Tuesday, January 29, 2019

क्यान इन्फोटेक: ‘इलेक्ट्राेनिक एसेसोरिज’मा भारी छुट (फोटो/भिडियो)

https://nepalkhabar.com/np/news/photofeature/54561/

क्यान इन्फोटेक: ‘इलेक्ट्राेनिक एसेसोरिज’मा भारी छुट (फोटो/भिडियो)



13 Shares

क्यान इन्फोटेक मेला २०१९ काठमाडैंकाे भृकुटीमण्डपमा सुरु भएको छ। यो मेला क्यान महासंघको २५ औँ संस्करण हो।
मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गरे। समारोहमा मन्त्री बास्कोटाले सूचना प्रविधि अब कुनै वर्ग, व्यक्तिमा सीमित नराखी सर्वसुलभ रुपमा सबैसँग पुग्नुपर्ने बताए।
मन्त्री बास्कोटाले देशमा कनेक्टीभिटी अझै सुलभ हुन नसकेको बताउँदै कनेक्टिभिटी लाईनको मार्ग खुला हुनुपर्ने बताए। उनले व्याण्डविथ र सेटलाइट राख्ने सरकारको योजना रहेकाे उल्लेख गर्दै प्रविधि सुगमदेखि दुर्गमसम्मका ब्यक्तिकाे सेवामा पुर्‍याउने वातावरण बनाउनु पर्नेमा जाेड दिए।
'सरकार नियामक निकाय जस्तो मात्र भएको छ। समृद्धि र सुःख जनतासम्म पुग्न पर्छ। सरकारले नबुझेको कुरा सम्झाउनु होस्  सरकार सहयोग गर्न तयार छ।' उनले भने, 'सरकारले १६ हजार कम्प्युटर किनेर देशको सबै विद्यालयहरूमा पुर्‍याउँदै छ।'
मन्त्री बास्काेटाले युवा पिँढीका लागि मोवाइल विलासिताको साधन भएको बताउँदै गरिब देशको पैसा बाहिररहेकाेमा चिन्ता प्रकट गरे।
मेलाकाे प्रमुख प्रायोजक सुविसु केवल नेटवर्क प्रा.लिका अध्यक्ष सुधीर पराजुलीले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर पहिलो पटक प्रयोगमा ल्याएको जानकारी दिए। यस्तै एशोसिएटस् स्पोन्सर ई–सेवाको तर्फबाट रोशन लामिछानेले इन्फोटेक मेला विगतको भन्दा फरक हुने विश्वास लिएको बताउँदै डिजिटल पेमेन्ट प्रविधिको जानकारी गरेका थिए। 
क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले मेला प्रदर्शनीमा राखिएको सूचना प्रविधिहरूबाट सक्दो फाइदा लिन सबैलाई आग्रह गरे।
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ। मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन्। बम्पर पुरस्कार बापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन्।
ईसेवाबाट यी सबै सुविधा उपलब्ध गराइएको हो। त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा र्‍याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच ग्रुप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ।
यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ। त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँ बराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन्। यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताल सिएएन टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ।
अनलाइन टिकेटिङ ईसेवाको वेबसाइट बाट १० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ। त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि आकर्षक स्टल रहेकाे छ। यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन्। त्यस्तै, एनसेलको चर्चित सेल्फ केयर एप ‘एनसेल एप’ को बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड पनि गर्न सक्नेछन्।
यसबाहेक एनसेलको अन्य विविध कस्टमर इन्गेजमेन्ट सम्बन्धी गतिविधि पनि रहनेछ। मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्ने छ। यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिद्यालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन्।
यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहको छ। मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ। जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ। प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ।
प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँ बराबरको बीमा गर्नेछ। त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बीमा पोलिसी प्रदान गर्नेछ। २५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो।
डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ। त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन्। मेलाको सिल्भर स्पोन्सरमा प्रोलिङ्क, एस–पावर बिपिई प्रा.लि. र टेक्नोस कर्पोरेसन (नेपाल) प्रा.लि. तथा प्रिन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ। क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. रहेका छन्।
जानकी टेक्नोलोजी प्रा.लि. अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ। मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई–सेवा फोनपे प्रा.लि., अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रा.लि. र अफिसियल सिसिटिभी पार्टनरमा ई–थ्री सेल्स एन्ड सर्भिस प्रा.लि. रहेका छन्।
कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहेका छन्।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ। प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन्। त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ।

No comments:

Post a Comment