Sunday, August 4, 2019

असमान गण्डक सम्झौताको असीमित पीडा

https://nayapatrikadaily.com/news-details/21807/2019-08-05

असमान गण्डक सम्झौताको असीमित पीडा 

११ वर्षअघि भएको डुबानको ३ अर्ब क्षतिपूर्ति भारतले अहिलेसम्म दिएन

२०७६ श्रावण २० सोमबार ०८:५७:००
गण्डक नहरबाट भारतको साढे १८ लाख हेक्टर जमिनमा सिँचाइ पुगेको छ । त्यही नहरका कारण नेपाली भूभाग बर्सेनि डुबानमा पर्छ र स्थानीयले करोडौँको क्षति र सास्ती व्यहोर्नुपर्छ, तर त्यसको सुनुवाइ न भारतले गरिदिएको छ, न त नेपाल सरकारले नै दह्रो पहल गरेको छ । 
गण्डक सम्झौतामा भने नहरका कारण नेपाली नागरिकले नोक्सानी व्यहोर्नुपरे भारतले क्षतिपूर्ति भर्नुपर्ने उल्लेख छ । तर, नेपाली पक्षले न अहिलेसम्म क्षति पाएका छन्, न त नेपाल सकारले कडा रूपमा प्रस्तुत भएर क्षतिपूर्ति भराउन नै सकेको छ । 
भारतले क्षतिपूर्ति नदिएपछि १० वर्षयता नोक्सानीको अध्ययन पनि गर्न छाडिएको छ । त्यसअघि १५ वर्षमा पुगेको क्षतिबारे अध्ययन गर्दा करिब ३ अर्ब रुपैयाँ मूल्यांकन गरिएको थियो । त्यो पनि नपाएपछि अहिले क्षतिको मूल्यांकनसमेत गर्न छाडिएको छ । 
यो वर्षामा पनि नेपालीले उत्तिकै क्षति र सास्ती व्यहोरे । नहरको डिल भत्किँदा केही राहत पनि महसुस गरे । गण्डक सिँचाइ आयोजनाको पश्चिम नहर (भारततर्फ जाने)को डिल काटिएको ठाउँबाट बाढीको पानीले निकास पाएपछि नवलपरासीका गण्डकपीडित स्थानीयले केही कम क्षतिको महसुस गरेका हुन् । 
नेपाली भूभाग डुबानमा परे भारतले ब्यारेजको ढोका खोलिदिनुपर्ने हो । तर, उसले कहिल्यै ढोका खोलिदिने गरेको छैन, न त नहरको सरसफाइ नै गर्ने गरेको छ । सरसफाइ नहुँदा पानीले निकास पाउँदैन । यसबाट नेपाली भूभागतर्फ डुबानको समस्या हुने गर्छ । गत वर्ष डुबानले गाउँ नै बगाउन लागेपछि स्थानीयले बाध्य भएर नहरको डिल भत्काएका थिए । यसबाट पानीले निकास पायो । यो वर्ष पनि सोही ठाउँबाट पानीले निकास लियो । ‘त्यसैकारण यो वर्ष पहिलेजस्तो डुबान समस्या भएन,’ गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले भने, ‘डुबान हुँदा पनि कसैले हेर्ने गरेको छैन ।’ 
यही नहरका कारण हरेक वर्ष ४ गाउँपालिका डुबानमा पर्छ, बालीनालीमा नोक्सान पुग्छ र अन्य भौतिक संरचनामा क्षति पुग्छ । विशेष गरी प्रतापपुरका ९, सुस्ताका ५, विनयी त्रिवेणीका २ र सरावल गाउँपालिकाका २ गरी १८ वडाका ८ हजार ४ सय ६४ घरधुरीले यस्तो पीडा भोग्नुपर्छ । 
‘हामी बर्सेनि डुबान, कटान र क्षतिको मारमा छौँ,’ गुप्ताले भने, ‘बर्सेनि क्षति बढ्दै गएको छ । तर, क्षतिपूर्ति भारतले दिएको छैन ।’ गण्डक सम्झौताअनुसार भने क्षतिपूर्ति भारतले दिनुपर्ने हो । सम्झौताको धारा २ को उपधारा (२) मा गण्डक सिँचाइ आयोजनाको सञ्चालन, मर्मत तथा आवश्यक सबै काम भारतले गर्ने उल्लेख छ । ‘आयोजनाका कारण नेपालतर्फ दुर्घटना वा क्षति भए क्षतिपूर्ति भारतले दिनुपर्ने’ सम्झौतामा छ । 
तर, भारतले सम्झौता पालना गरेको छैन । उसले क्षतिपूर्ति दिने विषय सम्झौतामा नभएको जिकिर गर्दै आएको छ । 
भारतले नहरमुनि बनाइएका साइफन (पानी निकासका लागि बनाइएका पुल)को मर्मत तथा सफाइ गर्ने गरेको छैन । सफाइ नहँुदा पानीले निकास नपाएर नपाली भूभाग डुबानमा परेका हुन् । 
  • गन्डक ब्यारेजका कारण हरेक वर्ष डुब्छन् १८ वडाका नेपाली बासिन्दा, क्षतिपूर्ति त परको कुरा, सहानुभूति दिन पनि कोही आउँदैनन् ।
  • सम्झौता भन्छ : सिँचाइ आयोजनाको सञ्चालन, मर्मत तथा सबै काम भारतले गर्ने, नेपालतर्फ दुर्घटना वा क्षति भए क्षतिपूर्ति भारतले दिनुपर्नेछ ।
  • भारत भन्छ : क्षतिपूर्ति दिने विषय सम्झौतामा छैन ।
पानी थुनेर ३४ दिन आन्दोलन, २१ बुँदे सहमति, तर पालना भएन
नेपाली भूभाग लगातार डुबानमा पर्दै आएपछि गण्डक नदी नियन्त्रण संघर्ष समितिको अगुवाइमा स्थानीयले ११ जेठ ०६५ मा ब्यारेजबाट भारतीय नहरमा जाने पानी थुनेर आन्दोलन गरे । यो आन्दोलन ३४ दिन चल्यो । बाध्य भएर भारतीय अधिकारीले समयमै नहर मर्मत गर्ने, ०६५ सम्म भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका २१ बुँदे सहमति पनि गरे । त्यसको ९ महिनापछि सहमति कार्यान्वयनका लागि दुवै पक्षबीच अर्को सम्झौता भयो । उक्त सम्झौतामा क्षतिको विवरण भारतीय पक्षलाई उपलब्ध गराउनुपर्ने उल्लेख गरियो । त्यसपछि नेपाली पक्षले क्षतिको मूल्यांकन सुरु गर्‍यो ।

१५ वर्षमा २ अर्ब ९३ करोडको क्षति, तर दिनै मान्दैन भारत
०६५ सालमा सिँचाइ डिभिजन कार्यालयले स्थानीय पीडितबाट क्षतिको विवरण संकलन गरी नेपाल सरकारलाई पठाएको थियो । विवरणअनुसार ०५० देखि ०६५ सम्म २ अर्ब ९३ करोड रुपैयाँबराबरको बालीनाली, जमिन तथा भौतिक संरचना क्षति भएको मूल्यांकन गरियो । तत्कालीन मन्त्रिपरिषद्को २८ पुस ०६६ को बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । सिँचाइ मन्त्रालयले २९ पुसमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्रले भने १० महिनापछि भारतीय दूतावासलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र लेखेको थियो ।  
नेपालले परराष्ट्र मन्त्रालयमार्फत स्थानीय पीडितलाई क्षतिपूर्ति दिन गरेको आग्रहको भारतले सुनुवाइ नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले जानकारी दिए । ‘हामीले परराष्ट्र मन्त्रालयमार्फत र हरेक द्विदेशीय जलस्रोत बैठकमा यो विषय उठाउँदै आएका छौँ,’ उनले भने, ‘भारतले भने उक्त रकम दिनुनपर्ने जिकिर गर्दै आएको छ ।’ 
भारतले क्षतिपूर्ति दिन नमानेपछि नेपालले पनि क्षतिको मूल्यांकन गर्न छाडेको छ । ‘स्थानीय पीडितलाई क्षतिपूर्ति रकम दिलाउन नेपाल–भारत उच्चस्तरीय राजनीतिक सहमति नभएसम्म मूल्यांकन गरेर मात्र पनि पीडितलाई राहत हुँदैन,’ उनले भने । 
पछिल्लोपटक ०७५ को पुसमा नेपाल–भारत संयुक्त जलस्रोत समिति (जेसिडब्लुआर)को आठौँ बैठकमा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. सञ्जय शर्मा नेतृत्वको टोलीले गण्डक र कोसी ब्यारेजपीडितलाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । तर, भारतले उक्त क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो ।
क्षति न्यूनीकरण गर्न बनाइएका संयन्त्रमा नेपालको प्रतिनिधित्व छैन 
गण्डक ब्यारेज तथा सिँचाइ आयोजनाले पार्ने क्षति, आपत्कालीन प्रकोपबारे अध्ययन निरीक्षण गरी स्थानीयसँग समन्वय गर्ने भारतले एउटा संयन्त्र बनाएको छ । तर, उक्त संयन्त्रमा नेपालको प्रतिनिधित्व छैन ।  भारतले सो समितिमा नेपालको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन हुन नसकेको सहसचिव तिवारीले जानकारी दिए ।
नेपाल–भारत सीमा क्षेत्रमा आउने बाढी, डुबान र कटानको समस्या समग्रमा अध्ययन गर्न, समाधान गर्न र न्यूनीकरण गर्न एक संयुक्त समिति (ज्वाइन्ट कमिटी अन इनअन्डेसन एन्ड फ्लड म्यानेजमेन्ट–जेसिआइएफएम) गठन भई लागू भएको समेत दशकौँ भइसक्यो । उक्त समितिले दुईपटकको वर्षामा स्थलगत निरीक्षण समस्या न्यूनीकरणका लागि कार्ययोजना बनाएको थियो । तर, कार्यान्वयन भएको छैन ।

नहर मर्मत नहुँदा १४ मेगावाटको आयोजनासमेत प्रभावित 
नहर मर्मतमा ढिलाइ हुँदा गण्डक बाँधलाई प्रयोग गरेर नेपालमा सञ्चालनमा रहेको १४ मेगावाटको जलविद्युत् आयोजना प्रभावित हँुदै आएको छ । सोहीकारण बुटवल पश्चिमको क्षेत्रमा ‘लो भोल्टेज’को समस्या बल्झिरहन्छ । आयोजनाको उत्पादनलाई असर नगर्ने गरी नहर मर्मत–सम्भार गर्न नेपालले आग्रह गर्दै आएको भए पनि भारतले बेवास्ता गरेको छ । हाल गण्डक नहरको पानी बिहार र उत्तर प्रदेशले उपभोग गर्दै आएका छन् । सो नहरको मर्मत पनि यी दुई प्रदेशले गर्नुपर्ने हुन्छ । 
ल यसकारण ‘असमान’ गण्डक सम्झौता 
१९ मंसिर ०१६ मा नेपाल–भारतबीच गण्डक सम्झौता काठमाडौंमा भएको थियो । सम्झौतामा नेपालका तर्फबाट तत्कालीन उपप्रधानमन्त्री सुवर्णशमशेरले हस्ताक्षर गरेका छन् । तर, भारतका तर्फबाट नेपालका लागि तत्कालीन राजदूत भगवान सहायको हस्ताक्षर छ । सम्झौताअनुसार २०२१ मै गण्डक ब्यारेज निर्माण सम्पन्न भयो । नेपालका तत्कालीन राजा महेन्द्र शाह र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले संयुक्त उद्घाटन गरे । 
सम्झौताअनुसार नेपाल–भारत सीमाको नारायणी (सप्तगण्डकी) नदीमा बनाइएको ब्यारेजबाट बिहार र उत्तर प्रदेशका १८ लाख ५० हजार हेक्टरमा दुई नहरमार्फत सिँचाइ सुविधा पुर्‍याइएको छ । नेपालतर्फ भने ४० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि कुलोजत्रो नहर देखिन्छ । भारततर्फ लगिएका नहरको आकार हेर्दा नदीजत्रै देखिन्छ, त्यसको तुलनामा नेपालतिरको नहर हेर्दा ‘कुलो’को भान पर्छ । अर्कोतर्फ हालसम्म २५ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । बाँकी १५ हजार हेक्टरमा सिँचाइ पुर्‍याउन नहर बनाइएको छैन । त्यसको डिपिआर पनि तयार गरिएको छैन । ब्यारेज निर्माण गरिएको भूभाग र उत्तर प्रदेशतर्फ नहर लगिएको १९ किलोमिटर भूभाग नेपालको पर्छ । त्यो नहरभन्दा तल (दक्षिणतिर) को जमिन बर्सेनि डुबानमा पर्छ, जुन नेपाली भूभाग हो । 
अर्को आन्दोलन गर्छौँ
गण्डक सिँचाइ आयोजनाको ब्यारेज तथा नहरका कारण हामी हरेक वर्ष डुबान र कटानको समस्यामा पर्दै आएका छौँ । ०६५ सालमा ३४ दिन आन्दोलन गरेपछि भारतले बाध्य भएर समस्या समाधान गर्ने र क्षतिपूर्ति दिने गरी २१ बुँदे सहमति ग¥यो । तर, पालना अझै गरेको छैन । नेपाल सरकारले पनि गम्भीर रूपमा हाम्रो समस्यालाई लिएको छैन । अब हामीसँग फेरि पनि आन्दोलनमा उत्रिनुको विकल्प छैन । गएको चैत–वैशाखमै आन्दोलनमा उत्रिने सोच बनाएका थियौँ । अब आउँदो चैत–वैशाखमा फेरि आन्दोनलमा उत्रिने तयारी गरिरहेका छौँ । 
तस्बिरहरू : ज्ञानु पंगेनी/नवलपरासी

Thursday, August 1, 2019

बुटवलमा पुलमाथिबाट रेलमार्ग बनाउन सर्वे

https://nagariknews.nagariknetwork.com/news/61706/

बुटवलमा पुलमाथिबाट रेलमार्ग बनाउन सर्वे

सोमबार, २६ कार्तिक २०७५, ११ : ४९  विनोद परियार

रुपन्देही - पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्गले बुटवल बजार क्षेत्रमा कम भन्दा कम क्षति गराउने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सर्वे भइरहेको छ । रेल विभागले बुटवल लमही खण्डको विस्तृत आयोजना प्रतिवेदनका लागि अहिले सर्वे गरिरहेको हाे । 
बुटवलमा रेल्वे स्टेशन समेत हुने भएकाले यहाँ बस्तीमा क्षति हुने भन्दै सर्वसाधरण त्रसित भइरहेकाले बजार क्षेत्रका जग्गा तथा संरचनामा कम भन्दा कम क्षति गराउने गरि अध्ययन कार्य अगाडि बढाएको रेल विभागले जनाएको छ । कार्तिकको दोस्रो सातादेखि बुटवल क्षेत्रमा परामर्शदाता कम्पनी चिनियाँ रेल्वे सियून डिजाईन एण्ड सर्वे गुप्रले इएमएमसंगको सहकार्यमा माटो परीक्षण गरेको छ । 
बुटवल बजारदेखि तिनाउ खोला पारिसम्म पुलमाथिबाट रेल सञ्चालन गर्ने गरी अध्ययन गरिरहेको रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजनाका सिनियर इञ्जिनियर अमन चित्रकारले बताए । ‘बुटवल बजारका जमिन र भौतिक संरचनामा निकै कम क्षति गराउने गरी परामर्शदाता कम्पनीले अध्ययन गरिरहेको छ,’ उनले भने । उनका अनुसार बुटवलमा पुल बनाएर तिनाउ पारिसम्म रेलमार्ग बनाउने गरि अध्ययन टोलीले काम गरेको छ । रेल विभागले चिनियाँ परामर्शदाता कम्पनीलाई बुटवल बजारमा कम भन्दा कम क्षति गराउने गरि सर्वेका लागि बुटवल उपमहानगरलाई सहयोग गर्न कार्तिक ६ गते पत्रचार गरेको थियो । 
मेची महाकाली रेलमार्ग निर्माणका क्रममा पर्ने घर, जग्गा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, मठ, मन्दिर, पाटी पौवा, बगैँचा, रुखको क्षतिपूर्ति के कस्तो पाइने वा नपाइनेबारे स्थानीय तहका जनप्रतिनिधिले चासो देखाउन थालेका छन । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवल बजार क्षेत्रका जग्गा र भौतिक संरचनालाई कसरी जोगाएर रेल मार्ग बनाउने भन्नेमा ध्यान दिइने बताए । उनले सर्वेमा आउने टोलीसँग छिट्टै छलफल हुने भएकाले ‘रेलमार्गलाई वैज्ञानिक, सुलभ र गुणस्तरीय बनाउनसमेत उपमहानगरले ध्यानआकर्षण गराउने बताए । ‘बुटवललाई कम भन्दा कम क्षति गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ नगरप्रमुख सुवेदीले भने । 
मेची महाकाली रेलमार्गअन्तर्गत अहिले बर्दिबास–सिमरा खण्डमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । अहिले बुटवल विन्दुदेखि पश्चिम गड्डाचौकीसम्मका लागि डिपिआर बनाउने काम भइरहेको छ । बुटवल लमही खण्डको डिपिआर अन्तिम चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरु ९४५ किलोमिटरको भएपनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ । 
बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर नेपालगञ्ज–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डहरुमा चिनियाँ र कोरियन कम्पनीहरुले सर्वे गरिरहेका छन । बुटवलदेखि लमही १०५ किलिमिटर, लमही– कोहोलपुर, नेपाल– सुख्खड ११२ किमि र सुख्खड गड्डाचौकी ९० किमि छ । यसमध्ये सुख्खड, गड्डाचौकीसम्मको डिपिआर भने तयार भइसकेको छ । बुटवलदेखि कोहलपुरसम्मको रेलमार्गका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ । 
पूर्वपश्चिम रेलमार्गमा तीव्र गतिको बुलेट रेल नै कुदाउने योजना सरकारको छ । रेलमार्गको निर्माण जतिसक्दो छिटो सक्ने भनिए पनि सरकारले ठूलो बजेट छुट्याउन कञ्जुस्याइँ गरिरहेको छ। पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । 
रेल विभागले अहिले राष्ट्रिय निकुञ्ज, वन क्षेत्रमा पनि कम क्षति गराउने गरि डिपिआर बनाएको छ । सरकारले रेलमार्गलाई प्राथमिकता दिने बताएपनि पर्याप्त बजेट नहुँदा कामले तिव्र रुप भने लिन सकेको छैन ।मेची महाकाली विद्युतीय रेलमार्ग परियोजना अन्तर्गत २० वर्षभित्रमा चार हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य छ । 

Sunday, July 28, 2019

२२ सय ठेक्का : १२ सय ४ तोड्नैपर्ने अवस्थामा

https://www.nayapatrikadaily.com/news-details/21145/2019-07-29

२२ सय ठेक्का : १२ सय ४ तोड्नैपर्ने अवस्थामा

 ठेक्का हतारमा किन दिइन्छ ? ठेकेदारले २०% पेस्की हातहातै पाउँछन्, नेता–कर्मचारीले कमिसन तात्तातै पाउँछन् अनि परियोजनाको अवस्था यस्तो हुन्छ

२०७६ श्रावण १३ सोमबार ०६:२२:००
तस्बिर : मणिलाल विश्वकर्मा
  •  एक खर्ब १५ अर्ब रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएका १२०४ ठेक्का अब अघि बढ्न नसक्ने सरकारको निष्कर्ष, पेस्कीबापत सरकारले दिएको २० अर्ब २ करोड ५० लाख संकटमा
  •  ठेक्का हतारमा किन दिइन्छ ? ठेकेदारले २०% पेस्की हातहातै पाउँछन्, नेता–कर्मचारीले कमिसन तात्तातै पाउँछन्
  • अनि परियोजनाको अवस्था यस्तो हुन्छ
  • सिरहाको बालन पुल :२४ करोड ६२ लाखको ठेक्का, भदौ ०७२ मा सकिनुपर्ने, म्याद सकिएको चार वर्ष

देशभरमा दुई हजार दुई सयभन्दा बढी सडक र सडक पुलको आयोजना ठेक्कामा दिइएको छ । तर, ठेकेदारले सम्झौताअनुसार काम नगर्दा एक हजार दुई सय चारवटा ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेका छन् । अर्थात्, सडक र पुलको कुल ठेक्का संख्याको ५४ प्रतिशत आयोजना अलपत्र छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार ठेक्का तोड्नुपर्ने अवस्थामा रहेका आयोजनामा राज्यकोषको करिब २० अर्ब दुई करोड ५० लाख रुपैयाँ फसेको छ । ठेकेदारले सो रकम पेस्कीस्वरूप लिएका हुन् ।
पेस्की लैजानेमध्ये नौ सय ९६ आयोजनाको मात्र सन्तोषजनक काम भइरहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । ‘समस्या देखिएका आयोजनामध्ये करिब दुई सयवटाको म्याद थप हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘बाँकीको ठेक्का सम्झौता नै रद्द गर्नुपर्ने अवस्था छ ।’
कमिसनमै सकिन्छ आयोजनाको सातदेखि १५ प्रतिशत रकम 
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वउपमहासचिव विष्णु बुढाथोकीका अनुसार आयोजनको जिम्मा लिने ठेकेदारले कुल रकमको १५ प्रतिशतसम्म कमिसन बुझाउनमा खर्च गर्छ । अर्थात् एक अर्ब रुपैयाँको आयोजना छ भने १५ करोड रुपैयाँ राज्यका विभिन्न निकायमा बुझाउनुपर्छ । ‘मैले ३० वर्षदेखि यो क्षेत्रमा काम गरिरहेको छु, आजसम्म कमिसन नखुवाई काम गरेको एउटै पनि आयोजना छैन,’ उनले भने । पूर्वाधार आयोजनामा कमिसनखोरी नियमकै रूपमा विकास भइसकेको छ ।
पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र आयोजना प्रमुखसम्मलाई कमिसन 
७० करोड रुपैयाँभन्दा बढी लागतका आयोजना प्राप्त गर्ने ठेकेदारले पूर्वप्रधानमन्त्रीदेखि आयोजना प्रमुखसम्मलाई भाग पु-याउनुपर्छ । ‘मदन भण्डारी राजमार्गअन्तर्गत धरान, चतरा, सिन्धुली हुँदै हेटौँडासम्मको सडक निर्माण ठेक्कामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक अर्ब ७४ करोड रुपैयाँ कमिसन लिएका थिए,’ एक निर्माण व्यवसायीले भने, ‘ट्रकमा रकम राखेर बूढानीलकण्ठ पु-याएका थियौँ ।’ सबै प्रभावशाली नेताले आफ्ना छोरा, भतिजा, भान्जा लगाएर कमिसन उठाउने गरेको निर्माण व्यवसायीहरूको भनाइ छ ।
आयोजना ठेक्का लागेपछि कानुनअनुसार नै ठेकेदारले न्यूनतम १० देखि २० प्रतिशतसम्म मोबिलाइजेसन पेस्की पाउँछन् । त्यसरी प्राप्त हुने पेस्की रकममा कर्मचारीले समेत केही प्रतिशत प्राप्त गर्छन् । कर्मचारीलाई रकम नदिएसम्म फाइल अघि बढ्ला भनेर सोच्न पनि नसकिने एक व्यवसायीले बताए ।
खर्च देखाउन ठेक्का लगाउने चलन
कुनै पनि पूर्वाधार आयोजनाको ठेक्का प्रक्रिया थालनी गर्नुपूर्व आवश्यक पूर्वतयारी सम्पन्न भएको हुनुपर्छ । तर, नेपालमा अधिकांश ठेक्का पूर्वतयारी पूरा नभई ठेक्का लगाउने गरिन्छ । आर्थिक वर्षको दोस्रो चौमासिक (फागुनसम्म) सम्पन्न हुने वेलासम्म पनि आयोजनामा विनियोजित रकम खर्च हुँदैन । त्यसपछि अधिकांश आयोजना प्रमुखले ठेक्का लगाउँछन् र काम नै नगरीकन २० प्रतिशतसम्म पेस्की दिएर आयोजनाको वित्तीय प्रगति धेरै भएको देखाउने गर्छन् । आयोजनाको पूर्वतयारी र खरिद प्रक्रिया एकैचोटि सक्न दुईवटै कामलाई सँगसँगै अघि बढाइएको अधिकांश आयोजना प्रमुख बताउने गर्छन् । तर, यसमा आयोजना अलपत्र पार्ने मनशाय लुकेको हुन्छ । पूर्वतयारी पूरा नभएका आयोजनाको ठेक्का लगाउने आयोजना प्रमुख प्रायः मन्त्री वा सचिवको रोजाइको व्यक्ति हुने गर्छ ।
भुक्तानी चक्र प्रभावित भएको छ : पशुपति मुरारका, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सामान्यतया उद्योगबाट सामान गएपछि ६० दिनभित्र त्यसको भुक्तानी हुनुपर्छ । तर, अहिले तोकिएको अवधिमा भुक्तानी दिने मुस्किलले एक–दुई जना होलान् । भुक्तानी हुने अवधि ९० देखि एक सय २० दिन पुगिसकेको छ । यसरी रकम घुमेर नआउँदा व्यवस्थामा केही न केही समस्या छ भन्ने देखिन्छ । विशेषगरी डन्डी, सिमेन्ट, ग्याबिनलगायतको भुक्तानी रोकिएको छ । ढिलाइ हुँदै जानु भनेको सामानको मूल्यमा वृद्धि हुनु हो ।
ठेकेदारले पाँच–दश करोड बुझाएपछि मन्त्री चुप हुन्छन् : विष्णु बुढाथोकी, पूर्वउपमहासचिव, नेपाल निर्माण व्यवसायी महासंघ
ठूला नेतादेखि बलिया निर्माण व्यवसायीसम्मले राज्यकोषको दुरुपयोग गरिरहेका छन् । अहिलेका मन्त्री कहिलेकाहीँ ठेकेदारलाई कारबाही गर्छु भनेर बोल्नुहुन्छ । तर, क्षमताभन्दा बढी ठेक्का लिएका व्यवसायीले पाँच–दश करोड रुपैयाँ लगेर बुझाउँछन् । मन्त्री चुप हुन्छन् । यो परम्पराजस्तै चलेको छ । कुनै हालतमा पनि ठेक्का अलपत्र पारेका कारण व्यवसायीलाई कारबाही हुने अवस्था देखिँदैन ।
आयोजना अलपत्र पर्नुका चार कारण 
पूर्ण कडरिया, पूर्वसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
लेखाजोखाविना आयोजना एकैपटक रातो किताबमा
 कुनै पनि नयाँ आयोजना चाहिने हो वा होइन, आवश्यक छ वा छैन भन्ने पहिचान गर्नुपर्छ । त्यसमा निक्र्योल भएपछि सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसले लगानी, उपयोगिताका आधारमा सम्भव देखिएपछि विस्तृत अध्ययन गरिन्छ । यसमा जग्गा प्राप्ति, वातावरणीय अध्ययनजस्ता विषय टुंगो लागेपछि खरिद योजना थालिन्छ । जसअनुसार पहिलो वर्ष, दोस्रो वर्ष कति बजेट विनियोजन गर्ने भन्ने निश्चित गरिन्छ । अनि मात्र त्यो योजना छनोट भएर रातो किताबमा आउनुपर्छ । तर अहिले सबैभन्दा पहिला रातो किताबमा योजना राखिन्छ । लेखाजोखाविनै आयोजना रातो किताबमा राख्दा अन्ततः त्यो अलपत्र पर्नुको विकल्प रहँदैन । आयोजना चक्र पूरा नगरी आयोजना सुरु गर्नु ज्यादै नराम्रो हो ।
राजनीतिज्ञ र ठेकेदारबीचको सम्बन्ध
पछिल्लो समय ठेकेदारहरू राजनीतिज्ञ भए । राजनीति नगर्नेले पनि ठूला राजनीतिक केन्द्रसँग बलियो सम्बन्ध स्थापित गरेका छन् । यस्तो सम्बन्धले आयोजनामा असर पुगेको छ ।
प्रशासनिक क्षमता घट्दोपहिले नेता, मन्त्री, पार्टीको अध्यक्षले केही गर्न खोजे कर्मचारीले रोक्ने प्रयास गर्थे । यसरी हँुदैन भन्ने थियो । अहिले त्यसरी रोक्ने क्षमता कर्मचारीमा छैन । यसले गर्दा पनि नेता र उनीहरूसँग मिलेर आउने निर्माण व्यवसायी हाबी भए ।
सरकार स्थिर, तर कर्मचारी अस्थिर
पछिल्लो समय सरकार स्थिर बनेको छ । तर, कर्मचारी अस्थिर भएका छन् । विभागको महानिर्देशक एक वर्षमा चारजना फेरिन्छन् भने त्यहाँ काम हुन सक्ने सम्भावनै हुँदैन । वार्षिक योजना बनाएर काम गर्न पाउँदैन । अनि छोटो समयमा पद जोगाउने कि काम गर्ने भन्नेमै समय सकिन्छ ।
पूर्वाधार आयोजनामा अख्तियारले देखेका समस्या
ठेक्का सम्झौता भएपछि सम्बन्धित ठेकेदारले पेस्कीस्वरूप पाएको मोबिलाइजेसन रकम सम्झौताअनुसार काममा खर्च नगरी अधिकांशले आफूलाई फाइदा हुने काममा प्रयोग गर्ने गरेका छन् । दबाब आएमा केही न केही बहाना बनाउने, काम हुन नसकेको कारण देखाई क्षतिपूर्ति दाबी गर्ने, काम गरिहालेमा पनि मूल्य समायोजन दाबी गर्ने गरेका छन् ।
मन्त्रालय र विभागमार्फत ठेक्काको प्रगति के–कस्तो छ, कार्यान्वयनमा समस्या छन् वा छैनन्, बजेटको उपलब्धता, समयको पालना, गुणस्तरलगायत ठेक्काबाट हासिल हुनुपर्ने नतिजाबारे अनुगमन गर्ने र जिम्मेवारी वहन गर्ने गरेको देखिएन ।
ठेक्का सम्झौता भएपछि सम्झौताअनुसार निर्वाह गर्नुपर्ने काममा लापरबाही गरिएको छ । समयमै बजेटको उपलब्धता, ठेक्का अनुगमन, समयको पालना, गुणस्तर र खर्चको नियन्त्रण र ठेक्का सम्झौता टुंग्याउन जे गर्नुपर्ने हो सो नगरी चरम लापरबाही गरिएको छ । खरिदको पूर्वतयारीविनै खरिद सम्झौता गरेर धेरै ठेक्का अलपत्र परेको देखियो । विभिन्न कारण देखाई आठपटकसम्म म्याद थप गरेको अख्तियारले भेटेको छ । अवधि तोक्न त्रुटि र ठेक्का सम्झौताका सर्तहरूको पालनमा लापरबाही भएको स्पष्ट हुन्छ ।
आयोजना किन अलपत्र ?
  • सिरहाको बालन खोलामा पुल निर्माण गर्न १५ चैत ०६८ मा पप्पु कन्स्ट्रक्सन र शर्मा कन्स्ट्रक्सनले संयुक्त रूपमा २४ करोड ६२ लाखमा ठेक्का लिएका थिए । साढे चार वर्षमा अर्थात् १४ भदौ ०७२ मा सो पुल निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण सुरु भएको आठ वर्ष र म्याद सकिएको चार वर्षसम्म पनि पुल अलपत्र छ । त्यस्तै, धनुषा–सिरहाको कमला पुल निर्माण गर्न पप्पु र लुम्बिनी कन्स्ट्रक्सनले संयुक्त रूपमा २८ करोड १५ लाख रुपैयाँमा ३१ जेठ ०६८ मा ठेक्का लिएका थिए । यो पुल ३० मंसिर ०७१ मा सम्पन्न हुनुपर्ने थियो, तर म्याद सकिएको पाँच वर्ष नाघ्दा पनि पुल अलपत्र छ । 
  • सर्लाहीको बाँके नदीमा पुल बनाउन हरिहरि, जोशी र रवि कन्स्ट्रक्सनले संयुक्त रूपमा ६ करोड ५४ लाखमा ठेक्का लिएका थिए । २४ असार ०७३ मा भएको ठेक्का सम्झौताअनुसार २३ असार ०७५ मा निर्माण सक्नुपर्ने थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि पुल अलपत्र छ । 
  • बागमती नदीमा पुल बनाउन लुम्बिनी बिल्डर्सले जेठ ०६७ मा ३५ करोड ८९ लाखको ठेक्का लियो । मंसिर ०७० मा सम्पन्न गर्नुपर्ने ठेक्का म्याद सकिएको ६ वर्षसम्म पनि निर्माण अलपत्र छ । त्यस्तै, वीरगन्ज–ठोरी सडकमा तिलावे पुल निर्माण गर्न ८ करोड ७२ लाखमा ठेक्का दिइएको थियो । जेठ ०७२ मा सम्झौता भएर  जेठ ०७५ मा निर्माण सक्नुपर्ने म्याद सकिएको वर्ष दिन बित्दा पनि पुल अलपत्र छ । 
  • तिनाउ खोला र दानव खोलामा दुई अलगअलग पुल बनाउन पप्पु र बाम्ती कन्स्ट्रक्सनले असार ०७१ मा ठेक्का लिए । असोज ०७३ मा निर्माण सक्नुपर्ने दुवै पुलको म्याद सकिएको तीन वर्ष भयो । तर, पुल निर्माण ३५% मात्र सकिएको छ ।
  • झापाको कन्काई नदीमा पुल बनाउन पप्पु र महादेव कन्स्ट्रक्सनले संयुक्त रूपमा ३४ करोड ९ लाख रुपैयाँमा ३१ जेठ ०६८ मा ठेक्का लिएका थिए । ३० जेठ ०७२ मा म्याद सकिएपछि दुई वर्ष थपेर असार ०७४ मा सक्ने नयाँ म्याद दिइएको थियो । तर, थपिएको म्याद सकिएको दुई वर्ष हुँदा पनि पुल अलपत्र छ ।


Sunday, July 21, 2019

नारायणीमा दुई सय जना अट्ने दुईतले क्रुजशिप सञ्चालनमा ल्याइने !

https://nepalkhabar.com/economy/3512-2019-07-21-06-41-08

नारायणीमा दुई सय जना अट्ने दुईतले क्रुजशिप सञ्चालनमा ल्याइने !

सानाे क्रुजशिप । तस्बिर: एलिट डट एचअार

नेपालखबर 
काठमाडौं, साउन ५
68
SHARES


सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ। क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो। सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो। प्रालिका प्रबन्धनिर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महिनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए।
भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो। क्रुज सञ्चालन गर्न करिब ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताए। क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ।
क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन्। अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए। प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ। काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ। एकपटकमा २०० जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ। क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए। कँडेलले भने, ‘क्रुजशिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने योजनामा छौँ ।’
क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलका निर्देशक ओजस सेवा स्टियमले लामो समयदेखि भारत, मलेसिया, श्रीलङ्का, दुबई, सिङ्गापुरलगायतका देशमा सफलतापूर्वक काम गरिसकेकाले नारायणी नदीमा सफलतापूर्वक क्रुज सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको १ दशमलव ८ किलोमिटर प्रतिघण्टाको गति रहनेछ ।
क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउको आकृति हुनेछ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले क्रुज सञ्चालनमा आएपछि सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्ने बताए। नेपालमै पहिलोपटक यो काम भएको भन्दै उहाँले यसलाई सामुदायिक वनसँग जोड्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सो क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालका नदीमा पानीजहाज चलाउने सङ्कल्प यसले केही हदसम्म भए पनि पूरा गर्ने बताए। यसबाट जिल्लामा जलपर्यटनको शुभारम्भ हुने बताए। क्रुज निर्माण गर्न अभियानका रुपमा लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवी ज्ञवालीले प्रधानमन्त्री ओलीले नदीमा पानीजहाज सञ्चालन हुने बताएसँगै आफूहरुले विज्ञहरुसँग परामर्श गरेर काम सुरुवात गर्न आवश्यक सहयोग गरेको बताए। यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो। रासस
साउन ५, २०७६, आइतबार


Friday, July 19, 2019

व्यवसायिक खुर्सानी (अकबरे खुर्सानी) खेती गर्दा अपनाउनु पर्ने महत्वपूर्ण बुदाहरु

https://halokhabar.com/news-details/1899/2019-07-07

व्यवसायिक खुर्सानी (अकबरे खुर्सानी) खेती गर्दा अपनाउनु पर्ने महत्वपूर्ण बुदाहरु

२०७६ असार २२ आइतबार १४:३६:०० मा प्रकाशित ७५६२

"खुर्सानी खेतीको लागी थोपा सिंचाई प्रविधी उपयुक्त"

हलोखबर
halokhabar
काठमाडौं । खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लोकप्रिय खुर्सानी मानिन्छ । 

१. अकबरे खुर्सानीलाई कस्तो हावापानी चाहिन्छ ?
अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने वाली हो । तुषारो नपर्ने र न्यूनतम तामक्रम ५ डे.सी. भन्दा तल नजाने ठाँउमा हिउदे बालीको रुपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । तर ३५ डि.से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि.से. भन्दा कममा फलको आकार विग्रिन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।

२. खुर्सानी खेतीको लागि माटो कस्तो हुनु पर्छ ?
पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ । माटोको पी.एच. ५.५. देखि ६.५ को हुनुपर्दछ ।

३. खुर्सानीको प्रयोग कसरी गरिन्छ ?
खुर्सानीको पाकेको फलमा Capsaicin भन्ने रसायन पाईन्छ र यसलाई औषधी बनाउन प्रयोग गरिन्छ । फल धेरै पिरो हुने हुँदा यसको मिठो महकले खानाको रुचि बढाउँछ । यसको प्रयोग मसलाको रुपमा गरिन्छ । यसलाई औधोगिक कच्चा पदार्थको रुपमा पनि प्रयोग गरिन्छ । यसको पाकेको फलवाट अचार, Sauces, Ketchup Essence, oleoresim र अन्य नेपाली परिकारहरु बनाउन सकिन्छ ।

४. खुर्सानीको खेती कहाँ गर्न सकिन्छ ?
खुर्सानी खेती नेपालको तराई देखि मध्ये पहाड सम्म सफलता पूर्वक गर्न सकिन्छ ।

५. अकबरे खुर्सानीमा के पाईन्छ ?
अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए, “सि लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज, तत्वहरु तथा अन्य पोषण तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

६. खुर्सानीको उत्पति कहाँ भएको हो ?
प्राय सबै किसिमको खुर्सानीको उत्पति मध्य अमेरिकाको मेक्सिको र ग्वाटेमालामा भएको अनुमान छ ।

७. अकबरे खुर्सानीको फल कहिले टिप्नु पर्छ ?
अकबरे खुर्सानीको फल बेर्ना सारेको ८०९० दिनमा पहिलो फल टिप्न तयार हुन्छ । एक मौसममा १० पटक सम्म फल टिप्न सकिन्छ ।

८. खुर्सानीमा लाग्ने मुख्य रोगहरु के हुन ?
खुर्सानीमा एन्थ्या्रकनोज, डढुवा रोग, र गुजुमुजे भाइरस रोगहरु लाग्ने गर्छ ।

९. खुर्सानीको गवारो कसरी नियन्त्रण गर्ने ?
गवाराले विशेष गरी फलमा प्वाल पारेर गुदी खान्छ । यसको रोकथामको लागी नुभान १ एम.एल. प्रतिलिटर पानीमा राखेर छर्नुपर्छ । लगातार ५ दिनको फरकमा ३ पटक नुभान छर्नुपर्छ  र छरेको दिन देखि ५ दिन सम्म फल खानु हुँदैन ।

१०. खुर्सानीलाई फेद कटुवा किरावाट कसरी जोगाउने ?
फेद कटुवा किराले भरखर सारेको विरुवाका फेद काटेर नोक्सान गर्छ। वेर्ना सार्दा मालथियान धूलो २ के.जी. प्रति रोपनीका दरले माटोमा मिसाउनु पर्छ ।

११. खुर्सानीको थ्रिप्स किरालाई कसरी नियन्त्रण गर्ने ?
खुर्सानीको थ्रिप्स किरा नियन्त्रण गर्न नुभान १ एम.एल. प्रति लिटर पानीमा ५ दिनको फरकमा ३ पटक स्प्रे गर्ने र ५ दिनसम्म फल टिपेर खानको लागी प्रयोग नगर्ने ।

१२. खुर्सानीमा थ्रिप्स किरा लागेको कसरी पहिचान गर्ने ?
खुर्सानीमा थ्रिप्स किरा लागेमा माउ र बच्चा दुवैले पातको तल्लो भागमा कोत्रेर रस चुस्छन् र यो ठाउँहरुमा खैरा दागहरु देखिन्छन् ।

१३. खुर्सानीमा लाग्ने मुख्य किराहरु के हुन ?
खुर्सानी बालीमा प्राय लाग्ने किराइहरुमा थ्रिप्स, फेद कटुवा र गवारो पर्दछ ।

१४. खुर्सानी खेतीमा सिचाई कसरी गर्ने ?
खुर्सानी खेतीको लागी थोपा सिंचाई प्रविधी अपनाउनु राम्रो हुन्छ । हिंउदमा धेरै सुख्खा भएमा खुर्सानीको वोट प्रायः मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पुर्याई समय समयमा सिचाई गरी फेदको वरिपरि विशेष गरी परालको छोप्रा (Mulching) हाल्नु पर्छ ।

१५. खुर्सानीको खेतीको लागि कहिले-२ पटक टोपड्रेसिङ गर्नु पर्छ ?
पहिलो टपड्रेसिङ वेर्ना सारेको २५ दिन पछि, दोश्रो टपड्रेसिङ पहिलो टपड्रेसिङ्ग गरेको २५ दिन वा वेर्ना सारेको ५० दिन पछि र फल टिप्न थालेपछि प्रत्येक टिपाई अथवा कम्तीमा २ पटक फल टिपेपछि गाई भैंसीको गहुँत संकलन गरी एक भागमा ५ भाग पानी मिसाई हरेक वोटमा ५०१०० एम.एल.का दरले वोटको वरिपरि दिने र स्प्रे गर्नु पर्छ ।

१६. खुर्सानीको वेर्ना प्रति रोपनी कती आवश्यक पर्छ ?
खुर्सानीको वेर्ना २००० देखि ३००० गोटा सम्म प्रति रोपनी आवश्यक पर्दछ ।

१७. खुर्सानीको बेर्ना कसरी रोप्नु पर्छ ?
जरा र पातहरु धेरै र स्वस्थ विरुवा छानेर बेलुकीपख सार्नु पर्दछ । वेर्ना सार्दा नर्सरीमा छदाँ माटोमुनी रहेको भाग जति मात्र जमिनमुनी पर्ने गरेर सार्नुपर्छ । बेर्ना सारेपछि लगातार ५ दिन सम्म हजारीले विरुवाको वरिपरि पर्ने गरी पानी दिनुपर्छ ।

१८. खुर्सानीको बहुबर्षीय उत्पादनको लागि कतीको दुरीमा रोप्नु पर्छ ?
खुर्सानीको बहुवर्षीय उत्पादनको लागि (४५ वर्ष सम्म) हार देखि हारको दुरी १५० से.मि. र बोट देखि वोटको दुरी १५० से.मि. हुनु पर्छ ।

१९. खुर्सानीको बैमौसमी उत्पादनको लागि कतीको दुरीमा रोप्नु पर्छ ?
बेमौसमी खुर्सानी उत्पादनका लागि (असारकार्तिक) हार देखि हारको दुरी ८० से.मि. र बोट देखि बोटको दुरी ६० से.मि. हुनुपर्छ ।

२०. खुर्सानीको मौसमी उत्पादनको लागी कतीको दुरीमा रोप्नु पर्छ ?
मौसमी खुर्सानी उत्पादनका लागि (फाल्गुनअसार) हार देखि हारको दुरी ६० से.मि. र बोट देखि बोटको दुरी ३० से.मि. (हिउँदमा) र ४५ से.मि. (वर्षामा) हुनुपर्छ ।

२१. खुर्सानी खेतीको लागि जग्गाको तयारी कस्तो हुनु पर्छ ?
३ पटक राम्रोसंग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नु पर्छ । बेमौसमी उत्पादनका लागी भने बर्षाको मौसममा खेती गरिने भएकोले बर्षाको पानीवाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिको छानो बनाउनु आवश्यक पर्दछ । बर्षाको चिस्यानवाट जोगाउन जमिनको सतहभन्दा ३० से.मि. अग्लो ब्याड बनाउनु पर्छ ।

२२. खुर्सानीको खेतीमा के कति मल प्रयोग गर्नु पर्छ ?
खुर्सानीको प्रतिवोट कम्पोष्ट १ के.जी. डी.ए.पी. १० ग्राम, पोटास ५ ग्राम युरिया १० ग्राम, जिंक १ ग्राम र बोरेक्स १ ग्राम प्रति बोट बेर्ना सार्नु भन्दा ७८ दिन दिन पहिले जमिन तयार गर्ने बेलामा हरेक बेर्नाका लागि (१ फिट x १ फिट x १ फिट) धन फिटको खाल्डो बनाई माटोमा मिसाएर खाल्डो भर्ने र मल दिए पछि माटो सुख्खा छ भन्ने हल्का सिंचई गर्नु पर्छ र विरुवा रापेको ३५४० दिनको फरकमा अर्को पटक गरी दुई पटक हरेक बोटको वरिपरि युरिया ५५ ग्रामका दरले औठी आकारबाट ५ से.मि. गहिरो कुलेसो बनाई मल दिने र माटोले पुरी सिंचाई गरिदिनु पर्छ ।

२१. खुर्सानीको बीउ दर के हो ?
एक रोपनीको लागि ५० देखि ७५ ग्राम सम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ ।

२२. उच्च पहाडमा खुर्सानीको उत्पादन कहिले गर्न सकिन्छ ?
उच्च पहाडमा फागुनचैत्रमा बीउ राख्ने, चैत्रबैशाखमा बेर्ना सार्ने र असारभदौमा बाली लिन सकिन्छ ।

२३. पहाडमा खुर्सानीको बैमौसमी उत्पादन कहिले गर्न सकिन्छ ?
असारसाउनमा बीउ राख्ने, साउनभदौमा बेर्ना सार्ने र असोजकार्तिकमा बाली उत्पादन लिन सकिन्छ ।

२४. पहाडमा खुर्सानीको मौसमी उत्पादन कहिले गर्न सकिन्छ ?
पहाडमा कार्तिक-फागुनमा बीउ राख्ने, फागुन-चैतमा बेर्ना सार्ने र जेठ-असारमा बाली लिन सकिन्छ ।

२५. तराईमा खुर्सानी लगाउने उपयुक्त समय कुन हो ?
तराईमा साउन भदौमा बीउ राख्ने, भदौ असोजमा बेर्ना सार्ने र मंसिर९फागुनमा बाली लिने गरिन्छ ।

सूर्यमुखीको तेल हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभदायक

https://halokhabar.com/news-details/1918/2019-07-09

सुर्यमुखीको खेती यसरी गर्नुहोस् जाहाँ अन्तरबाली पनि लगाउन सकियोस्

२०७६ असार २४ मंगलबार १५:५७:०० मा प्रकाशित ७२८१

सूर्यमुखीको तेल हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभदायक

हलोखबर
halokhabar
काठमाडौं । सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

यो वालीको वीउमा ४५५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । दोमट माटो यस वालीको लागि उत्तम मानिन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीको लागि पानी जम्न दिनु हुँदैंन ।

१. सुर्य मुखी कस्तो हावापानी भएको ठाउँमा लाग्ने बाली हो ?
यो बालकिो उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै चाहिन्छ । फुल खेल्ने बेलामा बर्षा भएमा वीउ रतेल दुबैको उत्पादनमा ह्रास आउंदछ । राम्रो खेतीका लागि तापक्रम २०३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।

२. सुर्यमुखी लगाउने उपयुक्त समय कुन हो ?
सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो९चौथो हप्ता, तथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।

३. यो बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
दोमट माटो यसका लागि उत्तम हुन्छ । माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीमा पानी जम्नु हुँदैन ।

४. नगदे बालीका रुपमा यसको कस्तो महत्व ?
यो वालीको वीउमा ४५५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल निकाले पछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । यसरी यो बाली नगदे बालीको रुपमा प्रचलित छ । यसको तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । कुनै कुनै जातको वीउ खानमा पनि प्रयोग गरिन्छ ।

५. यो बालीको नामकै बारेमा प्रांरभिक जानकारी पाईन्छ ?
परापूर्वकाल फुलको रुपमा लगाईएको आलंकारिक विरुवा हो । सूर्यतिर फर्केर फुल्ने हुनाले सुर्य मुखी भनिएको हो । फलमा भएको वीउबाट तेल निकाली प्रयोग हुने भएकाले महत्वपूर्ण नगदे बालीका रुपमा  लोकप्रिय छ ।

६. झारपात नियन्त्रण उप्केरा कहिले लगाउनु पर्दछ ?
वीउ छरको ६० दिन सम्म बाली झारमुक्त हुनु पर्दछ । बोट घुंडा घुंडा अग्लो भएको बेला गोडमेल अवश्य पनि गर्नु पर्दछ र उप्केरा लाउनु पर्दछ, जसले गर्दा पछि बोट फुल फुल्ने समयमा नढलोस । झार नियन्त्रणको लागि विषादी छर्नु पर्दा वीउ छरेको ३ दिन भित्र झारनाशक विषादी पेन्डिमिथालिन १००१३० एम.एल,१३१६ लिटर पानीमा मिसाई प्रति कटृाका दरले छर्नु पर्दछ । यस पश्चात पछि पुनः झारको प्रकोप बढी भएमा हातले उखेल्ने वा मेसिन प्रयोग गर्ने सल्लाह दिइन्छ ।

७. सुर्यमुखीमा सिंचाई कहिले दिनु पर्दछ ?
बसन्ते मौसममा लगाएको सुर्यमुखीमा आवश्यकता अनुसार सिंचाई दिनु पर्दछ । चिस्यान कम भएमा वीउ छर्नु भन्दा अगाडी सिंचाई गरी वीउ एक रुपले उम्रने बाताबरण मिलाउनु पर्दछ । यस बाहेक विरुवा ४५ पात भएको बेला, फुल फुल्नु भन्दा अगाडी र दाना लाग्ने बेलामा सिंचाई दिन आवश्यक हुन्छ । साधारण तया बर्षे मौसममा लगाएको बालीमा भने सिंचाई चाईदैन तर पनि पानी नपरेमा फुल फुल्ने बेलामा एक पटक सिंचाई दिन आवश्यक हुन्छ ।

८. सुर्यमुखी खेती गर्दा बदलिदो जलवायु परिवर्तनको सामना कसरी गर्न सकिन्छ ?
यो खेती गर्दा मिश्रित वाली प्रणाली अपनाउदा जलवायु परिवर्तनको सामना भएको हुन्छ । उखु खेतीमा सुर्यमुखी,मकैसंग मिश्रित खेती आदि गर्दा तापक्रममा सन्तुलन,चिस्यानको संरक्षण आदि भएको हुन्छ ।

९. बाली कतिवेला भित्र्याउनु पर्दछ ?
टिपेका फुलका टाउकाहरु घाममा राम्ररी सुकाउनु पर्दछ र टाउकोको बीच भागमा लठ्ठीले विस्तारै चुट्दै दाना निकाल्नु पदृछ । ब्यावसायिक खेती गर्दा दाना चुट्न थ्रेसर मेशिन पनि प्रयोग गर्न   सकिन्छ । तेल निकाल्नु पर्दा वा वीउ भण्डारण गर्नु पर्दा चिस्यान १०५ भन्दा बढी हुनु हुंदैन । यसका लागि दानालाई घाममा राम्ररी सुकाउनु पर्दछ ।

१०. सुर्यमुखीमा सुगाबाट पनि धेरै नै क्षति हुन्छ यसको नियन्त्रणको पनि केहि उपाय कि ?
 नियन्त्रण गर्न सकिने केहि उपायहरु यस प्रकार छन :

-एकातिर सेतो र अर्कोतिर रातो पोलिएको अल्मुनियम रिबन पाईन्छ, यसलाई बटारीखेत बारीमा राख्दा यो घाममा चम्कने र हावाको प्रवाहले आवाज समेत आउने हुदा सुगा तथा अन्य चराहरु नियन्त्रण भएको पाईएको छ ।
-खेतवारीका छेउ तथा बीचका ठूला फुलहरुलाई पत्रिका तथा पुराना कपडाको थैलाले छोपी दिनाले पनि केहि कम गराउन सकिन्छ ।
-फुलको वरिपरि मालाथियन झोल छर्नाले यसको गन्धले सुगाको प्रकोप केहि कम हुन्छ ।
-मानिस राखेर धपाउने पनि गर्न सकिन्छ ।

११. बाली टिप्ने बेला भयो भनेर कसरी थाहा पाउने ?
सुर्यमुखीको टाउको (फुलको चाक्लो भाग) को तल भाग जब खैरो पहेंलो हुन्छ, यसको टिप्ने बेला भयो भनेर बुभ्नु पर्दछ । यसबेला टाउको चिस्यान २० हुन्छ । सबै टाउको एकै पटक पाक्दैन र २३ पटक गरी टिप्नु पर्दछ ।

१२. फुलमा वीउ खन्ने कीराको प्रकोप कस्तो हुन्छ यसको रोकथाम कसरी गर्न सकिन्छ ?
पतेरो कीरा र सुर्ति तथा चना बालीमा लाग्ने लाभ्रे कीराले फुल तथा दाना खाएर क्षति पु्याउदछ । पतेरोले वीउमा भरिन लागेको दूध चुसी दाना फोस्रो बनाउदछ भने लाभ्र्रेहरुले सिंगै दानानै खाएर फुलको थुंगा खाली बनाउंदछ ।

रोकथामका उपायः
-यि कीराहरुको रोकथामको लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली फुलको वरिपरि भिज्ने गरी छर्नु पर्दछ ।

१३. यो बालीमा पात खाने कीराहरु कुन कुन हुन यिनीहरुको रोकथाम कसरी गर्नु पर्दछ ?
यो बालीमा धेरै प्रकारका लार्भेहरुले पात खाई नोक्सान पुर्याउंदछन् । यस बाहेक लाही र फड्के कीराले पनि रस चुसेर डढेको जस्तो बनाउदछन् ।

रोकथामका उपायहरु :
यी कीराहरुको रोकथामका लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली १०-१५ दिनको फरकमा दुइपटक बोट भिज्ने गरी छर्नु पर्दछ ।

१४. यो बालीमा लागने बेर्ना काट्ने कीराको क्षतिको लक्षण कस्तो हुन्छ ब्यवस्थापन कसरी गर्ने ?
बेर्ना काट्ने कीरा खुम्रे पनि हो । यसले साना विरुवालाई जमिनको सतहमा काटी क्षति पुर्याउदछ ।

ब्यवस्थापन :
-माटोमा बस्ने कीराको प्रकोपबाट बचाउन वीउ छर्नु भन्दा अगाबै माटोको उपचार गर्न सकिन्छ । यसका लागि क्लोरोपायरिफस ६ लिटर ६०० ७०० लिटर पानीमा घोली प्रति हेक्टरका दरले माटोमा स्प्रे गर्नु पर्दछ ।

१५. यो बालीमा लाग्ने ओईलाउने रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?
यो पनि ढुसि जन्य रोग हो । यो रोग जुनसुकै बेला लाग्न सक्तछ । सेतो ढुसीको बृद्धि माटोको सतहमा बोटमा देखिन्छ र रायोको दाना जस्ता गिर्खा रोग ग्रस्त भागमा देखिन्छन् । रोगी बोटलाई टाढाबाट ओईलाएको देखिन्छ ।

ब्यवस्थापनः
-रोगी बोटलाई वरिपरिको माटो सहित जम्मा गरी जलाउनु पर्दछ ।
-झारपात हटाई जमिन सफा राख्ने ।
-घुम्ती बाली अपनाउने ९२३ सिजन पछि मात्र यो बाली पुनः लगाउने० ।

१६. सुर्यमुखी बालीमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ कसरी ब्यवस्थापन गर्ने ?
यो रोग ढुसीबाट लाग्दछ । रोग लाग्दा पातमा गाढा खैरो देखि काला थोप्लाहरु देखिन्छन् र पछि गोला थोप्लाको चारैतिर सांघुरो मरेको भाग देखिन्छ । पछि गएर पातहरु सुक्तछन् र मुल स्तम्भमा नुहेर रहन्छन् ।

ब्यवस्थापनका उपायहरुः
-उपचार गरिएको शुद्ध वीउ लगाउने ।
-रोग देखिनासाथ वेभिस्टिन २ ग्राम वा डाईथेन एम.४५, ३ ग्राम प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा २९३ पटक स्प्रे गर्ने ।
-फुलको थुंगामा वीउ भरिने समयमा ब्लाइटेक्स २ ग्राम प्रति लिटर पानीमा घोली २ पटक स्प्रे गर्ने ।

१७. यो बाली कुन बाली प्रणालीमा उपयुक्त तरीकाले लगाउन सकिन्छ ?
मौसम अनुसार निम्न बमोजिमको बाली प्रणाली उपयुक्त हुन्छ ।

बसन्ते मौसमका लागिः
-धानतोरी/रायो+सुर्यमुखी
-धानमुसुरो/मुसुरों+रायो-सुर्यमुखी
-धानआलुसुर्यमुखी

बर्षे मौसमका लागिः
-सुर्यमुखीमुसुरो/तोरी
-मकैं+सुर्यमुखीमुसुरों+तोरी
यस बाहेक उखु लगाएको जमिनमा पनि अन्तरबालीको रुपमा सुर्यमुखी लगाउन सकिन्छ ।

१८. सुर्यमुखी बालीमा मलखादको मात्रा कति हुनु पर्दछ ?
यो बालीलाई मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । साधारणतया प्रति कटृा डि.एपी. ४.५ के.जी., यूरिया ५.६ के.जी. र पोटास २.५ के.जी. चाहिन्छ । गोबरमल वा कम्पोष्ट मल प्रयोग गरेमा यूरियाको मात्रा घटाउन सकिन्छ । तर हाईब्रिड जात लगाएमा माथि भनेको परिमाणमा केहि थप गर्नु पर्दछ ।

१९. सुर्यमुखी खेतीका लागी वीउदर तथा रोपांईको दुरी कति राख्नु पर्दछ ?
वीउको मात्रा ६-७ के.जी. प्रति विघा,३-४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २०-२५ से.मी. हुनु पर्दछ ।

२०. वीउको छनौट उपचार कसरी गरिन्छ ?
वीउबाट सर्ने रोगहरु नलागोस भनेर रोगनाशक औषधी थीरम वा वेभिस्टिन ३ ग्राम प्रति के.जी. वीउका दरले उपचार गरेको हुनु पर्दछ । यस पछि वीउ छर्ने बेलामा वीउलाई १२ घण्टा पानीमा भिजाउने र छायांमा ३४ घण्टा सुकाउने गर्यो भने वीउ चांडै उम्रन्छ । बाली भरखरै भित्र्याएको नया वीउ प्रयोग गर्नु हुंदैन ।

२१. मोडर्न जातको छोटो जानकारी दिनु हुन्छ कि ?
यसको बोट होचो ९८०६० से.मी. हुन्छ । थुंगा आकर्षक रवीउ पुष्ट कालो रंगको हुन्छ । बसन्त ऋतुमा ८०८५ दिनमा पाक्दछ र सरदर उत्पादन १ टन प्रति हेक्टर हुन्छ ।

२२. पेरेडोमिक जातको छोटो जानकारी पाउन सकिन्छ ?
यसको बोट अग्लो ९१६०१८५ से.मी. हुन्छ र बोटमा हांगा हुंदैन । सरदर उत्पादन १५२० क्विन्टल प्रति हेक्टर छ । बसन्त ऋतुमा यो ९०९५ दिनमा पाक्दछ । वीउ कालो रंगको हुन्छ ।

२३. यो बालीलगाउन कुन कुन जातका वीउहरु उपलब्ध छन् ?
हालसम्म हाम्रै देशमा अनुसन्धान भई कुनै पनि जातहरु सिफारिस गरि सकिएको छैन । तथापि कृषकहरुले बाहिरबाट आएकै वीउ स्रोतबाट लगाइएको प्रचलित जातहरु हुनः पेरे डोभिक मोडर्न । अनय केहि हाइब्रिड जातहरु पनि लगाइन्छन् जसको उत्पादन अनय उन्नत जात भन्दा बढि छ । तर हाईब्रिड लगाउदा आफ्नै बालीबाट वीउ राख्न सक्तैनन् ।



मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

https://halokhabar.com/news-details/1873/2019-07-04

मासु उत्पादनको लागि कुन जातको खरायो पाल्ने ? विज्ञले तयार पारेको महत्वपूर्ण बुदाहरु अवस्यै पढौं

२०७६ असार १९ बिहीबार १०:१४:०० मा प्रकाशित ९५०७
हलोखबर
halokhabar
काठमाडौं । खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ । केहीले आप्नो सौखको रूपमा पनि पाल्ने गरेकाछन् । खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावर हुन् । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ। खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ । तर धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुँदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ । पछिल्लो समय नेपालमा पनि खरायो व्यवसायिक रुपमानै पाल्न थालिएको छ ।

१. खरायो के को लागि पालिन्छ ?
 उन र मासु उत्पादनको लागि खरायो पालिन्छ ।

२. उन उत्पादनको लागि पालिने खरायोलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?
 १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको हावापानी उपयुक्त हुन्छ ।

३. कुन जातको खरायो उन उत्पादनको लागि प्रसिद्ध मानिन्छ ?
अंगोरा जातको खरायोलाई उन उत्पादनको लागि प्रसिद्ध मानिएको छ ।

४. मासु उत्पादनको लागि कुन कुन जातको खरायो पालिन्छ ?
विशेष गरी मासु उत्पादनको लागि रसियन ग्रे, चिन्चिला, न्यू फिल्ड हृवाईट जातका खरायो पालिन्छ ।

५. खरायो पालन गर्नको लागि आवश्यक जानकारी लिन कहां सर्म्पर्क गर्नु पर्छ ?
सम्बन्धित जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रबर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा सम्पर्क गरी आवश्यक जानकारी र सहयोग लिन सकिन्छ ।

६. खरायोलाई हरियो भुई घांस बाहेक अन्य हरियो रुखपात पनि खुवाउन सकिन्छ ?
खरायोलाई आलु, मुला, गाजर, काउली बोडी, फापर, बन्दागोभी, सकरकन्द लगायत किम्बु र र्इ्पिल इपिल जस्ता डालेघाँस पनि खुवाउन सकिन्छ ।

७. खरायोलाई कुन कुन हरियो भुई घांस खुवाउने ?
खरायोलाई बर्सिंम, जै, दुवो, क्लोभर, स्र्टाईलो, बन्सो, नेपियर, मकै, उखु, बदाम, र्लुर्सन जस्ता हरियो भुई घांस खुवाउन सकिन्छ ।

८. वयस्क खरायोलाई कति हरियो घांस खुवाउनु पर्दछ ?
खरायोलाई आफ्नो शारीरिक तौलको आधा तौल बराबर हरियो घांस खुवाउनु पर्दछ ।

९. खरायोको बच्चाले जन्मेको कति दिन पछिबाट घांस खान थाल्छ ?
खरायोको बच्चाले ८ देखि १० दिन पछिबाट मात्र आंखा देख्छ र त्यस पछि विस्तारै घांस खान शुरु गरे पनि १ महिना पछिबाट मात्र राम्ररी घांस खान थाल्छ ।

१०. पोथी खरायोलाई व्याएको कति दिन पछि फेरी भालेसित मिसाउनु राम्रो हुन्छ ?
व्याएको २ हप्ता भित्रमा नै पनि सजिलै भाले लगाउनु सकिन्छ तर व्याएको करिब ४५ दिन पछि बच्चालाई दूध छुटाउने र त्यस्को १ हप्ता भित्र भाले मिसाउनु राम्रो हुन्छ ।

११. पोथी खरायोलाई सबै बच्चा जन्माई सक्न कति जति समय लाग्छ ?
पोथी खरायोले १५ देखि ३० मिनेटमा १० देखि १२ वटा जन्माउंछ ।

१२. खरायोले एक वेतमा कतिवटा बच्चा जन्माउंछ ?
एक वेतमा खरायोले सरदर ७ देखि ८ वटासम्म बच्चा जन्माउंछ ।

१३. उनको लागि पालिएको अंगोरा खरायोलाई बर्षा कति पटकसम्म व्याउन दिने ?
धेरै पटक व्याउंदा उनको उत्पादन र गुणस्तरमा कमी आउने हुंदा बर्षा ३ देखि ४ पटकसम्म मात्र व्याउनु दिनु पर्दछ ।

१४. खरायोले एक बर्षमा कति पटकसम्म व्याउँछ ?
खरायोले एक बर्षमा ८ देखि ९ पटकसम्म व्याउंछ ।

१५. खरायोको गर्भावधि कति दिनको हुन्छ ?
खरायोको गर्भावधि करिब १ महिनाको हुन्छ ।

१६. वाली लागे पछि माउ खरायोको उन काटी हाल्नु पर्छ भन्छन् नि किन होला ?
किनकि गर्भिणी माउको उनको गरमले पेटमा भएको ६० प्रतिशतसम्म बच्चा मर्न सक्छ ।

१७. खरायोलाई हाडनातामा प्रजनन गराउनु हुन्छ कि हुंदैन ?
हुंदैन, किनकि हाडनातामा प्रजनन गराएमा त्यसबाट जन्मेको सन्तानहरु खिएर जाने, रोगसंग लड्ने क्षमता कम हुने, ख्याउटे र बढी मर्ने हुन्छ ।

१८. खरायोको भाले पोथीलाई कसरी प्रजनन गराउने ?
 प्रजननको समयमा जहिले पनि पोथी खरायोलाई भाले भएको ठाउंमा लैजानु पर्दछ ।

१९. अनि कुन उमेरमा पोथी खरायो प्रजनन योग्य हुन्छ ?
पोथी खरायो ७ देखि ९ महिनाको उमेरमा प्रजनन योग्य हुन्छ ।

२०. भाले खरायोको प्रजनन योग्य उमेर कति हो ?
भाले खरायो ८ देखि ९ महिनामा प्रजनन योग्य हुन्छ ।

२१. कस्तो छालालाई गुणस्तरहीन छाला भनिन्छ ?
छालाको आकार नमिलेको, छाला ठाउं ठाउंमा प्वाल परेको, उन पातलो र एक नासको नभएको, फोहोर टांसिएको, टुक्रिएको र सडिएको जस्ता छाला कम गुणस्तरको मानिन्छ ।

२२. गुणस्तरको छाला कस्तो हुन्छ ?
छालाको आकार मिलेको, एकनासको घना उन छालामा राम्ररी टांसिएको, सफा र प्रशोधित उनलाई सामान्यतया गुणस्तरको छाला भनिन्छ ।

२३. खरायोलाई छाला उत्पादनको लागि कुन बेला वध गर्ने ?
छालाको लागि खरायोलाई करिब ९ हप्ता भन्दा माथि उमेर भए पछि र जाडो शुरु हुनु ठीक अगाडी मारेर छाला निकाल्नु पर्दछ ।

२४. खरायोको मासु खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ हो ?
हो खरायोको मासुमा बोसोको मात्रा कम हुने हुनाले स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

२५. मासु खानको लागि खरायोलाई मार्नु पर्दा कसरी मार्न सकिन्छ ?
देब्रे हातले पछाडीको दुई खुट्टा समातेर उंधो मुन्टो बनाई झुण्डाउने र दाहिने हातले लठ्ठी लिएर टाउको पछाडीको भाग कन्पारोमा हिर्काई मार्न सकिन्छ ।

२६. मासुको लागि पालिने खरायोलाई कति तौल भए पछि मासुको लागि प्रयोग गर्नु पर्दछ ?
करिब १.६ किलोग्राम तौल भए पछि मासुमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२७. त्यसो भए भेडा अंगोरा खरायोको उनमा खास फरक चाहिं के हो ?
अंगोरा खरायोको उन ९८.५ प्रतिशत शुद्ध हुन्छ भने भेडाको उन ५० प्रतिशत मात्र शुद्ध हुन्छ ।

२८. अंगोरा खरायोको उन धेरै न्यानो हुन्छ ?
 हो धेरै न्यानो हुन्छ र त भेडाको उन भन्दा ८ गुणा न्यानो हुन्छ ।

२९. एक बयस्क अंगोरा खरायोबाट वार्षिक कतिसम्म उन उत्पादन हुन्छ ?
 वार्षिक ७०० देखि ८०० ग्रामसम्म उन उत्पादन हुन्छ भने भाले भन्दा पोथीले केही बढी उन दिन्छ ।

३०. एक बर्षमा कति पटकसम्म उन काट्न सकिन्छ ?
 अंगोरा खरायोको उन ३र३ महिनाको फरकमा गरी बर्षमा ४ पटकसम्म काट्न सकिन्छ ।

३१. अंगोरा खरायोबाट कहिले देखि उन उत्पादन लिन सकिन्छ ?
राम्रो व्यवस्थापनमा पालिएको खरायोबाट करिब ३ महिनाको उमेर भए पछि उन उत्पादन लिन सकिन्छ ।

३२. खरायोलाई कक्सिडियोसिस रोगबाट बचाउन के कुरामा ध्यान दिनु पर्छ ?
फोहोर खोर भएमा यो रोग हुने संभावना बढी भएकोले खरायोको खोरलाई प्रत्येक हप्तामा २ पटक नियमित सफा गरी निःसंक्रमण गर्नु पर्दछ ।

३३. रोगी खरायो बसेको खोरलाई के गर्ने ?
 रोगी खरायो बसेको खोरलाई राम्ररी सफा गर्ने अनि निःसंक्रमण गरी २ देखि ३ दिनसम्म खोर खालि राखी अनि मात्र खरायोलाई फेरी खोरमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।

३४. खरायोको कक्सिडियोसिस रोगको उपचार कसरी गर्न सकिन्छ रु ?
पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाक्वीन, कड्रीनल जस्ता औषधि प्रति लिटर पानीमा १ ग्रामको दरले घोली ५ देखि ७ दिनसम्म खुवाएर उपचार गर्न सकिन्छ ।

३५. खरायोमा कक्सिडियोसिस (Coccidiosis) रोग लागेको कसरी थाहा पाउने ?

 यो शुक्ष्म परजिवीबाट हुने रोगबाट ६ देखि ७ हप्ता उमेरका खरायोहरु बढी प्रभावित हुने गर्दछ । रोगी खरायोको पेट फुल्ने, आहारा नखाने, पाखाला लाग्ने लक्षण देखा पर्दछ ।

३६. फनफने रोगबाट बच्नको लागि के उपाय अपनाउनु पर्छ ?
रोगी खरायोको दूध, तुहेको बच्चा, पाठेघरबाट निस्किएको श्रावबाट रोग र्सर्ने भएकोले मानिस र खोरको सरसफाईमा राम्ररी ध्यान दिनु पर्दछ ।

३७. फनफने रोगको उपचार पनि हुन्छ ?
रोगी खरायोलाई पशु स्वास्थ्य प्राविधिकको सहयोगमा एन्टीवायोेटिक औषधि ५ देखि ७ दिन सम्म प्रयोग गरी उपचार गर्नु पर्दछ ।

३८. खरायोको फनफने (Listeriosis) रोग कस्तो रोग हो ?

फनफने रोग खरायोबाट मानिसमा पनि सजिलै र्सन सक्दछ । यो रोग लागेको खरयोमा कडा ज्वरो आउने, मुण्टो बटार्ने, घांस दानापानी नखाने जस्ता लक्षण देखा पर्दछ ।

३९. खरायोलाई कस्तो कस्तो रोग लाग्दछ ?
खरायोलाई अन्य पशुपंक्षीहरु जस्तै विभिन्न किसिमका रोगहरु लाग्ने भएतापनि फनफने र कक्सिडियोसिस प्रमुख रोग मानिन्छ ।

४०. भाले अंगोरा खरायोलाई कति उमेरसम्म प्रजनन कार्यमा प्रयोग गर्ने ?
 भाले खरायोलाई प्रजनन कार्यको लागि लागि ३ देखि ३।५ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४१. पोथी अंगोरा खरायोलाई कति उमेरसम्म उत्पादनको लागि प्रयोग गर्न सकिन्छ ?
 पोथी खरायोलाई बच्चा उत्पादनको लागि ३ बर्षम्म प्रयोग गर्न सकिन्छ ।

४२. खरायोलाई छाडा छोडेर पाल्नु हुन्छ कि हुंदैन ?
 हुंदैन, बढी बिजाइँ गर्छ साथै असुरक्षित पनि हुन्छ ।

४३. अंगोरा भाले खरायोलाई कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा भालेको लागि २.५ फिट लम्बाई, २ फिट चौर्डाई १.५ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४४. अंगोरा माउ खरायोको लागि कस्तो खोरको आवश्यकता पर्दछ ?
अंगोरा माउको लागि ४ फिट लम्बाई, २.५ फिट चौर्डाई र २ फिट उंचाई भएको जमीनमा दिसा पिसाव बगेर जाने गरी टांड परेको खोर बनाउनु पर्दछ ।

४५. खरायोको माउ बच्चाहरुलाई दैनिक कति दाना खुवाउन सकिन्छ ?
 घांस खाई रहेको माउलाई ६० देखि ७० ग्राम, बच्चा सहितको माउलाई १२० ग्राम र १ देखि १।५ महिना उमेरका खरायोको बच्चालाई ४० ग्राम सम्म दाना खुवाउन सकिन्छ ।

४६. खरायोको शारिरीक अवस्था अनुसार कस्तो दाना खुवाउनु पर्दछ ?
माउको दानामा १५५, व्याउने माउको दानामा १७५ र बच्चाको दानामा २०५ प्रोटिन भएको दाना खुवाउनु पर्दछ ।