ भन्ने गर्छन् । 

कोषले किन बुझाउन सकिरहेको छैन त ?
पक्कै पनि आमसर्वसाधारणले जुन रूपमा बुझ्नुपर्ने हो । त्यसो हुन सकेको छैन । तैपनि हामीले विभिन्न निकाय र व्यक्तिबाट प्रतिक्रिया लिने क्रम जारी राखेका छौं । कार्यविधिमा समेटिनुपर्ने विषय यकिन हुँदै गएका छन् । यसअघि आउने गरेका गुनासाका तुलनामा अहिलेका गुनासा कम हुँदै गएका छन् । यसले गर्दा कोषले परिकल्पना गरेका उद्देश्य पूरा गर्न सहज हुँदै गएको छ । 

कोषले संकलन गरेको रकम केमा लगानी भइरहेको छ ?
धेरैजसो रकम ‘क’ वर्गका बैंकमा राखिएको छ । त्यस्तै केही रकम डिबेन्चरमा पनि छ । भर्खरै मात्र कोषका योगदानकर्तालाई कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको छ । योगदानकर्ताले योगदानको विशेष सापटी अन्तर्गत जम्मा गरेको रकमको ८० प्रतिशतसम्म कर्जा लिन सक्छन् । साथै योगदानकर्ताले घरकर्जा, घर मर्मत कर्जा, शैक्षिक, सामाजिक कार्य जस्ता शीर्षकमा पनि कर्जा लिन पाउँछन् । लगानी कार्यविधि पनि स्वीकृत भइसकेकाले त्यसको आधारमा वित्तीय संस्थासँग मिलेर ठूला परियोजनामा लगानी गर्न सहवित्तीयकरणमा जाने तयारी गरिरहेका छौं । त्यस्तै जमानत कर्जा र पूँजीबजारमा पनि लगानी गर्छौं । स्रोतलाई विविधीकरण हुनेगरी लगानी गर्छौं । अब ठूला आयोजनामा लगानी बढाउने योजना छ । 

कुन परियोजनामा जाने भन्नेबारे केही सोचिएको छ ?
केही जलविद्युत्मा लगानी गर्ने भन्नेबारे छलफल भएको छ । तर मोडोलिटीबारे टुंगो लाग्न सकेको छैन ।

योगदानकर्ताको रकम लामो समयसम्म बैंकमा राख्दा त खासै लाभ नहोला नि ?
योगदानकर्ताको रकम अवकाशपछि प्रतिफलसहित फिर्ता दिने हो । त्यसैले हामी धेरै जोखिमका परियोजनामा जाँदैनौं । प्रतिफल, सुरक्षा के हो, त्यसबारे हेर्छौं । त्यसका लागि लगानीलाई विविधीकरण गर्नुपर्ने हुन्छ । तर धेरै जोखिम भएका परियोजनामा लगानी गर्दैनौं ।

कोषको शाखा बढाएर प्रदेशस्तरमा लैजाने काम भइरहेको छ ।

कोषलाई प्रभावकारी बनाउन के आवश्यक छ जस्तो लाग्छ ?
शुरुआती चरणको संस्थाको संरचना बनाउनुपर्दा सोचे अनुसार नहुँदो रहेछ । तैपनि संस्थाको जग बसाल्दा थुप्रै नदेखिने काम भने हुँदा रहेछन् । ऐन, नियमदेखि कार्यविधि, निर्देशिकाको निर्माण संशोधनमा धेरै समय लाग्दो रहेछ । संस्थालाई स्थिर बनाउन कर्मचारी भर्ना प्रक्रियाका साथै योगदानकर्ता र रोजगारदाताको आबद्धतामा कोषको प्रगति जोडिएकाले बुझाइमा त्यस्तै समस्या छ । कतै श्रमिकले, कतै रोजगारदाताले नबुझ्ने समस्या र बुझे पनि नियम, कानून बाधक पनि देखियो । धेरै सरोकारवालाको चाहना पूर्ति गर्नुपर्ने अवस्था छ । त्यस्तै कोषले ल्याएको कार्यविधिप्रति व्यापक असन्तुष्टिलाई चिर्नु, बुझाउनुपर्ने अवस्था रह्यो । शुरूका चरणमा ताली भन्दा गाली खानुपर्ने रहेछ भन्ने बुझाइ रह्यो । गालीले हामीलाई परिपक्व बनाएको छ । अब सेवा कसरी दिने भन्नेबारे पनि स्पष्टता आउँदै छ । हालै शुरू गरिएको अस्पताललाई अनलाइन गर्ने काम पनि दुई वर्षअघि नै गर्ने भनिएको थियो । तर त्यसलाई मूूर्त रूप दिन लामो समय लाग्यो । अब जग बसेको कोषलाई अझै योगदानकर्ता, रोजगारदातामैत्री बनाएर धेरैको सहभागिता बढाउन आवश्यक छ । अनौपचारिक, स्वरोजगार, वैदेशिक रोजगारीमा जानेलगायतलाई समेटेर कोषलाई ठूलो बनाउनुपर्नेछ । सामाजिक सुरक्षाले उत्पादकत्व बढाउँछ । किनकि रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध बनाउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई कसरी समेटिन्छ ? 
यसका लागि गृहकार्य भइरहेको छ । खासमा सामाजिक सुरक्षा अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिलाई चाहिएको हो । त्यसैले यसमा सरकार वा अझै भनौं प्रदेश, स्थानीय सरकारले केही रकम र केही रकम स्वयम् योगदानकर्ताले हाल्न सक्छन् । माग पनि अनौपचारिक क्षेत्रमा रहेकालाई समेट्नुपर्छ भन्ने छ । कार्यविधि आएपछि स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्ति सहभागी हुन पाउँछन् । र, कोषले दिने सुविधा सबैले पाउँछन् । 

स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा योगदानको प्रक्रिया कस्तो हुन्छ ?
रोजगारीमा रहेका भन्दा केही फरक हुन्छ । अहिले निजी संगठित क्षेत्रका लागि ऐनमै रोजगारदाता र श्रमिकले कति योगदान गर्ने भन्नेबारे तोकिएको छ । अनौपचारिक क्षेत्रका लागि सबै योजनालाई विस्तारै कार्यान्वयनमा ल्याउँछौं । र, सोही अनुसार संशोधन हुँदै जान्छन् । यसमा गृहकार्य भइरहेको छ ।

स्वरोजगार, अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरू कहिलेदेखि कोषमा आबद्ध हुन सक्छन् ?
चालू आर्थिक वर्षको दोस्रो त्रैमास (मंसिर)देखि सहभागी हुन पाउने व्यवस्था मिलाउँदै छौं ।

कतिपय मान्छे कोषबाट पाउने सुविधा झन्झटिलो छ भन्छन् । त्यो सत्य हो ?
छैन । कोष ‘क्यासलेस’ प्रणालीमा गइसकेको छ । जो कोही दाबीका लागि कोषमा आउनैपर्दैन । अनलाइनबाट आवश्यक सबै कागजपत्र लिएपछि सम्बन्धित बैंकमा रकम जम्मा हुन्छ । सबै योजनाका लागि अनलाइनबाटै काम हुन्छ । केही अघिसम्म औषधि उपचारका लागि केही बिल आउने गर्थ्यो । तर अहिले त्यसलाई पनि अनलाइन गरिएको छ । अब कोषबाट पाउने सुविधामा कुनै समस्या छैन । बरु नियमित रूपमा कोषमा जम्मा गर्नेले महीना सकिएको १५ दिनभित्र रकम जम्मा गर्नुपर्छ । १५ दिनभित्र कोषमा जम्मा नगरे किस्ता नियमित हुँदैन । किस्ता नियमित नभएको अवधिमा कुनै घटना भयो भने कोषबाट प्राप्त हुने सुविधा योगदानकर्ताले पाउन सक्दैनन् । त्यसैले यस्तो समस्याबारे योगदानकर्ता र रोजगारदाताले बुझ्न आवश्यक छ । 

जब बकाइनो, अल्लो र कालो निउरो क्यान्सरको औषधि रहेको पत्ता लाग्यो

 https://www.nepaljapan.com/07/24/544037/

जब बकाइनो, अल्लो र कालो निउरो क्यान्सरको औषधि रहेको पत्ता लाग्यो

भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थियो ।

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुआती प्रयास तथ्यहरुको खोजी गर्दै जाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दै जाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उहाँको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो । “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ”, श्रेष्ठले भन्नुभयो ।

बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो । “नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोज्नुभयो । उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक नै लाग्न गयो । सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उहाँको । ‘गोरखा भूकम्प’, पारिवारिक दायित्वले थिच्यो, उहाँलाई । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गर्नुभयो ।

मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग । वन मन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उहाँका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे । “उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उहाँ स्मरण गर्नुहुन्छ । दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड ।

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन । कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुनुहुन्छ ।

त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डडेलो लागे जसरी फैलिएको क्यान्सर रोक्नका लागि ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

अध्ययन भइरहेको थियो । एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उहाँले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो । अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशाधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरिर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुने गरेको छ । त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ ।

अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुने गरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर रु १२०० देखि २००० सम्म छ ।

राष्ट्रियरुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ । पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन’अन्तर्गत अल्लो छनोट गरेको छ ।

नेपालको १२ सय मिटरदेखि ३१ सय मिटरको उचाइसम्म पाइने र अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल–जाखिल्मा’ पनि भनिन्छ । बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि देशमा अल्लोको कपडा निर्यात हुने गरेको छ ।

अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालमा फाइने अधिकांश वनस्पति कुनै न कुनैरुपमा काम लाग्दो औषधिका रुपमा प्रयोग गर्न सकिने खोजबिनबाट पत्ता लागेको छ । लगानीको अभाव तथा थप अध्ययनको अभावमा त्यसबाट फाइदा लिन भने सकिएको छैन । रासससँगको कुराकानीका क्रममा श्यामशरणले भन्नुभयो, “हामीले काम नलाग्ने भनेर खेर फालेका ती वनस्पति आफैँमा असाध्यै महत्वपूर्ण रहेको पाइएको छ ।”

बकाइनो एक बहुउपयोगी प्रजाति

नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ । यसको प्रयोगले महिलाको गर्भाशयलाई पनि फाइदा हुन्छ । बकाइनो घर खेतबारीमा लगाउन सकिन्छ । यो बाख्राको प्रिय घाँस पनि हो । यही तथ्यमा रहेर अध्ययन गर्दा गर्भाशयको क्यान्सर रोक्ने क्षमता बकाइनोमा रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ । खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

बाथरोग भएमा बकाइनोको गेडालाई रायो र सस्र्यूंमा पिनेर लेप लगाउँदा वाथ विस्तारै ठीक हुँदै जाने आयुर्वेद चिकित्सामा बताइएको छ । रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर लगाउँदा घाउ छिट्टै निको हुनुका साथै रगत जमेर बसेको ठाउँ पनि सफा भएर जाने श्रेष्ठको भनाइ छ ।

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ । दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान÷बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक/एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई/चार दिनमै ठीक हुने उहाँको भनाइ छ ।

बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहान/बेलुका खाने गरेका उक्त समस्याबाट मुक्ति पाइन्छ । गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक/एक चम्चा बिहान/बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ । यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

पहेँलो बैजनी वा बैजनी पाँच पत्रदल भएको झुप्पामा फुल्ने फूल साना र सुगन्धित हुन्छ । मार्च–अप्रिलमा फूल फुल्ने र डिसेम्बर–जनवरीमा फल पाक्ने गर्छ । फल गुदीदार, गुच्छा आकारको, छिप्पिदा हल्का पहेँलो हुने जाडोभर रूखमा झुन्डिरहन्छ र बिस्तारै चाउरी पर्ने र लगभग सेतो हुन्छ ।

बकाइनो उपोष्ण जलवायु क्षेत्रको रूख भए तापनि यो अत्यधिक अनुकूलनीय वनस्पति हो । यसले केही तुषारोसहित न्यानो शीतोष्णबाट आद्र उष्ण क्षेत्रसम्मको अवस्थाको विस्तृत दायरालाई सहन सक्छ । यो उष्ण क्षेत्रमा एक हजार, ८०० मिटरसम्मको उचाइमा हुर्किन्छ । यसले सबैभन्दा तातो महिना ३९ डिग्री सेल्सियसमा औसत अधिकतम तापक्रम सहन सक्छ । काठ कडा, केही गह्रौँ, सजिलै फुट्ने र केही हदसम्म टिकाउ छ । यो फर्निचर, प्याकिङ केस, निर्माण, सजावटी ढक्कन आदि बनाउन प्रयोग गरिन्छ ।

निउरो नयाँ स्वाद

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उहाँलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भन्नुभयो । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उहाँको भनाइ छ ।

सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाउनुभयो । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

आम्दानीका हिसाबले निकै राम्रो देखिएको निउरो स्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी रहेको छ । पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गरेका छन् । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका धेरै पौष्टिक तत्व पाइन्छन् । भिटामिन ‘ए’ लगायत विभिन्न सुक्ष्म पौष्टिक तत्व पाइने भएकाले बच्चा र गर्भवती महिलालाई कुपोषणबाट बचाउन निउरोले निकै मद्दत गर्छ ।

यस्ता विवरण सुनाउँदै भक्तपुरे रैथाने श्यामशरणले भन्नुभयो, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवद्र्धन गर्न ‘पिपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवद्र्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा”, उहाँले भन्नुभयो, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गराैँ । त्यसका लागि सरकारले नै चासो देखाओस् ।” पछिल्ला दिनमा नेपालका वनस्पति र त्यसको गुणका बारेमा खोजविनसमेत बढेको भन्दै ‘उन्यूका डाक्टर’ श्रेष्ठले भन्नुभयो, “लगानी बढाआैँ, प्रतिफल हासिल हुन्छ ।”

 https://bizmandu.com/content/20220802185651.html

https://bizmandu.com/content/20220729145425.html


भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ?

 https://ictsamachar.com/news-details/11851/2022-08-01

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ? 

लुम्बिनी केबलकार माघ 2079 देखि सञ्चालन हुने

लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने

https://www.himalkhabar.com/news/131474

पूर्वाधार     लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने   हिमालखबर सोमबार, १६ साउन, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ।

करीब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिर सहितका संरचना निर्माण हुने भएका छन्। कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने जानकारी दिए।

केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करीब चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए। तल्लो स्टेशनको सब–स्ट्रक्चरको निर्माण कार्य करीब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम भइरहेको जनाइएको छ।

नौमध्ये आठ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य भइरहेको छ। माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाको आयात प्रक्रिया पनि अघि बढेको उनले बताए।

सोमबार, १६ साउन, २०७९, १५:१६:०९ मा प्रकाशित


 https://www.onlinekhabar.com/2022/08/1167826


Tuesday, July 19, 2022

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

 https://ekantipur.com/pradesh-1/2022/07/19/16582418856682647.html

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान

कान्तिपुर संवाददाता

काँकडभिट्टा — भारतको एक विश्वविद्यालयले एक सयभन्दा बढी नेपाली विद्यार्थीलाई ५ करोड भारतीय रुपैयाँ बढीको अध्ययन छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष भर्नामा उक्त रकम बराबरको छात्रवृति उपलब्ध गराउने भएको हो ।

युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा छात्रवृत्तिबारे जानकारी गराएका हुन् । उनले नेपाली विद्यार्थीलाई लक्षित गरी यति ठूलो राशिको छात्रवृत्ति कार्यक्रम पहिलो पटक ल्याइएको जनाए । उनका अनुसार विश्वविद्यालयले प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई छात्रवृत्ति लक्षित गरेको हो । ‘छात्रवृत्तिका लागि ११ साउन ११ भित्र आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र १३ साउनमा हुने अनलाइन परीक्षामा सहभागी बन्नु पर्ने हुन्छ,’ भट्टराईले भने । छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान छ । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने उनले जनाए । ‘अध्ययनमा लाग्ने सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्छ,’ उनले थपे ।




यो विश्वविद्यालय सन् २०१० मा वरिष्ठ डा. एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी सञ्चालन गर्दै आएका छन् । हाल यहाँ अध्ययनरत आठ हजारभन्दा बढीमध्ये दुई हजार हाराहारीमा नेपाली विद्यार्थी छन् । यो विश्वविद्यालयमा अध्ययन गर्नेहरुले त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीबाट समकक्षता प्राप्त गर्ने भट्टराईले जनाए । अघिल्लो पटक भूकम्पका बेला ४० विद्यार्थीलाई विश्वविद्यालयले ४० लाख बढीको छात्रवृत्ति उपलव्ध गराएको थियो । सन् २०१७ मा काठमाडौंमा रोजगार मेलाको आयोजना गरी ३ सय ५० भन्दा बढीलाई रोजगार दिएको दाबी भट्टराईले गरे ।



प्रकाशित : श्रावण ३, २०७९ २०:२९

Thursday, July 14, 2022

नेपालकै हो विक्रम संवत्

 https://hamrakura.com/news-details/127233/2022-07-02

शीतल गिरी,
प्रकाशित२०७९ असार १८ शनिबार

प्राकृतिक परिवर्तनमा देखिने निश्चित क्रम वा प्रणालीको आवृत्तिलाई ध्यानमा राखेर त्यसको आरम्भ बिन्दूबाट नयाँ–नयाँ वर्ष गणना गर्दै जाने चलन विश्वभर प्रचलित छ । स्थानगत विभिन्नता र सांस्कृतिक विविधताले गर्दा त्यसमा एकरूपता नभए पनि प्रायः सबैमा आ–आफ्ना सांस्कृतिक पक्ष आदि सबै वा कुनै न कुनै एउटा अवश्य गाँसिएका हुन्छन् ।     
    
हरेक पक्षबाट विचार गर्दा नेपाल विविधता र विचित्रताले भरिपूर्ण देश हो । विक्रम संवत् अनुसार नयाँ वर्षको प्रारम्भ बैैशाख १ गतेबाट हुन्छ । नेपालमा फरक फरक समयमा नयाँ वर्ष मनाउने समूह पनि नभएका होइनन् । वर्तमान नेपालको परिवर्तित परिस्थिति आ–आफ्नो अस्तित्व र पहिचान एवं मौलिक परम्परा कायम गर्ने–गराउने अवसर वा होडबाजीका रूपमा परिणत भएको महसुस हुँदै गएको पनि देखिन्छ । विक्रम संवत्को बारेमा व्यापक छलफल र अनुसन्धानको आवश्यकता देखिएको छ — यस संवत्प्रति नेपालीको आफ्नै अपनत्व छ, त्यही अपनत्वले गर्दा यसबारेको खोजी प्रति रूची जागेको हो ।     
    
राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा हुने गरेको समारोहपूर्वक विक्रम संवत्को स्वागत तथा दीपप्रज्वलनजस्ता कार्यक्रमबाट पाश्चात्य जगतकोसमेत यसतर्फ ध्यानाकर्षण भएको देखिन्छ । समग्र विश्वमै प्रचलित विभिन्न संवतहरूमा सबैभन्दा लामो इतिहास बोकेको र समग्र नेपाली जनमानसमा भिजेको संवत् हो विक्रम संवत् । सौरमान अनुसार परिवर्तन हुने विक्रम संवत् पूर्ण प्राकृतिक र वैज्ञानिक छ । अनि यो सूर्यको गतिसँग प्रत्यक्ष सम्बन्धित छ ।         

विक्रम संवत् अनुसार हरेक वर्ष बैशाख १ गतेबाट नयाँ वर्ष शुरु भएको मानिन्छ । विश्वमा विक्रम संवत्लाई राष्ट्रिय संवत् मान्ने मुलुक नेपालमात्र हो । त्यसैले यो संवत् नेपालका लागि आफ्नै विशिष्टतम मौलिक संवत् हुन पुगेको छ । यसो त अङ्ग्रेजहरूको उपनिवेश पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरु पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् (इस्वी सम्वत्) अपनाउन बाध्य बने । बनाइए ।     

अङ्ग्रेजहरूले नेपाललाई आफ्नो नियन्त्रण रेखाभित्र ल्याउन नसकेको प्रतिफल विक्रम संवत्को निरन्तरता पनि हो । नेपालमा साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् प्रचलनमा रहिरह्यो । 

नेपालको सरकारी कामकाजी संवत् पनि यही नै हो । संवत् जुनसुकै नै किन नहोस् त्यसअनुसार नयाँ वर्ष शुरु भयो भन्नुको अर्थ समय नै नयाँ शुरु हुने होइन । संवत्को संख्या मात्र बदलिने हो, जुन हामीले सजिलोका लागि अपनाउँदै आएका हुन्छौं ।     

हाम्रो यहाँका अपवादमा आएका एकाधबाहेक प्रायः सबै चाडपर्व चन्द्रमाणमै आधारित छन् । हाम्रा जति पनि चाडबाड छन् यिनका गणना चन्द्रमाको कला घट्नु र बढ्नुसित सम्बन्धित रहेर हुने गर्छ । त्यसैले यसलाई चन्द्रमाण भनिएको हो ।     

देवकार्य र पितृकार्यसमेत चन्द्रमाणका आधारमा तय हुने गर्छन् । विक्रम संवत्ले यस्ता तमाम पक्षलाई समेटेको छ । भनिन्छ, विक्रम संवत् विक्रमादित्यले चलाएको संवत् हो ।     

साँखुको बज्रयोगिनी मन्दिरमा रहेको विशाल शिरलाई नेपालका कतिपय लेखक भ्रमवश भारत मध्यप्रदेशको राजधानी भोपाल नजिकको उज्जयनीको विक्रमादित्यको शिर मान्ने गरेका छन् । कुन व्यक्ति कहाँको त्यसबारे के कस्तो प्रमाण छ, लोकमत कस्तो छ यस्ता कुराले बढी महत्व राख्दछ । यथार्थमा विक्रमसंवत् चलाउने विक्रमादित्य नेपालकै हुन् र उनले नेपाल र नेपालीको मन जित्ने काम गरेका छन् ।         

व्यवहारिक वैज्ञानिक विक्रम संवत् हो । यो प्रमाणित भइसकेको छ । यसले धार्मिक, सामाजिकदेखि प्रशासनिक आदि सबै क्षेत्रलाई समेटेको छ । यसको समयमापन पद्धतिलाई सही मानिएको छ । समय मापनको क्षेत्रमा यसको आफ्नै मापदण्ड छ । यसको आधारमा गरिएको मापन संसारको जुनसुकै कुनामा पनि मेल खाने गरेको छ । जस्तो एक वर्षमा १२ महिना, ५२ हप्ता र ३६५ दिन हुन्छ भन्ने कुरा विश्वको प्रायः सबै मुलुकले स्वीकारेका छन् । यस संवत्ले स्वीकारेको तथ्य पनि यही नै हो । विक्रम संवत्को आधारमा मेष संक्रान्ति नै नयाँ वर्षको आगमन हो । मेष संक्रान्तिका दिन प्रकृतिले पनि स्वागत गर्छ ।         

विक्रम संवत् शुरु हुने दिन हरेक वर्ष बिहानै सिराहाको सलहेस फूलबारीमा सुनगाभा जस्तै ठूलो खाले फूल फुलेर सबैको लागि अमूर्त रूपले नयाँ वर्षको शुभकामना सम्बोधन गर्दछ । यस्तो चमत्कार सम्भवतः संसारको कुनै पनि मुलुकमा छैन । नयाँ जीवन दिने पनि प्रकृतिले नै हो । जीवनलाई नयाँ गति दिने पनि प्रकृतिले नै हो । नयाँ वर्षको अर्थ पनि कुनै न कुनै रूपमा नयाँ हुनु वा बन्नुसितै सम्बन्धित छ । नयाँ वर्षको दिन मात्र फुल्ने सलहेस फूलबारीमा फुल्ने फूललाई यही अर्थमा लिन सकिन्छ ।     

विक्रम संवत्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु हो । दिन र रात सूर्यले नै निर्धारण गर्ने र पृथ्वीले एक वर्ष अर्थात् ३६५ दिन, १५ घडी, ३१ पला, ३१ प्रतिपलामा सूर्यको एक चक्कर पूरा गरेको हुन्छ । जब ३६० डिग्री अर्थात् राशि, अंश, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् । विक्रम संवत् अनुसार नयाँ वर्ष शुरु हुन्छ । 

यसैगरी ३० अंशको एक महिना हुने हुँदा पहिलो ३० अंश सिद्धिएपछि बैशाख सकिएर जेठ महिना शुरु हुन्छ । विक्रम संवत्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरू अवलम्वन गर्दै आएको तर तिथिहरू थपघट हुने हुँदा ज्योतिष सम्मेलनको सुझावमा शासन व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेर राणाले विक्रम संवत् १९६१ बैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र बारहरूमा तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएको पाइन्छ ।         

विक्रम संवत् हिमवत्खण्ड नेपालका विभिन्न राज्यमा प्रचलित थियो । विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ । विक्रम संवत् अनुसारको ज्योतिष विज्ञानले मौसम अनुसार पानी पर्ने दिनहरूको पनि राम्ररी सूचीकरण प्रस्तुत गर्न सकेको छ । 

शनिबार पानी परे तीन दिनसम्म बर्सिरहन्छ, बुधबार र बिहीबार पानी बर्सेमा धेरै दिनसम्म पानी परिरहन्छ । त्यसलाई भलावर्षे भनिन्छ । सोमबार र शुक्रबार पानी बर्सेमा एक दिनमात्र बर्सन्छ । 

नेपालका खोजकर्ता एवं इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् हुन् भनेका छन् । जयस्थिति मल्लका पालाको सुर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङ्का राजा हरिशचन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखेका प्रमाण उपलब्ध रहेको इतिहासविद् राजवंशीले पुरातत्व संग्रह (२०१८) मा प्रकाशन गरेका छन् । 
         
विक्रम संवत् ज्योतिर्विज्ञानसित समेत सम्बन्धित देखिन्छ । ज्योतिर्विज्ञानले यसैको नजिक रहेर काम गरेको छ ।         

विक्रम संवत् अनुसार १२ महिनालाई क्रमशः बैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन र चैत भनिन्छ । ज्योतिषशास्त्रको मूलभूत आधार मानिएको २७ नक्षत्रमध्यकै नामहरूसित जोडिन पुगेको उदाहरण बैशाख महिनालाई नै लिन सकिन्छ । 
    
बैशाख महिनामा पर्ने पूर्णिमा तिथि कुनै रूपले विशाखा नक्षत्र वा त्यसकै आसपासमा पर्ने गर्छ । यसैको आधारमा यस महिनाको नाम बैशाख रहन गएको हो । यसैगरी जेठ महिनाको पूर्णिमा तिथि जेष्ठा नक्षत्रमा वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनाको नाम जेठ रहन गएको देखिन्छ । त्यस्तै असार महिनाको पूर्णिमामा तिथि उत्तरषाढा नक्षत्र वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनालाई असार भन्ने गरिएको छ ।         

काभ्रेपलाञ्चोकको नालामा उत्तरापुर राज्यका नाममा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजा आजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो ।       

विक्रम संवत् हिमवत्खण्डमा विशाल नेपाल सिर्जना भएपछि राष्ट्रिय संवत्को रूपमा स्थापित छ । तर विक्रम संवत् नेपालको संवत् नै होइन भन्ने गरेको पनि सुन्नमा आउने गरेको छ । वास्तवमा विक्रम संवत् विकास भएको चार सय वर्षपछिका गुप्तवंशी समुद्र गुप्तका बाबु चन्द्र गुप्तले भारतमा विक्रमादित्यको उपाधि धारण गरेका आधारमा नै विक्रम संवत् उनले विकास गरेको भन्नु यथार्थबाट टाढा भाग्नु हो । 

भारतीय इतिहासकारहरू पं. भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यायक राधागोविन्द बासव लगायतले विक्रम संवत्को विकास नेपालमा भएको र मानदेव प्रथमका समयमा उल्लेखित अभिलेखहरू सबै विक्रम संवत् हुने भनेर लेखेको पाइन्छ । भारतीय विद्वानहरू नै विक्रम संवत्को विकास नेपालमा भएको हो भन्छन् ।     

इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन् — जुन समय ईशापूर्व ५८ वर्षमा यो संवत् विकास भएको थियो, त्यस समयमा भारतको उज्जैनमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।


Wednesday, June 29, 2022

https://hamrakura.com/health?page=4

 https://hamrakura.com/news-details/124832/2022-05-29

https://hamrakura.com/health?page=4

गर्मीमा सर्प दंशको खतरा बढ्छ, सर्पलाई मार्ने नगरौं र टोकी हालेमा तल दिएका नम्बरहरुमा सम्पर्क गरौँ :

 

गर्मीमा सर्प दंशको खतरा बढ्छ, सर्पलाई मार्ने नगरौं र टोकी हालेमा तल दिएका नम्बरहरुमा सम्पर्क गरौँ :
कञ्चनपुर अर्जुनी व्यारेक ०९९-५४०१४०, ०९९-५४०३०९
कैलाली गैरी गंगा नगरपालिका - ८ बदैपुर ०९१-४०२०२९
बर्दिया ठाकुर बाबा नगरपालिका ४ , सैनाबार ०८४-४०२०४
बाँके ईमामनगर व्यारेक ०८१-५६५०५८
बाँके ओभरी व्यारेक ०८१-४०००४७
दाङ गदवा-६ गाउँपालिका ०८२-५६११००
कपिलवस्तु शिवराज अस्पताल बहादुरगन्ज ०७६-५३०११०
कपिलवस्तु गुरुसिङे ०७६-५४५०६२
नवलपरासी -६ त्रिवेणी ०७८-५६०१००
सिन्धुली -९ दुधौली नगरपालिका ९८६१४०६०४१
महोत्तरी -३ बर्दिबास ०४४-५२०८६४
सिरहा कर्जन्हानगरपालिका-६, बन्दीपुर ९८१७१७९३३२
सिरहा चौहरवा ०३३- ४०१९२३
बारा जीतपुर ०५१-५८०५१२
रौतहट चन्द्रनिगापुर ०५५- ५४०१५०
धनुषा महेन्द्रनगर व्यारेक ०४९-५४०४५२
सर्लाही लालबन्दी नगरपालिका १, नवलपुर ०४६-५७००६३
सुनसरी इटहरी व्यारेक, सुनसरी २०२५-५८१५६४
सप्तरी खडक नगरपालिका ७, कल्याणपुर ९८४०५६१४२७
झापा चारआली व्यारेक ०२३-४६००८०
झापा कन्काई नगरपालिका-४, कोटीहोम ९८४२१५४२७५
झापा दमक नगरपालिका-७, रतुवाल ९८४२६३०२० / ९८४२७९०११९
झापा कचनकावल ९८१४९९७१०५
मोरङ रतुवामाई नगरपालिका ५ सिन्जुवा ९८०५३४५०३८
उदयपुर चौदन्डीगढी न. पा. बेलटार ९८४५८९२७९०
उदयपुर कटारी नगरपालिका-२, बेलसोत ०३५- ६९२५४
मोरङ पूर्वी पृतना तालिम शिक्षालय लेटाङ ०२१-५६०२३९
Pic.@subedi.basant