काठमाडौं : वल्र्डलिंक कम्युनिकेसन्स
प्रालिले मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको
इन्टरनेट प्रोटोकल (आईपी) टिभी सेवा सुरु गरेको छ । आईपी टिभी हेर्न
इन्टरनेट सर्भिस लिए पुग्छ ।
एउटा सेटअप बक्स लिएपछि ग्राहकले
इन्टरनेटको माध्यमबाट टिभी हेर्न सक्छन् । आईपी टिभी हेर्न छुट्टै
ब्याण्डविथ जरुरी हुँदैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च
गुणस्तरको हाई डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् ।
ग्राहकले इन्टरनेट सर्भिसकोे शुल्कबाहेक
केबल/डीटीएच टिभीलाई तिरे जतिकै अतिरिक्त शुल्कमा आईपी टिभी उपलब्ध गराउने
वल्र्डलिंंक कम्युनिकेसन्सका कार्यकारी निर्देशक दिलीप अग्रवालले बताए ।
कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी
क्यान कमटेकमा २ हजार रुपैयाँमा सेटअप बक्स उपलब्ध गराउँछ । ग्राहकले हरेक
महिना ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।क्लासिक टेकको एफटीएच तेस्रो वर्षमा
काठमाडौं : सात वर्षदेखि इन्टरनेट सेवा
प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले विश्वकै उत्कृष्ट जीपीओएन
प्रविधिबाट फाइबर टु द होम सेवा बजारमा ल्याएको झन्डै २ वर्ष भएको छ ।
उच्च गतिको इन्टरनेट साथै भिडियो, भ्वाइसको सेवा पनि यही माध्यमबाट दिन सकिने भएकाले यसलाई भविष्यको प्रविधि भनिएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत यो सेवा विराटनगर, बनेपा, वीरगन्ज, धरान, हेटौंडा, चितवन, इटहरी, भैरहवा र बुटवलमा पनि उपलब्ध छ ।
ग्राहकहरूलाई उच्चगतिको गुणस्तरीय
इन्टरनेट सेवा सस्तो मूल्यमा उपभोग गराउने उद्देश्यले १ एमबीपीएस अनलिमिटेड
इन्टरनेट वार्षिक ग्राहकका लागि मात्र १२ सय ९९ रुपैयाँप्रति महिना उपलब्ध
गराएको छ ।
साथै ३ एमबीपीएस अनलिमिटेड इन्टरनेट १५ सय
प्रतिमहिना र १५ एमबीपीएस लिमिटेड, १६० जीबी डाटा उपलब्ध हुने इन्टरनेट
सेवा १४ सय रुपैयाँ प्रतिमहिना रहेको छ ।
यो अफर अवधिभर जडान खर्च निःशुल्क रहनेछ र
एफटीटीएच सेवा सुचारु गर्न आवश्यक फाइवर डीभाइस (वाईफाई सहित)को शुल्क २५
सय रुपैयाँ लाग्नेछ ।
No comments:
Post a Comment