त्यसका लागि तपाईंले ब्राउजरको एड्रेस
बारमा “१९२.१६८.१.१” टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईं युजर नेम र
पासवर्ड हानेर आफ्नो एड्मिन पेजमा जानुस् । त्यहाँ तपाईंको 'डिएचसिपी
क्लाइन्ट लिस्ट' लेखिएको देख्न सकिन्छ ।
त्यहाँनिर तपाईंको वाईफाईबाट जति पनि
डिभाइस कनेक्ट भएका छन्, ती सबै डिभाइसको अलग अलग युनिक नाम (आएएमइआइ र
म्याक एड्रेस) देखाइदिन्छ ।
हरेक डिभाइस अलग नाम र नम्बर हुने भएकाले
त्यसलाई तपाईंले चिन्नलाई कुनै गाह्रो हुँदैन । सबै डिभाइसको विवरण पत्ता
लागेपछि आफ्नो राउटरको डिफल्ट लग इन र पासवर्डलाई तत्कालै परिवर्तन
गरिदिनुस् ।
यही पासवर्डका कारण तपाईंको इन्टरनेट अरुले प्रयोग गर्ने भएकाले सबैभन्दा पहिले पासवर्ड बदल्नु जरुरी हुन्छ ।
पासवर्ड बदलेपछि सबै डिभाइसमा नयाँ
पासवर्ड हाल्नुपर्ने हुन्छ । पासवर्डसँग राउटरको नाम पनि बदल्नु भयो भने
छिमेकीहरुलाई तपाईंको राउटर चिन्न पनि गाह्रो हुन्छ ।
वायरलेस सेटिङ्ग मेनुमा सर्भिस सेट आइडेन्टिफायर अर्थात एसएसआईडी देखिन्छ जसबाट राउटरको नाम फेर्न सकिन्छ ।
राउटरको सेक्युरिटी सेटिङ्गमा WPA2
छान्नुस् किन कि यसका एन्क्रिप्सन सबै मजबुत छ । सन् २००६ यता बनेका सबै
राउटरमा यो फिचर राखिएको छ ।
No comments:
Post a Comment