http://www.abhiyan.com.np/new/Articles/view/93160
तलब थोरै
भएर जागीर छोड्ने कुरा त सामान्य नै हो । तलबसम्बन्धी कुरा नमिलेपछि
कर्मचारी अन्यत्र जान्छन् । तर, तलब बढी भएर कामै नै छोड्ने कर्मचारीबारे
भने कमैले मात्र सुनेका होलान् । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलले
भने यस्तै परिस्थितिको सामना गर्नु परेको छ । गूगलको स्वचालित कार उत्पादन
गर्ने कम्पनी वेमोका कर्मचारीहरुले बढी पैसा पाएकै कारण काम छोडेका छन् ।
सन् २०१० मा
कम्पनीले स्वचालित कार सार्वजनिक गरेपछि कर्मचारीका लागि पनि उसले एक
छुट्टै खालको तलब प्रणाली पनि ल्याएको थियो । कम्पनीले कर्मचारीलाई तलबका
रुपमा दिइने रकम थप गर्नुका साथै उसलाई व्यवसायमा बोनस र शेयरहरु पनि दिने
योजना ल्यायो । परियोजनाको काम राम्रोसँग गर्ने कर्मचारीलाई प्रोत्साहन
गर्नका निम्ति कम्पनीले यस्तो योजना ल्याएको हो । तर, यसरी दिइएको शेयर र
बोनसको भाउ बढ्दै जाँदा त्यसको मूल्य पनि बढ्दै गयो । यसरी रकम बढ्दै जाँदा
सन् २०१५ सम्म आइपुग्दा अधिकांश कर्मचारीहरुसँग यति धेरै पैसा भयो कि
उनीहरुले थप काम गर्नै परेन । त्यसकारण उनीहरुले अन्य अवसरको खोजी गर्नका
लागि गूगलको जागीर नै छोडिदिए ।
No comments:
Post a Comment