Monday, February 27, 2017

ओलीज्यू, एक वर्षमा कसरी हटाउनुहुन्छ लोडसेडिङ ?

http://www.urjanews.com/details/2895/

प्रधानमन्त्रीको सम्बोधन कति यथार्थ, कति हावादारी 

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै एक वर्षभित्र लोडसेडिङ्ग अन्त्य गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीको यो घोषणा सुन्दा धेरै मीठो छ, तर उनले उर्जा मन्त्रालय वा विज्ञहरुलाई सोधेर यस्तो घोषणा गरेका हुन् कि आफ्नै सुरले बोलेका हुन् भन्ने चाहिँ स्पष्ट छैन । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पनि ओलीले एक वर्षमा लोडसेडिङ्गको अन्त्य गर्ने बताएका थिए । तर, अहिलेकै जसरी अघि बढ्ने हो भने एक वर्षमा त के, आगामी ५ वर्षमा पनि लोडसेडिङ्ग अन्त्य हुन कठिन छ भन्छन् विज्ञहरु । उर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थ भन्छन्- ‘सरकारले विशेष कार्यक्रम ल्यायो भने एक वर्षमा लोडसेडिङ्ग अन्त्य सम्भव छ, तर, अहिलेसम्म कुनै पनि निकायबाट ठोस कार्ययोजना बनिसकेको छैन ।’ त्यस्तै स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का उपाध्यक्ष शैलेन्द्र गुरागार्इँ यही अवस्था र यस्तै शैलीले एक वर्षमा उर्जा संकट समाधान गर्न सम्भव नभएको बताउँछन् ।

‘एक वर्षमै लोडसेडिङ अन्त्य गर्ने उपाय त लाल्टिन बालेर खोज्नुपर्छ ।’ गुरागाईँले अनलाइनखबरसँग भने- ‘एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने होइन, कहिलेदेखि लोडसेडिङ अन्त्य गर्ने भन्नेचाहिँ निर्धारण गर्न सकिन्छ ।’ तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा एक वर्षमा लोडसेडिङ्ग अन्त्य हुने सम्भावना देखिँदैन ।

Powers-use-of-in-nepal

अहिले पनि ८२ प्रतिशत नेपालीहरु दाउराजन्यको परम्परागत उर्जामा भर पर्दै आएका छन् । विद्युतीय उर्जाले २ प्रतिशतमात्रै स्थान ओटेको छ । उर्जा प्रयोगमा पेट्रोल, डिजेल, मट्टीतेलको भूमिका ८ प्रतिशत छ भने सौर्य, जैविक उर्जा आदिको भूमिका पनि ८ प्रतिशतको हाराहारीमा छ ।यस्तो स्थितिमा समेत दुई प्रतिशत स्थान ओगटेको जलविद्युतीय उर्जाको आवश्यकतासमेत पूर्ति हुन सकेको छैन । जसले गर्दा लोडसेडिङको मार खेप्नुपरिरहेको छ ।

नेपालमा हाल विद्युतीय उर्जा जम्माजम्मी ८ सय मेगावाट मात्रै छ । यसमा पनि २ सय मेगावाट भारतबाट किन्ने गरिएको छ । नेपालसँग यथार्थमा ६ सय मेगावाट मात्रै बिजुली छ । जनसंख्या वृद्धि, बसाइँ सराई एवं विकास आयोजनाका कारण नेपालमा प्रत्येक वर्ष १० प्रतिशत विद्युतको माग बढिरहेको उर्जा मन्त्रालयको तथ्यांक छ । यो वृद्धि दरका आधारमा विश्लेषण गर्दा यो वर्ष १४ सय मेगावाट विद्युत आवश्यक रहेकोमा आगामी वर्ष लोडसेडिङ अन्त्य गका लागि १५४० मेगावाट विद्युत चाहिन्छ ।

अहिले नेपालमा कुल विद्युतको माग १४ सय मेगावाट छ । तर, भारतबाट ल्याएको सहित ८ सय मेगावाट मात्रै आपूर्ति भएकाले सर्वसाधारणले दैनिक ४/५ घन्टा लोडसेडिङ्ग व्यहोर्दै आएका छन् । अहिले आपूर्ति भइरहेको मध्ये पनि २ सय मेगावाट भारतबाट किनेर ल्याइएको हो । नेपाल आफैंसँग ६ सय मेगावाटमात्रै बिजुली छ । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ९० मेगावाट विद्युत किन्नुपर्ने प्रस्ताव गरी प्रक्रिया अघि बढाएको छ ।

आगामी वर्षसम्म चालु आयोजनाहरुबाट आगामी वर्ष थपिने बिजुली २०० मेगावाट मात्रै हो । तर, थप ७०० मेगावाट कहाँबाट ल्याउने र लोडसेडिङ अन्त्य गर्ने ? यसको जवाफ प्रधानमन्त्री केपी ओलीसँग पनि शायदै होला ।

To-do-for-Power-boosting
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सौर्य र जैविक उर्जाबाट २ सय मेगावाट उत्पादन गरी राष्ट्रिय प्रसारणमा थप्ने घोषणा गरेका छन् । तर, त्यसले मात्रै विद्युतको माग पूर्ति गर्न सम्भव छैन ।

उर्जा मन्त्रालयका अनुसार नाकाबन्दीका कारण तेलको संकट भोग्नु परेन भने आगामी वर्ष २ सय मेगावाट विजुली थप्न सकिन्छ । जसमा ५० मेगावाटको माथिल्लो मस्याङ्दी ए, ३० मेगावाटको कुलेखानी, २० मेगावाटको चमेलिया र अन्य स-साना आयोजनाहरु पर्दछन् । तर, भूकम्पका कारण बैशाखदेखि नै जलविद्युत आयोजनाहरुको काम अवरुद्ध भएको छ । प्रसारण लाइन नहुँदा र आयोजनाको काम सुचारु हुन नसक्दा उत्पादन भइसक्नुपर्ने ९० मेगावाट विद्युत अझै उत्पादन हुन सकेको छैन ।

पेट्रोलियम पदार्थको अभावका कारण अहिले लगभग सबै आयोजनाका काम ठप्प भइरहेको उर्जा मन्त्रालयका सहायक प्रवक्ता पन्थ बताउँछन् ।

लोडसेडिङ हटाउने अन्य विकल्प के छन् ?

विद्युतीय उर्जा संकट पार्ने जलविद्युत बाहेकका अन्य विकल्पहरु भनेका आणविक उर्जा, थर्मल प्लान्ट र सौर्य एवं जैविक उर्जाहरु हुन् ।विश्वमा आणविक उर्जालाई पनि उर्जा संकट समाधानको विकल्प मान्ने गरिएको छ । तर, अति महंगो र सामरिक हिसाबले पनि जोखिमपूर्ण भएकाले नेपालले अहिले नै न्युक्लियरको कुरा गर्ने हैसियतमा नरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

‘अहिले हामी आणविक प्लान्टमा जानै सक्दैनौं, यो प्लान्टमार्फत हाम्रो मागअनुसार विद्युत उत्पादन गर्न देशको कूल बजेटले पनि भ्याउँदैन’ उर्जा मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।

त्यसैगरी थर्मल प्लान्टबाट पनि विद्युत उत्पादन गर्न सकिन्छ । तर, यो पनि अत्यधीक महंगो भएको इपानका उपाध्यक्ष गुरागाई बताउँछन् । ‘थर्मल प्लान्टबाट उत्पादित बिजुली जलविद्युतभन्दा झन्डै ५ गुणा महंगो हुन्छ’ उनी भन्छन्, ‘जलविद्युतबाट प्रतियुनिट ७/८ रुपैयाँको लागतमा बिजुली उत्पादन हुन्छ । तर, थर्मल प्लान्टमार्फत् उत्पादित बिजुलीको लागत प्रतियुनिट ३० देखि ५० रुपैयाँसम्म पर्छ ।’

त्यसो त अहिले पनि नेपालमा मोरङ्गको दुहबी डिजेल प्लान्टबाट ३९ मेगावाट र मकवानपुरको हेटौडाबाट १४ दशमलव ४१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । तर, तेलबाट थर्मल प्लान्ट चलाउन विदेशकै भर पर्नुपर्ने भएकाले यो पनि आत्मनिर्भर विकल्प होइन ।

अर्को विकल्पमा रुपमा सरकारले सौर्य उर्जालाई प्राथमिकता दिएर लोडसेडिङ हटाउने अभियान सञ्चालन गर्न सक्छ । तर, सौर्य उर्जाबाट विद्युत उत्पादन गर्न अल्पकालका लागि सरकारले मोटो रकम लगानी गर्नुपर्ने गुरागाईँ बताउँछन् । ‘सौर्य उर्जामा खर्बौं लगानी गर्ने हो भने एक वर्षमा लोडसेडिङ हट्छ, तर के हाम्रो राष्ट्रिय ढुकुटीमा त्यत्रो पैसा छ ?’ उनले प्रश्न गरे ।

यसो गरे तीन वर्षमा लोडसेडिङ हट्न सक्छः गुरागाई

एकै वर्षमा देशलाई लोडसेडिङबाट मुक्त पार्न नसकिए पनि सरकारले विदेशी लगानीकर्तालाई सरह स्वदेशी लगानीकर्तालाई व्यवहार गर्ने हो भने आगामी तीन वर्षमा लोडसेडिङको अन्त्य हुने इपाका उपाध्यक्ष गुरागाईको तर्क छ ।

‘सरकारले स्वदेशी उद्यमी र स्वदेशी लगानीकर्तालाई विदेशीलाई दिएसरह पीपीए दर र भ्याट तथा ट्याक्समा छुट र पीडीएमा दिएसरह सुविधा दियोस्, हामी तीन वर्षमा लोडसेडिङ्ग अन्त्य गरेर देखाइदिन्छौं-‘ गुरागाईँले दाबी गरे ।

नेपाली लगानीकर्ताले उत्पादन गरेको विद्युतलाई नेपाल विद्युत प्राधिकरणले ३ रुपैयाँ ९० पैसादेखि ४ रुपैयाँ ८० पैसासम्ममा मात्रै किन्ने तर विदेशी लगानीका आयोजनाबाट उत्पादित विद्युत चाहिँ प्रतियुनिट १० देखि १२ रुपैयाँमा किन्ने असमान व्यवहार भएको उनले बताए । ‘विदेशी कम्पनी आयोजना बनाउन नसकेर फर्किए भने सरकारले क्षतिपूर्ति दिन्छ । तर, नेपाली कम्पनीले बनाउन सकेनन भने केही पनि दिईँदैन ।’ उनले गुनासो गरे ।

अहिले ग्यासमा खर्च भइरहेको ७२ अर्ब रुपैयाँ जलविद्युतमा खर्च गर्ने हो भने २ वर्षभित्रै ग्यासको आयात विस्थापित हुने उनले दाबी गरे ।

तीन वर्षमा आउला त २२ सय मेगावाट ?

उर्जा मन्त्रालयले आगामी तीन वर्षभित्र २२ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको जनाएको छ । जसअनुसार यो आर्थिक वर्ष २०० मेगावाट उत्पादन गर्ने लक्ष्य छ भने आउँदो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६० मेगावाटको त्रिसूली थ्री ए लगायत पाइपलाइनमा छन् ।

त्यसपछि अर्को वर्ष थप १००० मेगावाट गरी तीन वर्षभित्र राष्ट्रिय प्रसारणमा २२ सय मेगावाट विद्युत थप्ने उर्जा मन्त्रालयको लक्ष्य छ । तर, त्यतिबेलासम्म नेपालमा विद्युतको आवश्यकता ३ हजार मेगावाट पुग्ने अनुमान गरिएको छ ।

तीन वर्षमा २२ सय मेघावाट उत्पादन भयो र हाल रहेको ८ सय मेगावाटलाई पनि जोड्ने हो भने त्यसबेला ३ हजार मेगावाटको आपूर्ति हुन सक्छ ।  तर, धेरै आयोजनाहरु भूकम्पदेखि नै अवरुद्ध हुँदै आएका छन् । भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम अभाव सिर्जना भएपछि आयोजनाहरु निर्माण कार्य रोकिएका छन् ।

देशले पछिल्लो ६ महिनामा भोगेको संकटले आयोजनाहरुको काम प्रभावित भएकाले तोकिएको समयमै आयोजना सम्पन्न गर्ने चुनौति थपिएको उच्च सरकारी अधिकारीहरु बताउँछन् ।

कुल ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशीका अधिकारीहरुका अनुसार भूकम्प र नाकाबन्दीको प्रभावका कारण आगामी दिनमा बिना कुनै अवरोध निर्माण काय अघि बढ्ने हो भने पनि त्यहाँ विद्युत उत्पादन हुन कम्तिमा ३ वर्ष लाग्ने देखिएको छ ।

गफले हट्दैन लोडसेडिङ !

त्यसो त आगामी एक वर्षमा लोडसेडिङ हटाउँछु भन्ने प्रधानमन्त्री केपी ओली तिनै व्यक्ति हुन्, जसले आजभन्दा १५ वर्ष पहिले महाकाली सन्धी हुँदा नेपालले विजुली बेचेर बर्षेनी खर्बौं आम्दानी गर्ने बताएका थिए ।

त्यसै गरी प्रधानमन्त्री ओलीकै दलले अरुण तेस्रोजस्तो ठूलो आयोजना पूरा गर्न नदिएकाले देशले लोडसेडिङ भोग्नु परेको नेपाली कांग्रेसले आरोप लगाइरहेकै छ ।

अहिले पनि ३ हजार मेगावाटसम्मको कर्णाली लगायतका परियोजनाहरुमा भारतसँग सम्झौता गरिएका छन् । तर, यी आयोजनाबाट बिजुली निस्कने कल्पना पञ्चेश्वर परियोजनाजस्तै आकाशको फल बन्ने सम्भावना छ ।

भूकम्प र मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र चौपट बनेको स्थितिमा ठूला लगानीहरुमा हात हाल्न सक्ने अवस्था कमजोर बन्न थालेको अवस्था छ ।

सरकारमा जानेहरुले लोडसेडिङ हठाउने गफ गर्नु सामान्य बन्न थालिसकेको छ । यसअघि उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेकी एमाले नेतृ राधा ज्ञवालीले तीन महिनामा लोडसेडिङ हटाउँछु भनेको भन्यै गरिन् । तर, अन्तिममा सोलु कोरिडोरको प्रसारण लाइनमा अनियमिता गरेको अख्तियारले आरोप लगाएपछि उनलाई प्रधानमन्त्रीले पदबाट बर्खास्त गरे ।

ओलीज्यू, एक वर्षमा कसरी हटाउनुहुन्छ लोडसेडिङ ? प्रधानमन्त्रीको सम्बोधन कति यथार्थ, कति हावादारी - See more at: http://www.urjanews.com/details/2895/%E0%A4%93%E0%A4%B2%E0%A5%80%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%82%2C-%E0%A4%8F%E0%A4%95-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B-%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%3F--%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%8B%E0%A4%A7%E0%A4%A8-%E0%A4%95%E0%A4%A4%E0%A4%BF-%E0%A4%AF%E0%A4%A5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%2C-%E0%A4%95%E0%A4%A4%E0%A4%BF-%E0%A4%B9%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A5%80#sthash.ZhN8gnbD.dpuf

'सरकार नै उर्जा क्षेत्रको विकासको मुख्य बाधक': गगन थापा

 पत्र पत्रिका बाट  -साभार     http://www.urjanews.com/details/2896

प्रधानमन्त्री केपी ओलीले एक वर्षभत्रि देशलाई लोडसेडिङ मुक्त राख्ने घोषणा गरेपछि यसबारे नयाँ बहस सुरु भएको छ । यो बहसमा सरिक हुँदै सांसद गगन थापाले लोडसेडिङ हटाउने भए १० वटा काम गर्न प्रधानमन्त्रीलाई अनलाइनखबरमार्फत सुझाव दिएका छन् । एक वर्षमा लोडसेडिङको अन्त्य गर्ने घोषणा महत्वाकांक्षी भए पनि प्रधानमन्त्रीले मनैदेखि चाहेको खण्डमा धेरै सुधारका काम गर्न सक्ने व्यवस्थापिका संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिका सभापतिसमेत रहेका युवा नेता थापा बताउँछन् ।

एक वर्षमा लोडसेडिङको अन्त्य सम्भव नभए पनि केही वर्षभित्रै विद्युत उत्पादन बढाउन सरकारले केही महत्वपूर्ण कामहरु गर्नुर् पर्ने थापाको ठम्याइ छ ।

थापाले अनलाइनखबरसँग भने- ‘हामी जलस्रोतका धनी त छौं, तर किन अहिलेसम्म त्यसको उपयोग गर्न सकेका छैनौं ? यसका अवरोधहरु के-के हुन् ? अनि अवरोध हटाउन के-कस्ता कदम चाल्नुपर्छ भन्ने पहिचान गरेर प्रधानमन्त्री अघि बढ्नुपर्छ ।’

लोडसेडिङ अन्त्य गर्ने भन्ने सरकारी लक्ष्य नै गलत भएको उनको भनाइ छ । ‘लोडसेडिङ अन्त्य होइन, आगामी २/४ वर्षमा कति विद्युत उत्पादन हुन्छ भन्ने योजना बनाउनुपर्छ,’ थापाले भने ।

थापाका १० सुझाव

१. उर्जा मन्त्रालयलाई चुस्त बनाउ- थापाको ठम्याइमा लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले गर्नुपर्ने पहिलो काम देशको समग्र उर्जा क्षेत्र हेर्ने उर्जा मन्त्रालयलाई चुस्त दुरुस्त बनाउने नै हो । उनी भन्छन्- ‘उर्जा मन्त्रालयले सामान्य अवस्थामा गर्नुपर्ने काम पनि भद्रगोल अवस्थामा छन् । नियमित गर्नुपर्ने कामलाई जस्ताको त्यस्तै राखेर लोडसेडिङ अन्त्य गर्छु भन्ने कुरा हावादारी हुन्छ ।’

२. तत्काल नीतिगत सुधार थाल- उर्जा विधेयकको अभावमा यस क्षेत्रको विकास हुन नसकेको थापा बताउँछन् । ‘वर्षौंदेखि उर्जा विधेयक रोकिएर बसेको छ । प्रधानमन्त्रीले त्यसलाई द्रुत गतिमा अघि बढाउनुपर्छ,’ उनले भने । नीतिगत अभावका कारण जग्गा अधिग्रहणमा समस्या भएकाले अडि्कएर रहेका ऐन, कानून तत्काल ल्याउन थापाले सुझाए । त्यस्तै, संसदमा रहेको उर्जा सुरक्षा रणनीति ल्याउनुपर्ने उनको सुझाब छ ।

३. संरचनागत सुधार गर- उर्जा क्षेत्रको जिम्मेवारी पाएका उर्जा मन्त्रालय, खासगरी नेपाल विद्युत प्राधिकरण (जसले विद्युत, उत्पादन, व्यापार र वितरणको जिम्मेवारी पाएको छ) यसको संरचनागत सुधार आवश्यक भएको थापाको ठहर छ ।
‘प्रसारणको काम प्राधिकरणबाट झिकेर राष्ट्रिय प्रसारण कम्पनीलाई सक्रिय बनाउन पसरकारलाई मेरो आग्रह छ’ थापाले भने ।

४. ढिलासुस्ती हटाउ- आफुले विद्युत आयोजनाहरुको निर्माणको गति अत्यन्तै सुस्त पाएको थापाले गुनासो गरे । निजी क्षेत्रका आयोजनाहरुलाई सरकारी निकायबाटै दुख दिन काम भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने थापाको सुझाव छ । उनी भन्छन्- ‘नेपालको उर्जा क्षेत्रको मूख्य बाधक सरकारी निकाय हुन्, यिनको सुधार अत्यावश्यक छ ।’

५. प्रसारणलाइन बनाउ- निजी क्षेत्रले आयोजना बनाए पनि सरकारी निकायले समयमै प्रसारण लाइन नबनाउँदा विद्युत उयत्पादनमा ढिलाइ भइरहेको छ । ‘प्रसारण लाइनबिना उत्पादन गरेको बिजुली कहाँ लैजाने ?’ थापाले भने- त्यसैले सरकारको ध्यान चाँडोभन्दा चाँडो प्रसारण लाइन निर्माणमा हुनुपर्छ ।’

६. चमेलिया घोटालाको निकास देउ- नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाट विद्युत उत्पादन क्षमताको चमेलिया जलविद्युत आयोजनामा ठूलो घोटला भइरहेकाले अपराधीलाई कारबाही गरी आयोजनाको काम दु्रत गतिमा अघि बढाउनुपर्ने थापाको राय छ ।

‘चमेलियाको घोटाला काण्ड संसदको लेखा समितिमा रोकिएको छ । वर्तमान उर्जामन्त्री आफैं लेखा समितिमा हुनुहुन्छ । प्रधानमन्त्रीले चमेलिया घोटाला प्रकरणमा के गर्ने हो चाँडै टुंग्याउनु पर्छ, नत्र यसको रोग अन्यत्र पनि सर्छ ।’ थापाले भने ।

७. ठूला आयोजनाको काम छिटो गर- प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले माथिल्लो कर्णाली, अरुण ३, पश्चिम सेतीलगायतका ठूला आयोजनासँग सम्झौता गरिसकेको छ । तर, सम्झौताअनुसार काम हुन नसकेको गुनासो गर्दै थापाले भने- प्रधानमन्त्रीले फाइल हेरेर तत्काल काम अघि बढाउनुहोस् ।’
त्यसैगरी राष्ट्रिय गौरबका आयोजना मन्त्रालयको गौरबका आयोजना भएकाले यसतर्फ प्रधानमन्त्रीले विषेश ध्यान दिनुपर्ने थापाले सुझाए ।

८. सौर्यउर्जामा जोड देउ- सौर्य उर्जामा जोड दिए तत्कालको संकट टार्न सजिलो हुने भएकाले यसतर्फ प्रधानमन्त्री सचेत हुनुपर्ने थापाले बताए ।
‘उर्जा सुरक्षाका दृष्टिकोणमा पनि एउटै उर्जा स्रोतमा भर पर्नु राम्रो होइन’ थापाले भने- जलविद्युत हाम्रो मुख्य स्रोत हो । तर, सौर्य उर्जा पनि त्यसको सहयोगी हो । सौर्य उर्जाको काम अघि बढाउनुहोस् ।’ सौर्य उर्जाबाट राष्ट्रिय प्रसारणमा २०० मेगावाट जोड्ने सरकारी योजना छ ।
विश्व बैंकले २५ मेगावाटको सौर्य उर्जाको योजना अघि बढाइसकेको छ । र, एशियाली विकास बैंकले पनि चासो देखाएकाले सौर्य उर्जाको काम अघि बढाउन सजिलो हुने उनले बताए ।

९.सरकारी निकायबीच समन्वय गराउ- विभिन्न सरकारी निकायबीच तालमेल नहुँदा उर्जा क्षेत्रको विकास हुन नसकेकाले यी निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीलाई थापाको सुझाब छ ।

१०. बजेटमा भएका घोषणा कार्यान्वयन गर-सरकारले बजेटमा गरेको सहुलियतका घोषणाहरु लगानीकर्तालाई उपलब्ध गराउन नसकिरहेको अवस्थामा प्रधानमन्त्री ओली त्यसको कार्यान्वयन अग्रसर हुनुपर्ने थापाको सुझाब छ ।

र, अन्त्यमा,

थापा भन्छन्- ‘माथि मैले जे जति समस्याहरु उल्लेख गरेँ । यी सबै समस्याका गाँठाहरु फुकाउने सक्ने एकमात्र व्यक्ति भनेको प्रधानमन्त्री हो । प्रधानमन्त्री आफैं सक्रिय भएर लाग्ने हो भने १५ दिनमा समस्याका गाँठाहरु फुक्छन् । यसतर्फ म प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले थपे- ‘नेपालको उर्जा क्षेत्रको विकासको बाधक सरकार नै हो । सरकारी निकायले लगानीकर्तालाई दुख दिने प्रवित्ति अन्त्य नभएसम्म यस क्षेत्रको विकास हुन सक्दैन । कर्मचारीतन्त्रमा सुधारको खाँचो छ, त्यसका लागि पनि प्रधानमन्त्रीले पहल गर्नुपर्छ ।’

- See more at: http://www.urjanews.com/details/2896/%27%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0%A5%88-%E0%A4%89%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A4%95%27%3A-%E0%A4%97%E0%A4%97%E0%A4%A8-%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE-#sthash.VYGNt3kV.dpuf

'सरकार नै उर्जा क्षेत्रको विकासको मुख्य बाधक': गगन थापा - See more at: http://www.urjanews.com/details/2896/%27%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0%A5%88-%E0%A4%89%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A4%95%27%3A-%E0%A4%97%E0%A4%97%E0%A4%A8-%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE-#sthash.VYGNt3kV.dpuf

उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

पत्र पत्रिका बाट  -साभार  http://gorkhapatraonline.com/news/36763

नगेन्द्र सापकोटा

काठमाडौँ, फागुन १६ गते ।  काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन् ।  स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो  ।  हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पनि स्थानीय तहको पुनः संरचनासँगै १६ वटामा कायम हुनेछन् । 
उपत्यकामा भएका १६ वटा नगरपालिकाको एकीकृत विकास र समन्वय गर्न मूल संरचना आवश्यक भएको आयोगले महसुस गर्दै एउटै संरचनाभित्र सबै नगरपालिका अटाउने गरी आयोगले सरकारलाई प्रस्ताव गर्न लागेको हो ।
स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको कार्यादेश (टीओआर)मा काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका निम्ति उपयुक्त संरचना निर्माणका लागि सुझाव दिनुपर्ने उल्लेख गरिएको छ ।
सोही अनुरूप आयोगले उपत्यकाको एकीकृत विकासका लागि एउटै संरचना निर्माण गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
आयोगका सदस्य निरज शाहले भन्नुभयो, “उपत्यकामा रहेका १६ नगरपालिकाको छाता सङ्गठन काठमाडौँ मेट्रो सिटी रहनेछ ।  मेट्रो सिटीले उपत्यकामा रहेका १६ वटा नगरपालिकाको समन्वय गर्नेछ । ”
उहाँका अनुसार मेट्रो सिटीले खासगरी १६ वटै नगरपालिकाको पूर्वाधार विकास र नीति निर्माण गर्नेछ ।   उपत्यकामा रहेका सबै नगरपालिका उक्त मेट्रो सिटीको मातहतमा रहनेछन् ।   नगरपालिकाभित्र बन्ने सडकको मापदण्ड, पर्यटकीय स्थानको छनोट, फोहोरमैलाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी, पुल, शिक्षालय, यातायात, उत्पादनयोग्य जमिनको संरक्षण र ऊर्जाको विकासका लागि समन्वयको काम मेट्रो सिटीले गर्नेछ ।
मेट्रो सिटीले पूर्वाधार निर्माण गर्दा दिगोपन र सबैलाई स्वीकार्य हुने गरी नीति निर्माण गर्ने र आवश्यक स्रोतको समेत खोजी गर्नेछ ।
मेट्रो सिटीमा निर्वाचित व्यक्तिको परिषद् बन्नेछ र उपत्यकामा सबै नगरपालिका उक्त परिषद्का सदस्य रहने गरी आयोगले प्रस्ताव तयार गरिरहेको छ ।
उपत्यका नेपालको राजधानी भएको र यहाँ भएका केही नगरपालिका आर्थिक पूर्वाधारको दृष्टिले सम्पन्न छन् भने केही विपन्न रहेका छन् ।  कतिपय नगरपालिका प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न भएकाले सबै नगरपालिकाको समानुपातिक विकासका लागि एउटै छाता सङ्गठन आवश्यक भएकाले आयोगले सोही अनुरूपको संरचना रहने गरी प्रस्ताव तयार गर्न लागेको हो ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं आयोगका सदस्य डोरमणि पौडेल सबै नगरपालिका संविधानअनुरूप आफ्नै ढङ्गबाट सञ्चालन हुने भए पनि नगरपालिकाको एकीकृत विकास भने मेट्रो सिटीले गर्नेछ ।  अन्य देशमा मेट्रो सिटी रहेको र नेपालमा पनि सबै नगरपालिकाको एकीकृत समन्वयात्मक विकासका लागि मेट्रो सिटी निर्माणको प्रस्ताव गर्न लागिएको हो । 

एक्काइस वर्षअघि नै अरूण तेस्रो आएको भए...

पत्र पत्रिका बाट  -साभार http://gorkhapatraonline.com/news/36799

शोभाकर पराजुली 

वि.सं. २०५२ सालमा तत्कालीन सरकारले विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा अरूण तेस्रो जलविद्युत् आयोजना (९०० मेगावाट) अघि बढाउने निर्णय गरेको थियो ।  त्यसबेला संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) ले विश्व बैङ्कलाई पत्र लेखी उक्त आयोजनामा सहयोग नगर्न आग्रह गरेपछि त्यति नै बेला विश्व बैङ्कले सहयोग गर्ने निर्णय गरेको सहुलियत ऋण रद्ध गरेको थियो ।  नेकपा एमाले जस्तो जिम्मेवार राजनीतिक दलले त्यतिबेला ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको विरोध नगरेको भए आजभन्दा १६ वर्ष पहिले अर्थात् २०५७ सालमा नै उक्त आयोजना सम्पन्न भइसकेको हुने थियो ।  यदि त्यसबेला उक्त आयोजना सम्पन्न भएको भए स्वदेशी र विदेशी लगानीकर्ता नेपालको जलविद्य्त् आयोजनामा आकर्षित र विस्वश्त भई अन्य थुप्रै आयोजना आजसम्म बनिसकेका हुन्थे ।  

हामी सहजै कल्पना गर्न सक्छौँ कि २०५७ सालमा नै नेपाललाई आवश्यक पर्ने विद्युत् प्राप्त भइसक्नुका अतिरिक्त अन्य थप उत्पादन वृद्धि हुने थियो ।  यसले देशलाई समृद्धितर्फ अघि बढाउथ्यो ।  विद्युत्को पर्याप्ततापछि निजी क्षेत्रले उद्योग, कृषि, पर्यटन आदिमा फड्को मार्ने निश्चित थियो ।  सरकारी, अर्धसरकारी र विदेशी वित्तीय सङ्घ संस्थाका लगानी पनि त्यत्तिकै रूपमा आकर्षित हुने नै थियो ।  यो अत्यन्त स्वाभाविक विषय हो ।  परिणाम स्वरूप देशको आर्थिक अवस्था, रोजगारीका अवसर, प्रतिव्यक्ति आयमा परिवर्तन, कूल गार्हस्थ उत्पादनमा वृद्धि, औद्योगिकीकरण, आधुनिक कृषि प्रणाली, जडिबुटी  उत्पादन, पर्यटन व्यवसाय प्रवर्धन, पर्यटकका घँुइचोले अहिलेको तुलनामा हामी धेरै उच्च स्तरमा पुगिसकेका हुने थियौँ तर दुर्भाग्य, त्यसो हुन पाएन ।  हामी कता– कता अल्मलियौँ ।  राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थलाई प्राथमिकतामा राख्यौँ, अझ सम्पन्न हुँदै जानुको सट्टा अधोगतितर्फ उन्मुख भयौँ ।  हाम्रो सोच राष्ट्रहितका पक्षमा हुन सकेन ।  यसले गर्दा धेरै समय अँध्यारो र लोडसेडिङमा बसिरहनु प¥यो, अझै हामीलाई चाहिने विद्युत् उत्पादन हुन समय अनुकूल हुँदै गएमा पनि अर्थात् २०५२ सालको एमालेको सोच जस्तो अब अरू कसैको सोच भएन भने केही वर्ष लाग्ने निश्चित छ ।
केही दिन पहिले भारतीय सरकारी कम्पनी एसजेभिएन (सतलज) लिमिटेडलाई भारत सरकारले बजेट विनियोजन गरिदिएपछि २१ वर्ष पहिले राजनीतिक कारणले रोकिएको बहुचर्चित अरूण तेस्रो जलविद्युत् आयोजना बन्ने भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा २०७३ साल फागुन ११ गते बुधवार नयाँ दिल्लीमा बसेको मन्त्रिपरिषद्को आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपियाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।  अरूण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमध्ये २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट नेपाललाई निःशुल्क उपलब्ध हुनेछ र बाँकी अर्थात् ७८.१ प्रतिशत बिजुली भारत निर्यात हुनेछ ।  भारत सरकारले आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई बजेट विनियोजन गरेको र त्यसका लागि नेपाल सरकारसँग गर्नुपर्ने सबै सम्झौता गरि सुनिश्चित गरिएको छ ।  सो आयोजना सम्पन्न गर्न बाँकी रकम पनि आगामी सेप्टेम्बरसम्म जुटाइसक्ने, नोभेम्बरदेखि काम अघि बढाउने र पाँच वर्षमा आयोजना निर्माण गरिसक्ने योजना छ ।
      निश्चय नै द्धिपक्षीय हितलाई ध्यानमा राखी सम्पन्न हुनलागेको यो अति आवश्यक आयोजना हो ।  यसमा दुवै पक्ष खुसी हुनुपर्ने अवस्था छ ।  अब यो र यस्ता द्धिपक्षीय र बहुपक्षीय आर्थिक स्तम्भ एवम् समृद्धितर्फ उन्मुख हुने आयोजनामा ध्यान दिनुपर्ने र त्यसका लागि सबै पक्षको इमानदारितापूर्ण सहयोग जरुरी छ ।  राजनीतिक सङ्क्रमणकाललाई समाप्त गरी आर्थिक उन्नतितर्फको बाटोमा अग्रसर हुनुपर्ने आजको हाम्रो आवश्यकता हो ।  कुनै पनि बहानामा कतैबाट पनि यो र यस्ता अन्य आयोजनामा अवरोध आउन दिनुहुन्न ।  २०५२ सालमा एमालेले गरेको जस्तो ठूलो गल्ती अब कसैले दोहो¥याउनु हुँदैन ।  संसदीय अभ्यासमा रचनात्मक प्रतिपक्षको भूमिका हुने भए पनि अनुभवका कमीका कारण त्यो भूल भएको हो ।  त्यस भूलबाट मुलुकले धेरै ठूलो घाटा व्यहोर्नुपरेको तीतो सत्य सबै सामु छ ।
  भारतको लगानीमा गर्ने भनिएका ठूला आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको विषयतर्फ पनि हाम्रो ध्यान जान जरुरी छ ।  हुलाकी राजमार्ग यसको प्रत्यक्ष उदाहरण हो ।  हुन त हाल त्यसले गति लिन सुरु गरेको र अब ढिलाइ हुन्न भन्ने प्रतिबद्धतामा विश्वास गर्ने आधार तयार छन् ।  सन्धि, सम्झौताका सानातिना बुँदाभन्दा सदासयसहित व्यावहारिक भावना घनिष्ठतामा हुने गर्छ ।  कहीँ कतै त्यस्ता अप्ठ्यारा आइपरेमा तुरुन्तै त्यसको उचित र सम्मानजनक निकास पहिल्याएर समाधान गरी तोकिएको समयमा आयोजना सम्पन्न गर्ने गराउने दायित्व दुवै पक्ष अर्थात् नेपाल र भारतको हो ।  यसमा सबै संवेदनशील र गम्भीर हुनैपर्छ ।  एक अर्काप्रतिको विश्वास, सद्भाव र प्रेमले सम्बन्धलाई अझ कसिलो र सुदृढ गराउँछ ।  यसको सबैले अपेक्षा राखेका छन् ।  अबको केही वर्षमा पर्याप्त ऊर्जा र नेपालका शतप्रतिशत जनताको पहुँचमा बिजुली हुनुपर्छ ।  पर्याप्त बिजुली उत्पादनपछि त्यसका सकारात्मक सह–उत्पादन स्वाभाविक रूपमा अघि आउँछन् ।  सडक सञ्जालको समुचित विकास र पर्याप्त बिजुली उत्पादन मात्रै गर्न सक्यौँ भने हामी छोटो समयमा नै आफ्नो जीवन पद्धतिलाई स्तरीय बनाउन सक्छौँ ।  त्यसो भएमा स्वास्थ्य, शिक्षा, स्वस्थ वातावरण आदिको प्रत्याभूति जनतामा हुन सक्छ ।  बर्सेनि लाखौँको सङ्ख्यामा विदेशिने युवा शक्ति वैकल्पिक रोजगारीको सिर्जना गरी स्वदेशमा नै रमाउन सक्छन् ।  विश्वकै सुन्दर देश नेपाल समृद्ध बन्न धेरै बेर लाग्दैन  ।  अब हामीले विकासका लागि मिलेर अगाडि बढ्नुपर्छ ।  हाम्रा छिमेकी मित्र राष्ट्रले पनि सैद्धान्तिक रूप जस्तै व्यावहारिक रूप रूपान्तरण गर्न जरुरी छ ।  आपसका तिक्तता र समस्या स्पष्ट रूपमा समाधान गर्नु नै पर्छ ।  छिमेकीको अस्तव्यस्तता र अशान्त वातावरणले अर्को छिमेकीलाई आनन्द र शान्ति हुँदैन भन्ने यथार्थ दोहो¥याइरहनु परोइन ।
नेपाल सरकार वा नेपालका तर्फबाट विकासका योजनामा सम्झौता गर्ने राजनीतिक र ब्युरोक्रेसीका प्रतिनिधिले पनि निजी स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्ने आवाज छन् र त्यसका अपेक्षा समेत गरिएको छ ।  मूल समस्यामा राष्ट्रका सबै पक्षको सल्लाहसहित उच्च राजनीतिक तहमा कूटनीतिक तवरले सुझबुझका साथ देशको नेतृत्व गर्न जरुरी छ ।  केही समय यता हाम्रो देशको कूटनीति ओरालो लाग्दै गएको चिन्ता विज्ञद्वारा गरिएको छ ।  नेपाल सरकार र सबै दलका शीर्ष नेताले यसलाई हलुका रूपमा लिनु हुँदैन बरु सम्बन्धित विषयका विज्ञहरूसँग सल्लाह लिएर निकास खोज्नुपर्छ ।
ब्युरोक्रेसी भनेको ‘स्थायी सरकार’ हो ।  स्थायी सरकारमा रहने जानेबुझेका, पढेलेखेका व्यक्ति नै हुन्छन् ।  उनीहरूले राजनीतिक नेतृत्वलाई इमानदारीपूर्वक सल्लाह दिएर सोही अनुरूप कार्यान्वयन गर्ने हो भने द्धिपक्षीय एवम् बहुपक्षीय आयोजना समयमा नै सम्पन्न हुनेछन् ।  स्थायी सरकार (ब्युरोक्रेसी) र अस्थायी सरकार (राजनीतिक नेतृत्व) बीच सौहार्द, पारदर्शी र इमानदारिताका साथ सामञ्जस्य हुनैपर्छ ।  आफ्नो जिम्मेवारीबाट पन्छिने, विभिन्न बहानामा असहयोग गर्ने काम बुझेको ब्युरोक्रेसी अर्थात् स्थायी सरकारले गर्न हुँदैन, गर्न मिल्दैन ।  आजसम्म देशले यथोचित उन्नति गर्न नसकेका कारण नितान्त राजनीतिले मात्र होइन ।  यो कुरा बुझौँ ।  हो, राजनीतिमा विकृति छ ।  के ब्युरोक्रेसीमा छैन ? सबैले आफूलाई सुधार्नुपर्छ ।  आखिर अरूण तेस्रो जलविद्युत् आयोजना त उपयुक्त नै रहेछ २१ वर्षअघि यो कुरा एमालेले विरोध ग¥यो ।  अब देश हितका पक्षमा गरिएका र गर्ने सबै आयोजनामा सबै पक्ष सकारात्मक बनौँ ।  यदि साँच्चै यो सोच्दै सोही अनुसार व्यवहार गर्दै ग¥यौँ भने हाम्रो देशको कायापलट छोटो समयमा नै हुन सक्छ ।  फगत यो कल्पना होइन तर कहिलेकाँही  यसो सोच्दा लाग्छ– यदि आजभन्दा २१ वर्ष पहिले एमालेले अरूण तेस्रो जलविद्युत् आयोजनाको विरोध नगरेको भए आज हामी कहाँ पुग्थ्यौँ होला ?

विद्युतीय प्रणालीबाट कसरी नक्सा पास गर्ने?

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/93628 २०७३-११-१३ मा प्रकाशित

कुनै पनि नयाँ घर निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ । नक्सा पास गर्ने विधिलाई प्रविधिसँग जोडेर हाल विद्युतीय प्रणालीबाट नक्सा पास गर्न सकिने व्यवस्था गरिएको छ । यो प्रविधि काठमाडौं, ललितपुरलगायत नगरपालिकाले अपनाइसकेका छन् । नक्सा पास प्रणालीलाई सफ्टवेयरको माध्यमबाट व्यवस्थित गर्ने र घरको विवरण कम्प्युटर प्रणालीमा ल्याउने अर्थात् डिजिटलाइज्ड गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो । यसले नक्सा पास प्रक्रिया पूर्ण रूपमा पारदर्शी र जनतामुखी बनाउन सहयोग पुर्‍याउँछ । यो प्रणालीलाई इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिष्टम (ईबीपीएस) पनि भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको बृहत्तर विपद् जोखीम व्यवस्थापन कार्यक्रममार्फत सुरक्षित भवन निर्माण क्षेत्रमा संस्थागत तथा सुशासन व्यवस्थालाई लक्षित गरी यो प्रविधि ल्याइएको हो ।
विद्युतीय प्रणालीबाट नक्सा पास हुने प्रक्रिया  
डिजाइनर डेस्क (नगरपालिकामा दर्ता भएका डिजाइनका लागि)
- डिजाइनारले नक्सा पेश आवेदन फारम अनलाइन भर्नेछ ।
- डिजाइनारले निवेदक/घरधनीको व्यक्तिगत विवरण राख्नेछ ।
- डिजाइनारले जग्गाको विवरण राख्नेछ ।
- डिजाइनारले चारकिल्ला विवरण राख्नेछ ।
- डिजाइनारले घरको क्षेत्रफल राख्नेछ ।
- डिजाइनारले भवन तथा बाटोसम्बन्धी मापदण्ड राख्नेछ ।
- डिजाइनारले नेपाल राष्ट्रिय भवन संहिताअनुरूप डाटा राख्नेछ ।
- डिजाइनारले सम्पूर्ण कागजात स्क्यान गरेर अपलोड गर्नेछ ।
- डिजाइनारले सिष्टमबाट दरखास्त ठीक भए/नभएको चेक गरी ठीक भए रजिष्ट्रेशन डेस्कमा पठाउनेछ ।
रजिष्ट्रेशन डेस्क
- डिजाइनारले पेश गरेको विवरण अनलाइन चेक गरिन्छ ।
- आवश्यक कागजात रहे/नरहेको चेक गरिन्छ ।
- भूकम्प पीडितको विवरण हालिन्छ (राजस्व छूट ७५ प्रतिशत)
- सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
- विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा फाइल फिर्ता पठाइन्छ ।
- सबै विवरण ठीक भए टेक्निकल डेस्कमा फाइल पठाइन्छ ।
टेक्निकल डेस्क १
- डिजाइनारले भेरेको सम्पूर्ण टेक्निकल विवरणका साथै भुँइ क्षेत्र अनुपात, जग्गा उपयोग प्रतिशत ठीक भए/नभएको चेक गरिन्छ ।
- सामान्य गल्ती भए सोही डेस्कबाट मिलाइन्छ ।
- विवरणमा धेरै त्रुटि भए मात्र डिजाइनार डेस्कमा पठाइन्छ ।
टेक्निकल डेस्क २
- डिजाइनरले भरेको सम्पूर्ण संरचनागत विवरण ठीक भए÷नभएको चेक गरिन्छ ।
- सबै विवरण ठीक भए राजस्व डेस्कमा पठाइन्छ ।
राजस्व डेस्क
- डिजाइनरले भरेर टेक्निकल डेस्कले रुजु गरेको घरले चर्चेको क्षेत्रफलका आधारमा, सिष्टमले स्वतः राजस्व हिसाब गर्छ ।
- सोही राजस्व लिई बिल नम्बर र मिति सिष्टममा हालेर वडा डेस्कमा पठाइन्छ ।
वडा डेस्क
- सँधियारको नाममा १५ दिने सूचना सिष्टमबाट प्रिण्ट गरेर टाँसिन्छ ।
- १५ दिने सूचना टाँस मुचुल्का उठाइन्छ ।
- सर्जमिन मुचुल्का उठाइन्छ ।
- सबै विवरण स्क्यान गरेर सिफारिश चिठीसहित फिल्ड डेस्कमा पठाइन्छ ।
एक्ज्युकेटिभ डेस्क १
- नक्सा पाससम्बन्धी सम्पूर्ण विवरण र कागजात भेरिफाई गरी ठीक भएमा भवन निर्माण इजाजत पत्र प्रदान गरिन्छ ।
- भवन निर्माण इजाजत प्रदान गरिसकेपछि सो फाइल मिसिल डेस्कमा पठाइन्छ ।
एक्ज्युकेटिभ डेस्क २
- १ हजार स्क्वायर फिटभन्दा माथिको नक्साको इजाजतपत्र प्रदान गर्ने काम एक्ज्युकेटिभ डेस्क २ ले गर्छ ।
आर्काइभल डेस्क
- घर नक्सासम्बन्धी सम्पूर्ण डिजिटाइज विवरण राखिन्छ ।

Wednesday, February 22, 2017

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)

माघ १३ देखि १८ गतेसम्म
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले यो वर्ष पनि आइसीटी सम्मेलन आयोजित गर्ने भएको छ । सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् ।
क्यान इन्फोटेकको अघिल्लो वर्ष ३ लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु एकसय र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

तलब बढी भएर कर्मचारीले जागीर छोडे !

साभार  पत्र पत्रिका बाट   http://www.abhiyan.com.np/new/Articles/view/93160

तलब थोरै भएर जागीर छोड्ने कुरा त सामान्य नै हो । तलबसम्बन्धी कुरा नमिलेपछि कर्मचारी अन्यत्र जान्छन् । तर, तलब बढी भएर कामै नै छोड्ने कर्मचारीबारे भने कमैले मात्र सुनेका होलान् । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलले भने यस्तै परिस्थितिको सामना गर्नु परेको छ । गूगलको स्वचालित कार उत्पादन गर्ने कम्पनी वेमोका कर्मचारीहरुले बढी पैसा पाएकै कारण काम छोडेका छन् ।
सन् २०१० मा कम्पनीले स्वचालित कार सार्वजनिक गरेपछि कर्मचारीका लागि पनि उसले एक छुट्टै खालको तलब प्रणाली पनि ल्याएको थियो । कम्पनीले कर्मचारीलाई तलबका रुपमा दिइने रकम थप गर्नुका साथै उसलाई व्यवसायमा बोनस र शेयरहरु पनि दिने योजना ल्यायो । परियोजनाको काम राम्रोसँग गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नका निम्ति कम्पनीले यस्तो योजना ल्याएको हो । तर, यसरी दिइएको शेयर र बोनसको भाउ बढ्दै जाँदा त्यसको मूल्य पनि बढ्दै गयो । यसरी रकम बढ्दै जाँदा सन् २०१५ सम्म आइपुग्दा अधिकांश कर्मचारीहरुसँग यति धेरै पैसा भयो कि उनीहरुले थप काम गर्नै परेन । त्यसकारण उनीहरुले अन्य अवसरको खोजी गर्नका लागि गूगलको जागीर नै छोडिदिए ।

बुटवलमा बिहीवारदेखि क्यान इन्फोटेक मेला

साभार  पत्र पत्रिका बाट  http://www.abhiyan.com.np/new/Articles/view/93521 २०७३-११-११ मा प्रकाशित   बीपी गौतम

फागुन ११, रूपन्देही । बुटवलमा बिहीवारदेखि डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर्स शुरू हुँदै छ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) रूपन्देहीको आयोजनामा बुटवल मण्डपममा हुने इन्फोटेक ५ दिनसम्म सञ्चालन हुनेछ । इन्फोटेकको पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् ।   
‘प्रदर्शनीले प्रदेश नं ५ को सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्‍याउने  आशा गरेका छौं ।’ क्यान रूपन्देहीका अध्यक्ष रोशन कँडेलले भने, ‘यो इन्फोटेकबाट अवलोकनकर्ताले विश्वमा विकसित नयाँ तथा नौलो प्रविधि, उपकरणको अवलोकन तथा खरीदसमेत गर्न पाउने छन् ।’
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकको बुटवलमा यो छैटौं संस्करण हो ।
छैटौं संस्करण क्यान इन्फोटेकको शीर्ष प्रायोजन डिजिकम रहेको तथा एशोसिएट प्रायोजकमा इन्फो डेभलपर्स रहेकाले यस संस्करणको अफिसियल नाम नै ‘डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर्स’ राखिएको आयोजकले बताएका छन् । इन्फोटेकको सह–आयोजकमा जिल्ला विकास समिति रूपन्देही र बुटवल उपमहानगरपालिका रहेका छन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेण्टिनेन्स्, पावर सोलुसन्स, मोबाइल एसेसरिज, इण्टरनेट सेवा प्रदायक, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्सलगायत गरी १ सय ४० स्टल छन् । प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको अध्यक्ष कँडेलले बताए ।
सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
इन्फोटेककै अवधिभित्रै आईसीटी सेमिनारको पनि आयोजना गरिनुका साथै सूचना तथा सञ्चार प्रविधिमा सरोकारवालाको बीचमा स्मार्ट सीटी, डिजिटल लुम्बिनीको अवधारणाका विषयमा अन्तरक्रिया हुने पनि आयोजकले बताएको छ ।

Tuesday, February 21, 2017

पेट्रोल अपचलन गर्न नपाउँदा ट्यांकर व्यवसायी विरोधमा, उपभोक्तालाई सास्ती

  • 'ट्यांकर व्यवसायीहरूले ठग्न पाऊँ भन्दै विरोध गरेका छन्' - राजु चौधरी, काठमाडौं 

साभार  पत्र पत्रिका बाट  http://kantipur.ekantipur.com/news/2017-02-21/20170221091548.html

फाल्गुन १०, २०७३- पेट्रोल अपचलन गर्न नपाउँदा टैंकट्रक (ट्यांकर) व्यवसायी विरोधमा उत्रेका छन् । निजी स्वार्थ पूरा गराउन दबाबस्वरूप हडताल गर्दा उपभोक्ताले सहज रूपमा इन्धन पाउन सकेका छैनन । ट्यांकर ढुवानी व्यवसायीले दबाबस्वरूप शुक्रबार इन्धन लोड गरेनन् । त्यसको मार सर्वसाधारणलाई परेको छ । ढुवानी व्यवसायीका अगाडि आयल निगम निरीह हुँदा आपूर्तिमा थप असहज भएको हो । निमगले आइतबार र सोमबार दैनिक मागभन्दा दोब्बर पेट्रोल वितरण गरेको दाबी गरे पनि अधिकांश पम्पमा सर्वसाधारणको लाइन देखियो । केही पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने ट्याग झुन्ड्याइको छ । निगमले निश्चित सर्तमा भाडामा लिएका ट्यांकरबाट इन्धन आपूर्तिमा अवरोध हुँदासमेत कारबाही हुन सकेको छैन ।

‘इन्धन अत्यावश्यक पदार्थ भएकाले कुनै बहानामा अवरोध गर्न मिल्दैन । सरकारले चाहेमा  तत्काल कारबाही गर्न सक्छ,’ निगमका एक अधिकारीले भने, ‘तर, व्यवसायीको मागमा निगम निरीह देखिन्छ ।’ पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार निगमले दिएको आदेश, निर्देशन पालना ढुवानीकर्ताबाट नभएमा ढुवानीकर्ता खारेज हुन सक्छ । पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण विनियम २०६४ अनुसार ढुवानीकर्ताले पेट्रोलियम पदार्थ लोड गर्दा बुझिलिएको परिमाण तथा गुणस्तरबमोजिम तोकिएको स्थान समयमा पेट्रोलियम पदार्थ नबुझाएमा ट्यांकर निलम्बनसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था छ ।
कानुनअनुसार कारबाही गर्ने अधिकार भए पनि निगम पन्छिन खोजेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘ट्यांकर व्यवसायीहरूले ठग्न पाऊँ भन्दै विरोध गरेका छन् । बजारमा तेल पाइँदैन, कालोबजारी बढ्ने सम्भावना उच्च देखिन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सर्वसाधारणले इन्धन पाउने व्यवस्था तत्काल मिलाउनुपर्छ ।’ इन्धन ढुवानी व्यवस्थित बनाउन सरकारले माघमा ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३’ संशोधन गरेपछि व्यवसायीहरू विरोधमा उत्रेका हुन् । विनियमावली अव्यावहारिक र त्रुटि भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् । यससम्बन्धमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आपूर्ति मन्त्रालय र आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । माग सम्बोधन नगरे थप आन्दोलन गर्नेसमेत धम्की दिएका छन् ।
संशोधित विनियमावलीमा टैंकट्रकमा लोड भएको पेट्रोलियम पदार्थको परिमाण तापक्रमको फरकबाट हुने परिमाणबाहेक लोड भएको परिमाणको ० दशमलव २५ प्रतिशतभन्दा कम फरक भएमा प्रचलित खुद्रा मूल्यअनुसार र सोभन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गर्ने उल्लेख छ । टैंकट्रक चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने पनि जनाएको छ । तर, व्यवसायीहरूले २ प्रतिशत घट्न गए खुद्रा मूल्यअनुसार असुल गर्नुपर्ने माग गरेको छ । २ प्रतिशतसम्म छुट हुँदा एक ट्यांकरमा ४ सय लिटर अपचलन गर्न पाइन्छ । प्रतिलिटर एक सयको दरले पनि ४० हजार रुपैयाँ फाइदा हुन्छ ।
यस्तै, पेट्रोलियम पदार्थ ढुवानी गर्ने टैंकट्रकमा कुनै पनि स्वीकृत मापदण्डबाहेकका अन्य फिटिङहरू जडान गरेको भेटिएमा सो कार्यबाट निगमलाई भएको हानि नोक्सानीको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिने उल्लेख छ । टैंकट्रक चालकलाई निगमको कुनै पनि ढुवानी कार्यमा बन्देज लगाउने जनाएको छ । विनियमावलीमा व्यवसायीसँग ५ वटा ट्यांकर अनिवार्य हुनुपर्ने उल्लेख छ । तर, व्यवसायीहरूले न्यूनतम ३ वटा टैंकट्रक हुनुपर्ने माग गरेका छन् ।
लोडिङदेखि अनलोडिङ डिपो १ सय किलोमिटरभित्र रहेमा उक्त दूरीलाई छोटो दूरी मानी उक्त दूरीमा सञ्चालन हुने टैंकट्रकको ढुवानी भाडा कायम रहेको प्रतिकिलोमिटरको ढुवानी भाडामा ५० प्रतिशत थप्नुपर्ने माग गरेका छन् । टैंकट्रकले पाउने तापक्रम लस अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ । निगमबाट हुने ट्यांकर नामसारी, ठाउँसारीलगायतका कार्य महासंघको सिफारिसमा मात्र गर्न व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । विनियमावलीमा टैंकट्रकको आयु २० वर्षसम्म मात्रै हुने उल्लेख छ । सोभन्दा पुरानो टैंकट्रकबाट निगमले पेट्रोयिम पदार्थ ढुवानी नगराउने पनि प्रावधान छ ।
परीक्षणमा उत्तीर्ण नहुने टैंकट्रकलाई उपयुक्तता परीक्षण उत्तीर्ण नहुन्जेलसम्म ढुवानी कार्यमा नलगाइने पनि उल्लेख छ । व्यवसायीले विरोध गरेपछि सोमबार निगमबीच छलफल भएको थियो । ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले सुधारका कुराहरू निगमले सकरात्मक रूपमा लिएको बताए । ‘सकारात्मक कुराहरू फागुन १५ भित्र निगम सञ्चालक समितिमा पेस गर्ने सहमति भएको छ,’ उनले भने ।
दुई दिनमा साढे १५ सय किलोलिटर वितरण
निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेले दुई दिनमा साढे १५ सय किलोलिटर पेट्रोल वितरण गरेको दाबी गरेका छन् । ‘आइतबार ८ सय २० र सोमबार ७ सय २५ किलोलिटर वितरण गरेका छौं । सामान्य अवस्थाको तुलनामा यो दोब्बर नै हो । मंगलबार ६ सय किलोलिटरभन्दा बढी वितरण गर्नेछौं,’ उनले भने, ‘इन्धन लोडिङमा कुनै समस्या छैन । सर्वसाधारणहरू आत्तिनु पर्देन ।’ शनिबार सार्वजनिक बिदा भए पनि २ सय किलोलिटर पेट्रोल वितरण गरेको उनले दाबी गरे ।
सर्वसाधारणहरूले इन्धन मौज्दात गरेकाले पम्पहरूमा लाइन देखिएको उनले बताए । निगमका अनुसार एउटा ट्यांकरले दुई/तीन पम्पमा वितरण गर्छ । पम्पमा खन्याएपछि इन्धन भर्न पुन: थानकोट डिपो जानुपर्छ ।
बाटोमा हुने सवारी जामका कारण पनि ढुवानीमा थप समस्या भएको काफ्लेको भनाइ छ । ‘सवारी जामका कारण थानकोटबाट कलंकीसम्म आइपुग्दा २/३ घण्टा लाग्छ,’ उनले भने, ‘जसले गर्दा समयमै पम्पसम्म पुर्‍याउन सकेका छैनौं ।’
 
Monday, February 20, 2017

लोडसेडिङ हटाएबापत कुलमान घिसिङलाई उत्कृष्टको अवार्ड

अन्नपूर्ण सोमवार, फागुन ९, २०७३  

साभार  पत्र पत्रिका बाट- http://www.annapurnapost.com/news/64959

लोडसेडिङ हटाएबापत कुलमान घिसिङलाई उत्कृष्टको अवार्ड

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूर्वाधारमा उत्कृष्ट योगदान गरेवापत अवार्ड प्रदान गरिएको छ।
नेपाल उद्योग परिसंघले घिसिङलाई पूर्वाधार विकास अन्तर्गतको विद्युत् प्राधिकरणमार्फत लोडसेडिङ हटाउन पुर्या‍‍एको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरेको हो। पूर्वाधार सम्मेलनमा घिसिङलाई पूर्वाधारमा वर्षकै उत्कृष्ट योगदान गरेबापत सम्मान गरिएको हो।
प्राधिकरणमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि घिसिङले काठमाडौं उपत्यका र बाहिरी सहरमा लोडसेडिङ हटाएर उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याएको भन्दै यो सम्मान प्रदान गरिएको पनि सीएनआईको भनाइ छ।
उपत्यकामा मोनो रेल उत्कृष्ट
सम्मेलनमा प्रस्तुत भएको विभिन्न १० वटा आइडिया मध्ये स्नेहा मेहताले प्रस्तुत गरेको काठमाडौं उपत्यकामा मोनोरेल उत्कृष्ट भएको छ। काठमाडौं उपत्यकामा बढ्दै सहरीकरणसँगै सडक यातायातको प्रयोग कठिन हुँदै गएकोले उपयुक्त विकल्प मोनोरेल हुनसक्ने उनको आइडिया रहेका छ।
यो आइडिलाई सीएनआईले पूर्वाधार सम्मेलनमा उत्कृष्ट ठहर्‍याउदै नगद एक लाख रुपैयाँ प्रदान गरेको छ। सम्मेलनमा निर्मला सुवालको यान्त्रिक रोपवेले फस्ट रनर र सुवास रिजालको रेल तथा पूर्वाधारमा तालिम प्राप्त श्रमिक हुनुपर्ने आइडियाले सेकेण्ड रनरको उपाधि जितेको थियो।
सुवाल र रिजाललाई सीएनआईले नगद ५०-५० हजार रुपैयाँसहित सम्मान गरेको छ। सीएनआईले यो वर्ष दिगो पूर्वाधार समृद्धिको आधार भन्ने नाराका साथ आयोजना गरेको दोस्रो पूर्वाधार सम्मेलनमा निजी तथा सरकारी क्षेत्रको उल्लेख्य सहमागिता रहेको थियो।

खर्च गर्न नसकेपछि बजेट संशोधन

मेनुका कार्की मंगलवार, फागुन १०, २०७३

साभार  पत्र पत्रिका बाट- http://www.annapurnapost.com/news/64967 

काठमाडौः सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित रकम खर्च गर्न नसकेपछि बजेटनै संशोधन गरेको छ । चालू आवका लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म भएको खर्च समीक्षाका आधारमा बजेट संशोधन गरिएको हो ।

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले हालसम्म भएको खर्च बाँकी दिनलाई गणना गर्दा कुल बजेटको ८९.२२ प्रतिशतमात्र खर्च हुने देखिएकाले संशोधन गरिएको जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित बजेट मध्यावधि समीक्षा कार्यक्रममा उनले भने, ‘एक खर्ब १३ अर्ब चार करोड बजेट घटाएर संशोधन गरिएको छ ।' चालू आव गएको वर्षभन्दा बजेटको आकार ठूलो भएकाले पनि खर्च कम देखिएको मन्त्रीले महराले बताए । चालू आवको बजेट गत वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।
बजेट प्रस्तुतिपछि सरकार परिवर्तन भएकाले नयाँ सरकारको स्वार्थका नयाँ कार्यक्रम मन्त्रालय पिच्छेबाट आउँदा समस्या आएको छ । नयाँ कार्यक्रमका लागि मात्र दुई खर्ब ७६ अर्ब ९० करोडको थप बजेट माग आएको मन्त्रीले जानकारी दिए । मागअनुसार बजेट दिन सक्ने अवस्था छैन । बजेट खर्च बढाउन विकासे मन्त्रालयलाई कात्तिक मंसिरमै स्पष्ट निर्देशन दिई ठूला आयोजनाको स्वयम् प्रधानमन्त्रीबाट अनुगमन गर्न थालेपछि बजेट कार्यान्वयनले गति लिए पनि खर्च सन्तोषजना नभएको मन्त्री महराको भनाइ छ । गएको वर्षको बजेट मध्यावधि समीक्षाभन्दा यस वर्ष खर्च बढेको छ ।
तै पनि सन्तोष मानेर बस्ने अवस्था छैन । गत वर्ष २८.९८ प्रतिशत चालू खर्च भएकामा यस वर्ष ३५.४२ प्रतिशत भएको छ । गत आवको तुलनामा पुँजीगत खर्च ७.१८ प्रतिशतबाट बढेर ११. ३० प्रतिशत र वित्तीय व्यवस्थाको खर्च प्रतिशत भने दुई प्रतिशतले घटेर १७. ३८ प्रतिशतमा सीमित छ । अर्थ मन्त्रालयले यस वर्षको अन्त्यसम्म ९१ प्रतिशत चालू खर्च, ८४ प्रतिशत पुँजीगत खर्च र ९४.४२ प्रतिशत वित्तीय व्यवस्था खर्च गर्ने संशोधित लक्ष्य निर्धारण गरेको छ ।
हालसम्म भएको पुँजीगत खर्चको अवस्था हेर्दा दयनीय छ । विगतदेखिको परिपाटीमा अहिले पनि सुधार आउन नसके पनि अहिले ल्याएका नीति तथा कार्यक्रमले आगामी दिनमा सुधार आउने अर्थ मन्त्रालयले भनाइ छ ।
अर्थ मन्त्रालयले समृद्ध नेपालका लागि दिगो आर्थिक विकास कार्ययोजनमा गरिएको प्रतिबद्धता, नीतिगत सुधार, चालू कार्यक्रमको पुनप्र्राथमिकीकरण गरिएकाले अबका बाँकी दिनमा बजेट खर्चमा उल्लेख्य सुधार आउने बताएको छ । सरकारले खर्च बढाउन कम खर्च भएका तथा खर्च हुन नसकेका कार्यक्रम÷आयोजनाको रकम चैत लागेपछि खर्च भएका र रकम अभाव भएका आयोजनामा रकमान्तर गर्ने भएको छ ।

पहिलो पटक राजस्व संशोधन

अर्थ मन्त्रालयले बजेट मध्यावधि समीक्षामा पहिलोपटक लक्षित राजस्वको संशोधन गरेको छ । यस वर्ष मूल्य अभिवृद्धि कर र आयकर असुली कम भए पनि वर्षको अन्त्यसम्म लक्ष्यभन्दा १३ अर्ब ४१ करोड बढी राजस्व संकलन हुने अनुमान गरिएको छ । यस वर्ष सरकारले पाँच खर्ब ६५ अर्ब ८९ करोड राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । राजस्व प्रशासनमा आएको आन्तरिक सुधार, भन्सार मूल्य तथा अन्तःशुल्क भएको वृद्धि र आयात वृद्धिका कारण राजस्व बढेको हो ।
चालू आवको पहिलो ६ महिनामा अर्थ मन्त्रालयले दुई खर्ब ७७ अर्ब ५७ करोड राजस्व असुली गरेको छ । संकलित राजस्व लक्ष्यको तुलनामा करिब ८ प्रतिशतले बढी हो । सरकारले कम राजस्व असुली भएका क्षेत्रबाट लक्षित राजस्व संकलन गर्न वैकल्पिक कार्ययोजना कार्यान्वयन गर्ने भएको छ ।
६ महिनामा साढे एक खर्ब वैदेशिक सहायता
चालू आवको पहिलो ६ महिनामा एक खर्ब ५२ अर्ब ३१ करोड वैदेशिक सहायता प्रतिबद्धता भएको छ । प्रतिबद्धतामध्ये ३८ अर्ब ३० करोड अनुदान हो भने एक अर्ब १४ अर्ब एक करोड ऋण हो । गएको वर्षमा यस्तो प्रतिबद्धता एक खर्ब ८ अर्ब ४६ करोड वदेशिक प्रतिबद्धता भएको थियो ।
वैदेशिक सहायताफर्तको रकममध्ये सबैभन्दा बढी ९० अर्ब ५० करोड पुनर्निर्माणमा प्रतिबद्धता भएको छ भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई २१ अर्ब ३४ करोड र शिक्षा मन्त्रालयलाई २० अर्ब ९४ करोड प्रतिबद्धता गरिएको छ । यस वर्षको सुरुमा वैदेशिक सहायतातर्फ ३६ अर्ब ९ करोड शोधभर्ना गर्नु पर्ने रकम रहेकोमा यो अवधिमा २१ अर्ब ३२ करोड रकम सरकारले प्राप्त गरेको छ ।

पुनर्निर्माणलाई थप २१ अर्ब ५६ करोड

अर्थ मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचना तथा पुरातात्विक महत्ववका ऐतिहासिक संरचना निर्माण गर्न थप २१ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । पुनर्निर्माण कोषमा रहेको २८ अर्ब रुपैयाँको पनि खर्च गर्ने अख्तियारी पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । सरकारले यस वर्षको बजेटमा एक खर्ब ४० अर्ब ६६ करोड पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

आर्थिक वृद्धि ६.५ प्रतिशत पुग्ने
सरकारले बजेट संशोधन गरे पनि लक्षित आर्थिक वृद्धिदर भने हासिल हुने बताएको छ । बजेट कार्यान्वयनमा मितव्ययिता, जवाफदेहिता, र पारदर्शी बनाइ बजेट खर्चलाई उत्पादनशील र नजितामुखी बनाएर ६.५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अर्थ मन्त्री महराले बताएका हुन् । अनुकूल मौसमका कारण धानको उत्पादन बढेको, मल बिउ सहजताका कारण आर्थिक वृद्धि दर लक्ष्यभन्दा घटाउनु नपर्ने बताएका हुन् ।
आपूर्ति प्रणालीमा आएको सुधार, गैरकृषि क्षेत्रको उत्पादन समेत बढ्ने अनुमान सरकारले गरेको छ । गएको वर्ष भूकम्प तथा सीमा नाका बन्दका कारण ०.७७ प्रतिशतमात्र आर्थिक वृद्धिदर कायम भएको थियो । पुनर्निर्माण तथा विकासे आयोजनामा आगामी दिनमा खर्च बढ्ने महराले बताए ।

विकासे मन्त्रालयले खर्च बढाउन सकेनन्

साउन १ मै बजेट अख्तियारी दिए पनि विकासे मन्त्रालयले पुँजीगत खर्च बढाउन सकेका छैनन् । मन्त्रालयको खर्च गर्ने क्षमता कमजोर देखिए पनि तुलनात्मक रूपमा पुँजीगत खर्च गर्न सफल मन्त्रालयमा स्वास्थ्य मन्त्रालय, सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । यी मन्त्रालयले क्रमशः २०.६० प्रतिशत, १९.०८ प्रतिशत, १८.४५ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।
यो खर्च गएको वर्षको तुलनामा बढी भए पनि यसमा सन्तोष मान्ने ठाउँ नभएको महराले बताए । ‘भौतिक तथा ऊर्जा मन्त्रालयमा खर्च बढाउनुपर्ने आवश्यकता छ', उनले भने । रानी जमरा, सिक्टा, बबई आयोजनको रकम राम्रोसँग खर्च भएकाले यसमा थप बजेट विनियोजन गर्नुपर्ने देखिएको छ भने भेरी डाइभर्सनको खर्च हुन नसकेको उनले बताए ।
त्यसैले राष्ट्रिय गौरवका र महत्ववपूर्ण आयोजनाको निर्माण कार्य दु्रत गतिमा सम्पन्न गर्ने नीति अबलम्बन गरी छुट्टै कानुन एवम् संयन्त्र निर्माण गर्नुपर्ने देखिएको छ । इन्फोनयाँ कार्यक्रमका लागि मात्र दुई खर्ब ७६ अर्ब ९० करोडको थप बजेट माग आएको छ ।

१५ खर्बको ठूला परियोजना

 नविन अर्याल बुधवार, फागुन ४, २०७३   

साभार  पत्र पत्रिका बाट- http://www.annapurnapost.com/news/64586

काठमाडौः काठमाडौंमा आयोजना हुन लागेको ‘लगानी सम्मेलन' ठूला परियोजनामा विदेशी लगानी जुटाउन केन्द्रित हुने भएको छ । सम्मेलनमा प्रस्तुत गरिने ‘प्रोजेक्ट बैंक' मा आठवटा ठूला परियोजना अगाडि सारिँदैछ । यी परियोजनाको कुल लगानी झन्डै १५ खर्ब रुपैयाँ रहेको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको सहकार्यमा फागुन १९ र २० गते लगानी सम्मेलन हुन लागेको हो ।
सरकारी तहबाट २५ वर्षपछि लगानी सम्मेलन हुन लागेको हो । यसअघि सन् १९९२ मा लगानी सम्मेलन भएको थियो । सम्मेलनका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक' तयार पारिरहेको छ । लगानी सम्मेलन सफल बनाउन उद्योग मन्त्रालय र लगानी बोर्ड लागिरहेका छन् । सम्मेलनमा विस्तृत सम्भाव्यता अध्ययन भएका, प्रारम्भिक अध्ययन भएका र कन्सेप्ट प्रोजेक्ट विदेशी लगानीकर्तामाझ प्रस्तुत गरिने बताइएको छ ।
लगानी बोर्डले अगाडि सारेका ठूला परियोजनामा रासायनिक मल कारखाना, पूर्वपश्चिम रेलमार्ग, रेलमार्गमा भारतसँग जोड्ने लिंक, काठमाडौं भ्याली मेट्रो, काठमाडौं-हेटौंडा सुरुङमार्ग, काठमाडौं-पोखरा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोसी तेस्रो रहेका छन् । यी सबै परियोजनाको सम्भाव्यता अध्ययन भइसकेको लगानी बोर्डले बताएको छ ।
रासायनिक मल कारखानाको भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन (आईडेक)ले विस्तृत सम्भाव्यता अध्ययन गरिसकेको छ । परामर्शदाताले ढल्केवरमा कारखाना खोल्न सम्भाव्यता अध्ययन गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन बोर्डले चित्त बुझाएको छैन । कारखानाबाट प्रतिवर्ष सात लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ । रासायनिक मल कारखाना खोल्न ६० अर्बदेखि एक खर्ब ३० अर्ब रुपैयाँसम्म लाग्ने अनुमान छ । कारखानाको मोडालिटीअनुसार लगानी तय हुने बोर्डले जनाएको छ ।
पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि तीन खर्ब रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान छ । विद्युतीय रेलमार्गमा भारतसँग ६ ठाउँबाट लिंक गरिने बोर्डले जनाएको छ । अत्तरिया, नेपालगन्ज, भैरहवा, वीरगन्ज, जनकपुर, विराटनगरमा पूर्वपश्चिम रेलमार्गसँग भारतीय रेलमार्ग लिंक गरिनेछ । यसका लागि २२ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
काठमाडौं उपत्यका मेट्रो परियोजना निर्माणका लागि पाँच खर्ब ४७ अर्ब २० करोड लगानी लाग्ने बोर्डले जनाएको छ । यो राजधानीको यातायात सेवा सुधारका लागि महत्ववपूर्ण परियोजना हो । निजी क्षेत्रले काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउन नसकेपछि सरकार आफैं कस्सिने भएको छ । यो परियोजना लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारीमा सरकार छ । यो परियोजना निर्माण सम्पन्न गर्न ३४ अर्ब ९० करोड लगानी लाग्ने प्रारम्भिक अनुमान छ ।
यसैगरी काठमाडौं-पोखरा रेलमार्गमा पनि लगानी जुटाउन सम्मेलनमा पहल गरिने भएको छ । यो रेलमार्ग निर्माण गर्न दुई खर्ब ८३ अर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । तामाकोसी तेस्रो निर्माणका लागि एक खर्ब लाग्ने अनुमान छ । यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सम्मेलनमा लगानी जुटाउन प्रयत्न गरिने बताइएको छ । उल्लेखित सबै ‘ड्रिम प्रोजेक्ट' हुन् । यी परियोजनामा ठूलो लगानी आवश्यक हुने भएकाले विदेशी लगानी भित्वयाउनु आवश्यक देखिन्छ ।
उद्योग मन्त्रालयका उपसचिव विमल बरालका अनुसार लगानी सम्मेलनमार्फत नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराइनेछ । सम्मेलनमा सम्भावित परियोजना प्रस्तुत गरिनुका साथै नीतिगत सुधारका विषयमा पनि लगानीकर्तालाई जानकारी गराइनेछ । ‘यो सम्मेलन लगानी भिर्‍याउने पहिलो खुड्किलो हो', उनले भने, ‘सम्मेलनले मुलुकमा लगानीको माहौल सिर्जना गरिदिने विश्वास छ ।'
सम्मेलनमा १० वटा मुलुक सहभागी हुनेछन् । विभिन्न मुलुकका सरकारी अधिकारी र निजी लगानीकर्ता गरेर तीन सयजना सम्मेलनमा सहभागी हुने उपसचिव बरालले जानकारी गराए । सम्मेलनको पहिलो दिन लगानी सम्भावना, नीतिगत सुधार र लगानीको वातावरणका विषयमा छलफल हुनेछ । दोस्रो दिन ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, पर्यटन, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलनले नेपालमा लगानीमैत्री वातावरण बनेको सन्देश विश्वभर फिँजाउन सफल हुने आयोजकको विश्वास छ । सम्मेलनमार्फत न्यूनतम एक खर्बको विदेशी लगानी प्रतिबद्धता गराउने लक्ष्य राखिएको छ । बाँकी लगानी भित्वयाउन निरन्तर पहलकदमी गरिरहने उद्योग मन्त्रालयले जनाएको छ ।