Monday, February 27, 2017

विद्युतीय प्रणालीबाट कसरी नक्सा पास गर्ने?


पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/93628 २०७३-११-१३ मा प्रकाशित

कुनै पनि नयाँ घर निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ । नक्सा पास गर्ने विधिलाई प्रविधिसँग जोडेर हाल विद्युतीय प्रणालीबाट नक्सा पास गर्न सकिने व्यवस्था गरिएको छ । यो प्रविधि काठमाडौं, ललितपुरलगायत नगरपालिकाले अपनाइसकेका छन् । नक्सा पास प्रणालीलाई सफ्टवेयरको माध्यमबाट व्यवस्थित गर्ने र घरको विवरण कम्प्युटर प्रणालीमा ल्याउने अर्थात् डिजिटलाइज्ड गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । यसले नक्सा पास प्रक्रिया पूर्ण रूपमा पारदर्शी र जनतामुखी बनाउन सहयोग पुर्‍याउँछ । यो प्रणालीलाई इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिष्टम (ईबीपीएस) पनि भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको बृहत्तर विपद् जोखीम व्यवस्थापन कार्यक्रममार्फत सुरक्षित भवन निर्माण क्षेत्रमा संस्थागत तथा सुशासन व्यवस्थालाई लक्षित गरी यो प्रविधि ल्याइएको हो ।
विद्युतीय प्रणालीबाट नक्सा पास हुने प्रक्रिया  
डिजाइनर डेस्क (नगरपालिकामा दर्ता भएका डिजाइनका लागि)
- डिजाइनारले नक्सा पेश आवेदन फारम अनलाइन भर्नेछ ।
- डिजाइनारले निवेदक/घरधनीको व्यक्तिगत विवरण राख्नेछ ।
- डिजाइनारले जग्गाको विवरण राख्नेछ ।
- डिजाइनारले चारकिल्ला विवरण राख्नेछ ।
- डिजाइनारले घरको क्षेत्रफल राख्नेछ ।
- डिजाइनारले भवन तथा बाटोसम्बन्धी मापदण्ड राख्नेछ ।
- डिजाइनारले नेपाल राष्ट्रिय भवन संहिताअनुरूप डाटा राख्नेछ ।
- डिजाइनारले सम्पूर्ण कागजात स्क्यान गरेर अपलोड गर्नेछ ।
- डिजाइनारले सिष्टमबाट दरखास्त ठीक भए/नभएको चेक गरी ठीक भए रजिष्ट्रेशन डेस्कमा पठाउनेछ ।
रजिष्ट्रेशन डेस्क
- डिजाइनारले पेश गरेको विवरण अनलाइन चेक गरिन्छ ।
- आवश्यक कागजात रहे/नरहेको चेक गरिन्छ ।
- भूकम्प पीडितको विवरण हालिन्छ (राजस्व छूट ७५ प्रतिशत)
- सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
- विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा फाइल फिर्ता पठाइन्छ ।
- सबै विवरण ठीक भए टेक्निकल डेस्कमा फाइल पठाइन्छ ।
टेक्निकल डेस्क १
- डिजाइनारले भेरेको सम्पूर्ण टेक्निकल विवरणका साथै भुँइ क्षेत्र अनुपात, जग्गा उपयोग प्रतिशत ठीक भए/नभएको चेक गरिन्छ ।
- सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
- विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा पठाइन्छ ।
टेक्निकल डेस्क २
- डिजाइनरले भरेको सम्पूर्ण संरचनागत विवरण ठीक भए÷नभएको चेक गरिन्छ ।
- सबै विवरण ठीक भए राजस्व डेस्कमा पठाइन्छ ।
राजस्व डेस्क
- डिजाइनरले भरेर टेक्निकल डेस्कले रुजु गरेको घरले चर्चेको क्षेत्रफलका आधारमा, सिष्टमले स्वतः राजस्व हिसाब गर्छ ।
- सोही राजस्व लिई बिल नम्बर र मिति सिष्टममा हालेर वडा डेस्कमा पठाइन्छ ।
वडा डेस्क
- सँधियारको नाममा १५ दिने सूचना सिष्टमबाट प्रिण्ट गरेर टाँसिन्छ ।
- १५ दिने सूचना टाँस मुचुल्का उठाइन्छ ।
- सर्जमिन मुचुल्का उठाइन्छ ।
- सबै विवरण स्क्यान गरेर सिफारिश चिठीसहित फिल्ड डेस्कमा पठाइन्छ ।
एक्ज्युकेटिभ डेस्क १
- नक्सा पाससम्बन्धी सम्पूर्ण विवरण र कागजात भेरिफाई गरी ठीक भएमा भवन निर्माण इजाजत पत्र प्रदान गरिन्छ ।
- भवन निर्माण इजाजत प्रदान गरिसकेपछि सो फाइल मिसिल डेस्कमा पठाइन्छ ।
एक्ज्युकेटिभ डेस्क २
- १ हजार स्क्वायर फिटभन्दा माथिको नक्साको इजाजतपत्र प्रदान गर्ने काम एक्ज्युकेटिभ डेस्क २ ले गर्छ ।
आर्काइभल डेस्क
- घर नक्सासम्बन्धी सम्पूर्ण डिजिटाइज विवरण राखिन्छ ।

No comments:

Post a Comment