Wednesday, February 2, 2011

विद्युत् विकासमा रु.तीन अर्ब विनियोजन

कपिलदेव खनाल/नुवाकोट

विदुर, माघ ६ गते । यस वर्षदेखि नुवाकोटमा ठूला जलविद्युत् आयोजना निर्माण गरिने भएपछि चालु आर्थिक वर्षमा नुवाकोटको कुल बजेटको ७१ प्रतिशतभन्दा बढी रकम विद्युत् विकासमा विनियोजन भएको छ ।

राष्ट्रिय योजना आयोगले नुवाकोटका लागि विनियोजन गरेको तीन अर्व १३ करोड ९८ लाख ६२ हजार रुपियाँमध्ये रु. दुई अर्ब २५ करोड १५ लाख ८६ हजार विद्युत् विकासका लागि छुट्याएको छ । यो रकम कुल बजेटको ७१ दशमलव ७१ प्रतिशत रहेको छ ।

आयोगले माथिल्लो त्रिशूली-३ -ए) जलविद्युत् आयोजना निर्माणका लागि रु. एक अर्ब १८ करोड ५० लाख, देविघाट जलविद्युत् केन्द्र सुदृढीकरण कार्यका लागि रु. १९ करोड ५९ लाख ८६ हजार, त्रिशूली जलविद्युत् केन्द्र सुदृढीकरणका लागि ६० लाख र माथिल्लो त्रिशूली-३ -बी) जलविद्युत् आयोजना निर्माणका लागि रु. ५० लाख विनियोजन गरेको छ । त्यसैगरी, बेलकोट- कुमरी- चाउथे विद्युतीकरण आयोजनका लागि एक करोड ७५ लाख रुपियाँ, भद्रुटार लेखि तलाखु विद्युत्ीकरण आयोजनाका लागि रु. एक करोड ६० लाख, अधुरो ग्रामीण विद्युतीकरणका लागि रु. एक करोड ९० लाख, र सामुदायिक तथा ग्रामीण विद्युतीकरणका लागि रु. ६० लाख ४२ हजार विनियोजन गरेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।

नुवाकोटमा विद्युतीकरणका लागि गत वर्ष पनि रु। १२ करोड विनियोजन भएको थियो । गत वर्ष जिल्ला विकास समिति नुवाकोटमा प्राप्त रोयल्टीसमेत विद्युत् विकासमा मात्र खर्च गर्न पाउने गरी सशर्त निकासा भएपछि जिल्ला विकास समितिको धेरै योजना प्रभावित भएको थियो । पौने दुई करोड रुपियाँ रोयल्टी ससर्त आएपछि जिल्लाका राजनितिक दल र कर्मचारीले विरोध गरी सरकारको निर्णय फिर्ता लिन पटक- पटक दबाब लिएका थिए । उक्त रकम हालसम्म पनिखर्च हुन सकेको छैन ।

निको हुन्छ कुष्ठरोग

जीवन श्रेष्ठ

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार मनाइँदै आइएको अन्तराष्ट्रिय कुष्ठरोग दिवस यसवर्ष भोलि १६ गते परेको छ । यसवर्ष मनाइने यो दिवस ५८ औँ अन्तर्राष्ट्रिय कुष्ठरोग दिवस हो ।

नेपालमा सन् २००९ मै कुष्ठरोग निवारण भएको घोषणा भइसकेको छ । प्रति १० हजारमा एक जना भन्दा कम कुष्ठरोगी भएमा कुष्ठरोग निवारण भएको मानिन्छ । नेपालले यो लक्ष्य पार गरेको एक वर्ष भइसकेको छ । यद्यपि नयाँ कुष्ठरोगी पत्ता लाग्न र दर्ता हुन छाडेको छैन । नेपाल कुष्ठरोग नियन्त्रण विभागका अनुसार विश्वमा वाषिर्क १७ लाख कुष्ठरोगी पत्ता लाग्ने गरेका छन् । नेपालमा आ.व.२०६६/०६७ मा तीनहजार १५७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नयाँ कुष्ठरोगीमध्ये बालबालिका ६.७२ प्रतिशत र महिला ३२.६ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यसै वर्ष उपचारमा रहेका कुष्ठरोगीहरू पि.आर. दर -प्रति दश हजार) ०.७७ रहेको छ जवकि विश्वको पि.आर.दर ०.२८ मात्र रहेको छ । यसको अर्थ नेपालले विश्वको पि.आर.दरलाई पछ्याउने क्रममा छ ।

कुष्ठरोग प्राचीन कालदेखि नै पहिचानमा रहेको रोग हो । यसलाई हिन्दु लगायत क्रिश्चियन, वौद्ध धर्म र यससँग सम्बन्धित अन्य धार्मिक पुस्तकहरूमा महारोगको रूपमा व्याख्या गरिएको छ । पहिले पूर्वजन्मको पाप वा देवी देवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने मान्यता थियो । औषधिको पहिचान नभएको त्यस अवस्थामा अरूलाई पनि सर्छ भन्ने डरले वन तथा ओडारमा छुट्टै राखी खाना समेत त्यहिँ लगेर दिने चलन थियो । तल्कालीन सरकारले समेत कुष्ठरोगीहरू जम्मा गरी निश्ििचत स्थानमा लगेर आधारभूत आवश्यकताको व्यवस्था सोही स्थानमा गरिदिने व्यवस्था थियो । यसको नमुना खोकनामा अझै देख्न सकिन्छ । हाल यस मान्यतामा निकै कमी आएको तथापि वर्षौ पूर्वदेखि कायम रहँदै आएको यस्ता मान्यताको अवशेष अझै केही न केही कायमै छ भन्नु पर्दछ । । रोगीलाई दया, माया र उपचारको सट्टा हेला, तिरस्कार, सामाजिक भेदभावका र सामाजिक बहिस्कार गर्ने प्रवृत्तिका कारण कुष्ठरोगीहरू कष्टकर जीवन जिउँदै आएका छन् ।

कुष्ठरोग अन्य रोग जस्तै हो । कुष्ठरोग सूक्ष्म कीटाणुद्वारा लाग्ने रोग हो । यो दैवी श्राप वा पूर्वजन्मको पापले हुने रोग होइन । सुरुकै अवस्थामा नियमित रूपमा औषधी उपचार गरेमा पूर्णतया निको हुन्छ र अरूलाई सर्दैन । यो रोगले प्रायः गरेर छाला र स्नायुमा असर गर्दछ जसले गर्दा छालामा नचिलाउने, लाटो, फुस्रो दाग देखा पर्ने, छाला बाक्लो हुने, शरीरमा गिर्खाहरू देखा पर्ने, कानको लोती बाक्लो हुने र स्नायूमा असर गर्नाले हात, खुट्टा झम्झमाउने, स्नायु नसा दुख्ने, हात खुट्टा लाटो हुनेे र पछि गएर हात खुट्टाका मांसपेशीहरू कमजोर बनाइदिन सक्छ । यस्तो भागमा चोटपटक लाग्नाले घाउ हुनसक्छ । हात खुट्टा झर्ने, अपाङ्गता हुने, शरीर कुरूप हुने कुष्ठरोगको लक्षण होइन यस्तो कुष्ठरोगको किटाणुहरूले असर पारेको भागमा चोटपटक लागेर त्यसको उचित उपचार नहुँदा हुने गर्दछ । कुष्ठरोग धेरै कम मात्रामा सर्ने रोग हो र सबै कुष्ठरोग सर्ने खालको हुँदैन । उपचार नगरेका कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउनाले यो रोग श्वास प्रवास वा घाउ भएको छालामा प्रत्यक्ष सम्पर्क भएर सर्न सक्छ । तर उपचार गरी रहेका वा उपचार पूरा गरेका व्यक्तिबाट यो रोग सर्दैन ।

कुष्ठरोग उपचारपछि निको हुने रोग हो । यसको लागि विश्व स्वास्थ्य संगठनले बहुऔषधी उपचार -एम.डि.टी.) विधि लागू गरेको छ । हाल यो औषधि प्रत्येक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र उपस्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध छ । औषधीले शरीरमा भएका रोग ल्याउने किटाणुलाई मार्ने काम गर्छ त्यसैले रोग अरूलाई सर्दैन र शरीरमा अरू बढी हानि नोक्सानी हुन दिँदैन । उपचार भई सकेको कुष्ठ प्रभावित व्यक्तिहरूमा समेत हात खुट्टा, नसाले काम नगर्ने भई लाटो हुने भएकोले यस्ता अङ्गले गर्नु पर्ने काममा सावधानी अपनाउनु पर्ने हुन्छ । औषधी सेवनले रोग निको भए पनि यसले शरीरका अङ्गहरूमा पारेको असर भने रहिरहन्छ ।

कुष्ठरोगले मानिसको ज्यान त लिँदैन तर शारीरिक रूपमा अपाङ्गता बनाउन सक्छ । मानिसको जीविका चलाउन काम गरी खाने हात खुट्टा र आँखामा यसले असर पार्ने भएकोले शारीरिक अशक्तता गराउँछ । यो भन्दा कुष्ठ प्रभावित व्यक्तिलाई समाजले गर्ने तिरस्कार तथा भेदभाव गम्भीर प्रकृतिको छ । कुष्ठ प्रभावित व्यक्तिलाई सामाजिक गतिविधिहरूमा सहभागी हुन रोक लाग्दछ । यतिमात्र होइन परिवारबाट समेत अलगिन पुग्दछ । कुष्ठ प्रभावित व्यक्ति आफै मात्र नभई उसको छोरा नाति समेतलाई कुष्ठरोगीको फलानो नातेदार भन्ने उपनाम जोडिन पुग्छ । व्यक्तिलाई रोग लागी निको भएपछि सो रोगसँग व्यक्तिको नाम जोडिँदैन तर एक पटक कुष्ठरोग लागेको व्यक्तिलाई उसको जीवनभर कुष्ठरोगी भन्ने गरिन्छ । जुन राम्रो होइन । यस्तो व्यवहारले कुष्ठ प्रभावित व्यक्तिमा आत्मग्लानी हुन्छ र मानसिक रोगको समेत सिकार बन्न पुग्दछ ।

नेपालले कुष्ठरोग निवारण भएको घोषणा गरेको एक वर्ष भइसकेको छ अब कुष्ठरोग नेपालीहरूको जनस्वास्थ्यको समस्याको रूपमा त छैन तर नँया कुष्ठरोगीको सङ्ख्या घटाउने र हालसम्म कुष्ठ प्रभावित व्यक्तिहरूको समाजमा पुनःस्थापना गर्नु आजको मुख्य दायित्व भएको छ । उसलाई आˆनो शरीरमा थप क्षति हुन नदिन नियमित रूपमा कसरत तथा स्याहार सुसार गर्नु पर्दछ । समाजबाट अलग्यार होइन आˆनै समाजमा क्षमता अनुसारको आयआर्जन तथा जीविकोपार्जनको बाटो बनाउनुपर्दछ । परिवार र समाजबाट सहयोग, सद्भाव, माया आवश्यक पर्दछ । कुष्ठरोग किटाणुको कारणले हुने भएकाले जुनसुकै व्यक्तिलाई पनि कुष्ठरोग लाग्न सक्छ । कुष्ठ प्रभावित व्यक्ति र उनका परिवारको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि कार्यक्रम र जीवनस्तर रूपान्तरणका गराउन आर्थिक सामाजिक पुनस्र्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्दछ । कुष्ठ प्रभावित व्यक्तिहरूले सम्मानजनक जीवन जीउन पाउनु उनीहरूको मौलिक अधिकार हो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दस्तावेज अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी, २००६ मा नेपालले हस्ताक्षर गरी सकेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तै नेपाल सरकारको अपाङ्गता सम्बन्धी वर्गीकरण, २०६३ तथा अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र बितरण निर्देशिका, २०६५ मा अपाङ्गताको प्रकारमा कुष्ठरोगी उल्लेख गरिएता पनि यस सम्बन्धी जानकारी सम्बन्धित पक्षहरूमा नभएकोले कुष्ठ प्रभावित व्यक्तिहरू अपाङ्गता परिचय पत्र पाउनबाट बन्चित भएका छन्

खिल्ली उडाउँदै छन् हिज्जे नमिलेका विज्ञापनले

उपेश महर्जन


काठमाडौँ, माघ १९ गते । त्रिपुरेश्वरस्थित नेपाल टेलिकम भवन अगाडिको सडक भित्तामा तपाइँको आँखा परिहाले तपाइँले एउटा विज्ञापन देख्न सक्नुहुन्छ त्यसमा लेखिएको छ, 'करिब १ करोड ४० लाख नेपालीले आज पनि देशभरि खुला ठाउँमा हगे ।'

त्यसमा प्रयोग भएको शब्दले तपाइँलाई एकछिन चकित बनाउँछ । आम मानिसलाई सूचना र जानकारी दिन राजधानीका सडकपेटी तथा सार्वजनिक स्थलमा राखिने विज्ञापनका शब्द चयन र व्याकरणको सामान्य ख्याल नगर्दा जताततै राखिएका हिज्जे नमिलेका यस्तो सामग्रीले नेपाली भाषा र सम्बन्धित संस्थाको खिल्ली उडाइरहेको देखिन्छ ।

विज्ञापन सामग्री तथा चेतनामूलक सन्देश वा सूचना प्रवाह गर्ने साम्रगीहरू नै गलत र पट्यारलाग्दो भएपछि सम्बन्धित सर्वसाधारणले के बुझ्ने ? राजधानीका सडक र सार्वजनिक स्थलमा हिज्जे नमिलेका विज्ञापन बोर्ड छ्यापछ्याप्ती हुँदा पनि यसको नियमन गर्ने संस्था काठमाडौँ महानगरपालिकाको सूचना तथा अभिलेख विभाग आफू बेखबर रहेको बताउँछ ।

निजी विज्ञापनमा ऐजन्सी हुन् वा सरकारी निकाय सबैले सूचना दिने अभिप्रायले विज्ञापन दिन्छन् तर शब्द चयन, हिज्जे र ब्याकरणको अशुद्धिले गर्दा उनीहरूको कामले आफ्नो उद्देश्यलाई छुनु त परै जाओस् संस्थाप्रतिको आम मानिसको सोच नै नकारात्मक बन्न पुग्छ ।

सरफाइ प्रवर्द्धन गर्ने क्रममा खुला स्थानमा दिसापिसाब नगर्न सचेत पार्ने उद्देश्यले राखिएको सो विज्ञापनले स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव पार्ला तर शब्द 'हगे' ले धेरैलाई अप्ठ्यारोमा पार्छ बालबालिकाले जिज्ञासा राख्दा बुझाउन समस्या पर्छ तर यसतर्फ कसैको ध्यान पुगेको पाइँदैन ।

त्यसैगरी, सहिदगेट क्षेत्रको सडकमा ट्राफिक नियम पालना गराउन केही समय अघिसम्म राखिएको सूचना यस्तो थियो, 'अकस्मात ब्रेक न लगाउनुहोला, पछाडिकोले ठोकिएला ।' 'अकस्मात' शब्दले के भन्न खोजेको हो ? यसले सूचनाको गलत अर्थ दिन्छ र सन्देशलाई अर्थहीन बनाउँछ । सडक विस्तार गर्ने क्रममा दुई सडकलाई छुट्याउन बीचमा राखिएको आइल्याण्ड भत्काउने क्रममा अहिले सो बोर्ड हटाइएको छ । त्यसलाई फेरि अन्यत्र राख्दा भने सम्बन्धित पक्षले शुद्धाशुद्धिमा पनि ध्यान देला ।

त्यस्तै, सोही क्षेत्रमा रहेको अर्को एउटा विज्ञापन बोर्डमा 'कर तिरौँ सम्मानपूर्वक बाँचौँ ।' लेखिएको थियो । सम्मानपूर्वक हुनुपर्नेमा आकार छुटेको थियो । अर्को 'सडकपेटीमा जथाभावी पाल्तु जनावर न छाडांैँ ।' भन्ने बोर्ड थियो त्यसमा न र छाडौँ आपसमा नजोड्दा अर्थ फरक परेको छ यी विज्ञापनहरू ट्राफिक नियम पालना गर्नुपर्ने सवारी चालक र स्थानीयवासीलाई लक्ष्यित गरी राखिएका हुन् तर के यस्ता वाक्यको प्रयोगले ठीक ढङ्गले सूचना सम्प्रेषण होला ?

यी त सामान्य उदाहरण हुन् काठमाडौँ उपत्यकामा यस्ता गलत अर्थ दिने खालका थुप्रै विज्ञापन जताततै देखिन्छन् ।

काठमाडांैँ महानगरपालिकाको सूचना तथा अभिलेख विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले यो विषयमा अहिलेसम्म आधिकारिक रूपमा आफ्नो संस्थालाई थाहा नभएको बताउँदै यस्तो हुनुमा आफ्नो विभागको कमजोरी भएको स्वीकार गर्नुभयो ।

इन्टरनेट टिभी आउनै लाग्यो

विष्णु पोखरेल- टेलिभिजन च्यानल हेर्न तपाईंले पछिल्लो प्रविधि खोजिरहनुभएको छ? यसका लागि नेपालमा भर्खरै सुरु भएको डिटिएच प्रविधिमात्र होइन, त्योभन्दा अझै परिस्कृत प्रविधि पनि भित्रिँदै छ। छिमेकी भारतमा समेत सुरु भइसकेको इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु भएपछि तपाईंले टिभी हेर्न केबुल वा डिटिएचमा मात्र भर पर्नुपर्दैन।

इन्टरनेट पहुँचमा बाँधिने नेपाली बढिरहेका बेला आइपी टिभीले बजार लिने आँकलन गर्दै केही संस्थाले यसका लागि तयारीसमेत गरिसकेका छन्। नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका निजी संस्थामात्र होइन सरकारी स्वामित्वको नेपाल टेलिकमले समेत आइपी टिभी चलाउने तयारी गरिरहेको छ। नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायकमध्येको वर्ल्ड लिंक कम्युनिकेसनले यसका लागि सञ्चार मन्त्रालयमा प्रस्ताव पेस गरेको नौ महिना भइसक्यो। तर, अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन।

'तारवाला र वायरलेस इन्टरनेटबाट आइपी टिभी चलाउन मन्त्रालयमा प्रस्ताव पेस गरेका हौ,' वर्ल्ड लिंकका जनसम्पर्क निर्देशक पवन शाक्यले भने। उनले इन्टरनेटसँग कनेक्सन गरेपछि लाइभ र रेकर्डेड दुवै टेलिभिजन कार्यक्रम हेर्न मिल्ने गरी आइपी टिभी सञ्चालनको अनुमति मागेको जानकारी दिए।

यो टिभी हेर्न टेलिभिजन सेट नभई कम्प्युटर आवश्यक पर्छ। केबुल, रेडियो लिंक, अप्टिकल फाइबरबाट प्रसारण गरिएको टेलिभिजन प्रोग्रामलाई कम्प्युटर सेटमा हेर्न सकिन्छ। वर्ल्ड लिंकले सुरुमा पाँच नेपाली समाचारमूलक टिभी च्यानललाई आइपी टिभीबाट प्रसारण गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ। आइपी टिभी केबुल टिभीजस्तै हो। तर, केबुल टिभीको जस्तो तार नभए पनि रेडियो लिंकबाट हेर्न सकिन्छ।

'यसबाट जति पनि च्यानल प्रसारण गर्न सकिन्छ, अहिले परीक्षणका लागि मात्र पाँचवटा नेपाली च्यानल प्रसारण गर्न खोजेको हौं,' शाक्यले भने। कम्पनीले आन्तरिक प्रयोजनका लागि मन्त्रालयबाट पाएको २.५, ५.१ र ५.२ मेगाहर्ज फ्रिक्वेन्सीबाट आइपी टिभी प्रसारण गर्ने अनुमति मागेको हो।

आइपी टिभीका ग्राहकले एउटै तार वा रेडियो लिंकबाट इन्टरनेट चलाउने र टिभी हेर्न सक्छन्। यसको लागि मासिक शुल्क ५ सय रुपैयाँ प्रस्ताव गरिएको छ। 'यो प्रस्तावमात्र हो, यसलाई मन्त्रालयले चलाउने स्वीकृति दिए शुल्क घटबढ गर्न सकिन्छ,' उनले भने। आइपी टिभी हेर्न ग्राहकले २५६ केबिपिएस वा योभन्दा बढी गतिको इन्टरनेट प्रयोग गर्नुपर्छ। जति धेरै ब्यान्डविथको इन्टरनेट भयो, त्यति धेरै च्यानल हेर्न सकिन्छ।
मन्त्रालयका अधिकारीले वर्ल्ड लिंकबाट आइपी टिभी चलाउन प्रस्ताव आए पनि फ्रिक्वेन्सी व्यवस्थापन समितिले निर्णय नगर्दा अहिलेसम्म अनुमति नपाएको जानकारी दिए। 'आइपी टिभी चलाउन प्रस्ताव आएको हो, तर उनीहरूले मागेको फ्रिक्वेन्सीमा चलाउन मिल्ने नमिल्ने भन्ने समितिले निर्णय गरिसकेको छैन,' मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद गुरागार्इंले भने। फ्रिक्वेन्सीको विषयमा निर्णय गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा रहेको उक्त समितिको स्वीकृति आवश्यक हुन्छ। पहिले नै वर्ल्ड लिंकले प्रयोग गरिरहेको फ्रिक्वेन्सी आन्तरिक प्रयोगको लागि पाएकाले आइपी टिभीलाई दिन नमिल्ने समितिका सदस्यहरूको राय छ। तर, यस विषयमा निर्णय भई नसकेको गुरगाईंले जानकारी दिए।
वर्ल्ड लिंकले भने अहिलेकै फ्रिक्वेन्सी पाउने हो भने बढी राजस्व सरकारलाई तिर्न तयार भएको जनाएको छ। 'मन्त्रालयले अहिले हामीले प्रयोग गरिरहेको फ्रिक्वेन्सी नदिने नै भनेर निर्णय दिइसकेको छैन,' शाक्यले भने, 'तर, यस विषयमा समितिले चाँडै निर्णय गरे सजिलो हुन्थ्यो।' आफूहरूले अनुमति पाए तत्कालै उपकरण किनेर आइपी टिभी सुरु गर्ने उनले बताए। 'भविष्यमा यसको बजार राम्रो हुन्छ,' उनले भने, 'अहिले पनि धेरैको चासो छ।'

सरकारले स्वीकृति दिएमा वर्ल्ड लिंक नेपालको पहिलो आइपी टिभी सेवा सुरु गर्ने कम्पनी बन्ने तयारीमा छ। भारत, पाकिस्तान, श्रीलंकामा पनि केही कम्पनीले आइपी टिभी सुरु गरिसकेका छन्। अमेरिकामा एटिएन्डटी कम्पनीले आइपीमार्फत् १ सय च्यानल ग्राहकलाई दिइरहेको छ। भारतमा केरला भिजनले पहिलोपल्ट चेन्नईमा आइपी टिभी सुरु गरेको हो। कम्प्युटर नभए पनि केही नयाँ मोडलका टेलिभिजन सेटमा आइपी टिभी हेर्न सकिन्छ।
टेलिफोन, इन्टरनेट र आइपी टिभी एकै तारबाट चालाउन मिल्ने प्रविधि विकास गर्ने घोषणा गरेको नेपाल टेलिकमले भने नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) आएपछि मात्र सेवा सुरु गर्ने जनाएको छ। 'एनजिएन नआइ हामी आइपी टिभी सेवामा जाँदैनौं,' टेलिकमका नायबप्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले भने, 'एनजिएन आएपछि आइपी टिभी पनि सुरु हुन्छ।' टेलिकमले एक वर्षअघि आइपी टिभी सञ्चालन गर्ने घोषणा गरेको थियो। तर, एनजिएनको ठेक्का प्रक्रियालाई अख्तियारले रद्द गरेपछि यो सेवा सञ्चालनमा अझै ढिलो हुने भएको छ।

अहिले सञ्चालनमा रहेको एडिएसएल इन्टरनेट सेवामार्फत् आइपी टिभी चलाउन सकिने भए पनि टेलिकमले आफ्नो प्रविधि परिस्कृत नगरी यस्तो टिभी नचलाउने प्रवक्ता सुरेन्द्र थिकेले बताए। 'एनजिएनको एउटा भागका रूपमा आइपी टिभीसमेत आउँछ,' उनले भने।
केबुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुका सञ्चालक सुधीर पराजुली भने अहिले नेपालमा आइपी टिभीको बजार राम्रो भई नसकेको बताउँछन्। 'यो प्रविधि अहिले मह"गो छ,' उनले भने, 'भारतमा समेत दुइटा कम्पनी चल्न नसकेको अवस्था भएकाले यहाँ बजार बलियो भइसकेको छैन।' उनले भविष्यमा आइपी टिभीमा जानुपर्ने भए पनि अहिले नै जानु चाहिँ हतार हुने तर्क गरे।


के हो आइपी टिभी?
इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) भनेको इन्टरनेटको माध्यमबाट चल्ने टेलिभिजन हो। अहिले सञ्चालनमा रहेका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटरमा हेर्न मिल्ने प्रविधिलाई आइपी टिभी भनिन्छ। आइपी टिभीलाई इन्टरनेट, ब्रोडब्यान्ड, रेडियो फ्रिक्वेन्सी, स्याटेलाइट र केबुलका माध्यमबाट चलाउन सकिन्छ।
लाइभ टेलिभिजन, टाइम सिफ्टेड प्रोग्रामिङ र भिडियो डिमान्ड गरी तीन प्रकारका यस्ता प्रसारण चल्तीमा छन्। आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा वा वेबमा आधारित मल्टिमिडिया सर्भिस भन्न सकिन्छ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रशारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ।

सन् २००५ मा एलाइन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। पहिलोपल्ट १९९४ मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु-सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु गरियो। अहिले भने एमपिइजी फोर प्रविधिमा यस्ता टिभी सञ्चालन गरिन्छ। नेपालमा भर्खरै सेवा सुरु गरेका डाइरेक्ट टु होम (डिटिएच) प्रसारण पनि यही प्रविधिमा आधारित छन्।

आइपी टिभीमा प्रसारण भइसकेको टिभी कार्यक्रमलाई रेकर्ड गरेर पनि हेर्न मिल्छ। सीमित च्यानलको मात्र सेवा लिएर चलाउन पनि सकिन्छ। आफूलाई मन पर्ने कार्यक्रम रेकर्डका लागि स्वचालित रूपमा मिलाएर राख्ने र पछि हेर्न सकिने भएकाले यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ। भारतको दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले पनि यस्तो सेवा सुरु गरिसकेको छ।

धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी

सरस्वती पन्त भट्टराई



नेपालमा प्रशस्तरूपमा धार्मिक पर्यटकीय छन् । त्यसमध्येको दाउन्ने डेवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाडमा दाउन्ने देवीको mandir avasthit रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा पनि भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, तमासपुर गाविस तत्काल मंगलपुर गाविसमा पर्दथे । त्यतिबेला पाल्पाका राजा मणि मुकुन्द सेन थिए । पछि १८६६ मा एकीकरण भएपछि नेपाल अधिराज्यमा गाभिएको थियो ।

महेन्द्र राजमार्गबाट ३० कि.मी. जति पूर्वी उकालो लागेपछि दाउन्ने गाविस वडा नं. ५ मा देवीको तीन तले मन्दिर छ । राजा मणिमुकुन्द सेनका दुईवटा रानीमध्ये कान्छी रानी लामो समयसम्म बिरामी परिन् धेरै औषधि उपचारपछि पनि निको नहुँदा चिन्तित भएको बेला सपनामा देवीको स्थापना गरी पूजा गरेको देखेकी ले र पहिले देखि नै रेग्मी खान्दानले नै पूजा गर्दै आएका थिए । सुरूबाट नै मन्दिरको पूजा आजा तथा रेखदेख जमिन्दार रहेका केसी र रेग्मी खान्दानले गर्दै आएका छन । उनैको पुस्तेउली सन्तान हुँ भन्ने यज्ञप्रसाद रेग्मीकाअनुसार पहिले वनदेवी भनी पूजा गरिन्थ्यो पछि गएर दाउन्ने देवीको नामले प्रख्यात भएको पाइन्छ । वृटिश सरकारले बाटो बनाउँदा दामन्ने डाँडा भन्दाभन्दै डाँडाको नाम दाउन्ने रहेको र पछि गएर दाउन्नेदेवीको नामले प्रख्यात् भएको भनिन्छ ।

नैनित्य पूजामा शनिवार, पञ्चमी, सप्तमी, अष्टमी र पूणिर्माका दिन बली दिइन्छ । चैते दसैं र बडा दसैँमा मेला लाग्ने गर्दछ । चैते दसैंमा धुमधाम मेला लाग्दछ । पूजा गरेर परेवा उडाउने चलन व्यापक छ । भाकल गर्ने र भाकल पूरा भएपछि पूजा गर्ने चलन छ । देवीले मनोरथ पूरा गर्ने जनविश्वास छ । यसै सन्दर्भमा मन्दिरमा पूजा गर्न आएकी तम्सरिया २, बसन्तपुर बस्ने ७६ वषिर्या फट्टकिाकुमारी पन्तको अनुभव उल्लेख छ । यस्तैमा एक गाउँले ठकुर्नी दिदीले दाउन्ने देवीको सबैले सुन्ने गरी ठूलो स्वरमा मैले कान सुन्न सकुँ भनी पूजा गर्नुभएमा सुन्नुहुन्छ भनी आफ्नो त्यस्तै अनुभव सुनाएपछि यहाँ आई पूजा गरेपछि कान सुन्न थालेको उहाँ भन्नुहुन्छ । राम्रो मनले कामका लागि चिताएको पुग्ने सोही ठाउँका लक्ष्मी पाठक र भवीसरा मगरले थपे ।

विकास तथा रेखदेख

मन्दिरको संरक्षण तथा व्यवस्थापन दाउन्ने देवी व्यवस्थापन समिति -२०४९ ल़े गर्दछ । दाउन्ने देवीको हालको मन्दिर २०५३ सालमा सुरू भई २०५५ सालमा निर्माण कार्य पूरा भयो । बेलाबेलामा अध्ययन, अनुसन्धान तथा उत्खनन् कार्य भएका छन् । २०३२ सालमा तीन वटा शिला भेटिएका थिए । त्यस्तै २०५३ मा ऋषिराम शर्माको अध्यक्षतामा भएको उत्खननमा १ लेखिएका पैसाहरू भेटिएका थिए भनी स्थानीय वासीको भनाइ थियो । अनिवार्य मुठ्ठी दान र भेटीबाट गौशालाको रेखदेख भएको छ । अन्य आम्दानीको स्रोतहरूमा मन्दिरमा गरिने ब्रतबन्ध र बलीस्वरूप उठ्ने रकम रहेको छ । हराभर जङ्गलको बीचमा अवस्थित यस स्थानमा पुग्ने कुनै कठिनाई छैन । शनिबार दर्शनार्थी र वनभोज जानेको भीड लागेको हुन्छ । दाउन्नेको नजिक दुम्किबास बर्दघाटमा प्रशस्त होटेल लजहरू छन् । पर्यटन प्रवर्द्धनका लागि पिकनिक स्थल, रिसोर्ट खोल्ने, पर्यटकका लागि स्थानिय स्तरमा त्यहाँका मुख्य आदिबासी थारू भएकोले उनीहरूको संस्कृति झल्किने भेषभूषा, रहनसहन परिपाटिको विकास गर्नुपर्ने आवश्यक महसुस गरिन्छ । स्थानीय प्रचलित खाना तथा पेय पदार्थको प्रयोग र त्यो ठाउँलाई चिनाउने वस्तुको उपहार दिन सकियो भने सुनमा सुगन्ध थपिन्छ । सुनौली नाकाबाट लुम्बिनी तिलौराकोट अवलोकन गरी काठमाडौँ आउने पर्यटकलाई बर्दघाटमा कम्तिमा एक रात बास बसाली त्रिवेणीधाम घुमाउनुको साथै दाउन्नेको रमणीय दृश्यावलोकन पश्चात चितवन लैजाने र काठमाडौँबाट चितवन हुँदै लुम्बिनी जाने पर्यटकलाई दुम्किवास वा दाउन्नेमा बास बसाली दाउन्ने र त्रिवेणीको पछि मात्र लुम्बिनीको यात्रा गराएमा पर्यटन विकासमा गतिलो टेवा पुग्ने प्रष्ट छ ।

Tuesday, February 1, 2011

नेपाल गोवरमेंट का साइट हरु

Department of Agriculture
Address : Harihar Bhawan, Lalitpur
Tel : 977-1-5521323
Fax :
Email :
Website :

Department of Cooperatives
Address : Baneshwor, Kathmandu
Tel : 977-1-4465362, 4461177
Fax :
Email : sahakaribivag@gmail.com
Website : http://www.deoc.gov.np

Department of Food Technology and Quality Control
Address : Babarmahal, Kathmandu, Nepal
Tel : 977-1-4262369, 4262741, 4251132
Fax : 977-1-4262337
Email : info@dftqc.gov.np
Website : http://www.dftqc.gov.np

Department of Livestock Service
Address : Lalitpur
Tel : 977-1-5522056, 5521610
Fax :
Email :
Website :

Ministry of Commerce and Supplies

Department of Commerce
Address : Babarmahal, Kathmandu
Tel : 977-1-4247912
Fax : 977-1-4249603
Email : docom@wlink.com.np
Website :

Ministry of Defense

Office of the Defense Account Controller
Address : Sundhara, Kathmandu
Tel :
Fax :
Email :
Website :

Ministry of Education

CTEVT
Address : Sanothimi, Bhaktapur
Tel : 977-1-6630679
Fax : 977-1-6630788
Email :
Website :

Curriculum Development Centre
Address : Sanothimi, Bhaktapur
Tel : 977-1-6630588
Fax : 977-1-6630797
Email :
Website :

Department of Education
Address : Sanothimi, Bhaktapur
Tel : 977-1-6631075
Fax : 977-1-6630972
Email :
Website :

Higher Secondary Education Board
Address : Sanothimi, Bhaktapur
Tel : 977-1-6631590
Fax :
Email :
Website :

Janak Educational Material Centre
Address : Sanothimi, Bhaktapur
Tel : 977-1-6631162
Fax : 977-1-6630788
Email :
Website :

National Centre for Education Development
Address : Sanothimi, Bhaktapur
Tel : 977-01-630766, 634339, 631276, 630180
Fax :
Email : nced@ntc.net.np
Website : http://www.nced.gov.np

Ministry of Energy

Department of Water Induced Disaster Prevention
Address : Pulchowk, Lalitpur
Tel : 977-1-5535407, 5535505
Fax : 977-1-5523528
Email : dwidp@wlink.com.np
Website :

Electricity Development Board
Address : Baneswore, Kathmandu
Tel : 977-1-4479507, 4496800, 4481408
Fax : 977-1-4480257
Email : doed@pondp.wlink.com.np
Website : http://www.doed.gov.np

Ministry of Environment

Department of Hydrology and Metrology
Address : Babar Mahal, Kathmandu
Tel : 977-1-4255920, 4262974
Fax : 977-1-4254890, 4262348
Email : dg@dhm.gov.np
Website : http://www.dhm.gov.np

Ministry of Federal Affairs, Parliamentary Affairs, Constituent Assembly and Culture

Department of Archaelogy
Address : Ramshah Path, Kathmandu
Tel : 977-1-4250683
Fax :
Email : archaelogy@infoclub.com.np
Website :

Ministry of Finance

Department of Customs
Address : Tripureswore,Kathmandu
Tel : 977-1-4259942
Fax : 977-1-4259808
Email : npdoc@ntc.net.np
Website : http://www.customs.gov.np

Department of Inland Revenue
Address : Lazimpat, Kathmandu
Tel : 977-01-4415802
Fax : 977-01-4411788
Email : admin@ird.gov.np
Website : http://www.ird.gov.np

Department of Revenue Investigation
Address :
Tel :
Fax :
Email :
Website :

Office of the Finance Comptroller General
Address : Anamnagar, Kathmandu
Tel : 977-01-4438536, 4438545, 4414325
Fax : 977-01-4414651
Email : info@fcgo.gov.np
Website : http://www.fcgo.gov.np

Ministry of Foreign Affairs

Department of Hospitality
Address : Maharjgunj, Kathmandu
Tel : 977-1-4413474, 4413475
Fax :
Email :
Website :

Ministry of Forests and Soil Conservation

Department of Botany
Address : Thapathali, Kathmandu
Tel : 977-1-4251161(DG)
Fax : 977-01-4251141
Email : banaspati@flora.wlink.com.np
Website :

Department of Forest
Address : Babarmahal, Kathmandu
Tel : 977-1-4220303, 4221231, 4256227
Fax : 977-1-4254305
Email : info@dof.gov.np
Website : http://www.dof.gov.np

Department of Forest Research and Survey
Address : Babar Mahal, Kathmandu
Tel : 977-1-4220482, 4269491
Fax : 977-1-4220159
Email : forest@wlink.com.np,
Website :

Department of National Parks and Wildlife Conservation
Address : Babarmahal, Kathmandu
Tel : 977-1-4220912, 4220850
Fax : 977-1-4227926
Email : dnpwc@bdcin.wlink.com.np
Website : http://www.dnpwc.gov.np

Department of Soil and Watershed Management
Address : Babar Mahal, Kathmandu
Tel : 977-1-4220552, 4220828
Fax : 977-1-4221067
Email :
Website :

Ministry of General Administration

Civil Service Personnel Records
Address : Harihar Bhawan, Lalitpur
Tel : 977-1-55212989
Fax : 977-1-5526949
Email :
Website : http://www.docpr.gov.np

Ministry of Health and Population

Department of Ayurveda
Address : Teku, Kathmandu
Tel : 977-1-4269910, 4269911
Fax : 977-1-4269912
Email :
Website :

Department of Drug Administration
Address : Madan Bhandari Path-4, Bijulibazar, New Baneswor, Kathmandu
Tel : 977-1-4780432, 4780227
Fax : 977-1-4780572
Email : dda@healthnet.org.np
Website : http://www.dda.gov.np

Department of Health Services
Address : Teku, Kathmandu
Tel : 977-1-4262063
Fax : 977-1-4261817
Email :
Website :

Ministry of Home Affairs

Department of Immigration
Address : Bhrikutimandap, Kathmandu.
Tel : 977-1-4223590, 4222453, 4223681, 4221996, 4224757
Fax : 977-1-4223127
Email : deptimi@ntc.net.np
Website : http://www.immi.gov.np

Department of Prison Management
Address : Kalikasthan, Kathmandu
Tel : 997-1-4444552, 4444553
Fax : 977-1-4444553
Email :
Website :

Police Headquarters
Address : Naxal, Kathmandu
Tel : 977-1-4415602
Fax :
Email :
Website : http://www.nepalpolice.gov.np

Ministry of Industry

Department of Cottage and Small Industries
Address : Tripureshwor, Kathmandu
Tel : 977-1-4259875
Fax : 977-1-4259747
Email : docsi@wlink.com.np
Website : http://www.dcsi.gov.np

Department of Industry
Address : Tripureshwor, Kathmandu
Tel : 977-1-4261203
Fax : 977-1-4261112
Email : info@doind.gov.np
Website : http://www.doind.gov.np

Department of Mines and Geology
Address : Lainchaur, Kathmandu
Tel : 977-1-4414740
Fax : 977-1-4414806
Email : dmg_plan@infoclub.com.np
Website : http://www.dmgnepal.gov.np

Department of Nepal Bureau of Standards and Metrology
Address : Balaju, Kathmandu
Tel : 977-1-4350818
Fax : 977-1-4350689
Email : nbsm@nbsm.gov.np
Website : http://www.nbsm.gov.np

Office of the Company Registrar
Address : Tripureshwor, Kathmandu
Tel : 977-1-4263090
Fax : 977-1-4259961
Email : cro@fol.com.np
Website : http://www.cro.gov.np

Ministry of Information & Communication

Department of Information
Address : Airport, Kathmandu
Tel :
Fax :
Email :
Website :

Department of Irrigation
Address : Jawalakhel, Lalitpur
Tel : 977-1-5537136
Fax : 977-1- 5537169
Email : irrigation@wlink.com.np
Website : http://www.doi.gov.np

Department of Postal service
Address : Dillibazar, Kathmandu
Tel : 977-1-4410224, 4421286
Fax : 977-1-4414688
Email : psd@wlink.com.np
Website : http://www.nepalpost.gov.np

Department of Printing
Address : Singha Durbar, Kathmandu
Tel :
Fax :
Email :
Website :

Ministry of Irrigation

Ministry of Labour & Transport Management

Department of Transport Management
Address : Lazimpat, Kathmandu
Tel : 977-1-44463341, 4446342
Fax : 977-1-4446340
Email : ddt@dotm.gov.np
Website :

Ministry of Land, Reform and Management

Department of Land Reform and Management
Address : Babar Mahal, Kathmandu
Tel : 977-1-4226988, 4220028
Fax : 977-1-4230585
Email : dlr@wlink.com.np
Website : http://www.landdepartment.gov.np

Department of Survey
Address : Minbhawan, Kathmandu
Tel : 977-1-4479416, 4482713
Fax : 977-1-4482957
Email : survey@dept.wlink.com.np
Website : http://www.dos.gov.np

Ministry of Law and Justice

Ministry of Local Development

DoLIDAR
Address : Jawalakhel, Lalitpur
Tel : 977-1-5521021,5546355,5546354,5555001
Fax : 0977-1-5531850
Email : info@dolidar.gov.np,
Website : http://www.dolidar.gov.np

Ministry of Peace and Reconstruction

Ministry of Physical Planning and Works

Department of Road
Address : Babarmahal, Kathmandu
Tel : 977-01-4262693,
Fax : 977-01-262993
Email : dgdor@ntc.net.np
Website : http://www.dor.gov.np

Department of Urban Development and Building Construction
Address : Babarmahal, Kathmandu
Tel : 977-01-4262945, 4262466, 4262365
Fax : 977-01-4262439
Email : dudbc@ntc.net.np, dudbc@most.gov.np
Website :

Department of Water Supply and Sewerage
Address : Panipokhari, Kathmandu
Tel : 977-01-4413744, 4414539
Fax : 977-01-4419802
Email : nmipe@wlink.com.np
Website : http://www.dwss.gov.np

Ministry of Tourism and Civil Aviation

Civil Aviation Authority of Nepal, Central Office
Address : Babarmahal, Kathmandu
Tel : 977-01-262326, 4262518
Fax : 977-01-4262516
Email : cnsatm@mos.com.np
Website : http://www.caanepal.org.np

Ministry of Women, Children and Social Welfare

Department of Women Development
Address : Pulchowk, Lalitpur
Tel : 977-1-5547013, 5526779
Fax : 977-1-5521214
Email : dwd@hons.com.np
Website :

Ministry of Youth and Sports

बूढीगण्डकी आयोजना निर्माण हुने

बलराम बानिया

काठमाडौ, माघ १९ , २०६७

- सरकारले मुलुकमा बढ्दो लोडसेडिङ समस्या सम्बोधन गर्न ६ सय मेगावाट विद्युत् उत्पादन क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले प्रधानमन्त्री माधवकुमार नेपाल, योजना आयोगका पदाधिकारी, अर्थमन्त्री तथा सचिवलगायतसित छलफल गरी स्वदेशी पुँजी परिचालन गरी १ खर्ब २० अर्ब रुपैयाँ अनुमानित लागत भएको महत्त्वाकांक्षी आयोजना अघि बढाउने तयारी गरेको हो ।

सरकारले ५/६ वर्षभित्र मुलुकलाई लोडसेडिङ समस्याबाट मुक्त गर्न सबभन्दा बढी विद्युत् माग भएको राजधानी (मुख्य लोड सेन्टर) बाट नजिकको बूढीगण्डकी आयोजनालाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षदेखि काम थाल्ने तयारी गरेको हो । विस्तृत अध्ययन भइसकेको सुदूरपश्चिमको पश्चिम सेती र सम्भाव्यता अध्ययनमात्र भएको मध्यपश्चिमको नौस्यालगाढ आयोजना निर्माणको सम्भाव्यताबारे छलफल भए पनि छोटो लम्बाइको प्रसारण लाइन र सडक बनाए पुग्ने बूढीगण्डकी सुरु गर्न उपयुक्त हुने निष्कर्षमा मन्त्रालय पुगेको जानकारी स्रोतले दिए ।

पृथ्वीराजमार्गमा पर्ने धादिङको बेनीघाटबाट २ किलोमिटर उत्तरमा आयोजनाको बाँध र विद्युत् गृह रहनेछ । धादिङ र गोरखाको सीमामा पर्ने आयोजनास्थलसम्म कच्ची सडक पुगिसकेको छ । अत्यधिक माग भएको बेला ६ सय मेगावाट बिजुली उत्पादन गर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना बनेपछि बगेको पानी (रन अफ रिभर) आयोजनाको बाहुल्य रहेको मुलुकको विद्युत् प्रणालीलाई बाह्रैमास भरपर्दो र लोडसेडिङमुक्त बनाउने विश्वास ऊर्जाका अधिकारीहरूको छ ।

मुलुकमा वर्षायाममा ६ सय ५० मेगावाट विद्युत् उत्पादन हुने भए पनि हिउँदमा नदीमा पानी घटेर त्यसको एक तिहाइमात्र उत्पादन हुन्छ, जसले गर्दा हिउँदयाममा बढी लोडसेडिङ हुने गरेको छ । वर्षामा जम्मा भएको पानीबाट विद्युत् आवश्यकता भएको जुनसुकै बेला उत्पादन गर्न सकिने जलाशययुक्त बूढीगण्डकी आयोजना बनेपछि मुलुकको विद्युत् प्रणालीमा सन्तुलन आई लोडसेडिङलाई अन्त्य गर्न सकिने ऊर्जाका अधिकारीहरू बताउँछन् । आयोजना आगामी ६ वर्षमा बन्नेछ ।

ती अधिकारीका अनुसार अर्थ मन्त्रालयले उक्त आयोजना अघि बढाउन आवश्यक बजेट दिने र स्वदेशी वित्तीय संस्थाबाट ऋण लिँदा ग्यारेन्टी बसिदिने सम्बन्धमा सकारात्मक संकेत दिएपछि ऊर्जाले निर्माण प्रक्रिया अघि बढाउन लागेको हो । ऊर्जाका अधिकारीले आयोजना निर्माण गर्न आवश्यक पुँजी जुट्ने विश्वाससमेत व्यक्त गरे । कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकबाट करिब ७० अर्ब रुपैयाँसम्म ऋण लिन सकिने र बाँकी रकम सरकारले वाषिर्क बजेटबाट बेहोर्ने विश्वास ऊर्जाका अधिकारीहरूको छ । 'डीपीआर सकिएपछि आयोजना निर्माण गर्न पाँच वर्ष लाग्छ, सरकारले एक वर्षमा आफ्नै स्रोतबाट वर्षेनि ८ देखि १० अर्ब रुपैयाँ बजेट विनियोजन गर्न सकिन्छ, बाँकी वित्तीय संस्थाबाट स्रोत जुटाउन सकिन्छ' ती अधिकारीले भने । उनले पहिला स्वदेशी पुँजीमा आयोजना निर्माण सुरु गर्ने र एसियाली विकास बैंक तथा विश्व बैंकबाट सहुलियत ऋण लिन सक्ने विकल्पलाई समेत खुला राखिने जानकारी दिए । सरकारकै अगुवाइमा स्वदेशी पुँजीबाटै यसै वर्षदेखि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । बूढीगण्डकी आयोजना अघि बढाइएमा यो मुलुककै सबभन्दा ठूलो जलविद्युत् आयोजना हुन्छ ।

यसैबीच बूढीगण्डकी आयोजनालाई अघि बढाउने तयारी स्वरूप सरकारको उच्चस्तरीय टोलीले बुधबार स्थलगत अध्ययन गर्ने भएको छ । ऊर्जामन्त्री प्रकाशशरण महत, अर्थमन्त्री सुरेन्द्र पाण्डे, योजना आयोगका भौतिक पूर्वाधार हेर्ने सदस्य दिनेशचन्द्र देवकोटा, ऊर्जा सचिव शीतलबाबु रेग्मी, अर्थसचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक जिवेन्द्र झासहितका अधिकारले धादिङको बेनीघाटबाट २ किलोमिटर उत्तरमा पर्ने प्रस्तावित बूढीगण्डकी आयोजना स्थलगत अध्ययन भ्रमण गर्नेछन् । उच्च अधिकारीहरूले जलाशययुक्त उक्त आयोजनाका कारण प्रभावित हुन सक्ने स्थानीयबासीसित समेत छलफल गर्ने कार्यक्रम छ ।



प्रकाशित मिति: २०६७ माघ १९ ०८:३८