Saturday, October 14, 2017

Indian EPF ko janakari mobile maa

पत्र पत्रिका बाट  -साभार         https://unifiedportal-mem.epfindia.gov.in/memberinterface/

 










https://www.ikamai.in/steps-get-your-uan-online-hindi/

Thursday, October 12, 2017

बिटक्वाइनका विभिन्न उपकरण बरामद

पत्र पत्रिका बाट  -साभार

http://www.abhiyan.com.np/new/Articles/view/106566
२०७४-०६-२७ मा प्रकाशित     २२७ पटक पढिएको 
बिटक्वाइनका विभिन्न उपकरण बरामद
काठमाडौं (अस) बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको गैरकानूनी कारोबारीबाट प्रहरीले विभिन्न सामान तथा उपकरण बरामद गरेको छ । पक्राउ परेकामध्ये प्रशान्त शाहले दोलखाको तामाकोशी गाउँपालिका–५, किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा लुकाइराखेका बिटक्वाइन बनाउने उपकरण बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । बिटक्वाइन कारोबारमा संलग्न सातजनालाई एक हप्ताअगाडि प्रहरीले पक्राउ गरेको थियो ।
बरामद उपकरणहरू :
  • बिटमेन माइनर थान २६
  • बिटमेन पावर सप्लाई थान १५
  • टीपी लिङ्क राउटर थान १
  • नेटवर्क भिडियो रेकर्डर थान १
  • सम्बन्धित अन्य सामग्री
नेपालमा बिटक्वाइन, क्रिप्टोकरेन्सीलगायत विद्युतीय मुद्राको कारोबारलाई नेपाल सरकारले बन्देज लगाएको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले यस्ता कारोबारलाई बन्देज लगाएको हो ।
के हो बिटक्वाइन ?
बिटक्वाइन एक प्रकारको विद्युतीय मुद्रा हो । यसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । बैङ्क नोट र सिक्काको सट्टा यसलाई इलेक्ट्रोनिक माध्यमबाट प्रयोग गर्ने गरिन्छ । यो मुद्राको उत्पादन हुने प्रक्रियालाई ‘माइनिङ’ भनिन्छ ।
यसको छपाइ तथा वितरण कसले गर्छ ?
यो मुद्राको कुनै पनि किसिमको बैङ्क वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो मानिसको समुदायबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो, जुन समुदायमा जो कोही आबद्ध हुन सक्छन् । बिटक्वाइन माइनिङले एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रिया बुझाउँछ ।

देउवाले गठन गरे विधान विपरित भागवण्डामा संसदीय बोर्ड

पत्र पत्रिका बाट  -साभार  

http://www.enayapatrika.com/2017/10/11/190797/
मधुसुधन भट्टराई, काठमाडौं, २४ असोज   |   ०२ दिन अगाडि
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित संसदीय समिति निर्माण गरेका छन् । कांग्रेसको विधानमा पार्टी सभापति र संसदीय दलको नेता फरक फरक भएमा १४ र सभापति तथा संसदीय दलको नेता एउटै व्यक्ति भएमा १३ सदस्यीय संसदीय समिति निर्माण हुने उल्लेख छ । तर, सभापति देउवाले सिवधानमा रहेको प्रावधान विपरित बुधबार १७ सदस्यीय समिति गठन गरेका हुन् ।
आसन्न प्रदेशसभान र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छान्न प्रधानमन्त्रीसमेत रहेका देउवाले झण्डै दुई वर्ष लगाएर समिति गठन गरेका हुन । विधानतः महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रैमा पदाधिकारी, केन्द्रीय समितिसहित सबै विभागहरुलाई पूर्णता दिनु पर्ने उल्लेख छ ।
कांग्रेस सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष प्रदेश सदस्य रहने व्यवस्था छ । त्यसमा उपसभापति, एउटा महामन्त्री र सहमहामन्त्री मनोनयन हुन बाँकी रहेकाले तीन जना मात्र पदेन सदस्य छन् । विधान त ः बाँकी ८ सदस्य मनोनयन गर्नु पर्नेमा देउवाले १४ जना मनोनयन गरेका हुन । समितिलाई भागवण्डाको आधारमा टुंग्याइएको हो । देउवाले नेता पौडेल पक्षलाई ४ सदस्य दिएका छन् । पौडेल पक्षबाट महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सितादेवी यादव पदेन सदस्य छन् । उनीबाहेक पौडेल पक्षबाट स्वयं पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत र महेश आचार्य सदस्य बनेका छन् ।
त्यस्तै खुमबहादुर खड्का समूहलाई दुई सदस्य दिइएको छ । खड्का समूहबाट स्वयं खड्का र पूर्णबहादुर खड्कालाई सदस्य बनाइएको छ ।  त्यस्तै नेता कृष्ण सिटौला समूहबाट उनै सिटौलालाई सदस्य बनाएका छन् । भने संस्थापन पक्षबाट देउवाले ६ जनालाई सदस्य बनाएका छन् । संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण र चित्रलेखा यादवलाई सदस्य बनाइएको छ ।

दोलखाको किर्नेटारमा बन्छ विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन

पत्र पत्रिका बाट  -साभार  http://www.enayapatrika.com/2017/10/12/191078/


जनार्दन बराल, उमेश पौडेल , काठमाडौं, २६ असोज   |   १२ घन्टा अगाडि
संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो ।

हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेर काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेका हुन् । प्रशान्त प्रताप शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।
आज सिआइवीले दोलखाको खिम्तिमा गइ छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । प्रहरीले बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान लगायतका सामान बरामद गरेको छ ।

बारी जोत्दै गरेकी मंगलीको करेन्ट लागेर ज्यान गयो

पत्र पत्रिका बाट  -साभार                http://www.enayapatrika.com/2017/10/12/191065/

पुरुषोत्तम गिरी, सल्यान, २६ असोज   |   १४ घन्टा अगाडि
करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ५० वर्षीय मंगली कुमारी वलीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर उनका श्रीमान ज्ञान बहादुर वली घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर वर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भएको रहेछ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहिछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेछ’ प्रहरीले भने ।
श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यु भयो । बिजुलीको फलामको पोलमा राखिएको डि आइरन इन्सुलेटरबाट तार चँुडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भएपछि पोलबाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ ।


मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ज्ञानको बहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

 

गौरवका आयोजना : ३० बर्षमा ५० प्रतिशत काम

पत्र पत्रिका बाट  -साभार    http://kantipur.ekantipur.com/news/2017-10-13/20171012203245.html

आश्विन २७, २०७४-३० वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । २१ वटामध्ये कुनै पनि आयोजनाको काम हालसम्म सकिएको छैन । अधिकांश आयोजनाको निर्माण सम्पन्न हुने अवधि पटक–पटक सार्ने गरिएको छ । 
यो पृष्ठभूमिमा विकास समितिले बजेट, निर्माण सामग्री, अन्तरसरकारी निकायहरूबीचको समन्वय अभावलगायत विषयमा चर्चा गर्दै जुनसुकै परिस्थितिमा पनि गौरवका आयोजनाको शीघ्र निर्माण गर्न निर्देशन दिएको हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको कार्यप्रगति हेर्दा ३० वर्षको अवधिमा औषतमा ५० प्रतिशत काम हुन सक्ने गतिबाट मात्र काम भएको देखिन्छ । विनियोजित पुँजीगत खर्च पनि ७० प्रतिशतभन्दा बढी हुन सकेको देखिँदैन । यस्तो भौतिक पूर्वाधारको गतिले आगामी दिनमा हाम्रो अवस्था के हुने हो पूर्वानुमान गर्न कठिन छैन । 
समुन्नत नेपाल निर्माणका लागि गौरवका आयोजनाहरूको द्रुत निर्माण गर्न गराउन अति जरुरी देखिन्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘तसर्थ, समितिले बारम्बार यस्ता आयोजनाहरूको शीघ्र निर्माणमा जोड दिँदै आइरहेको पनि छ । र, यस बैठकबाट पुन: जुनसुकै परिस्थितिमा पनि गौरवका आयोजनाहरू शीघ्र निर्माण गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत सम्बद्ध सम्पूर्ण मन्त्रालय तथा निकायलाई गम्भीरतापूर्वक निर्देश गर्दछ ।’
गौरवका आयोजनाहरूको निर्माणमा सबैभन्दा ठूलो समस्या अन्तरसरकारी समन्वयको अभाव, स्थानीय अवरोध, नीतिगत समस्या, ढुंगा गिटी बालुवाको अभाव, ठेकेदारको लापरबाहीलगायत देखिएका छन् । अधिकांश आयोजनाका समस्या समान प्रकृतिका छन् । उक्त उल्झनका कारण वर्षांै अघिबाट सुरु आयोजनाले प्राय: कुनै पनि वर्ष शतप्रतिशत प्रगति हासिल गर्न सकेका छैनन् । केही आयोजनाहरू तोकेरै विकास समितिले विषयगत निर्देशन पनि दिएको छ । काठमाडांै–निजगढ द्रुतमार्ग, ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्गहरू, अप्टिकल फाइवर विछ्याउने कार्य, ग्रामीण दूर सञ्चार विकास कोषको प्रयोग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तोरन्नतिलगायतका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूको निर्माण कार्यमा समेत अति सुस्तता देखिएकाले तत्काल कमजोरीहरू हटाई तीव्र गतिमा कार्य अघि बढाउन समितिले निर्देशन दिएको छ ।
उक्त कार्य अघि बढाउन सम्बन्धित निकायहरूबीच आपसी समन्वयसहित जिम्मेवारीप्रति केन्द्रित भई उत्तरदायित्व निर्वाह गर्न, साधन र स्रोतको अभाव हुन नदिन निर्देश दिएको छ । ‘साथै उत्तरदायित्व बहन नगर्ने जिम्मेवार पदाधिकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ,’ निर्देशनमा भनिएको छ ।
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति हालसम्म ४ पटकसम्म सारिसकेको भन्दै ०७४ सालभित्र सम्पन्न गरी पानी वितरण गर्न पनि निर्देशन दिएको छ । ‘२०७४ असोजमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्यको हविगत पनि देखिसकिएको अवस्था हो भने अझै पनि उक्त आयोजना कहिले पूर्ण रूपमा सम्पन्न हुने हो निश्चित छैन,’ निर्देशनमा भनिएको छ, ‘तसर्थ, यथार्थपरक जानकारी मात्र सार्वजनिक गर्न र मेलम्ची खानेपानी आयोजनालाई जसरी पनि यही २०७४ सालभित्र सम्पन्न गरी पानी वितरण गर्ने व्यवस्था मिलाउन समिति खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देश गर्दछ ।’
गत वर्षको तथ्यांक हेर्दा गौरवका २१ आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनाको संख्या १३ मात्रै छ । ५० देखि ७९ सम्म प्रगति भएका आयोजनाको संख्या ५ हो । ५० प्रतिशतभन्दा कम प्रगति र प्रगति नै प्राप्त नभएका आयोजनाको संख्या क्रमश: २ र १ छ । गत आर्थिक वर्षका लागि विनियोजित बजेट र सम्पन्न गर्नुपर्ने काम कुनै पनि आयोजनाले पूरा गर्न सकेका छैनन् । अधिकांशको समस्या सरकारी नीति नियमसँग सम्बन्धित छ । यसबारे विकाससहित संसदका विभिन्न समितिहरूले पटकपटक निर्देशन दिने गरेका छन् ।
गौरवका बाहेक एकीकृत सहरी विकास आयोजनाहरू तथा काठमाडांैलगायत सहरी बस्ती व्यवस्थापनबारेमा स्पष्ट कार्ययोजना तथा मापदण्ड बनाई शीघ्र कार्यान्वयन गर्न/गराउन पनि निर्देशन दिएको छ । ‘काठमाडांै बस्ती व्यवस्थापनका लागि विकास गरिने भनिएका ४ वटा स्याटेलाइट सिटीहरूको आधारभूत कार्य जग्गा प्राप्ति, नक्सांकन तथा उपलब्ध गराउनुपर्ने सेवासुविधाहरू सहितको आयोजना विकास सम्झौता (पीडीए) तथा आयोजना बृहत् प्रतिवेदन (डीपीआर) १ वर्षभित्र अनिवार्य रूपमा तयार गरि कार्यान्वयनमा लैजान समिति सहरी विकास मन्त्रालयलाई निर्देश गर्दछ,’ निर्देशनमा भनिएको छ ।
संघीय संरचनामा राष्ट्रिय योजना आयोगबारे स्पष्ट हुन प्रधानमन्त्री कार्यालय र योजना आयोगलाई निर्देशन दिएको छ । ‘दाता केन्द्रित विकासको सोचबाट नेपाल लामो समयदेखि ग्रसित बन्दै आइरहेको पाइन्छ । हाम्रो विकासको आवश्यकता तेस्रो पक्षले पहिचान गरिदिने र सोहीअनुसार योजना बन्ने गरेबाट नेपालको पूर्वाधार विकासको वास्तविक मार्गचित्र, यथार्थ चिन्तन र मानक स्तरको अभाव रहेको पाइन्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘योजनाबद्ध विकासको ६ दशक बितिसकेको अवस्थामा गर्व गर्नुपर्ने गरी कुनै पनि भौतिक पूर्वाधारको विकास निर्माण नभएको र महत्त्वपूर्ण आर्थिक परिघटना पनि भएको नदेखिएकाले राष्ट्रिय योजना आयोगको प्रभावकारिता एवं उपादेयताको औचित्यतामाथि प्रश्न उठ्ने गरेको छ । 
संघीय प्रणालीमा राष्ट्रिय योजना आयोगको संरचना कस्तो हुने ?, यसको विद्यमान संरचनामा परिवर्तन गर्ने तथा कार्यक्षेत्र एवं क्षेत्राधिकारमा सुधार र परिमार्जन गर्ने सम्बन्धमा यथाशीघ्र निष्कर्षमा पुग्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आयोगलाई निर्देश गर्दछ ।’

प्रकाशित: आश्विन २७, २०७४

Wednesday, October 11, 2017

जहाँ लाग्छ युवतीको हाटबजार, रकम तिर्नुस् दुलही बनाएर भर्जिन युवती लैजानुस्

पत्र पत्रिका बाट  -साभार 

http://www.janabolinews.com/?p=101016



2017-09-07 15:23
संसारका कतिपय स्थानमा यस्ता बजार पनि छन्, जुन अलग विशेषताका कारण चिनिएका छन् । तर, के तपाईले कहिल्यै ब्राइड मार्केका बारेमा सुन्नु वा पढ्नु भएको छ ? जहाँ नवविवाहिता दुलही विक्रीका लागि राखिन्छ र यो बजारमा दुलही विक्री हुन्छन् । हो, बुल्गेरियामा स्टारा जागोर नामक स्थानमा हरेक तीन वर्षमा एकपटक बेहुलीको व्यापार हुने गर्दछ । यहाँ आएर बेहुलाले आफूलाई मन परेको बेहुली किनेर उसलाई आफ्नो श्रीमती बनाउन सक्दछ । यो मेला यस्ता गरिब परिवारले लगाउँछन्, जसको आर्थिक अवस्था नाजुक हुन्छ र छोरीको विवाहको खर्च धान्ने अवस्था हुँदैन ।
यो बजारमा भर्जिन टिनएजर्स किशोरीको सबैभन्दा बढी माग रहन्छ । यो ब्राइड मार्केटमा युवाहरु खुलेआम एकसे एक युवतीहरुसँग समय बिताउँछन्, जबसम्म उनीहरु कुनै युवतीको सुन्दरता र खुबीबाट प्रभावित भएर आफ्नो बेहुली बनाउँदैनन् । यो ब्राइड मार्केटमा विवाहका लागि ल्याइने युवतीहरुलाई बेहुलीको पहिरनमा सजाएर ल्याइन्छ । आफूप्रति युवक आकर्षित गर्न युवतीहरु भड्किलो पहिरन र मेकअप गरेर पुग्छन् । यहाँ विक्री हुने बेहुलीमा करिब करिब सबै उमेरका युवती र महिला सामेल हुन्छन् । तर, अधिकांश टिनएजर्स युवतीको संख्या हुने गर्दछ ।

बेहुली किन्नका लागि युवकहरुका साथमा परिवारजन पनि सँगै यो बजार पुग्छन् । यो बजारमा केटालाई पहिला आफूलाई मन परेको केटी रोज्ने अवसर दिइन्छ । केटी मन परेपछि उनलाई श्रीमती स्वीकार गरिन्छ र युवतीका परिवारलाई रकम दिइन्छ । यो बजारमा पछिल्लो केही समयदेखि टीनएजर युवतीलाई दुलही बनाउनका लागि मानिसहरु बढी रुची देखाउन थालेका छन । यसका पछाडिको कारण कुमारीत्व भएको विश्वास गरिएको छ । यहाँ ल्याइने युवतीको मुल्य दुई लाखदेखि ५ लाखसम्म हुन्छ । यदि कुनै युवतीका लागि एकभन्दा बढी युवकले माग गरे उक्त युवतीको मूल्य पनि स्वतः बढ्ने गर्दछ ।
बेहुली किन्ने चलन गरिब परिवारमा कयौ पुस्तादेखि चलिआएको छ । यसमा कानुनी रोक पनि छैन । गर्मी होस वा जाडो बुल्गेरियाको स्टारा जागोरमा यो बजार लाग्ने गर्दछ । यो उत्सव पहिला हाइस्कुल डान्स जसरी सुरु हुन्छ, जहाँ युवायुवती अलग अलग समूह बनाएर डान्स गर्दछन् । त्यसपछि उनीहरु औपचारिक रुपमा हात मिलाउँछन् । यसक्रममा अभिभावक यो ब्याकग्राण्डबाट टाढै रहन्छन्, जहाँ यो आयोजना गरिन्छ । यसपछि स्टेज तयार गरिन्छ, जहाँ दुलही बनेकी युवतीलाई उभ्याइन्छ । त्यहाँ उभ्याइएका युवतीहरुलाई भिडमा रहेका युवकले चुन्छन् ।
यो मेला बुल्गेरियाको कलाइदझी समुदायले लगाउने गर्दछन् । यही समुदायले बाहेक यहाँ अरुले बेहुली खरिद गर्न भने पाउँदैन । बजारमा त्यही परिवार हुन्छ, जो आफ्नो छोरीको विवाह गर्न आर्थिक रुपमा असक्षम हुन्छ । बजारमा युवतीहरु एक्लै आउँदैनन् । उनीहरुका परिवारका कुनै न कुनै सदस्य अवश्य हुन्छन् । नेपाल, भारत लगायतका मुलुकमा केटा पक्षले दाइजो लिने गर्दछन्, तर, यहाँको चलन त्यसको ठिक विपरीत छ । यहाँ केटा पक्षले केटी पक्षलाई रकम दिनुपर्ने हुन्छ । बजारमा केटाले मन पराएको केटीलाई परिवारले पनि बुहारी मान्नैपर्ने हुन्छ । यो नियमको पालना निकै कडाईपूर्वक हुने गर्दछ । एजेन्सी

पृथ्वी विनाश नजिक ! वैज्ञानिकका आ–आफ्नै दावी, के होला ?

पत्र पत्रिका बाट  -साभार

http://www.janabolinews.com/?p=97633&


2017-08-13 09:28
विभिन्न धार्मिक ग्रन्थ देखि वैज्ञानिकहरुको प्रक्षपणलेपनि पृथ्वी एकदिन ध्वस्त हुन सक्छ, जसरी यस दुनियामा सिर्जना हुने अरु चिजहरु ध्वस्त हुन्छन् । वैज्ञानिकहरुले पनि प्रमाणित गरिसकेको विषय के हो भने पृथ्वी पनि एक सिर्जित चिज हो । जतिसुकै वर्ष अगाडि भए पनि पृथ्वीको सिर्जना भएको थियो । र, त्यसपछि यहाँ अन्य जीव, जन्तु, हावा, पानी र सम्पूर्ण वातावरणको सिर्जना भएको हो । सामान्य रुपमा भन्नुपर्दा सिर्जना हुने जुनसुकै चिजको पनि अन्त्य जरुर हुन्छ । ढिलो र चाँडोको मात्रै कुरा हो ।
दुनियामा वैज्ञानिक अनुसन्धान र धार्मिक भविष्यवाणीलाई फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । तर अक्सर भविष्यवाणीहरु वैज्ञानिक खोजबाट सही सावित पनि भएका छन् । वैज्ञानिक खोजले पृथ्वीको अन्त्यबारे ठोस आधार पत्ता लगाउन सकेको छैन । तर, विभिन्न धार्मिक भविष्यवाणीहरुले भने पृथ्वी ध्वस्त हुने ठोकुवा गरिसकेका छन् ।
पृथ्वीको प्रलय हुने दिन कहिले आउने हो भनेर यकिन रुपमा कुनै पनि भविष्यवाणीमा उल्लेख गरिएको छैन । सायद पृथ्वीको आयूबारे कसैले यकिन साथ भन्न सक्दैनन् । तर पनि भिन्न सभ्यता र धर्मका मानिसहरुद्वारा यसको भविष्यवाणी भइरहन्छ ।
यो आलेखमा पृथ्वी ध्वस्त हुनेबारे कुन कुन समय र कसेले कसरी भविष्यवाणी गरे भन्ने बारे उल्लेख गरिएको छ ।
माया सभ्यता (२१ डिसेम्बर २०१२ मा महाप्रलय)
भविष्यवाणी गरिएको थियो कि सन् २०१२ मा पृथ्वीको अन्त्य हुने छ । मेक्सिकोको माया सभ्यतामा आधारित क्यालेण्डर (पात्रो) को हिसावले यो घोषणा गरिएको थियो । माया सभ्यताको प्रमाणिकता यति थियो कि संसारभरका धेरै मानिसले उक्त भविष्यवाणीलाई सत्य मानेका थिए ।
नेपाललगायत भारतजस्ता हिन्दु वहुल भएका क्षेत्रमा त मानिसहरु आफ्नो अन्तिम इच्छा पूरा गर्ने जिद्धीमा पनि लागेका थिए । माया सभ्याताको क्यालेन्डर सोही दिन समाप्त हुन गइरहेको भनेर प्रचार गरिएको थियो । माया क्यालेन्डरमा २१ डिसेम्बर २०१२ पछि तिथिको वर्णन छैन । क्यालेन्डरका अनुसार त्यसपछि पृथ्वीको अन्त्य थियो । यो सभ्यतालाई गणित र खागोल विज्ञानको मामलामा धेरै उन्नत मानिन्थ्यो । यो सम्भतामा पृथ्वीको आयू ५१२६ वर्ष मानिएको थियो ।
वेन्गा बाबा (सन् ५०७९ मा ध्वस्त हुनेछ पृथ्वी)
भोल्कान्समा नास्त्रेदमसको नामबाट चर्चित बाबा वेन्गाले धेरै भविष्यवाणी गरेका छन् । र उनका धेरैजसो भविष्यवाणी सही सावित पनि भएका छन् । उनले पृथ्वीको बारेमा पनि भविष्यवाणी गरेका छन् । जसले मानिसहरुमा डर र चिन्ता बढाइदिएको छ । वेन्गा बाबाले भविष्यवाणी गरेका थिए कि सन् ५०७९ मा पूरै दुनियाको अन्त्य हुने छ । यद्यपी सन् १९९६ मा ८५ वर्षको उमेरमो उनको निधन भइसकेको छ । थाहा छैन उनले गरेको भविष्यवाणी कति सही हो ?
लियोनार्दो दा भिन्ची (सन् ४००६ मा आउने छ महाप्रलय)
संसारभरका अन्य भिवश्यवक्ता जस्तै लियोनार्दो दा भिन्चीले पनि पृथ्वीबारे भविष्यवाणी गरेका छन् । भिन्चीका अनुसार सन् ४००६ मा पृथ्वीको अन्त्य हुने छ । विश्वभरी एक ठूलो बाढी आएर दुनिया ध्वस्त हुने भिन्चीले भविष्यवाणी गरेका छन् ।
लियोनार्दो दा भिन्ची इटालीको पुनर्जागरणका सबैभन्दा बढी ज्ञाता मानिन्छन् । दा भिन्ची पेन्टर, चित्रकार, इन्जिनियर, संगीतत्त, वैज्ञानिक, गणितज्ञ, आविस्कारकसँगै धेरै विषयका ज्ञाता थिए । दा भिन्चीका अनुसार पृथ्वीको २१ मार्च ४००६ देखि विश्भर वाढी आउने छ । र, उक्त बाढी १ नोभेम्बर ४००६ सम्म रहने छ । त्यसपछि पृथ्वी पूरै ध्वस्त हुने छ ।
पृथ्वीको आयूबारे अन्य धेरैले पनि भविष्यवाणी गरेका छन् । हालै एक भविष्यवाणीले खुव चर्चा कमायो । यो भविष्यवाणीमा अनुसार २९ जुलाई सन् २०१६ मा पूरै विश्व ध्वस्त हुने भनिएको थियो ।
हेराल्ड केम्पियन नामका एक अमेरिकी ज्योतिषले गरेको भविष्यवाणीले पनि पनि एकचोटी तहल्का मच्चाएको थियो । केम्पियनले २१ मे सन् २०११ मै पूरै विश्व ध्वस्त हुने भविष्यवाणी गरेका थिए ।
अमेरिकी धार्मिक नेता मार्शल एप्पलव्हाइट सन् १९९७ मै विश्व ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए । उनको भविष्यवाणी सही सावित त भएन । तर, त्यतिबेला उनको उक्त भविष्यवाणीले विश्वभरका मानिसहरुलाई चिन्तित बनाएको थियो ।
आधुनिक विज्ञानका पिता मानिने न्यूटनले पनि पृथ्वीको आयूबारे भविष्यवाणी गरेका छन् । न्यूटनले सन् २०६० मा पृथ्वी ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए ।
जर्मनीका प्रख्यात गणितज्ञ तथा ज्योतिषी जहन्नस स्टफलरले पनि पृथ्वीबारे भविष्यवाणी २५ फेब्रुअरी सन् १५२४ मै पृथ्वी ध्वस्त हुने भनेर भविष्यवाणी गरेका थिए । उक्त भविष्यवाणीले त्यतिबेला विश्व नै तरंगित भएको बताइन्छ । तर, उक्त भविष्यवाणी सही सावित भएन ।
ताइवानका धार्मिक गुरू मिंग चेन उर्फ चेन ताओ या टू वे ले यूएफओ के सिद्धान्त एवम् ईसाई तथा बौद्ध धर्मलाई आधार मानेर २५ मार्चा १९८८ मै पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरेका थिए । तर उनको भविष्यवाणी पनि सही सावित हुन सकेन ।
प्रसिद्ध बैज्ञानिक स्टीफन विलियम हकिङ्गले दावी गरेका छन् कि मानव जाति अधिकतम एक हजार वर्षसम्म मात्रै जीवित रहन सक्छ । किनकी पृथ्वीको एक गोला एक हजार वर्ष पछि समाप्त हुने छ ।
उनले भनेका छन् की एक हजार वर्ष भित्रै मानव जातिले कुनै अन्य ग्रहमा बस्ती बासाल्नु पर्नेछ । तर यी सबै भविष्यवाणीमध्ये केहीको तिथि बितिसकेको छ । केही भने भविष्यको गर्भ मै छन् ।

लामो कसरतपछि स्वास्थ्य बीमा विधेयक स्वीकृत, कसरी गर्ने त बिमा ?

पत्र पत्रिका बाट  -साभार

http://medianp.tv/2017/10/152781.html
कल्पना पौडेल 
काठमाडौँ, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ ।
विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन । संसद्को मंगलबार बसेको बैठकले सबै नेपालीलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने विधेयक स्वीकृत गरेको छ ।
नेपालको सविधानको धारा, २९६ उपधारा (१) अनुसार स्वास्थ्य बीमा ऐन बनाउन लागिएको हो । गत साउन साउन २२ गते स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले विधेयक संसद्मा प्रस्तुत गरेका थिए ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उक्त विधेयक गत वैशाख ११ गते संसद् सचिवालयमा दर्ता विधेयक दर्ता गरेका थिए । गुणस्तरीय स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई उपलब्धिमूलक बनाउन बीमा ऐन आवश्यक महसुस गरिएको थियो ।
स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य बीमाले जनताले स्वाथ्स्य सेवा उपभोग गर्दा ब्यहोर्नुपर्ने ठूलो आर्थिक भारको अवस्थाको अन्त्य गर्ने बताए । उनले भने, “नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने छ । उक्त विधेयकको मस्यौदामा विपन्न नागरिक, पूर्ण अपाङ्ग, एकल महिला, ज्येष्ठ नागरिक र अनाथ बालबालिकाका लागि सरकारले प्रिमियम व्यहोर्ने प्रावधान राखिएको छ ।”
बीमा विधेयकमा वैदेशिक रोजगारमा जानेको परिवार राष्ट्रसेवक, कर्मचारी र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई अनिर्वाय बीमामा आबद्ध गरिएको छ भने अनौपचारिक क्षेत्रमा पनि क्रमशः बीमाको आबद्ध गर्ने गरी सबै नेपालीलाई स्वास्थ्य बीमा भन्ने मान्यताअनुरुप ऐन प्रस्ताव गरिएको छ ।
बीमा ऐन लागू भएपछि जनताले प्राथमिक स्वास्थ्य संस्थाबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने, आधारभूत स्वास्थ्य सेवाभन्दा बाहिरका विशिष्ट सेवा बीमाले समेट्नेछ । सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन रिफरल प्रणाली लागू हुनेछ । बीमा बोर्डलाई स्वायत्त निकायका रुपमा स्थापना गरी बीमित रकम वृद्धिलगायतका बीमाको दायरालाई फराकिलो बनाउन मिल्ने गरी ऐनमा बाटो खोलिएको छ । अब सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र यसका लागि छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गरिनेछ ।
मन्त्री पोखरेलले नागरिकलाई समावेश गरिने र नागरिकको संविधान प्रदत्त स्वास्थ्यको अधिकार अझै सुनिश्चितत भएको उल्लेख गर्दै नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले जनतालाई दिएको स्वास्थ्य अधिकार पूरा गर्न बीमा विधेयक अपरिहार्य भएको उल्लेख गर्दै “सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको छ,” भने ।
कस्तो हुन्छ स्वास्थ्य बीमा 
सरकारले गठन आदेशानुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बनाई आव २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिसकेको छ । हाल यो कार्यक्रम १८ जिल्लामा विस्तार भइसकेको छ भने स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बनेका जनताले पाँच जनासम्मको परिवारका लागि वर्षको रु २५ सय तिरेर सदस्य बन्न पाउँछ । यसरी सदस्य बनेपछि उक्त परिवारले वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा  एक व्यक्ति बराबर रु ४५० बढी तिरेर सदस्य बनेपछि रु १० हजारभन्दा बढीको थप सेवा दिन पाउने व्यवस्था छ । एक वर्षका लागि मान्य हुने भएकाले अर्को वर्षका लागि पुनः रकम बुझाएर सदस्यता नवीकरण गर्नुपर्छ । स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरेलगायतका सेवा सुविधा बीमितले पाउँछन् । ५३० प्रकारका औषधि पनि यसैभित्र पर्छ ।
स्वास्थ्य बीमाले प्लास्टिक सर्जरी, तोकिएको मूल्यभन्दा महङ्गा चस्माको खरिद कानमा लगाएर सुन्ने मेसिन रक्सी खाएर झगडा गरी कुटाकुट गरी भएका घाइते र कृत्रिम गर्भाधान सेवा सेवा प्रदान गर्दैन । स्वास्थ्य बीमामा सहभागीले बीमा फारम भर्दा नै कहाँ उपचार गराउने हो ? त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसै अनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ ।
पहिलो विन्दु प्राथमिक स्वास्थ्य केन्द्र तोकेको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताए । तर एकैपटक माथि जान खोजेमा बीमाले समेट्दैन । सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् राखेको छ । बिरामीले स्थानीय र जिल्ला अस्पतालमा उपचार गराउन नचाहेमा केन्द्रीय अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गराउन पाउने व्यवस्थालाई भने फागुनबाट हटाइएको छ । नयाँ व्यवस्थाअनुसार आकस्मिक वा रेफरल बिरामीको मात्र केन्द्रीय अस्पतालमा उपचार हुने त्यस बाहेकका बिरामीले उपचार गराउन चाहेमा बीमा कार्यक्रमले समेट्दैन ।
यहाँ बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा के छ भने परिवारमध्ये कुनै सदस्यको स्वभाविक मृत्यु भएमा उसको बीमाबापतको रकम फिर्ता हुँदैन । यसको मतलब ऐनले बीमितले स्वास्थ्य बीमा कार्यक्रमले दिएको सुविधा आफूले मात्र प्रयोग गर्न सक्छ ।
स्थायी ठेगाना एउटा जिल्ला भई बसोबास अर्को जिल्लामा छ भने सदस्य बन्दा कहाँबाट उपचार लिने हो उक्त अस्पतालको नाम खुलाउनुपर्छ । एकै घरका सदस्य फरक ठाउँमा उपचार लिने हो त्यो पहिले नै खुलाउनुपर्छ । अर्कै जिल्लाबाट सदस्य बनेर सेवा लिने हो भने पुनः नयाँ सदस्य बन्नुपर्छ । त्यसका लागि रु दुई हजार ५०० तिर्नुपर्छ ।

फलमा नै छ बरदान : क्यान्सर रोग निको पार्ने वरदान बन्यो सावर सुप

पत्र पत्रिका बाट  -साभार  http://www.janabolinews.com/?p=105638



2017-10-09 09:30
सन २०१२ जनवरीमा बेलायतका वैज्ञानिक क्रिस्टोफर सिल्भटन थोङ्गले क्यान्सरमागरिने केमोथेरापिको विकल्पमा सावसरसुप फलको सफल परिक्षण गरे । एउटा पाकेको फललाई बाहिकको बोक्राफालेर सफातथा फिल्टर गरिएको १ लिटर पानीमा सिंगै जुस बनाई त्यो जुसबाट क्यान्सरकारोगीहरुको उपचारमा धेरै मद्दत पुगेको उक्त बैज्ञानिक परिक्षण सफलभएकोछ । सावर सुपको बैज्ञानिक नामअन्नोनाम्युरिक्याटा हो भने यसको परिवार अन्नोनासीहो ।अत्यन्तै बढी मात्रामाऔषधीय गुण भएको सावरसुप फलको विउ,पात,हाँगा जरा र फल सबैमाऔषधीय गुण रहेको बैज्ञानिकहरु बताउंछन् ।चिकित्सा विज्ञानमा अत्यन्तै बरदान सावित यो फलमा भिटामिन सी,वि१, वि२, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पाईन्छ भने कार्वोहाईड्रेडको मात्राअझ बढी छ । सर्वत,आइसक्रिम,चकलेट, जेली, जाम भिटामिन सिरप समेत तैयार गर्न सकिन्छ । मेक्सिको, थाईलैण्ड, सिंगापुर तथामलेसियालगायतको देशहरुमा परम्परागत रुपमा यसबाट पेट सम्बन्धी रोगको उपचार, टाउको दुख्ने,ज्वरो आउने,वाकवाकीलाग्ने तथागर्भवतीमहिलाहरुको सुरक्षाकालागिप्रयोग गरिदै आएको छ । पखालाकाविरामीकालागिपनिउत्तिकै उपयोगी यो फल सुगरका रोगीहरुकालागि समेत राम्रो फलहो ।

यस्तो बहगुणी फलको विरुवाफलेको अवस्थामा बेलायत सरकारले बसाएको पूर्वको रमणिय धरानमाविगत एक दशक अघि देखिनै रहेको पाईन्छ । मालपाएर चालनपाउने र मृगले आफनो जीउको सुगन्धखोज्न जंगल दौडिए झैं यस्को बोट ल्याउने व्यक्तिहरुले नै उपयोगिताको बारेमाजानकारी नहनुले प्रष्ट पारेको छ । धरानउपमहानगरपालिका वडां। १७अवस्थित रामबहादुर तामाङ्ग र उनकाश्रीमतिजोशिलातामाङ्गले रोपेको सावरसुपको विरुवागएको तीनवर्ष अघि देखि फल्दै गरेकोछ । सावरसुपको विरुवाभएको तीनवर्ष अघि देखि फैलदै गरेको छ । तामाङ्ग परिवार ललितपुर जिल्लाबाट मकवानपुर हुँदै २०३० सालमा धरानपुगेको हो । अर्को धरान धनकुटा सडक निर्माण गर्ने वेलामाउनीहरु त्यतापुगेकाहुन् । अर्को धरानकै स्थायीवासिन्दाशिववान्तवाले पनि सावरसुपको वोट रोपेका छन् । के फलहो भन्ने थाहै नपाई यो विरुवा धरानको निकै घरमा फैलिनै सकेको छ । यस्को ताजाफलपूmलको रुपमाखान सकिन्छ ।

समुद्र सतहदेखि एक हजार मिटर सम्मको उचाईमा खेतीगर्न सकिने यो फलको रुख मध्यमउचाईको हुन्छ । १ रोपनीमा १० देखि १५ वोट सम्मलगाउनमिल्ने यो फल परिपक्वभएको अवस्थामा २० वटासम्म फल्ने गर्छ । सिंगापरमा एउटै फल ३० डलरमाविक्रीहुंदै गरेको यो फल नेपालमा वडेमानकोउत्पादनगर्न सक्दाविदेशीमद्रा त आर्जन गर्छन् नै अर्को तर्फ हाम्रो समृद्धिको अर्को महत्वपूर्ण फलहो भनीव्याख्यागर्न सकिन्छ । तराईकाशहरी क्षेत्रमाथोरै जग्गाहुनेले पनि एकवादुईवोट धेरैजग्गाहुनेले भने व्यवसायिक नर्सरीको पनि संभावनाउत्तिकै छ । यस्तोमहत्वको फलको खेतीको बारेमा नेपाल सरकार स्वास्थ्य र कृषिमन्त्रालयवीचमाअसल समन्वय गरेर सरकारी पहलमाउचित अनुसन्धान गरी असल र उन्नत खेतीको लागि अनुसान्धान गरी व्यवसायिक खेतीगर्नकृषिउधमीहरुलाई प्रोत्साहनगर्नु जरुरी देखिन्छ । नेपाली कृषि अनुसन्धान केन्द्र तथा कृषि वैज्ञानिकहरुका लागि समेत याा फलथपउत्साहको हुनु पर्दछ । यो फलले तराईको समृद्धि त हन्छ नै भने देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन सक्छ ।

Tuesday, October 10, 2017


पत्र पत्रिका बाट  -साभार 

https://hindi.alibaba.com/product-detail/10-frames-wooden-box-beekeeping-equipment-bee-hive-box-60667056422.html

10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स 

सामग्री: चीन प्राथमिकी
पैकिंग: 2 pcs/गत्ते का डिब्बा
बाहर की ओर आकार: एक स्तर 51*41*26 cm, अंदर आकार 37*47*26 cm
दो स्तर 51*41*25 cm, अंदर आकार 37*47*25 cm
छत आकार 45*55*8.8 cm
अन्य आकार अनुकूलित किया जा सकता
फोड़ा फोड़ा या नहीं आप चुन सकते हैं।

फिटिंग
मधुमक्खी बॉक्स छत ऊंचाई45*55*8mm
मधुमक्खी बॉक्स के बिना जड़ एल्यूमीनियम शुद्ध1 pc
मधुमक्खी बॉक्स मुख्य शरीर, फ्रेम के बिनाबाहर आकार: 41*51*26 cm, अंदर आकार: 37*47*26 cm
मधुमक्खी बॉक्स अतिरिक्त शरीर, फ्रेम के बिनाबाहर आकार: 41*51*25 cm, अंदर आकार: 37*47*25 cm
मां के साथ मधुमक्खी seperator फ्रेम शुद्ध1 pc
जड़ ताला1 pc
मधुमक्खी enterance ताला1 pc
वजन: 13 kg/set1 set
10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स
10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स
10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स
10 फ्रेम लकड़ी के बक्से मधुमक्खी पालन के उपकरण मधुमक्खी का छत्ता बॉक्स
अधिक छत्रक नमूना


1. सुरांग मधुमक्खी (एपिस डोरसाटा)
2. भारतीय मौना (एपिस इण्डिका)
3. भृंग मधुमक्खी (एपिस क्लोरिया)
4. डम्पर मधुमक्खी (मेलिपोना प्रजाति)   

https://content.ces.ncsu.edu/managing-varroa-mites-in-honey-bee-colonies  

Varroa Mites in bee

 

varroa mitevarroa mite 

drone queen worker bee


bumble bee nest

  An end of season colony of the American bumble bee Bombus pensylvanicus.  The egg-like structures are cells that contain developing bees.  This photo highlights the oval and irregularly sized cells typical of bumble bees.  Photo by S.A. Cameron.

 

age polyethism https://en.wikipedia.org/wiki/Bee


We get to see a great deal of diversity when it comes to bees, with 20,000 known species inhabiting the planet. There are so many different types of bees that it is a bit difficult to identify all of them with the naked eye.

Internal

This cladogram of the bee families is based on Hedtke et al., 2013, which places the former families Dasypodaidae and Meganomiidae as subfamilies inside the Melittidae.[22] English names, where available, are given in parentheses.
Anthophila (bees)


Melittidae (inc. Dasypodinae, Meganomiinae) at least 50 Mya Macropis sp 01.jpg


long-tongued bees

Apidae (social, inc. honeybees) ≈87 Mya Apis mellifera flying2.jpg


Megachilidae (mason, leafcutter bees) ≈50 Mya Leafcutter bee (Megachile sp.) collecting leaves (7519316920).jpg


short-tongued bees

Andrenidae (mining bees) ≈34 Mya Thomas Bresson - Hyménoptère sur une fleur de pissenlit (by).jpg



Halictidae (sweat bees) ≈50 Mya Iridescent.green.sweat.bee1.jpg



Colletidae (plasterer bees) ≈25 Mya Colletes cunicularius m1.JPG


Stenotritidae (large Australian bees) ≈2 Mya Stenotritus pubescens, f, side, australia 2014-07-05-12.18.33 ZS PMax.jpg







 

लोपोन्मुख ‘पुतको’ मौरी संरक्षणमा पूर्वसैनिक

1. सुरांग मधुमक्खी (एपिस डोरसाटा)
2. भारतीय मौना (एपिस इण्डिका)
3. भृंग मधुमक्खी (एपिस क्लोरिया)
4. डम्पर मधुमक्खी (मेलिपोना प्रजाति)   

 

 

पत्र पत्रिका बाट  -साभार https://www.onlinekhabar.com/2017/10/630860

आरपी सुवेदी




२४ असोज, नेपालगन्ज । नेपालमा अति नै दुर्लभ अवस्थामा पुगेको पुतको मौरीको संरक्षणमा जुटेका छन् एक पूर्वसैनिक । उनले ५ वर्षदेखि यो मौरी पालिरहेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका-११, बसपार्क बनबाटिका ५० वर्षीय पुरमल बस्नेत नेपाली सेनाका सेवा निवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् । अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुतको मौरी पनि पालिरहेका छन् ।
पुतको मौरी अत्यन्तै सानो र डंकरहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाइने भए पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणको लागि अहिलेसम्म कसैबाट ठोस पहल भएको छैन ।
हेर्दा झिंगा जस्तो देखिने अत्यन्तै सानो तर मौरीको वर्गमा पर्ने पुतको मौरी समुन्द्र सतहदेखि १ हजार फिटसम्मको उचाईमा रहेका जंगलको विभिन्न जातका रुखका टोड्कामा पाइन्छ ।
स्थानीय थारु भाषामा पुतको मौरीलाई ‘मगरासा’ भनिन्छ । यो जातको मौरीको बैज्ञानिक नाम ‘मेलिपोना’ हो । यो मौरीको मह अत्यन्तै बहुउपयोगी र बहुमूल्य मानिन्छ ।

बस्नेत विगत ५ वर्षदेखि यो मौरीको संरक्षणमा लागेका हुन् । उनीसँग यस मौरीको ५ वटा घार रहेका छन् ।
‘५ वर्षयता अध्ययनमै रहेकाले मैले मह निकालेको छैन । घार बनाएर व्यावसायिकरुपमा पाल्नु भन्दा पनि यसको बारेमा आफूलाई राम्रो जानकारी नभएकाले अरु मौरीसँगै राखेर पाल्दै आएको छु,’ बस्नेतले भने ।
उनले केही समय पहिला एक भारतीय मौरी पालक किसान आफूकहाँ आउँदा पुतको मौरी देखेर भनेको कुरा सुनाए, ‘तिमीहरुसँग भएको सुन फालेर नुन बटुली राखेका छौ । यो मौरी सुनभन्दा पनि महंगो र अमूल्य छ । यसको संरक्षण गर ।’
लामो समय नेपाली सेनामा जागिरे जीवन विताएका बस्नेतले अवकासपछिका ५ वर्ष अफगानिस्तानमा बिताए । मासिक १ हजार ५ सय अमेरिकी डलर तलव पाउने जागिर छाडेर उनी नेपाल फर्किएर व्यावसायिक मौरीपालनमा लागेका छन् । यसैक्रममा उनले पुतको जातको मौरी पाल्न र संरक्षण गर्न सुरु गरे ।

प्रकृतिको संरक्षण, खासगरी बाघको संरक्षणमा पुतको मौरीले ठूलो भूमिका खेल्ने मानिन्छ । यो मौरी पाइने ठाउँमा बाघ र सर्पको समेत बास हुने बस्नेतले बताए । उनले भने, ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बाघको संरक्षणको लागि अत्यन्त उपयुक्त छ र यो ठाउँको करिब १ हजार फिटसम्म उचाइमा पुतको मौरी रहने गरेको मैले पाएको छु ।’
सामुदायिक वनले टोड्का भएका रुख काटेर निकाल्ने तथा निकुञ्जमा लाग्ने डढेलोका कारण यो मौरीको बासस्थान जोखिममा रहेको बस्नेतले चिन्ता व्यक्त गरे । उनले दक्षिण भारतको केरला तथा पश्चिम बंगाल लगायतको क्षेत्रमा यस्तो मौरीको संरक्षण र व्यावसायिक पालन सुरु भएको भए पनि नेपालमा भने कसैलाई जानकारी नभएको गुनासो गरे ।
उनले भने, ‘राज्यले नै संरक्षण गर्नु पर्ने ठाउँमा मैले आफ्नै खर्चमा अध्ययन र अनुसन्धान गर्छु भनेर कृषि मन्त्रालयमा विभिन्न ठाउँको सिफारिस संकलन गरेर पठाएँ तर अर्थ मन्त्रालयले पैसा छैन भनेर फाइल फिर्ता पठाइदियो ।’

बाघ संरक्षणको लागि निकुञ्ज मात्रै खोलेर नहुने भन्दै उनले बाघलाई बस्ने वातावरणसमेत बनाउनु पर्नेमा जोड दिए । भारतका केही प्रान्तहरुमा बाघको संरक्षणको लागि पुतको मौरीको समेत संरक्षण र अध्ययन हुने गरेको आफूलाई जानकारी भएको बताए ।
उनले भने, ‘मैले व्यक्तिगत तवरले यसको बारेमा जान्न खोज्दा उनीहरु मलाई कुनै पनि जानकारी दिन मान्दैनन् तर, राज्यको तर्फबाट पहल भए यसको अध्ययन र अनुसन्धानमा सहयोग गर्न सकिने आश्वासन पाएको छु । त्यो वातावरण पनि राज्यले बनाइदिन कन्जुस्याइ गरेको छ ।’
उनले बाँकेको कचनापुरका एक युवक पुतको मौरीको महको प्रयोगका कारण आँखा देख्नसक्ने भएको दावीसमेत गरे ।
बस्नेतले भने, ‘यो मौरीको मह अत्यन्तै उपयोगी रहेको स्थानीय रैथाने थारु समुदायले भन्ने गरेका छन् ।’

२०७४ असोज २४ गते १५:५३ मा प्रकाशित

Monday, October 9, 2017

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

पत्र पत्रिका बाट  -साभार  http://www.nepalihealth.com/2017/09/04/22586/

२०७४ भदौ १९ गते ७:५४ मा प्रकाशित नेपाली हेल्थ काठमाडौँ , १९ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ ।
अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको गाइने ओपीडीको पछाडी पट्टी )रहेको शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् ।
अस्पतालका युरोलोजिस्ट प्रा।डा। प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । ‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने । शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए ।
ठगी : आठगुना बढी असुली
अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए ।
‘रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउँछु,’ उनले भने, ‘बिरामी र आफन्तले धेरै गुनासो गर्छन् । आफ्नो जिम्मेवारी हो, पूरा गर्नैपर्छ ।’ उनले एउटै बिरामी दिनमा चारपटकसम्म पिसाब फेर्न आउने गरेको बताए ।
‘सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको हुँ,’ उनले भने ।
सुनुवाइ भएन : स्ववियु अध्यक्ष
शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका स्ववियु सभापति मिलन गैरेले पटक–पटक ठगी रोक्ने प्रयास गरे पनि असफल भएको बताए । ‘हामीले प्रशासनसमक्ष शौचालयबाट हुने ठगीलाई रोक्न भनेका थियौँ,’ उनले भने, ‘तर, सुनुवाइ भएन । प्राडा गोविन्द केसीले स्वास्थ्य सेवा सुधारको कुरा उठाउँदै आउनुभयो ।
तर, उहाँकै रुमअगाडि यसरी बिरामी ठगिएको विषयमा सबै मौन बसे । यसले बिरामी र आफन्तलाई ठूलो समस्या थपेको छ ।’
‘निर्देशन दिँदा पनि ठगी रोकिएन’
शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा।डा। दीपकप्रकाश महराले शौचालयमा भएको ठगी रोक्न निर्देशन दिए पनि नरोकिएको बताए । उनले भने, ‘पटक–पटक हामीले बिरामी र आफन्तसँग रकम नउठाउन भनेका छौँ ।
उनीहरूले लिँदैनौँ भन्ने, तर लिने गरेको देखियो । यसलाई रोक्न तत्काल पहलकदमी लिनेछु ।’ शौच गरेकै आधारमा गरिब बिरामी ठगिन नहुने उनले बताए । यस्तो ठगीबारे प्रशासनमा खबर गरेर सहयोग गर्न उनले आग्रह गरे ।
  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार