http://kantipur.ekantipur.com/news/2017-03-09/20170309163532.html
फाल्गुन २६, २०७३- स्थापनाको २ सय ७२
वर्षपछि मटिहानीस्थित प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण विधापीठमा आचार्य
तबह (एमए) तहको पढाई हुने भएको छ ।
१८०१ सालमा स्थापना भएको यो विधापीठमा संस्कृत विश्व विधालयका उपकुलपति कुलप्रसाद कोइरालाले वैदिक मन्त्रोच्चारणबीच बिहीबार आचार्य तहको उद्घाटन गरे । थप गरिएको शास्त्री तहमा व्याकरण, साहित्य र सिद्धान्त ज्योतिषको अध्ययन हुने जनाइएको छ । कोइराला सोही विधापीठका पुराना शिष्यसमेत हुन् । उनले आफैंले अध्ययन गरेको शिक्षालयमा आचार्य तहको उद्घाटन गर्नु जति खुसी हो यो तह सफलतासाथ अगि बढाउन विधापीठ र मटिहानीका जनतालाई उत्तिकै जिम्मेवारी वहन गर्न आग्रह गरे ।
कोइरालाले अराजक बन्दै गएको शैक्षिक वातावरप्रति चिन्ता व्यक्त गर्दै विधार्थीले अनुशासित भएर गुरुहरुको मन जितेर पढ्न नसकेसम्म र गुरुले पनि कक्षामा उत्तरदायी बनेर नपढाएसम्म विश्व विधालयको उत्थान हुन नसक्ने धारणा राखे । मकवानी राजा हेमकर्ण सेनले मटिहानीमा लक्ष्मी नारायण मन्दिरको स्थापना गरेपछि विक्रम संवत १८०१ मा यस विधापीठको स्थापना भएको थियो । प्रारम्भमा जयकृष्ण दासले पाणिनी व्याकरण, १९३३ सालमा रामरक्षा दासले वेदाध्यनको सुरु भयो ।
सोही विधापीठका प्रचार्य ध्रुव रायकाअनुसार गुरुकूल परम्पराबाट शिक्षाध्यन गराइने मटिहानी विधापीठको ख्याति टाढासम्म फैलियो । नेपाल र भारतबाहेक श्रीलंका, वर्माजस्ता मुलुकबाट अध्ययनको लागि विधार्थी आउन थाले ।
१९६८ सालमा चन्द्र शमशेरले मटिहानी मठलाई राष्ट्रियकरण गरेपछि सोही वर्षदेखि विधापीठमा ज्योतिष र न्याय विषयको थप पढाई हुन थाल्यो । चन्द्र शमशेरले नै भोजनवृत्ति र छात्रवृत्तिको सुविधा दिन थालेपछि यसमा अध्ययन गर्न आउने विधार्थीको आकर्षण बढ्दै गयो । शिक्षा विकासको गौरवशाली ईतिहास बोकेको यस विधापीठमा तह थप नहुँदा आचार्य गर्न चाहने सयौं विधार्थी अगि बढ्न सकेका थिएनन् ।
७५ नागेको लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथदास शास्त्रीलेसमेत आफूसमेत आचार्य तहमा भर्ना हुने भन्दै थप गरिएको तहले यहाँको संस्कृत भाषा र साहित्यमा पुर्याउने योगदानबारे प्रकाश पारेका थिए ।

No comments:
Post a Comment