Wednesday, June 23, 2021

https://www.himalkhabar.com/news/121642

 कोजा–८५ जातको उखु एक कठ्ठा खेतमा ४० देखि ५० क्वीन्टल उत्पादन हुने अपेक्षा गरिएको छ। अहिले खेती भइरहेका परम्परागत जातका उखुहरूले प्रतिठ्ठा १५ देखि २५ क्वीन्टलसम्म उत्पादन दिइरहेको छ।

थप सामग्री : https://www.himalkhabar.com/news/121642




Wednesday, June 16, 2021

बाँजो जमिनमा तितेपाती खेती

 https://rajdhanidaily.com/id/41822/

बाँजो जमिनमा तितेपाती खेती

श्रीकृष्ण सिग्देल,
facebook-white sharing button Share
twitter-white sharing button Tweet
pinterest-white sharing button Pin
sharethis-white sharing button Share



स्याङ्जा । धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायीकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायीक रुपले खेती गर्न लागेकी हुन् ।

पुतलीबजार नगरपालिका १४ आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनीज जातको तितेपाती खेतबारीमा लगाउन शुरु गरेकी हुन् । लकडाउनले उनले संचालन गरेको हस्तकला व्यवासय बन्द भएपछि लकडाउनलाई सदुपयोग गर्दै बाँजो जमिनमा उनले तितेपाती खेती शुरु गरेकी छन् । बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिनादेखी बाँजो जमिनमा तितेपाती खेती गरेको बताइन् ।

महिला उद्यमी समेत रहेकी क्षेत्रीले बाँदरले लगाएको बालीनाली नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको जानकारी दिइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितोपाती खेतीलाई व्यवसायीक बनाउने अभियानमा जुटेकी छन् ।

बाँदरको समस्याले गर्दा खेतवारी बाँजो राख्न बाध्य थियौ उनले भनिन्, तितेपातीको बिक्रि गर्ने जिम्मेवारी काठमाण्डौ स्थित कम्पनीले लिएको छ । खेतबारी बाँजो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलाउने भनेर खेती शुरु गरे उनले भनिन् । क्षेत्रीले अहिले १० रोपनी जमिनमा तितेपाती लगाउने गरेकी छन् । आर्युवेदीक औषधीका रुपमा प्रयोग हुने तितेपाती दुई दुई महिनामा काट्न मिल्ने क्षेत्रीको भनाई छ । कस्मेटिक आईटम लगायत अन्य सेवन गर्ने पनि यो प्रभावकारी हुने बताइएको छ । तितेपाती जापान निर्यात गरिदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताइन् ।

स्याङ्जाका हरेक बस्तीमा बाँदर आतङ्क छ । बाँदरले अन्नवाली नष्ट गरिदिएपछि मानिसहरुले वालीनाली नलगाएर खेतवारी बाँजै राख्न थालेका छन् । बाँदरले नष्ट नगर्ने उत्पादन स्याङ्जाका बाँदर पिडित किसानका लागि यो तितेपातीको खेती उत्तम हुने क्षेत्रीको सुझाब छ । नेपालमा पाईने भन्दा अलि चाम्रो र पातीको पछाडीको भाग सेतो रङ्गको हुन्छ । सुकाएको तितेपाती ५० रुपैया किलोमा बिक्री हुने गरेको छ । क्षेत्रीले शुरु गरेको तितेपातीले साच्चिकै सफलता मिल्यो भने बाँदरले पनि नष्ट नगर्ने र कुनै किराले पनि आक्रमण नगर्ने भएपछि यो खेती फदायी हुने विश्वास गरिएको छ ।

चुरा, पोतेको डिजाईन बनाउन महिलाहरुलाई तालिम दिने उद्यमी महिलाले तितेपाती लगाएकोमा छिमेकीहरु पनि दङ्ग परेको क्षेत्रीले बताइन् । आर्थिक आयमा केही गर्छु भन्ने महिलाहरुका लागि स्थानीय सरकारले कुनै चासो नदिएकोमा क्षेत्री दुखी छन् । आफ्नै मेहनतले केही गर्नुपर्छ भन्ने ध्येय बोकेकी क्षेत्रीले व्यवसायमा धैर्यता र लगनशीलता हुने बताउछिन् ।

युवा प्रतिभा पुरस्कार २०७७ बाट गण्डकी प्रदेशबाट उत्कृष्ट छनोट पर्न सफल क्षेत्री महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दावी गर्छिन् । तालिम दिदै आएकी क्षेत्रीले तितेपातीलाई व्यवसायीक रुपले गरेको खेतीका लागि स्थानीय सरकारले पनि सहयोग गर्नु आवश्यक देखिएको छ । आयुर्वेदीक औषधीका लागि उपयोगी हुने भएकाले यसको बजारको ग्यारेन्टी रहेको आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

 http://annapurnapost.com/news/181477

चितवन : नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । 

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । 

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भने, 'सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।' यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । 

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ । 

Wednesday, June 9, 2021

शिवलिंगी के बीज बाँझोपन १००%

 https://scienceinfotech.com.np/5474554/




ढुंगा-गिट्टीमा सरकारी हिसाब : वर्षमा साढे १३ अर्बको निर्यात, एक अर्ब राजस्व

 https://www.onlinekhabar.com/2021/06/967143

ढुंगा-गिट्टीमा सरकारी हिसाब : वर्षमा साढे १३ अर्बको निर्यात, एक अर्ब राजस्व

खानी विभागले २०२५ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । हामीसँग खानीजन्य र नदीजन्य गरी दुई किसिमका निर्माणमुखी खनिज छन् । साधारण निर्माणमुखी खनिज सबैजसो क्षेत्रमा पाइने सम्भावना छ । तराई, भावर र भित्रीमधेश, महाभारत र मध्यपहाड र उच्च हिमाली क्षेत्रमा यी पदार्थ प्रचुर मात्रामा पाइन्छन् ।

हामीले अरू खनिज खोज्न हिंड्दा र अन्वेषण गर्न जाँदा पनि निर्माणजन्य खनिज नै बढी भेट्टाइरहेका हुन्छौं । अध्ययन थालेदेखि  यसमाथि काम गर्दै आएका छौं । समय-समयमा मूल्यांकन पनि गर्छाैं । हाम्रो अध्ययनले अहिलेसम्म नदीमा आधारित खनिज ७५.४ करोड घनमिटर रहेको पाइएको छ । २० जिल्लामा अध्ययन गरेर यो खनिज मौज्दात रहेको अनुमान गरेका हौं ।

हामीले २०७१ मा १४ जिल्लामा ९२ खानीको ४१४ हेक्टर क्षेत्रफलमा अध्ययन गर्दा १९.१ करोड घनमिटर निर्माणजन्य पदार्थ रहेको अनुमान गरेका थियौं । ती खानीमा पाँच करोड घनमिटर भने खेर जाने खालको निर्माणजन्य सामग्री छ । जसलाई पछिल्लो समयमा विभिन्न पूर्वाधारको जग तयार गर्न उपयोग गर्न थालिएको छ ।

हाम्रो चुरे यति नाजुक छ कि माथिल्ला क्षेत्रमा हुने मानवीय गतिविधिको प्रभाव त्यसमा प्रत्यक्ष रूपमा परिहाल्छ । वर्षा भएपछि चुरेको ढुंगा, बालुवा बगेर तल पुग्छ । त्यो समथर नदीमा मौज्दात बनेर बस्छ । यसलाई अध्ययन गरेर दिगो रूपमा उपयोग गर्नुपर्छ ।

देशको भौगोलिक अवस्था हेर्दा यस्ता खानी सञ्चालनको अपार सम्भावना देखिन्छ । हामीले अहिले ४३ जिल्लामा खानीहरू खोजिरहेका छौं । नदी तथा खोलामा पनि त्यस्तो सम्भावनाको अध्ययन जारी छ । बारा र पर्साका नदीमा मात्रै तीन करोड घनमिटर गिट्टी, बालुवाको खानी पहिचान गरेका छौं । सिन्धुलीको मरिन खोलामा अध्ययन भइरहेको छ ।

हाल काठमाडौं उपत्यका र वरपरका १३ जिल्लामा १०१ वटा विभिन्न खानी चलिरहेका छन् । अन्य जिल्लामा भएका अधिकांश खानी सञ्चालनमा छैनन् ।

हाम्रो अर्थतन्त्रमा खानीको योगदान ०.६ प्रतिशत मात्रै छ । ती खानीमा २१ हजारले प्रत्यक्ष र १७ हजारले अप्रत्यक्ष गरी करीब ३७ हजारले रोजगारी पाएका छन् ।

खानी सदुपयोगका हिसाबले तुलना गरेर हेर्ने हो भने हामी अफगानिस्तानभन्दा पनि तल छौं । अफगानिस्तानको अर्थतन्त्रमा खानी क्षेत्रको योगदान १.३ प्रतिशत छ । खानीलाई उद्योगका रूपमा विकास गरेर नै अर्थतन्त्रमा योगदान दिन सकिन्छ ।

निर्माणजन्य खनिज पदार्थ सडक, विमानस्थल, रेलमार्ग, भवन, जलविद्युत् परियोजनामा उपयोग हुन्छ । यो त निर्माणका लागि आलु जस्तै हो । त्यसैले यसलाई हामीले दिगो रूपमै व्यवस्थापन गर्न सक्ने गरी प्रयोग गर्नुपर्छ । आउने पुस्तालाई भुलेर अघि बढ्ने महान् गल्ती कसैगरी पनि गर्नुहुन्न ।

कानूनी र संस्थागत व्यवस्थाको उल्झन 

वर्तमान संविधानले खनिज उत्खननको अधिकार संघमा दिएको छ । यसको अध्ययन अनुसन्धान गर्ने अधिकार प्रदेशलाई छ । संरक्षणको अधिकार स्थानीय तहलाई छ । कतिपय कानूनी व्यवस्था संविधान अनुसार नहुँदा पनि समस्या भएको छ ।

अहिले खानी तथा खनिज पदार्थ ऐनअनुसार नै काम हुँदै आएको छ भने भर्खरै नयाँ ऐनको मस्यौदा बनाएर मन्त्रिपरिषदमा जाने क्रममा छ । नदीजन्य खनिज पदार्थका सम्बन्धमा छुट्टै ऐन छैन ।

स्थानीय स्वायत्त शासन ऐन अनुसार स्थानीय तहले उत्खनन, संकलन र बिक्री-वितरण गर्न ठेक्का लगाउने गरेका छन् । वन ऐन अनुसार वन पैदावारका रूपमा वन सम्बन्धी निकायले नै राजस्व उठाउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐनले ढुंगा, गिट्टी, बालुवाको उत्खनन, दर्ता, अनुमति र खारेजीको अधिकार स्थानीय तहलाई दिएको छ । तर, यो संविधानसँग भने बाझिन्छ । संविधान अनुसार त उत्खनन गर्ने अधिकार संघमा नै छ । त्यसैले यो ऐन विवादास्पद छ ।

साधारण निर्माणमुखी खनिजहरू ढुंगा, गिट्टी, बालुवा, माटो र स्लेट खानीको अनुमतिपत्र स्थानीय तहले खानी विभागको स्वीकृतिपछि मात्रै दिन पाउँछन् । क्रसर उद्योगको अनुगमन भने उद्योग विभागले गर्छ । निकुञ्ज र संरक्षित क्षेत्रमा विभागले उत्खनन अनुमति दिंदैन ।

खानी ऐन २०४६ र नियमावली २०५६ अनुसार उत्खनन कार्ययोजना र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर मात्रै खानीहरू सञ्चालन गर्न सकिन्छ । विभागको संस्थागत संरचना बलियो बनिसकेको छैन । विभागले अहिलेसम्म प्रदेशगत कार्यालयहरू राख्न सकेको छैन ।

भूगर्भ, खानी र खनिजबारेको जनशक्तिको अभाव विभागमा मात्रै हैन, स्थानीय तह र प्रदेशमा पनि छ ।

नदी दोहनले देखाएको खानी

नदीजन्य स्रोत क्षेत्र भनेको तराई, भावर, भित्रीमधेश, उपत्यका र देशका खोला, नदीका किनार हुन् । तराई र भावर क्षेत्रमा वर्षेनि ठूलो मात्रामा गिट्टी, बालुवा थुपि्रन्छन् र त्यसको उत्खनन अनि बिक्री हुन्छ ।

ठेक्का लगाएर मात्रै हैन, व्यक्ति आफैं पनि ती वस्तुहरू निकाल्न नदीमा पस्ने गरेका छन् । जथाभावी एस्काभेटरको प्रयोग समेत हुने गरेको छ । कतिपय नदीमा अत्यधिक दोहनले पुल, पुलेसा र नदीकिनार नै जोखिमयुक्त अवस्थामा पुगेका छन् । कतिपय ठाउँमा गिट्टी, बालुवा थुपि्रएर नदीको सतह बढेको छ । यसले वातावरणीय सन्तुलन बिगि्रएको छ । हाम्रो देशका सबैजसो नदीले वर्षामा गिट्टी, बालुवा लिएर तल आएका हुन्छन् । त्यसैकारण त्यहाँ मौज्दात जम्मा हुने हो ।

९२ वटा खानीबाट कति लाभ होला त ? शुरूमा लिलाम बढाबढ गर्दा वन लगतसहित एकपटकका लागि ९२ वटा खानीबाट न्यूनतम ५० करोड राजस्व आउन सक्छ । ती सबै खानीबाट अहिलेको करको दर हेर्दा वर्षमा एक अर्ब राजस्व उठ्न सक्छ ।

हाम्रो चुरे यति नाजुक छ कि माथिल्ला क्षेत्रमा हुने मानवीय गतिविधिको प्रभाव त्यसमा प्रत्यक्ष रूपमा परिहाल्छ । वर्षा भएपछि चुरेको ढुंगा, बालुवा बगेर तल पुग्छ । त्यो समथर नदीमा मौज्दात बनेर बस्छ । यसलाई अध्ययन गरेर दिगो रूपमा उपयोग गर्नुपर्छ । त्यसो भएन भने अर्को वर्षामा खेतीयोग्य जमीन र गाउँबस्तीमा नै खोला र नदी पसेर नृत्य गर्न थाल्छन् । त्यसले बस्ती मात्रै उठिबास होइन तराई मरुभूमीकरण हुनसक्छ । कतै उत्खननका नाममा अधिक दोहनले समस्या छ भने कतै उत्खनन हुँदा मात्रै पनि समस्या परिरहेको छ ।

विगतमा भारतका छिमेकी राज्यहरूमा विकासका ठूला परियोजना बन्न थालेपछि त्यहाँ निर्माणजन्य सामग्रीको माग बढ्यो । त्यतिबेला हामीले निकासी पनि गरिरहेका थियौं । त्यसले यहाँ जथाभावी उत्खनन भयो । बढी त तराईमा भएका नदीनालाबाटै दोहन भयो । अदालतमा पनि मुद्दा पर्‍यो र २०६७ सालमा अवैध उत्खनन, संकलन र प्रशोधन बन्द गर्न सर्वोच्चले आदेश दियो ।

त्यसपछि संसदीय समितिदेखि विभिन्न ठाउँमा यसबारे बहस र छलफल भए । र २०७१ साउन ११ गतेको निर्णय अनुसार सोही वर्षको पुस मसान्तसम्म विभागलाई ढुंगा, गिट्टी र बालुवाको दीर्घकालीन रूपमा आपूर्ति गर्ने व्यवस्था मिलाउन निर्देशन दिइयो ।

त्यतिबेला नदी क्षेत्रका क्रसर उद्योग बन्द गराएर खानीमा सार्ने निर्णय भएको थियो । त्यसअनुसार हामीले काम गर्‍यौं र खानीका पहिचानहरू भएका हुन् ।

महाभारतमा तयार छन् खानी

अहिले सबैले चुरे-चुरे भनिरहेका छन् । तर, हामीले पहिचान गरेका ९२ वटै खानी महाभारत पर्वत शृङ्खलामा छन् । यो विषय अहिले कसरी चुरेमा जोडियो रहस्यमय छ ।

हामीले चट्टानको भौगर्भिक अवस्था र बनोटलाई हेरेर अध्ययन गरेका छौं । कम मात्रामा सार्वजनिक तथा सरकारी वन क्षेत्र पर्ने गरी अध्ययन गराएका छौं ।

एकीकृत पूर्वाधारहरू सडक, बिजुली, पानी सजिलै पुर्‍याउन सकिने गरी राजमार्गका छेउमा पर्ने खानीलाई बढी जोड दिएका छौं । त्यतिबेला क्रसर उद्योग सार्न सकिने खालकै खानीमा अध्ययन भएको थियो । अहिले खानीमै क्रसर सार्न सकिने अवस्था हो । खानी र क्रसरको वातावरणीय प्रभाव पनि एक ठाउँमै परोस् भन्ने हाम्रो मनसाय थियो ।

हामीले सार्वजनिक खपतका लागि ती खनिजको बजार छ कि छैन भनेर पनि हेरेका थियौं । अर्घाखाँची, चितवन, डोटी, डडेलधुरा, धनकुटा, ललितपुर, मोरङ, मकवानपुर, पाल्पा, प्युठान, सुर्खेत, सल्यान, सिन्धुली र उदयपुरमा यस्ता खानी पहिचान गरेका हौं ।

यी ठाउँका खानीको म्यापिङ, सर्भे गरेर दुरुस्त राखेका छौं । कति मौज्दात छ भनेर ९२ वटै खानीको डिजाइन तयार गरेका छौं । त्यतिबेलाको कानून अनुसार वातावरणीय प्रभाव अध्ययन ‘आईई’ पनि गरेका थियौं । त्यसलाई वन मन्त्रालयबाट स्वीकृति पनि गराएका थियौं । खन्न थाल्ने हो भने अहिलेको कानून अनुसार त्यसलाई फेरि स्वीकृत भने गराउनुपर्छ ।

यी पहिचान भएका खानीलाई प्रवर्द्धन गर्ने हाम्रो योजना छ । त्यसका लागि विभागले लिलाम बढाबढ गर्छ । वन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति भने पाउनुपर्छ ।

बढाबढबाट अनुमति पाउने गरी छानिएको कम्पनीले सो क्षेत्रको वनलाई लगतबाट हटाउने गरी तोकिएको प्रक्रियाबाट वातावरणीय अध्ययन प्रतिवेदनसहित विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि मात्रै अनुमति पाएर उत्खननको काम शुरू हुने हो ।

लाभको हिसाब-किताब

नदी क्षेत्रबाट भन्दा खानीजन्य क्षेत्रबाट बढी लाभ लिन सकिन्छ । ९२ वटा खानीबाट कति लाभ होला त ? शुरूमा लिलाम बढाबढ गर्दा वन लगतसहित एकपटकका लागि ९२ वटा खानीबाट न्यूनतम ५० करोड राजस्व आउन सक्छ । ती सबै खानीबाट अहिलेको करको दर हेर्दा वर्षमा एक अर्ब राजस्व उठ्न सक्छ ।

आन्तरिक बजारको अवस्था हेर्दा अहिले वर्षमा दुई करोड ३७ लाख घनमिटर ढुंगा, बालुवा र गिट्टीको माग छ भने ९२ वटा खानीबाट वर्षमा दुई करोड ७६ लाख घनमिटर उत्खनन हुनसक्छ । यसरी हेर्दा १४ प्रतिशत उत्खनन भएको निर्माणजन्य खनिज बढी हुन्छ । त्यसलाई निकासी गर्ने हो भने वर्षमा १३.५ अर्ब निकासीबाट आम्दानी हुन्छ ।

एक हजार मेटि्रक टन प्रतिदिन प्रति खानी उत्खनन भयो भने यो सम्भव हुन्छ । ती खानीमा करीब २७०० जनालाई प्रत्यक्ष र ९ हजार २ जनालाई अप्रत्यक्ष गरी १२ हजार रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।

अवसर र चुनौती सँगै

यो काम गर्न भने सजिलो छैन । भौगर्भिक दृष्टिकोणबाट संवेदनशील चुरे भावर, तराई मधेश लगायतका क्षेत्रको भूबनोट, भौतिक संरचना, गाउँबस्ती, खेतीयोग्य जमीन र समग्र वातावरण संरक्षण गर्नुपर्ने दायित्व छ ।

नियन्त्रित र वैज्ञानिक हिसाबले उत्खनन र संकलन गर्नुपर्नेछ । खानीहरूलाई पहुँचमार्ग र बिजुली सुविधा दिनुपर्छ । यति हुँदाहुँदै पनि ती खानीको दिगो व्यवस्थापन तथा सदुपयोग मार्फत समृद्धिमा केही योगदान पुर्‍याउने अवसर छ ।

खानीको सञ्चालन गर्नु भनेको पूर्वाधार निर्माणका गुणस्तरीय निर्माण सामग्रीको आपूर्ति गर्ने अवसर सिर्जना गर्नु पनि हो । निकासी गर्न सके मुलुकको व्यापार घाटा समेत घटाउन सकिने सम्भावना छ ।

खानीजन्य निर्माण खनिज भनेको नदीजन्य खनिजको विकल्प हो । खानीमा सानो क्षेत्रबाट धेरै उत्खनन गर्न सकिन्छ । महाभारत पर्वत शृङ्खलामा भएका यस्ता खानीको खनिज निकै गुणस्तरीय हुन्छ । खानी चलाउँदा कम वातावरणीय असर पार्ने सुनिश्चित गर्न सकिन्छ । त्यसले नदीको दोहन घट्न जान्छ ।

बजेटले वन, वातावरण र मान्छेलाई असर नपर्ने गरी वातावरणीय अध्ययनका आधारमा खानी सञ्चालन गरेर त्यसको निर्यात गर्ने मात्रै भनिएको हो, चुरे र अन्य संरक्षित क्षेत्रमा खानी चलाउने भनिएको छैन । विभागले पहिचान गरेका खानीहरू पर्यावरणीय अनुकूलताका आधारमा खानी चलाउने घोषणा भएको हो ।

पर्यावरण, प्रकृति र विकासका बीचमा सन्तुलन ल्याउन राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा निर्धारित मापदण्डलाई पालना गर्ने हाम्रो प्रतिबद्धता छ । कसैले शंका गर्नुपर्ने छैन ।

(घिमिरेले नेपाल इन्जिनियरिङ एशोसिएसनमा राखेको प्रस्तुतिको सम्पादित अंश)

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन के गर्ने?

 https://www.himalkhabar.com/news/124137

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन के गर्ने?

मस्त केसी मंगलबार, २५ जेठ, २०७८     926 Shares

क प्रमाणपत्र धितो राखेर युवालाई स्वरोजगार कर्जा दिने योजना सरकारले बजेटमा समेट्दै आए पनि ब्यांक तथा वित्तीय संस्थाले धितोबिना नपत्याउने र विश्वसनीय योजना खोज्ने हुँदा यसबाट लाभ पाउनेको संख्या कम छ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको छ। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ। 

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह गर्ने कार्यक्रम नौलो होइन। तर, यसपटक यसको व्यापक चर्चा भयो। कारण, यसमा समेटिएको आकर्षक रकम। 

प्रमाणपत्र धितो राखेर कर्जा दिने कार्यक्रम आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शुरू गरेका हुन्। यो कार्यक्रमअनुसार चालू आर्थिक वर्षसम्म स्‍नातक तह उत्तीर्ण युवाहरूले प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत ब्याजदरमा रु.७ लाखसम्म कर्जा लिन सक्छन्।

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यसको आकार तीन गुणाभन्दा बढी बढाएका छन्। तर, तीन वर्षदेखि चलेको कार्यक्रम भए पनि गत चैतसम्म यस्तो कर्जा १३९ जनाले मात्र पाएका छन्। नेपाल राष्ट्र ब्यांकका अनुसार, विभिन्न ब्यांक तथा वित्तीय संस्थाबाट ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा ६ करोड ५० लाख रुपैयाँ मात्र प्रवाह भएको छ। 

अहिले शैक्षिक प्रमाणपत्र कर्जाको सीमा बढाएर २५ लाख रुपैयाँ बनाइए पनि यसअघि कार्यान्वयन हुन नसक्नुको कारणबारे अध्ययन भएको छैन। पुरानो कार्यक्रमको सफलता/असफलताको अध्ययनविना ल्याइएकाले कार्यान्वयनमा फेरि पनि समस्या हुनसक्ने पूर्वअर्थसचिव डा. शान्तराज सुवेदी बताउँछन्। 

“२५ लाख उपयोग गर्दा निकै राम्रा परियोजना शुरू गर्न सकिन्छ,” उनी भन्छन्, “तर, रकमको सीमा मात्रै बढाएर अन्य नीतिगत कुरामा ध्यान नदिँदा कार्यान्वयनको पाटोमा शंका गर्ने ठाउँ रहन्छ।” 

नेपाल राष्ट्र ब्यांकका प्रवक्ता देवकुमार ढकाल चाहिँ युवालाई उद्यमशील, रोजगारी र व्यवसायी बनाउनकै लागि कर्जाको सीमा बढाइएको बताउँछन्। “प्रमाणपत्र राखेर व्यवसाय गरेपछि त्यसमा असफल भएर भोलि फेरि जागिरकै लागि भौतारिन नपरोस् भनेर सीमा बढाइएको हो,” उनी भन्छन्, “सानो रकमले व्यवसाय टिकाउन समस्या हुने भएकाले बढाउनुपरेको हो।” 

सरकारले बजेटमा समेटे पनि प्रमाणपत्र धितो राखेर कर्जा दिने कार्यक्रम प्रभावकारी नहुनुको कारण के हो त? एकातिर, ब्यांक तथा वित्तीय संस्थाहरूले धितो नराखी बेरोजगार युवालाई कर्जा नपत्याउने अवस्था छ। अर्कातिर ब्यांक तथा वित्तीय संस्थाहरू भने कर्जाका लागि विश्वसनीय योजना नै नआउने गरेको बताउँछन्।

‘विश्वसनीय योजना आएनन्’

सरकारले सहुलियतपूर्ण कर्जामा विभिन्न १० वटा शीर्षक छुट्याएको छ। त्यसमध्ये ‘शिक्षित युवा स्वरोजगार कर्जा’ एक हो। पाँच वर्षको लागि पाइने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकमा भने पर्याप्त मात्रामा कर्जा प्रवाह भएको देखिन्छ। 

नेपाल ब्यांकर्स संघका अनुसार, चालू आर्थिक वर्षको चैतसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा सहुलियतपूर्ण शीर्षकका विभिन्न कार्यक्रममा प्रवाह भएको छ। जुन गत असारसम्म ६० अर्ब रुपैयाँ थियो। अर्थात् चालू आवको ९ महीनामा ८२ अर्ब ‘सहुलितयपूर्ण कर्जा’ अन्तर्गतका विभिन्न शीर्षकमा प्रवाह भएको छ। यसमा सबैभन्दा धेरै महिला उद्यमशील कर्जा, कृषि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायतमा गएको देखिन्छ।  

कर्जा पाउन पहिलो शर्त उक्त व्यक्ति बेरोजगार हुनुपर्‍यो। नयाँ सोच र सहुलियतपूर्ण कर्जा कार्यविधिले तोकेको परियोजना हुनुपर्‍यो। उक्त परियोजना पूरा गर्ने, त्यसले कमाइ गर्ने आधार र ब्यांकको किस्ता तिर्न सक्ने कार्ययोजना स्पष्ट हुनुपर्‍यो।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकमा सन्तोषजनक कर्जा प्रवाह भइरहेको भए पनि ‘शिक्षित युवा स्वरोजगार कर्जा’ अपेक्षित नबढ्नुको कारण के हो? नेपाल ब्यांकर्स संघका अध्यक्ष एवं सानिमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल यो कर्जाको लागि चित्तबुझ्दो परियोजना नै नआएको बताउँछन्। “सहुलियतपूर्ण कर्जा अन्य शीर्षकले पाउने, प्रमाणपत्र राख्ने युवाले नपाउने भन्ने हुँदैन,” उनी भन्छन्, “कर्जा पाउन उनीहरूले ल्याएको परियोजना प्रस्ताव ब्यांकलाई चित्तबुझ्दो र प्रतिस्पर्धी चाहिँ हुनुपर्छ।” प्रस्तावमा कर्जा लिएर साँवा र ब्याज समयमै भुक्तानी गर्न सक्छु, व्यवसाय चलाउन सक्षमा छु भन्ने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्ने दाहालको भनाइ छ।  


उसो त सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ब्यांक तथा वित्तीय संस्था डराइहाल्नुपर्ने अवस्था छैन। यस्तो कर्जाको हकमा कर्जा निक्षेप तथा सुरक्षण कोषबाट अनिवार्य सुरक्षण गराउनुपर्छ। परियोजना बीमा पनि अनिवार्य गरिएको छ। यसले ब्यांक तथा वित्तीय संस्थालाई सुरक्षित हुने ठाउँ दिएको छ। यदि ऋणीले अवधि सकिएको ६ महीनाभित्र पनि कर्जा चुक्ता गर्न नसकेमा सम्बन्धित ब्यांक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षण कोषमा दाबी गर्न पाउँछन्। 

ब्यांक तथा वित्तीय संस्था सुरक्षित हुने ठाउँ हुँदा पनि कर्जा प्रवाहमा कडाइ गर्नुपर्ने कारण किन? सीईओ दाहाल ब्यांकसँगै कर्जा माग गर्नेको योजना र युवाको भविष्य पनि हेर्नुपर्ने बताउँछन्। 

“कर्जा सुरक्षण छ भन्दैमा जथाभावी लगानी गरेर तिर्न नसक्दा त्यो युवाको भविष्य के होला,” उनी भन्छन्, “भर्खर करिअर शुरू भएको युवालाई कालोसूचीमा राख्ने, उसको भविष्य बिगार्ने, समाजबाट अपहेलिन बनाउने गरी ऋण दिन त भएन!” केन्द्रीय ब्यांकले सम्बन्धित ब्यांक तथा वित्तीय संस्थाको कर्जा सुरक्षण गरे पनि त्यसमा जनताकै पैसा खेर जाने उनको भनाइ छ। 

राष्ट्र ब्यांकका प्रवक्ता ढकाल कर्जाको सीमा बढाइएकाले अब प्रभावकारिता बढ्ने अनुमान गर्छन्। “सानो रकम भएकाले पनि धेरै युवालाई प्रभाव नपारेको हुनसक्छ,” उनी भन्छन्, “सीमा बढेको छ, त्यसैले प्रमाणपत्र र व्यावसायिक योजनासहित आउन म आग्रह गर्छु।” काममा दक्ष र ब्याङ्किङ प्रक्रिया पूरा गरेकाहरूले अहिले पनि कर्जा लिइरहेको उनको भनाइ छ। 

पूर्वअर्थसचिव सुवेदी कर्जाको सीमा बढाउनु उपयुक्त भए पनि सरकारले ब्यांक तथा वित्तीय संस्थालाई आश्वस्त पार्नुपर्ने बताउँछन्। “लगानीको सुनिश्चितताका लागि ब्यांकले बलियो योजना र पृष्ठभूमि खोज्नु स्वाभाविक हो,” उनी भन्छन्, “त्यसैले ब्यांकलाई र कर्जा लिने युवा दुवैबीच सहजीकरण गराउने, अनुगमन गर्ने लगायत काम सरकारी तवरबाटै गर्नुपर्छ।” 

कसरी पाइन्छ कर्जा?

शैक्षिक प्रमाणपत्र राखेर ब्यांक जानासाथ सजिलै कर्जा पाइन्छ भन्ने होइन। सम्पूर्ण प्रक्रिया पुर्‍याएपछि प्राप्त हुने कर्जाले जे गरे पनि हुन्छ भन्ने पनि होइन। कर्जा पाउन पहिलो शर्त उक्त व्यक्ति बेरोजगार हुनुपर्‍यो। नयाँ सोच र सहुलियतपूर्ण कर्जा कार्यविधिले तोकेको परियोजना हुनुपर्‍यो। उक्त परियोजना पूरा गर्ने, त्यसले कमाइ गर्ने आधार र ब्यांकको किस्ता तिर्न सक्ने कार्ययोजना स्पष्ट हुनुपर्‍यो। ब्यांकले उक्त परियोजना र सक्कली प्रमाणपत्र धितोको रूपमा राख्छ। सबै प्रक्रिया पूरा भएपछि परियोजनाअनुसार बढीमा रु‍.२५ लाख कर्जा पाउन सकिन्छ। 

जस्तै, कुनै व्यक्तिले कुखुरा पालनका लागि कर्जा लिन चाह्यो भने उसले नजिकको ब्यांकमा प्रस्ताव पेश गर्नुपर्‍यो। त्यसमा लाग्ने लगानी, ब्यांकबाट चाहिने कर्जाको रकम, आफूले लगानी गर्ने रकम, चल्लाको संख्या, उत्पादन हुने अण्डा, बेच्‍ने ठाउँ, मासिक आम्दानी हुने अनुमानित रकम समेत प्रस्तावनामा उल्लेख गर्नुपर्छ। त्यसका साथै कर्जा लिन चाहनेको जमानी बस्नेको आर्थिक पृष्ठभूमि बलियो भए कर्जा पाउन थप सहज हुन्छ। सबै प्रक्रिया पूरा भए पनि रकम एकैपटक पाइँदैन। परियोजना अगाडि बढाउँदै गर्दा ब्यांकले अनुगमन गर्दै किस्ता किस्तामा दिन्छ।


प्रमाणपत्र धितो राखेर लिइने कर्जा उपयोग गर्न कार्यविधिले निश्चित क्षेत्र छुट्याएको छ। आफूलाई मनलागी योजना बनाए कर्जा पाइँदैन। ब्यांक तथा वित्तीय संस्थाले पनि कार्यविधिले तोकेका व्यवसायको लागि मात्रै कर्जा प्रवाह गर्छन्। 

सहुलियतपूर्ण कर्जा कार्यविधि, २०७५ अनुसार शिक्षित युवा स्वरोजगार कर्जा पाउन स्नातक उत्तीर्ण गरेको र ४० वर्ष नकटेको हुनुपर्छ। त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र लगायत सरकारी निकायबाट सात दिनको उद्यम सीप विकास तालिम लिएको हुनुपर्छ। व्यवसाय गर्ने विषयमै स्नातक गरेकोलाई चाहिँ तालिम अनिवार्य छैन। त्यस्तै उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी प्रस्ताव चाहिन्छ। त्यसका साथै अरु कर्जाको जस्तो स्थायी लेखा नम्बर (पान) लिएको, कर्जा सूचना केन्द्रको कालोसूची वा कारबाहीमा नपरेको हुनुपर्छ। 

सानिमा ब्यांकका सीईओ दाहाल शुरुमा आफूलाई रुचि भएको क्षेत्रमा केही समय अनुभव हासिल गर्न र त्यसपछि मात्रै आफ्नै व्यवसाय शुरु गर्न युवालाई सुझाव दिन्छन्। “एकैपटक नयाँ क्षेत्रको व्यवसायमा हात हालेका ९० प्रतिशत असफल भएका उदाहरण छन्,” उनी भन्छन्, “त्यसैले अनुभव बटुलेर, त्यसको चौतर्फी अध्ययन गरेर आउन जरुरी छ।” केही समय कर्मचारी भएर काम गर्ने र पछि त्यसैसँग सम्बन्धित व्यवसाय गर्दा सफल हुने संख्या धेरै रहेको उनको अनुभव छ। 

कस्ता व्यवसाय चलाउन पाइन्छ?

प्रमाणपत्र धितो राखेर लिइने कर्जा उपयोग गर्न कार्यविधिले निश्चित क्षेत्र छुट्याएको छ। आफूलाई मनलागी योजना बनाए कर्जा पाइँदैन। ब्यांक तथा वित्तीय संस्थाले पनि कार्यविधिले तोकेका व्यवसायको लागि मात्रै कर्जा प्रवाह गर्छन्। 

यसमा सरकारले कृषि र उत्पानशील क्षेत्रलाई बढी जोड दिएको छ। कृषि व्यवसायअन्तर्गत उत्पादन, प्रशोधन तथा भण्डारणका व्यवसायको लागि कर्जा पाउन सकिन्छ। खाद्यान्‍न, नगदे बाली, तरकारी तथा जडिबुटी खेती वा व्यवसाय, पशुपन्छी व्यवसाय, सिँचाइ उपकरण, कृषि औजार, वन तथा चरण विकासको लागि पनि कर्जा लिन सक्ने कार्यविधिमा उल्लेख छ। त्यस्तै, जग्गा विकास तथा भू–संरक्षणका लागि कर्जा पाउन प्रस्ताव दिन सकिन्छ। 

स्वास्थ्य, औषधि पसल, पशुपन्छी व्यवसाय, सीपमूलक व्यवसाय पनि गर्न सकिन्छ। त्यस्तै, गाडी मर्मत, फोटोकपी, स्टेशनरी, सिलाइबुनाइ आदिको लागि पनि प्रस्ताव चित्त बुझे ब्यांकले कर्जा दिन्छन्। पर्यटन, सञ्चार, यातायात सम्बन्धी सम्पूर्ण व्यवसायका लागि पनि प्रमाणपत्र धितो राखेर कर्जा लिन सकिन्छ। 


मंगलबार, २५ जेठ, २०७८, ०९:१८:०० मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/124137

Sunday, May 30, 2021

बजेटपछि विद्युतीय सवारीको मूल्य कति घट्यो ?

 https://www.onlinekhabar.com/2021/05/962321

१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको करमा व्यापक हेरफेर गरेको छ । अन्तःशुल्क हटाएको छ भने भन्सार दर पनि प्रगतिशील बनाएको छ । यसले विद्युतीय सवारीलाई फेरि उपभोक्ताले किन्न सक्ने अवस्थामा ल्याएको व्यवसायीले बताएका छन् ।

शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको जानकारी दिएका थिए ।

यो हेरफेरले विद्युतीय सवारीहरु ‘अफोेर्डेबल’ हुने अवस्था देखिएको नाडा अटोमोबिल्स अफ एसोसियनका पदाधिकारीहरु बताउँछन् । तर, एक वर्षअघि विद्युतीय सवारीमा देखिएको आकर्षणलाई फेरि फिर्ता गर्न समय लाग्ने उनीहरुको तर्क छ ।

चालु आर्थिक वर्षको बजेट अनुअघि बजेटअघि खरिद मूल्यको १० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक दस्तुर थियो भने भन्सार शुल्क पूरै छुट थियो ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमा ८० प्रतिशतसम्म अन्तःशुल्क र ४० प्रतिशतसम्म भन्सार लगाइएको थियो । उपभोक्ता र व्यवसायीले विरोध गरेपनि खतिवडा टसमस भएका थिएनन् ।

विष्णु पौडेल अर्थमन्त्री भएपछि विद्युतीय सवारीको अन्तःशुल्क दर संशोधन गर्दै सरकारले ५० किलोवाटसम्मका विद्युतीय सवारीले अन्तःशुल्कमा ८० प्रतिशत, ५१ देखि १०० किलोवाटका सवारीले अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाटसम्मका विद्युतीय सवारीले अन्तःशुल्कमा ७० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

तर पनि मूल्य उच्च भएकाले तल्लो रेन्जका विद्युतीय गाडी किन्न पनि नसक्ने अवस्था कायमै थियो ।

आर्थिक वर्ष २०७७-७८ को बजेटपछि ६० लाख रुपैयाँमा पाइने विद्युतीय गाडीको मूल्य १ करोड १७ लाखसम्म पुगेको थियो । कर संशोधनपछि त्यही गाडी ९० लाख ९१ हजार रुपैयाँमा झरेको थियो ।

कति घट्छ मूल्य ?

तर, आगामी वर्ष २०७८-७९ को बजेटले तल्लो ‘रेन्ज’को विद्युतीय सवारीमा लाग्ने भन्सार महसुल १० प्रतिशत मात्रै राखेको छ, पहिलाजस्तै मूल्य अभिवृद्धि कर र सडक दस्तुर भने तिर्नुपर्ने छ । यो रेन्जमा मध्यमवर्गीय परिवारले चढ्न सक्ने गाडीहरु हुन्छन् ।

सरकारले १ सय किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा खरिद मूल्यको १० प्रतिशत भन्सार तिरे पुग्ने गरी आर्थिक अध्यादेश जारी गरेको छ । यो रेन्जको गाडीको मूल्य चालु आर्थिक वर्षको बजेट आउनुअघिकै हाराहारीमा आइपुगेको व्यवसायीहरु बताउँछन् ।

त्यसभन्दा माथिल्लो क्षमता भएका गाडीमा पनि मोटरको किलोवाट अनुसार स्ल्याब राखेर भन्सार दरलाई प्रगतिशील बनाएको छ । अब १ सयदेखि २ सय किलोवाटसम्म इन्जिन क्षमता भएका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्नेछ । २ सयदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीमा लाग्ने भन्सार दर ३० प्रतिशत कायम गरेको छ । ३ सय किलोवाटभन्दा माथिका मोटर जोडिएका सवारीमा ४० प्रतिशत भन्सार दर कायम भएको  छ । अब माथिल्ला रेन्जका गाडी पनि अहिलेको भन्दा निकै सस्तो हुनेछ ।

तल्लो रेन्जका सवारीको मूलय विगतकै नजिकको मूल्यमा झर्नेछन् । किया मोटर्सका आधिकारिक विक्रेता इन्टर कन्टिनेन्टल प्रालिका अध्यक्ष सुहृद घिमिरे आफ्नो कम्पनीले बेचिरहेको ‘निरो’ नामको विद्युतीय गाडी करिब ७५ लाख रुपैयाँमा बेच्न सकिने बताउँछन् ।

चालु आर्थिक वर्षको बजेटअघिसम्म करिब ६५ लाख रुपैयाँमा बिक्री भइरहेको यो १०० किलोवाटभन्दा बढी क्षमताको गाडीमा यो वर्ष थप ५ प्रतिशत कर बढ्दा मूल्य पनि थोरै बढ्ने उनको भनाइ छ ।

‘गत वर्षको बजेटले विद्युतीय सवारी प्रवर्द्धनको मोमेन्टम बिगार्‍यो,’ उनले भने, ‘अब फर्किन समय लाग्छ ।’

विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने, विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याउनुपर्ने घिमिरे ।

हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठ विद्युतीय सवारीमा करको दर घटाएर सरकारले वातावरण संरक्षण र विद्युत खपत वृद्धिका लागि उचित कदम चालेको बताउँछन् ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेट आउनुअघि  ५६ लाखमा बिक्री भइरहेको हुण्डाईको ‘कोना इभी’ अब फेरि ५५ देखि ६० लाख रुपैयाँमा उपलब्ध हुने अवस्था रहेको बताए । अहिले यो गाडी ८५ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।

अधिकृत विक्रेता अनिवार्य
बजेटले उत्पादक र अधिकृत विक्रेताहरुले मात्रै गाडी ल्याएर बेच्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री खतिवडाले गैरअधिृकत विक्रेताले गाडी ल्याएमा ३० प्रतिशत जरिवाना तिरेर आयात गर्नसक्ने व्यवस्था गरेका थिए ।

आर्थिक ऐन २०७८ ले उत्पादक र अधिकृत विक्रेताबाहेक अरुले सवारी आयात गर्न नसक्ने व्यवस्था गरिदिएको छ । सरकारले अधिकृत विक्रेता नै हुननपर्ने व्यवस्था गरेपछि औडी र टेस्ला गाडी अधिकृत विक्रेता विना नै नेपाल भित्रिएका थिए ।

अब शर्त मिचेर सवारी वा ढुवानीका साधन आयात गरेमा त्यस्ता सवारी तथा ढुवानी साधन जफत हुने व्यवस्था आर्थिक ऐनले गरेको छ ।

कर घटेपछि कति सस्तियो बिजुली कार? हेर्नुहोस मूल्य

 https://news116daily.com/2021/05/30/कर-घटेपछि-कति-सस्तियो-बिज/

२०७७ सालको जेठ १५ मा चालु वर्षका लागि बजेट घोषणा गर्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले बिजुलीबाट चल्ने कारमा एक्कासी कर बढाइदिए। 

कर बढेपछि मूल्य आकाशिएकाले आयात गर्न नसकिने व्यवसायीहरुले तत्काल प्रतिक्रिया दिए। यसै पनि महंगो हुने बिजुलीबाट चल्ने कारमा कर बढेपछि उपभोक्ताको रोजाइमा नपर्ने उनीहरुको भनाइ थियो। त्यी मूल्य बढेका कारण भन्सारसम्म ल्याएका कार अहिलेसम्म पनि आयात गरेका छैनन्। 

‘चालु वर्षको बजेटबाट कर बढेपछि सामन्यतया ६० लाख पर्ने कारको मूल्य १ करोड २० लाखसम्म पुगेको थियो’नेपालमा कियाका विद्युतीय गाडी बिक्री गरिरहेको कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरेले भने। 

यो मूल्य बढेपछि उनीजस्तै अरु व्यवसायीले पनि अर्डर रद्धमात्र होइन भन्सार पास नै गराएनन्। 

शनिबार आएको आगामी वर्षको बजेटबाट सरकारले फेरि यस्ता कारमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ। जुन चालु वर्षको बजेटमा ३० देखि ८० प्रतिशतसम्म लगाइएको थियो। 

त्यस्तै ८० प्रतिशत पुर्‍याइएको भन्सारलाई सरकारले क्षमता वर्गिकरण गर्दै न्यूनतम १० प्रतिशतमा झारिदिएको छ। एक सय किलोवाट पिकआवर क्षमता भएका कारमा अबदेखि १० प्रतिशतमात्र भन्सार लाग्ने छ। यो भनेको गत वर्ष कर बढ्नु पहिलेको अवस्थाको दर हो। 

१०० देखि २ सय किलोवाट क्षमताका कारमा १५ प्रतिशत लाग्ने छ भने। २ सयदेखि ३ सय सम्मका कारमा ३० प्रतिशत र ३ सय भन्दा माथिका कारमा ४० प्रतिशत भन्सार लाग्ने छ। 

यो करका दरको हिसाब गर्दा अहिले नेपालमा आइरहेका बिजुली कारको मूल्य गत वर्षको कर लाग्नु पहिलेकै हाराहारीमा पुग्ने देखिन्छ। 

यो हिसाबले ६० लाखबाट बढेर १ करोड २० लाख मूल्य पुगेको कारको मूल्य अब फेरि पुरानै दरमा आउनसक्ने छ। तर मूल्यमा फरक  पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा। 

‘फ्याक्ट्रीबाट आउने मूल्य,ढुवानी भाडा, ब्याज तथा अन्य लागत फ्याक्टरको कारणले मूल्य तलमाथि हुनसक्छ। तर करकै कारणले जति मूल्य बढेको थियो त्यो भने जसरी कर घटेर पहिलेको अवस्थामा आएको छ त्यहीअनुसार मूल्य पनि घट्छ’घिमिरेले सेतोपाटीसँग भने। 

नेपालमा आउने अधिकांस बिजुली कारहरु सय किलोवाट क्षमता मै आउछन्। उच्च क्षमताका कारहरु तत्काल आएका छैनन्। बजारमा प्रतिस्पर्धी मूल्य भएका किया, हुन्डाइ र एमजीका कारणहरु सय किलोवाट क्षमताकै रेन्जमा छन्। 

आम रुपमा बिक्री हुने कारहरुको मूल्य गत वर्ष कर लाग्नु पहिलेको अवस्थामा पुग्ने छ। अर्थात् मूल्यलाई प्रभाव पार्ने अरु तत्वहरु यथावत रहेको खण्डमा गत वर्ष ६० लाखमा पाइने बिजुली कार अब फेरि त्यही दरमा पाइने छन्। 

एमजीका बिजुली गाडी बिक्रीवितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल करकै कारणले बढेको मूल्य कर घटेकै अनुपातमा घट्ने बताउछन्। यद्यपी ठ्याक्कै कारको मूल्य कति सस्तो हुन्छ भन्ने कुरा एकपटक अर्डर भएर आयात भएपछि थाहा हुने उनको भनाइ छ। 

बढेको कर घटाएर सरकारले राम्रो गरेपनि विद्युतीय सवारीको सवालमा सरकारको गलत मुभका कारण एक वर्ष बजार विथोलिएको घिमिरेको भनाइ छ। 

बजेटले करमा गरेका परिवर्तनहरू

 https://www.nayapatrikadaily.com/news-details/64915/2021-05-30

बजेटले करमा गरेका परिवर्तनहरू

अग्रलेख

चुनावी सरकारले अध्यादेशमार्फत करका दर तथा व्यवस्थामा दुईतिहाइ सरकारले भन्दा बढी परिवर्तन गरेको छ

चुनावी सरकार भनिएको हालको सरकारले अध्यादेशमार्फत करका दर तथा व्यवस्थामा दुईतिहाइको सरकारले भन्दा बढी परिवर्तनको प्रयास गरेको छ । आर्थिक अध्यादेशमार्फत करमा भएका मुख्य संशोधनहरू देहायबमोजिम रहेका छन् :

मुद्दा फिर्ता लिएमा जरिवाना छुट हुने : आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तः शुल्क ऐन, २०५८ बमोजिम २०७७ असार मसान्तभित्र कर कार्यालयबाट कर निर्धारण गरेकोमा त्यसमा चित्त नबुझाई प्रशासकीय पुनरावलोकन वा सोको फैसलामा समेत चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन मुद्दा फिर्ता लिई सो निर्धारण भएको कर र सुविधा लिन निवेदन दिएको मितिसम्मको ब्याजको ५० प्रतिशत रकम २०७८ मङ्सिर मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क, थप दस्तुर, जरिवाना र बाँकी ब्याज मिनाहा हुनेछ । 

बक्यौता मिनाहा : अन्तः शुल्क ऐन, २०१५, आयकर ऐन, २०३१ र होटल कर, मनोरञ्जन कर, ठेक्का कर र बिक्री कर ऐनबमोजिम लगत कायम भई असुल हुन नसकेको बक्यौता रकममध्ये कर रकमको पचहत्तर प्रतिशत रकम २०७८ पुस मसान्तभित्र बुझाएमा सोमा लागेको जरिवाना, शुल्क, ब्याज र बाँकी कर मिनाहा हुनेछ । त्यस्तै, ०७६ असार मसान्तभित्र कर निर्धारण भई बक्यौता रहेको रकममध्ये कर रकम र सुविधा लिन निवेदन दिएको मितिसम्मको ब्याज ०७८ पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुनेछ । गैरनाफामूलक सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था तथा विद्युतीय सञ्जालमा आधारित सवारी सेवा उपलब्ध गराउने सञ्चालकलाई २०७८ जेठ १५ भन्दा अघि कर निर्धारण भई न्यायिक प्रक्रियामा नरहेका त्यस्ता करदाताले ०७८ पुस मसान्तभित्र बक्यौता मिनाहाको निवेदन दिएमा त्यस्तो बक्यौता मिनाहा हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।

करछुटका व्यवस्था : उत्पत्तिको प्रमाणपत्र जारी गर्ने संस्थाले ०७८ जेठ १४ सम्मको सो प्रमाणपत्र जारी गरेबापत बुझाउन बाँकी मू.अ.कर वा कर कार्यालयबाट निर्धारण भई बुझाउन बाँकी रहेको मू.अ.कर र सोमा लाग्ने ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने भएको छ । त्यस्तै, ट्राभल तथा ट्रेकिङ एजेन्सीले मूल्य अभिवृद्धि कर लाग्ने कारोबारलाई कर छुटको बिक्रीमा देखाई मू.अ.कर दाखिला नगरेकोमा वा कर कार्यालयबाट कर निर्धारण भएकोमा बक्यौता रकम ०७८ पुस मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ । 

ढुवानी व्यवसायलाई विशेष सहुलियत : ढुवानी सेवा प्रदायक व्यवसायीले ०७६/७७ मा स्थायी लेखा नम्बर नभएका प्राकृतिक व्यक्तिबाट ढुवानीका साधन भाडामा लिई स्रोतमा अग्रिम करकट्टी गरी भुक्तानी गरेकोमा सोबापतको विजकमा ढुवानी साधनधनीको स्थायी लेखा नम्बर नभए पनि सो रकम कर प्रयोजनका लागि खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।

आ.व. ०७७/७८ लाई कोभिडका कारण उपलब्ध सहुलियतहरू : २० लाखसम्म वार्षिक कारोबार भई दुई लाखसम्मको आय भएका अनुमानित कर तिर्ने प्राकृतिक व्यक्तिको हकमा तिर्नुपर्ने करमा ९० प्रतिशत छुट दिई महानगरपालिका वा उपमहानगरपालिकाको हकमा ७५०, नगरपालिकाको हकमा ४०० र गाउँपालिकाको हकमा २५० रुपैयाँ मात्र भुक्तानी गरे हुने गरी संशोधन गरिएको छ । त्यस्तै, कारोबारका आधारमा कर तिर्ने २० लाखदेखि पचास लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ । एक करोडसम्म व्यावसायिक कारोबार भएका व्यक्तिलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । त्यस्तै, होटल, ट्राभल, टे«किङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, मिडिया हाउस, यातायात वा हवाई सेवाको एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई लाग्ने आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, आ.व. ०७६/७७ र ०७७/७८ मा नोक्सानी भएमा दश वर्षसम्म नोक्सानी सार्न मिल्ने सहुलियत पनि दिइएको छ ।

करदाताले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेमा सो रकम घटाई बाँकी रकममा मात्र कर तिरे हुनेछ
 

कोरोना कोषमा गरेको योगदान खर्च लेख्न मिल्ने : कुनै पनि करदाताले ०७७/७८ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेमा सो रकम घटाई बाँकी रकममा मात्र कर तिरे हुने व्यवस्था गरिएको छ ।

व्यावसायिक सामाजिक उत्तरदायित्वबापतको खर्च लेख्न मिल्ने : आ.व. ०७७/७८ मा व्यावसायिक सामाजिक उत्तरदायित्वबापत छुट्याइएको रकमबाट नेपाल सरकारले तोकेको विशिष्टीकृत अस्पताल निर्माण तथा कोभिड–१९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर प्रयोजनका लागि खर्च लेख्न पाउने व्यवस्था गरिएको छ ।

फर्म तथा कम्पनी नवीकरण शुल्क मिनाहा : आ.व. ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका निजी फर्म वा कम्पनीले ०७८ असोज मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको दश प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुनेछ ।

व्यवसायको प्रकृतिका आधारमा मू.अ. करमा दर्ता हुनुपर्ने व्यवस्था हट्यो ः विगतमा व्यवसायको प्रकृतिका आधारमा (जस्तै– मदिरा, वाइन, हेल्थ क्लब आदि) जति सानो कारोबार भए पनि मू.अ.करमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरिएको छ । अब व्यवसायको कारोबारको आधारमा मात्र मू.अ.करमा करदाता दर्ता हुनुपर्ने भएको छ ।

खरिद–बिक्री खाता प्रमाणित गराउनुपर्ने झन्झट हट्यो : मू.अ.करमा दर्ता भएका करदाताले साउन मसान्तभित्र कर अधिकृतबाट खरिद–बिक्री खाता प्रमाणित गराउनुपर्ने झन्झटिलो व्यवस्था खारेज गरिएको छ । अब करदाताले ती खाता आफैँले प्रमाणित गराइराख्नुपर्नेछ ।

राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्दा राख्नुपर्ने धरौटीका सम्बन्धमा स्पष्ट व्यवस्था थप : आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तः शुल्कका सम्बन्धमा राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्दा धरौटी राख्नुपर्ने रकमलाई स्पष्ट पारिएको छ । अब न्यायाधीकरणमा पुनरावेदन दिँदा निर्धारित कर रकममध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम र जरिवानाको पचास प्रतिशत रकम धरौटी राख्नुपर्ने वा त्यस्तो रकमबापत बैंक जमानत दिनुपर्ने गरी नयाँ व्यवस्था गरिएको छ ।

अनुमानित कर तिर्ने सीमा बढ्यो : विगतमा वार्षिक कारोबार २० लाखसम्म र करयोग्य आय दुई लाख रुपैयाँसम्म भएका मू.अ.करमा दर्ता नभएका प्राकृतिक करदाताले अनुमानित कर (डे १) बमोजिमको कर तिर्न छनोट गरेमा तिर्न पाउने व्यवस्था थियो भने अब ३० लाखसम्म वार्र्षिक कारोबार र तीन लाख रुपैयाँसम्मको करयोग्य आय भएका मू.अ.करमा दर्ता भएका वा नभएका प्राकृतिक व्यक्तिले अनिवार्य रूपले अनुमानित कर (डे १) भरी कर बुझाउनुपर्नेछ ।

त्यस्तै, विगतमा वार्षिक कारोबार ५० लाखसम्म भएका मू.अ.करमा दर्ता नभएका प्राकृतिक करदाताले कारोबारका आधारमा कर तिर्दै (डे २) आएकामा अबउपरान्त ३० लाखभन्दा वढी एक करोडसम्म वार्र्षिक कारोबार भई १० लाख रुपैयाँसम्म करायोग्य आय भएका मू.अ.करमा दर्ता भएका वा नभएका प्राकृतिक व्यक्तिले अनिवार्य रूपले कारोबारका आधारमा कर (डे २) भरी कर बुझाउनुपर्नेछ ।

आयकर पूर्ण छुट दिइएको : नेपाल धितोपत्र बोेर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष र नेपाल सरकारको निकायसँग भएको समझदारीपत्रका आधारमा नाफा नकमाउने वा वितरण नगर्ने उद्देश्यले स्थापना भई सञ्चालनमा रहेको शैक्षिक संस्थाले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकममा आयकर नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, वार्षिक एक करोडसम्मको कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म पूर्ण कर छुट हुनेछ । तर, यिनै निकायको विगतमा गरिएको कर निर्धारणको हकमा भने के हुने भन्ने विषयमा आर्थिक अध्यादेश मौन छ ।

आयकरमा आंशिक छुट दिइएको : कृषि व्यवसाय गर्ने फर्म वा निकायको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी आय गरेमा त्यसमा १०.४० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ, विगतमा यो करको दर १२ प्रतिशत थियो । औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन सुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत र त्यसपछिको पाँच वर्षसम्म २५ प्रतिशत छुट हुने नयाँ प्रावधान थप गरिएको छ । त्यस्तै, स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशतले छुट गरिएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको विशेष उद्योग उपत्यकाबाहिर स्थानान्तरण भई सञ्चालन भएमा तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत कर छुट हुनेछ । वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेको वस्तु मात्र कच्चा पदार्थका रूपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई पहिलो तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत र त्यसपछिको दुई वर्ष २५ प्रतिशत कर छुट हुनेछ ।

अग्रिम करकट्टीसम्बन्धी व्यवस्था : विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिस्ट्रेसन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्कबापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतको दरले अग्रिम करकट्टी गर्नुपर्ने व्यवस्था थप गरिएको छ भने बैंकले जीवन बिमा कम्पनीलाई निक्षेपबापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशत रकम अग्रिम करकट्टी गर्नुपर्ने भएको छ, विगतमा यो दर पन्ध्र प्रतिशत थियो । त्यस्तै, सहकारी बैंक तथा सहकारी संघसंस्थाले एकआपसमा ऋण लगानीबापत तिरेको ब्याजमा करकट्टी गर्नुनपर्ने भएको छ । यस विषयमा पहिले नै कर निर्धारण भएकोमा के हुने भन्नेबारे अध्यादेश मौन छ ।

सेयर कारोबारको लाभमा लाग्ने करमा फेरबदल : धितोपत्र बोर्डमा सूचीकरण भएका सेयरको कारोबारमा तीन सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको लगानीको बिक्रीबाट भएको लाभमा पाँच प्रतिशत र सो अवधिभन्दा कम अवधि स्वामित्वमा रहेको लगानी बिक्री गरेमा लाभको ७.५० प्रतिशत लाभकर लाग्ने व्यवस्था गरिएको छ । विगतमा जुनसुकै किसिमको लाभमा पनि पाँच प्रतिशत कर लाग्दै आएको थियो ।

विदेशबाट पैसा आउँदा कर लाग्ने : कुनै व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै अन्य विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त भएका बखत सम्बन्धित बैंक वा मनी ट्रान्सफरले त्यस्तो भुक्तानी प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने नौलो व्यवस्था गरेको छ । विदेशमा रोजगारीका माध्यमबाट आउने र यस्तो सेवाबापत आउने रेमिट्यान्सको वर्गीकरण गर्न व्यावहारिक रूपले जटिल हुने भएकाले यो व्यवस्थाको व्यावहारिक प्रयोग चुनौतीपूर्ण देखिन्छ । 

मूल्य अभिवृद्धि कर छुट गरेका मुख्य वस्तु तथा सेवाहरू ः आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगले पैठारी गर्ने कच्चा पदार्थ, इ–लाइब्रेरी सेवा शुल्क, ढुवानी साधनको भाडा, ढुवानी सेवा (आपूर्तिसँग सम्बन्धित ढुवानीबाहेक) तथा कार्गो सेवा, साइलो र साइलोमा गरिने कृषि भण्डारणबापतको सेवा, मनी एक्सचेन्ज, स्विफ्ट सेवा, हायर पर्चेज कारोबार, निक्षेप तथा कर्जा सुरक्षण सेवा, निर्यात प्रयोजनका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सेवा र ट्रेकिङ तथा टुर प्याकेजसम्बन्धी सेवामा विगतमा मू.अ.कर लाग्दै आएको भए पनि अब यी कारोबारमा मू.अ.कर नलाग्ने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ ।

अन्य महत्वपूर्ण व्यवस्था : बढीमा पाँचवटा स्टार्टअप व्यवसायलाई दिएको प्रतिव्यवसाय एक लाखसम्मको बिउ पुँजी कर प्रयोजनका लागि खर्च लेख्न पाइनेछ भने बैंक, वित्तीय संस्था वा बिमा व्यवसायको मर्जरमा दिइएको सहुलियत अब एकै वर्गको मर्जरमा मात्र उपलब्ध हुने व्यवस्था गरिएको छ । फरक वर्गका मर्जरमा उपलब्ध सहुलियत २०७८ साउन १ बाट लागू हुने गरी खारेज गरिएको छ । त्यस्तै, करदाताले आफ्नो घरको बिमा गरेको रहेछ भने आफ्नो आय गणना गर्ने प्रयोजनका लागि सो बिमा प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन कम हुन्छ, सो घटाई बाँकी रकममा मात्र करको गणना गर्न मिल्ने व्यवस्था थप गरिएको छ । 

बजेट वक्तव्य र आर्थिक अध्यादेशमा फरक परेका व्यवस्था :
– बजेट वक्तव्यमा मुद्दा फिर्ता लिने अवस्थामा करदाताले कर निर्धारणउपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधीकरण वा अदालतमा विचाराधीन मुद्दा सम्बन्धित करदाताले फिर्ता लिन चाहेमा फिर्ता लिन मिल्ने उल्लेख भए पनि अध्यादेशमा प्रशासकीय पुनरावलोकनका लागि निवदेन दिएको वा विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावलोकनका लागि गएका मुद्दा मात्र फिर्ता लिन मिल्ने व्यवस्था उल्लेख छ । यसले गर्दा कोही करदाता सोझै अदालत गएमा बजेट वक्तव्यअनुसार मुद्दा फिर्ता लिन मिल्ने देखिए पनि अध्यादेशले भने त्यसलाई रोकेको छ ।

– बजेट वक्तव्यमा बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानीमा लाग्ने अग्रिम कर घटाएको उल्लेख भए पनि अध्यादेशमा उल्लेख गरेको पाइँदैन ।

– बजेट वक्तव्यमा ०७८ साउनपछि स्थापना हुने उत्पादनमूलक विशेष उद्योगका लागि संस्थागत आयकरको दर पाँच वर्षभित्र पन्ध्र प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष एक प्रतिशतका बिन्दुले घटाउँदै लग्ने उल्लेख गरे पनि सो व्यवस्था अध्यादेशमा उल्लेख छैन ।

– बजेट वक्तव्यमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने उल्लेख भए पनि सो सहुलियत दिन अध्यादेशमा आवश्यक संशोधन गरिएको छैन ।

(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् ।)