https://www.techpana.com/2022/130365/
५० मेगापिक्सेलको क्यामेरा सहित नोकियाको नयाँ फोन नेपालमा, तीन दिनसम्म ब्याट्री टिक्ने दाबी

काठमाडौं । नेपाली बजारमा नोकियाकाे नयाँ स्मार्टफाेन भित्रिएकाे छ । कम्पनीले ‘जी’ सिरिज अन्तर्गत ‘नोकिया जी-२१’ सर्वजनिक गरेको हाे ।
एन्ड्रोइड १२ संस्करणमा चल्ने फोन तीन दिनसम्म टिक्ने कम्पनीकाे दाबी छ । याे फाेनमा सुपर ब्याट्री सेभर मोडका साथै विभिन्न सुरक्षा अपडेट दिइएकाे नाेकियाले जनाएकाे छ ।
एसिया प्यासिफिक एवं चीनका लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने, ‘मिडरेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लिक डिजाइनमा उपलब्ध फोनमा ब्याट्री पनि धेरै टिक्ने भएकाले आफ्ना सबै काम आरामका साथ गर्न सकिन्छ ।’
फोनमा डेटा सुरक्षाका लागि अन्य स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेट उपलब्ध हुने उनले बताए ।
नोकिया जी-२१ मा मास्क मोड दिइएकाे छ, जसले फेस मास्क लगाएको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सकिने जनाइएको छ ।
याे फोन ६ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा खरिद गर्न सकिन्छ । त्यस्तै ५०५० एमएएचकाे ब्याट्री दिइएकाे छ ।
ट्रिपल क्यामेरायुक्त फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । यसकाे बजार मूल्य २२ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।
No comments:
Post a Comment