https://www.onlinekhabar.com/2019/01/731275
ग्रीनकार्डको आवेदन बढेपछि दुतावासले सोध्यो–‘नेपालमा अवार्ड कति हुन्छ ?’
Share to TwitterShare to Email
ग्रीनकार्डको आवेदन बढेपछि दुतावासले सोध्यो–‘नेपालमा अवार्ड कति हुन्छ ?’
केही दिन अगाडि चलचित्र विकास बोर्डका एक कर्मचारीलाई अमेरिकी
दुतावासबाट फोन आयो । अमेरिकी दुतावासले करिब आधा घन्टा नेपाली चलचित्रमा
काम गर्ने चलचित्रकर्मीले ग्रिन कार्डका लागि दिएको आवेदनको बारेमा
जिज्ञासा राखेको थियो ।
वुझिएअनुसार, नेपालबाट ग्रिन कार्डको आवेदन दिएर अमेरिका नै बस्न चाहने चलचित्रकर्मीको संख्या अहिले निकै छ । चलचित्र क्षेत्रमा काम गर्ने धेरै चलचित्रकर्मीले नेपाललाई अझै पनि भविष्यका लागि सुरक्षित मान्न नसकिएको देखिएको छ । यसैले पनि उनीहरु सोझै नेपालबाटै ग्रिन कार्ड बनाएर अमेरिका उड्न चाहन्छन् । पछिल्लो समयमा, धेरै चलचित्रकर्मी यसरी नै अमेरिका पुगिसकेका छन् ।
अवार्डमा प्रश्न ?
नेपालमा अहिले बर्षेनी एक दर्जन भन्दा बढी अवार्डको आयोजना हुँदै आएको छ । अवार्ड पाउनेले त सक्कली रुपमा नै आफ्नो प्रमाणपत्र ग्रिन कार्डका लागि वुझाउने नै भए । तर, यहाँ अवार्ड नपाउनेले पनि नक्कली सर्टिफिकेट बनाएर, नक्कली तस्बिर बनाएर आवेदन दिने गरेका छन् । दुतावासले चलचित्र विकास बोर्डसँग सोध्यो–‘नेपालमा यति धेरै अवार्ड हुन्छ ?’
यतिमात्र होइन, अमेरिकी दुतावासले एउटै अवार्डमा उत्कृष्ट भएको भन्दै धेरै आवेदन आउने गरेको समेत उल्लेख गरेको श्रोतले बताएको छ । अमेरिकी दुतावासले नेपालको कुन अवार्ड विश्वसनिय हो भनेर समेत प्रश्न गरेको छ ।
एउटाले अवार्ड पाउँदा सोही अवार्ड बोकेर तस्बिर खिच्ने र सोही तस्बिर आवेदनमा समावेश गर्ने प्रचलन समेत बढेको वुझिएको छ । श्रोतले अनलाइनखबरसँग भन्यो–‘केही चलचित्रकर्मीले त अवार्ड आयोजकलाई नै थाहा नदिई प्रमाणपत्र बनाएर समेत आवेदन दिने गरेका रहेछन् । यसैले पनि अहिले अमेरिकी दुतावासले अवार्डको विश्वसनियता कति हो भनेर वुझ्न खोज्दैछ ।’
नेपालमा आयोजना हुने दर्जन बढी अवार्ड मध्ये धेरै विवादमा पर्ने गरेका छन् । कलाकारका लागि यस्तो अवार्ड विदेश जानका लागि सबैभन्दा बलियो प्रमाण बन्ने गरेका छन् । तर, एउटा बर्ष कुनै एक विधामा एक जनाले मात्र अवार्ड पाउने गर्छन् । तर, सोही बर्ष एउटै अवार्डमा एकै विधामा अवार्ड पाएको भन्दै धेरै आवेदन आउन थालेपछि दुतावास समेत आश्चर्यमा परेको वुझिएको छ ।
अमेरिकी दुतावासले चलचित्र विकास बोर्डलाई फोन गरेर अवार्डको विश्वसनियताको बिषयमा सोध्नुले अब ग्रिन कार्डमा केही कडाई हुने खोजेको अनुमान लगाउन सकिन्छ ।

No comments:
Post a Comment