Monday, May 29, 2017

सात वर्षमा १७ हजार मेगावाट बिजुली अन्न्पूर्ण मंगलवार, जेठ १६, २०७४

पत्र पत्रिका बाट  -साभार                        http://annapurnapost.com/news/72023

सात वर्षमा १७ हजार मेगावाट बिजुली

अन्न्पूर्ण मंगलवार, जेठ १६, २०७४ 0 1425 पटक पढिएको


काठमाडौं : १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा कार्यान्वयन नहुँदै सरकारले 'सात वर्षमा १७ हजार मेगावाट' उत्पादन गर्ने उद्घोष गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसद्मा पेस गरेको बजेटमा सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्र्वाकांक्षी घोषणा भएको हो । ०६५ सालमा प्रधानमन्त्री भएका बेला दाहाल सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणासहित सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयनमा त्यसपछिका कुनै पनि सरकारले चासो देखाएका थिएनन्।
बजेटमार्फत सरकारले ८ हजार मेगावाट जलाशययुक्त र बाँकी अर्धजलाशययुक्त (पिकिङ) तथा नदी प्रवाही आयोजना गरी १७ हजार मेगावाटको हिसाब अघि सारेको हो । यसअनुसार चर्चामा रहेका बूढीगण्डकी, पश्चिम सेती, नलसिंहगाड, सुनकोसी-२, सुनकोसी-३, भेरी-१, दूधकोसी, उत्तरगंगा, तमोरलगायत जलाशययुक्त छन् । ऊर्जा मन्त्रालयले जारी गरेको उत्पादन (जेनेरेसन) अनुमतिपत्र, विद्युत् प्राधिकरणले निजी क्षेत्रसित गरेको विद्युत् खरिद सम्झौता (पीपीए) र निर्माणको सूचीमा रहेका आयोजनासमेत गरी १७ हजार मेगावाटको सूची तय गरिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
'उज्यालो नेपाल अभियान'अन्तर्गत 'नेपालको पानी जनताको लगानी' कार्यक्रममार्फत उक्त लक्ष्य हासिल गर्ने बजेटले घोषणा गरेको हो । बजेटमा 'संघ, प्रदेश र स्थानीय सरकारको लगानी, विदेशमा श्रम गरिरहेका युवा एवं जनआन्दोलनका योद्धा तथा घाइतेका साथै आमनेपालीको लगानी, सार्वजनिक संस्थाहरूको पुँजी तथा वैदेशिक लगानीका माध्यमबाट विद्युत् क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाइने' उल्लेख छ ।
बजेटले पहिलोपटक खाना पकाउने एलपी ग्यास विस्थापन गर्ने घोषणा गरेको छ । आवासीय प्रयोजन तथा उद्योग क्षेत्रको माग पूरा गर्न खाना पकाउने ग्यास विस्थापन गर्न एवं विद्युतीय यातायातको विकास गर्न आवश्यक विद्युत् शक्ति उत्पादन र वितरण गरी पेट्रोलियम पदार्थको परनिर्भरतालाई न्यून गरिने बजेटमा उल्लेख छ ।
विद्युत् उत्पादन क्षमता विस्तार गर्न निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीको लगानीमा पाँच सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण कार्य अघि बढाइने बजेटमा प्रस्ताव छ । यसका लागि ऊर्जा मन्त्रालयले अघिल्लो साता कर्मचारी सञ्चय कोषलाई पाँच सय मेगावाटको बेथान कर्णाली जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको थियो ।
प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणका लागि छुट्टै कम्पनी गठन गरिसकेको छ भने सरकारले पनि छुट्टै उत्पादन कम्पनी स्थापना गरेको छ ।
हालसम्म पहिचान भएका जलाशययुक्त आयोजनामध्ये बूढीगण्डकीको मात्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अन्य आयोजनाको अध्ययन प्राधिकरण आफैं र उसले नियुक्त गरेका विदेशी परामर्शदाताले गरिरहेका छन् । अध्ययन पूर्ण भई निर्माणका क्रममा जानयोग्य जलाशययुक्त बूढीगण्डकी (एक हजार दुई सय मेगावाट) चिनियाँ विवादास्पद कम्पनीलाई दिने निर्णय गत साता मन्त्रिपरिषद्ले गरेको छ ।
दाहाल सरकारले राजीनामा दिनुभन्दा एक दिनअघि अर्थ मन्त्रालयको सहमति नहुँदा नहुँदै बूढीगण्डकीको निर्णय भएको हो । अर्थमन्त्री महराले बजेटमा पनि 'बूढीगण्डकी जलविद्युत् आयोजना इन्जिनियरिङ खरिद, निर्माण र लगानी (ईपीसी-एफ) मोडेलमा बनाउने गरी प्रक्रिया अघि बढाइने' उल्लेख गरे । बूढीगण्डकीको मुआब्जा वितरण र सञ्चालन खर्चका लागि १० अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
विद्युत् क्षेत्रअन्तर्गत उत्पादन, प्रसारण र वितरणका लागि ६२ अर्ब ६७ करोड रुपैयाँ विनियोजन गरेको आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा थप आठ सय मेगावाट बिजुली उत्पादन हुने लक्ष्य लिएको छ । हाल विद्युत् उत्पादन क्षमता नौ सय ६१ मेगावाट छ भने बजेट कार्यान्वयनले मुलुकको विद्युत् उत्पादन जडित क्षमता १ हजार ७ सय ६१ मेगावाट पुग्ने अपेक्षा गरेको छ । यसमा देशकै सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, प्राधिकरण र निजी क्षेत्रका गरी आगामी आर्थिक वर्षमा ३ सय ४४ मेगावाट उत्पादन हुने बजेटको लक्ष्य छ । बजेटले थप २ सय ४० मेगावाट जलविद्युत् निर्माण सुरु गरिने उल्लेख गरेको छ । हाल २ हजार २ सय ३३ मेगावाट विद्युत् निर्माण सुरु भएको छ । यसैगरी, बजेटमा आगामी आर्थिक वर्षमा सय किलोमिटर थप प्रसारण लाइन निर्माण गर्ने लक्ष्य छ । हाल देशभर तीन हजार दुई सय चार किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ ।
सरकारले निर्माणाधीन सबै विद्युत् उत्पादन, प्रसारण एवं वितरण आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त स्रोत परिचालन गर्ने जनाएको छ । प्राधिकरणले १० वर्षदेखि निर्माण गरिरहेको चमेलिया र सात वर्षअघि सुरु भएको कुलेखानी तेस्रो (१४ मेगावाट) आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । यसैगरी, जलविद्युत् उत्पादनमा स्वदेशी निजी लगानी आकर्षित गर्न पिकिङ तथा जलाशययुक्त आयोजनाका लागि नयाँ विद्युत् खरिददर लागू गर्ने उद्घोष बजेटमा छ ।
बजेट कार्यान्वयनबाट आगामी आर्थिक वर्षको अन्त्यसम्म थप पाँच हजार घरधुरीमा विद्युत् पहुँच पुग्नेछ भने देशभर ६९ प्रतिशत जनसंख्याले विद्युत् सेवा प्राप्त गर्ने सरकारी अपेक्षा छ । यसबाट प्रतिव्यक्ति विद्युत् आय एक सय ५६ युनिट पुग्नेछ । हाल प्रतिव्यक्ति विद्युत् खपत एक सय ५१ युनिट छ । विकसित देश नर्वेमा यस्तो विद्युत् खपत प्रतिव्यक्ति ९४ हजार युनिट छ ।

थानकोट–नौविसे सुरुङ मार्गका लागि साढे ५ अर्ब - दीपेन्द्र विष्ट, काठमाडौं

पत्र पत्रिका बाट  -साभार http://kantipur.ekantipur.com/news/2017-05-29/20170529210858.html


जेष्ठ १५, २०७४- सरकारले भौतिक पूर्वाधार तथा यातायात विकासको लागि ८९ अर्व ५० करोड रुपैयाँ विनियोजन गरेको छ । संघ तथा प्रदेशस्तरका रणनीतिक सडकलाई न्यूनतम  र कालोपत्रेस्तरमा निर्माण तथा स्तरोन्नती लािग उक्त वजेट छुट्याएको हो ।
उपत्यकाको मुख्य नाका थानकोट–नौविसे खण्डको नागढुङगामा सुरुङमार्ग निर्माण लागि ५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त सुरुङमार्गको डिजाइन सकारले गरिसकेको छ । तराई–मधेसका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गसंग जोड्ने सडक निर्माणको लागि ३ अर्व रुपैयां छुट्याएको छ । रणनीतिक महत्वको धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौडा–सडक निर्माणका लागि ३ अर्व १५ करोड रुपैयाँ छुट्याएको छ ।
तीन वर्षभित्र उक्त सडक निर्माण सम्पन्न गर्ने वजेटमा उल्लेख गरेको छ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डको स्तरोउन्ती गरेर चार लेन सडक निर्माणका लागि ७ अर्व ११ करोड रुपैयाँ विनियोजन गरेको छ । मुग्लीङ– नारायणघाट खण्डको सडक विस्तार तथा सुधारका लागि २ अर्व ५६ करोड वजेट छुट्याएको छ ।
रानी–इटरहरी–धरान, जटही–जनकपुर, वीरगंज–पथलैया, बेलहिया–बुटवल, तथा मोहना–अतरिया ब्यापारिक मार्ग निर्माणका लागि २ अर्व ९० करोड रुपैयाँ विनियोजन गरेको छ । ६ लेनका विस्तार गरेर दुई वर्षभित्र उक्त सडक निर्माण सम्पन्न गरिने वजेटमा अर्थमन्त्री कृष्णबहादुर महराले बताए  । उच्च पहडि तथा हिमाली क्षेत्रमा ‘हिमाली राजमार्ग’ निर्माणको सम्भाव्य अध्ययन गरिनेछ । महाकाली नदीमा मोटरेबल पुल निर्माण कार्य आगामि आर्थिक वर्षदेखि सुरु गरिने मन्त्री महराले बताए ।
गौतम बुद्धको जन्मस्थल लुम्बीनीलाई रेलमार्गबाट चीनसँग जोड्न केरुङ–काठमाडौं–पोखरा–लुम्बनी रेलमार्गको विस्तृत अध्ययनको लागि आवश्यक वजेट छुट्टाएको उनले बताए ।  आगामि पाँच वर्षभित्र सबै सवारी साधनलाई इम्बोस्ड नम्बार प्लेट लागु गरिने वजेटमा उल्लेख छ । साथै, विद्युतीय यातायातमा जोड दिइने महराले बताए । सरकारले कोटेश्वरदेखि सूर्य विनायकसम्म सुरुङमार्ग बनाउने वजेटमा उल्लेख छ ।
सहरी पूर्वाधार विकासमा ३० अर्व ४८ करोड रुपैयाँ 
त्यसै गरी सहरी पूर्वाधारको विकासको लागि ३० अर्व ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । छरिएर रहेका बस्तीमा राज्यले  सेवा सुविधा उपलब्ध गराउन खर्चिलो कठिनको भएको उल्लेख गर्दै ति वस्तीलाई ‘एकीकृत वस्ती’ को रुपमा विकास गराउने मन्त्री महराले बताए । साथै, भूकम्पीबाट क्षति भएका र भौगोलिक हिसावले कमजोर स्थानमा रहेका वस्तीलाई स्थानान्तरण गरि ‘एकीकृत वस्ती’ को रुपा विकास गरिनेछ ।  काठमाडौं उपत्यकाका सबै नगरपालिकामा समन्वयात्कम रूपमा ‘स्याटे लाइट सिटी’  बनाइनेछ । ७ वटै प्रदेशमा एक एक वटा ‘मेगा सिटी’को विकास गरिनेछ ।
हिमाली क्षेत्रमा व्यवस्थित सहरका विकासका लागि अध्ययन गरिने वजेटमा उल्लेख छ । त्यस्तै मध्यपहाडी लोकमार्ग र हुलाकी  ( तराई– मधेस) राजमार्गमा  पर्ने महत्वपूर्ण स्थानमा १०/१० वटा व्यवस्थित नयाँ सहरको विकास गरिने उनले बताए । तराई–मधेसका २० जिल्ला सदरमुकाम विकासका लागि संचालित सहरी पूर्वाधार विकास कार्यलाई तीव्रता दिन सरकारले ११ अर्व ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी आवासमा सबै जनताको पहुंच पुर्‍याउन अल्पसंख्यक, पिछडिएका, दलित, लोपान्मुख, बृद्ध, अशक्त, र सहरी गरिव तथा सीमान्तकृत वर्गका लागि ‘जनता आवास’ कार्यक्रमलाई निरन्तरता दिएको छ । जनता आवास कार्यक्रमका लागि २ अर्व ४४ करोड रुपैयाँ छुट्टयाएको छ । प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह गर्न ‘एकल विन्दु सेवा’(वान स्टप शप) अवधारण अनुसार पूर्वाधार विकास गरिने बजेटमा उल्लेख छ ।
खानेपानी तथा सरसफाईको लागि २२ अर्व ७० करोड 
आधारभूत खानेपानी तथा सरसफाई सेवा विकासका लागि २२ अर्व ७० करोड रुपैयाँ विनियोजन गरेको छ । तराई–मधेसका २० जिल्लामा आर्सेनिकमुक्त खानेपानी सेवा उपलब्ध गराउने वजेटमा उल्लेख छ । खानेपानीको सेवाको पहुंच नपुगको १३ प्रतिशत जनतालाई दुई वर्षभित्र आधारभूतस्तरको खानेपानी सेवा पुर्‍याइनेछ ।
प्रकाशित: जेष्ठ १५, २०७४

Friday, May 26, 2017

‘करिअर अष्ट्रेलिया’ बन्द, १५ हजार विद्यार्थी अलपत्र

पत्र पत्रिका बाट  -साभार http://www.onlinekhabar.com/2017/05/590208/ 

‘करिअर अष्ट्रेलिया’ बन्द, १५ हजार विद्यार्थी अलपत्र

अनलाइनखबर




१२ जेठ, क्यानबेरा । अष्ट्रेलियाको एउटा ठूलो तालिमप्रदायक कलेज ‘करिअर अष्ट्रेलिया’ बन्द भएको छ । यसबाट १५ हजार विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ भने एक हजार कर्मचारीहरु रोजगारविहिन बनेका छन् ।
कमजोर उत्तिर्ण दर र त्रुटीपूर्ण भर्ना शैलीका कारणले यस कलेजलाई दिइने संघीय अनुदान ६ हप्ताअघि खारेज गरिएको थियो । बिहिबार भने कलेजलाई स्वेच्छिक प्रशासन (कलेजको जिम्मेवारी स्वतन्त्र व्यक्तिलाई दिइनु) मा राखिएको छ ।
अष्ट्रेलियाभर रहेका सो कलेजका १४ वटा क्याम्पसहरुलाई निलम्बनमा राखिएको छ भने शिक्षकहरुलाई बिदा दिइएको छ । प्रशासनको जिम्मेवारी लिएको पिपिबी एडभाइजरबाट कर्मचारीहरुले एउटा पत्र प्राप्त गरेका छन् जसमा तलव तथा अन्य खर्चका लागि कम्पनीसँग कोष अपर्याप्त रहेको उल्लेख गरिएको छ ।
‘तपाईंहरुलाई अर्को सुचना प्राप्त नहुञ्जेलसम्मका लागि बिनापारिश्रमिक जागिरबाट हटाइएको छ,’ पत्रमा भनिएको छ ।
प्रशासकहरु डेभिड म्याकइभोइ र मार्टिन फोर्डले कलेजलाई विक्री वा पुनःसंरचना गर्न सकिने सम्भावनाबारे तत्काल निक्र्यौल गर्न व्यवस्थापनसँग काम गरिरहेको बताए ।
‘यस कम्पनीका सबै विकल्पहरु अध्ययन गर्दा हामीले दुखद निर्णय लिँदै सबै कक्षाहरु बन्द गर्नुपरेको छ र कर्मचारीहरु हटाउनुपरेको छ,’ उनीहरुले एक विज्ञप्तिमा भनेका छन् ।
यस कलेजले सन् २०१३ र २०१५ को बीचमा २६ करोड ४० लाख डलर कमाएको थियो । तर यस अवधिमा केवल १४.७ प्रतिशत विद्यार्थीहरु मात्र ग्राजुयट भएका थिए ।
बि्रस्बेनमा रहेको बोवेन हिल्स क्याम्पसका एक शिक्षकका अनुसार बिहिबार दिउँसो कर्मचारीहरुलाई एउटा मिटिङमा बोलाइएको थियो र भनिएको थियो कि ‘अब सबै सकियो’ ।
‘कर्मचारीहरु रोइरहेका थिए र आफ्नो डेस्क खाली गरिरहेका थिए,’ उनले भने ।
मिडियाका अनुसार कलेजले कमजोर पृष्ठभूमिका विद्यार्थीहरुलाई लक्ष्यित गरी निशुल्क ल्याप्टपको लोभ देखाउने लगायत त्रुटिपूर्ण भर्ना अभ्यासहरु गर्दै आएको थियो ।
करिअर अष्ट्रेलियासँग सम्झौता गरेको इलेक्टि्रसियन तालिम दिने देशको सबैभन्दा ठूलो संस्था ‘मास्टर इलेक्टि्रसियन’ले क्वीन्सल्यान्डमा सयौं सिकारु इलेक्टि्रसयनहरुको जागिरको सम्भावना धराशयी भएको जनाएको छ । यस संस्थाका कार्यकारी प्रमुख माल्कोम रिचार्ड्सले सिकारु युवा इलेक्टि्रसियनहरुलाई उनीहरुको तालिम पुरा गर्न सहयोगका लागि आग्रह गरे ।
२०७४ जेठ १२ गते १६:५१ मा प्रकाशित

Thursday, May 25, 2017

चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बूढीगण्डकी

चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बूढीगण्डकी

विकास थापा बुधवार, जेठ १०, २०७४ 0 6107 पटक पढिएको

पत्र पत्रिका बाट  -साभार  http://annapurnapost.com/news/71613

काठमाडौं : विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको छ ।नेपालमा एक अर्ब १६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको विवादास्पद सीजीजीसीलाई वित्तीय बन्दोबस्तीसहित बूढीगण्डकीको सम्पूर्ण निर्माणकार्यको ठेक्का दिने गरी मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सीजीजीसी आफैंले लगानी जुटाउने, निर्माण गर्ने र सरकारले त्यसको लागत ऋणमा लिएर पछि तिर्ने 'इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्सिङ' (ईपीसी-एफ) मोडेलमा गर्न दिने सैद्धान्तिक निर्णय भएको ऊर्जामन्त्री जनार्दन शर्माले बताउनुभयो ।
शर्माले आयोजनाको लागत, त्यसका लागि सरकारले लिने ऋण र त्यसको ब्याज आदिका विषयमा सरकारसित 'नेगोसिएसन' (वार्ता) द्वारा टुंग्याउने जानकारी दिनुभयो । सरकारले गत वैशाखमा बूढीगण्डकी विकास समिति भंग गरी नेपाल सरकारको स्वामित्व रहेको जलविद्युत् उत्पादन कम्पनी मातहतमा ल्याएको थियो । 'सरकारले गठन गरेको कम्पनीमार्पmत नै स्थानीयलाई सेयर वितरण गरिनेछ', शर्माले मन्त्रिपरिषद् बैठकपछि अन्नपूर्णसित भन्नुभयो ।
अध्ययन भएर लागत टुंगो लागेका आयोजनाको ठेक्का स्वयं ऊर्जा मन्त्रालयले प्रतिस्पर्धा गर्दै स्वदेशी तथा विदेशी प्रवद्र्धकलाई दिँदै आएको थियो । सरकारसित लगानी रकम नभएको, विदेशी बहुपक्षीय तथा द्विपक्षीय व्यापारिक ऋणले आयोजना निर्माण गर्न धान्न नसक्ने भएको कारण देखाउँदै ऊर्जाले बिनाप्रतिस्पर्धा दिने प्रक्रिया अघि बढाएको हो ।
नेपालमा एक अर्ब १६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको विवादास्पद सीजीजीसीलाई वित्तीय बन्दोबस्तीसहित बूढीगण्डकीको सम्पूर्ण निर्माणकार्यको ठेक्का दिने निर्णय ।
अर्थ मन्त्रालयले आयोजना ईपीसी-एफ मोडेलमा निर्माणका लागि सैद्धान्तिक सहमति नदिई सीधै मन्त्रिपरिषद्मा लगेर उक्त निर्णय गरेको हो । यसअघि सीजीजीसीलाई बूढीगण्डकी बनाउन दिन ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयको सहमति मागेको थियो । अर्थले यस्ताखाले परियोजनाको लगानीनिम्ति कार्यविधि बनाउनुपर्ने भन्दै रोकेको थियो । अर्थले सहसहसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति बनाएर कार्यविधिको मस्यौदासमेत बनाएको थियो ।
बूढीगण्डकी सीजीजीसीलाई दिने निर्णयमा अर्थ मन्त्रालयको धारणा के हो भनी सहसचिव अर्याललाई सोध्दा निर्णय गर्ने (मन्त्रिपरिषद्) लाई नै सोध्नोस् भन्ने जबाफ दिनुभयो । उहाँले अर्थले तयार गरेको कार्यविधि पारित नभएको पनि बताउनुभयो । 'कार्यविधिको टुंगो लागेको छैन', सहसचिव अर्यालले मंगलबार अन्नपूर्णसित भन्नुभयो, 'यो कसरी आयो (निर्णय), उतै (मन्त्रिपरिषद्) बाट सोध्दा बेटर (राम्रो) होला ।'
ऊर्जा मन्त्रालय स्रोतका अनुसार सीजीजीसीलाई ईपीसी-एफमा बूढीगण्डकी दिलाउन ऊर्जाले कानुन र अर्थको राय मागेको थियो । कानुनले सकारात्मक राय दिए पनि अर्थले 'विद्यमान कानुनअनुसार गर्ने' भनेर अपेक्षित राय दिएन । अर्थको उक्त रायलाई विद्युत् ऐन, २०४९ को दफा ३५ (कुनै पनि कम्पनीलाई सरकारले करार गरी दिन सक्ने प्रावधान) अन्तर्गत दिन सक्ने वा सार्वजनिक खरिद ऐन, २०६३ (प्रतिस्पर्धा गराउनुपर्ने) भन्नेमा अन्योल रहेकाले मन्त्रिपरिषद्बाट 'सैद्धान्तिक सहमति' दिलाउनुपरेको ऊर्जाका एक अधिकारीले बताए ।
उनका अनुसार अर्थले कानुनअनुसार भनेकाले ऊर्जाले विद्युत् ऐनको दफा ३५ प्रयोग गरी करार दिन मन्त्रिपरिषद्मा केही दिनअघि प्रस्ताव लगेको हो । ऊर्जाको प्रस्तावमा सीजीजीसीले एक वर्षभित्र आयोजनाको सम्पूर्ण अध्ययन (मूल्यांकनसमेत) गरी लागत अनुमान पेस गर्ने, उक्त लागत अनुमानप्रति अर्थ मन्त्रालय सन्तुष्ट भएमा समझदारीपत्रमा अर्थले हस्ताक्षर गर्ने, उक्त समझदारीपत्र सामूहिक समझदारी मात्र रहने र त्यसमा आर्थिक र कानुनी दायित्व नहुने उल्लेख छ । 'यस्तो प्रारम्भिक सहमतिअनुसार अर्थ मन्त्रालय मन्जुर भएमा, उसको लागत चित्त बुझेमा मात्र त्यसको एक वर्षपछि ऊर्जा मन्त्रालयसित दफा ३५ बमोजिम सम्झौता हुने गरी प्रस्ताव गरिएको हो', ती अधिकारीले भने ।
यता अर्थ मन्त्रालयले ईपीसी-एफसम्बन्धी कार्यविधि तयार गरिरहेको र उक्त कार्यविधि तयार भइसकेपछि त्यसका आधारमा सीजीजीसीसित एमओयू हुने गरी तयारी गरिरहेको छ । यस सम्बन्धमा औपचारिक रूपमा अर्थ मन्त्रालयका अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन् । अर्थसचिव शान्तराज सुवेदी सम्पर्कमा आउन चाहनुभएन।
आयोजनाको लागत, आयोजना निर्माण अवधिको ब्याज, आयोजना निर्माण गर्दा नेपाल सरकारले लिने ऋणको ब्याज, भुक्तानी तरिका 'वार्ताका आधारमा तय गरिने' भएकाले पारदर्शी नहुने र ठेकेदार कम्पनीले भनेबमोजिम हुन जाने हुनाले बूढीगण्डकीमा देशहित हुनेमा शंका रहेको हो । 'डीपीआरसमेत बनिसकेको आयोजनामा खुसुक्क एउटा कम्पनीलाई दिँदा यसको लागत र ब्याज देशले धान्न नसक्ने पनि हुन सक्छ', अर्थका एक अधिकारीले भने ।
धादिङ र गोरखामा पर्ने यो आयोजनाको लागत दुई अर्ब ५९ करोड ३० लाख अमेरिकी डलर (दुई खर्ब ५० अर्ब रुपैयाँ) पर्ने बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले गराएको डीपीआरमा उल्लेख छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगी गरेर कारबाहीमा परेको (सीजीजीसी) लाई बूढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्मार्पmत दिने प्रक्रिया सुरु गरेका थिए ।
त्यतिबेला अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषद्बाट पारित गर्ने गरी सीजीजीसीले हालेको प्रस्तावउपर तत्कालीन प्रधानमन्त्री ओलीको निर्देशनमा ऊर्जा मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको थियो । ओलीले आफ्नो चीन भ्रमणका बेला सीजीजीसीको कार्यालयमा उसका पदाधिकारीलाई भेटेपछि बूढीगण्डकी बिनाप्रतिस्पर्धा दिन खोजेका थिए । ओलीले पनि त्यतिबेला सत्तासाझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बूढीगण्डकी सीजीजीसीलाई दिन चलखेल गरेका थिए । ओलीको निर्देशनअनुसार अर्थ मन्त्रालयले त्यतिबेला चिनियाँ दूतावासलाई पत्राचार गरी प्रक्रिया अघि बढाउन भनेको थियो ।
यसअघि तत्कालीन माओवादीकै भागमा ऊर्जा मन्त्रालय परेका बेला जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) पनि बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएको थियो । पश्चिम सेती चिनियाँ कम्पनीले ६ वर्षदेखि ओगटिरहेको छ । उसले निर्माणमा कुनै चासो देखाएको छैन ।
ईपीसी-एफ मोडलअनुसार सीजीजीसीले आयोजनाको सम्पूर्ण लागत जुटाइदिने र आपैmंले निर्माण गरिदिने हो । सीजीजीसीले माथिल्लो त्रिशूली थ्री ए पनि ईपीसी मोडेलमा निर्माण गरिरहेको छ । ईपीसी मोडेलमा ठेक्का पाएर पनि यसको लागत सम्झौताभन्दा बढी भइसकेको छ । यो मोडलअनुसार त्रिशूली थ्री एको सिभिल संरचना विद्युत्गृह, बाँध, सुरुङ निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको ठेक्का सम्झौता ८ करोड ९१ लाख अमेरिकी डलरमा भएको थियो । पटकपटक भ्याद थप गरिएको माथिल्लो त्रिशूली थ्री ए ले गत असार १६ मा विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने थियो । १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी लगिसक्दा पनि आयोजना निश्चित हुन सकेको छैन ।
नेपालको जलविद्युत्मा हात हालेर समयमै र निर्धारित लागतमा आयोजना सम्पन्न हुन नसकेको भनेर सीजीजीसी आलोचित बन्दै आएको छ । सीजीजीसीले नेपालको चमेलिया जलविद्युत् आयोजना २०६३ सालदेखि बनाउन सुरु गरेर हालसम्म पूरा गरेको छैन । दुई अर्ब ८८ करोड रुपैयाँमा ठेक्का लिएर चमेलियाको काम थालेको उसले ६ अर्ब रुपैयाँ भुक्तानी लगिसक्दा पनि आयोजना अधुरै छ । विद्युत् प्राधिकरणसित भुक्तानी लिँदा उसले एक अर्ब रुपैयाँभन्दा बढीको नक्कली भ्याट बिल आफैंले बनाएको आन्तरिक राजस्व विभागअन्तर्गत ललितपुरस्थित ठूला करदाता कार्यालयले प्रमाणित गरिसकेको छ । सीजीजीसीले विभागको निर्णयविरुद्ध ३५ करोड रुपैयाँ धरौटी राखी राजस्व न्यायाधीकरणमा पुनरावेदनका लागि निवेदन दिएको छ ।
त्यसैगरी चमेलिया जलविद्युत् आयोजनाको सिभिलतर्फ ठेक्का पाएको सीजीजीसीले आयोजना निर्माणक्रममा भुक्तानी लिँदा एक अर्ब १६ करोड रुपैयाँबराबरको नक्कली भ्याट बिल आफैंलाई बनाई राजस्व छली गरेको ठूला करदाता कार्यालयले पत्ता लगाई कारबाहीप्रक्रिया अघि बढाउन उसलाई गत शुक्रबार पत्राचारसमेत गरिसकेको छ ।

 

१० नयाँ शहर निर्माणका लागि जिल्ला छनोट

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/97974

२०७४-०२-४ मा प्रकाशित     ३४२० पटक पढिएको    ० बिचार / प्रतिक्रिया
१० नयाँ शहर निर्माणका लागि जिल्ला छनोट
जेठ ३, काठमाडौं । सरकारले हुलाकी राजमार्गअन्तर्गत १० ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरेको छ । चालू आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ शहर विकास गर्ने घोषणा भएअनुसार दक्षिणतर्फ फैलिएका तराई–मधेशका १० जिल्ला क्रमशः झापा, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, बारा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुर छनोट भएका हुन् ।
सरकारले कार्यान्वयनमा ल्याएको मध्यपहाडी लोकमार्गका नयाँ शहर निर्माण गर्ने ढाँचामै हुलाकी राजमार्गमा पूर्व–पश्चिम लोकमार्गको समानान्तर करीब २० देखि ३० किलोमिटर दक्षिणतर्फ फैलिएका तराई–मधेशका जिल्लामा नयाँ शहर विकास गर्न तयारी गरिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । उक्त राजमार्गले पूर्वमा झापाको सदरमुकाम भद्रपुरबाट शुरू भई पश्चिम कञ्चनपुरको भारतीय सीमासम्म फैलिएका तराईका २० जिल्लालाई जोडेको छ ।
तराईको लाइफ लाइन (जीवनरेखा)को रूपमा हेरिएको उक्त राजमार्गमा निर्माण हुने नयाँ १० शहर निर्माणका लागि ४ चरणबाट जिल्ला छनोट गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयका कायममुकायम आयोजना निर्देशक पराग कायस्थले बताए । उनले भने, ‘सरकारले चालू आवमा घोषणा गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी हामीले तराईका १० जिल्लाका विभिन्न क्षेत्रहरू छनोट गरिसकेका छौं, तर ती शहरहरू निर्माणका लागि लाग्ने लागत भने यकीन हुन सकेको छैन ।’ उनका अनुसार आगामी आर्थिक वर्ष २०७४/७५ मा कार्यक्रम तथा रकमको व्यवस्थाका लागि मन्त्रालयसमक्ष प्रस्ताव गरिसकिएको छ ।
नयाँ शहर आयोजना निर्माणका लागि जमीनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, नोडल जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्नको जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका ११ ओटा सूचकका आधारमा जिल्लाका क्षेत्रहरू छनोट गरिएको हो ।
पहिलो चरणमा १ सय २९ ओटा बस्ती छनोट गरिएकोमा दोस्रो चरणमा ती बस्तीबाट ७५ ओटा बस्ती छनोट गरिएको थियो । त्यसपछि तीमध्येबाट तेस्रो चरणमा ५१ ओटा बस्ती र चौथो चरणमा ४८ ओटा बस्ती छनोट गरिएको थियो । ती बस्तीमध्येबाट उक्त सूचकअनुसार प्राप्ताङ्कका आधारमा १० जिल्लाका १/१ क्षेत्रमा नयाँ शहर निर्माणका लागि जग्गा छनोट गरिएको हो । हुलाकी राजमार्गको करिडोरमा अवस्थित विकासको गतिमा अगाडि बढेका र भविष्यमा विकासको गति लिने सम्भावना रहेका नयाँ बस्तीहरू छनोट गरिएको मन्त्रालयले बताएको छ ।  
मुलुक सङ्घीय प्रणालीमा प्रवेश गरेसँगै प्रदेश नं. १ मा २, प्रदेश नं. २ मा ४, प्रदेश नं. ५ मा २ र प्रदेश नं. ७ मा २ ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरिएको हो । उक्त बस्ती तथा जिल्लाहरूमा निर्माण हुने नयाँ शहर छनोट शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वैशाख २४ गते स्वीकृत गरेका थिए । छनोट भएका १० नयाँ बस्ती/नगरपालिकालाई एक योजना एकाइ मानी एकीकृत शहरी विकास योजना तयार गर्ने, शहरी पूर्वाधार तथा विकास योजना छनोट गर्ने र आगामी आवदेखि वजेट व्यवस्था गरी शहरी पूर्वाधार विकाससमेत गर्ने निर्णय गरिएको बताइएको छ ।

 
   

नयाँ अपडेट

फोटो फिचर

राष्ट्रपति निवासमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान कार्यक्रम

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/78953

काठमाडौंः ग्लोबलकी टेक्नोलोजीले रिचार्ज एप्स बजारमा ल्याएको छ । मोबाइल एप्स मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने र क्यास ब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । 
एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध एप छोटो अबधीमा नै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजीले जानकारी दिएको छ । 
एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकी टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाबीच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । 
समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप्स रिचार्जलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ । 
रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्महलको टिकट, होटल बुकिस्ङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधा लगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए । 
इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंक बाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ । 
एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरेपनि क्यास ब्याक पाइने तथा आइओएसमा रिचार्ज एप्सबाटै रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक पाइने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायतालिन सकिने छ ।

प्रविधि पछ्याउँदै बुध्द एयरः मोबाइलबाटै टिकट बुकिङ

पत्र पत्रिका बाट  -साभार  http://www.onlinekhabar.com/2017/05/589398/


प्रविधि पछ्याउँदै बुध्द एयरः मोबाइलबाटै टिकट बुकिङ

अनलाइनखबर



११ जेठ, काठमाडौं । पहिले जस्तो मोबाइल अब फोन गर्ने साधन मात्र रहेन । हरेकका हात-हातमा हुने स्मार्टफोनमा यस्ता विशेषता छन्, जसले तपाई हाम्रँे जीवनलाई सोचेभन्दा धेरै सहज बनाइसकेको छ । स्मार्टफोन एप हाम्रो जीवनको अभिन्न अंग बनिसक्यो ।
घण्टाैं  लाइन लागेर गर्नुपर्ने काम समेत अहिले एकै क्लिकमा गर्न सकिन्छ । हत्केलामा अट्ने स्मार्टफोन र त्यसभित्रका एपमा के छैन ? होटलमा खाना अर्डर गर्न होस् या मन परेको फिल्म हेर्न जान होस् तपाई एपबाटै व्यवस्था मिलाउन सक्नुहुन्छ । र, हरेक व्यवसायीले समेत आफ्नो सफलताका लागि यस्ता एपको सहारा लिन थालिसकेका छन् ।
समयको प्रवाहलाई समात्दै र उत्कृष्ट सेवाप्रवाहलाई ध्यानमा राख्दै बुध्द एयरले पनि हालै आफ्नो एप सुरुवात गरेको छ । नेपाली विमान कम्पनीमा बुध्द एयर नै एकमात्र यस्तो एप बनाउने कम्पनी हो । यसको स्मार्टफोन एप एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फममा निःशुल्क उपलब्ध छ । बुध्द एयरको एपमार्फत टिकट बुकिङ, उडान समय, उडानको अवस्थालगायत जानकारी पाइन्छ ।
बुध्द एयर एप सुरु भएको तीन महिना नपुग्दै ८ हजारभन्दा बढी डाउनलोड भइसकेको छ । यो एपले टिकट बुकिङलाई सहज बनाइदिएको छ । टिकट बुकिङ गर्नका लागि यसमा उडान मिति र गन्तव्य लेखेर उपलब्ध उडान र त्यसको भाडादर हेर्न सकिन्छ ।
ई-सेवामा खाता भएकाले सिधै अनलाइनबाट भुक्तानी गर्न सक्नेछन् । ई-सेवामा खाता नहुनेले भने टिकट बुकिङ गरेको ३० मिनेटभित्र टिकट निश्चित गरि नजिकैको बुध्द एयर काउन्टर अथवा आधिकारिक ट्राभल एजेन्सीबाट किन्न सक्छन् ।
एपमा माउन्टेन फ्लाइटको उडान बुक गर्ने सुविधा पनि छ । यसमार्फत तपाईले आगामी २४ घण्टामा हुने उडानको समेत जानकारी पाउनु हुनेछ । तपाइले बुकिङ गरेको उडानबारे ‘रिजर्व फ्लाइट सेक्सन’मार्फत जानकारी पाउनु हुनेछ । एपमा बोर्डिङ समयको समेत जानकारी राखिएको हुन्छ ।
रोयल क्लबका सदस्य भएका नियमित यात्रुले एपमा थप सुविधा पाउनेछन् । एपमा रोयल क्लबका सदस्यका लागि छुट्टै सेक्सन राखिएको छ, जसमा उनीहरुले प्रत्येक उडानमा पाएको ‘माइल्स’ बारे जानकारी पाउनेछन् ।
यसले हरेक दिनका प्रत्येक उडानको समय तालिका बारे जानकारी दिन्छ । यसले उडान स्थगन र बोर्डिङ समयको बारे पनि जानकारी दिन्छ । यसले यात्रु मात्र होइन, तिनका साथीभाई र आफन्तलाई समेत उडानबारे जानकार रहन सजिलो पारेको छ ।
यो एपले बुध्द एयरसम्बन्धी हरेक जानकारी प्रदान गर्दछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको हरेक फिचर्सको प्रयोग गर्न पाउनु हो । एपबाटै तपाई कम्पनीको वेवसाइट हेर्न सक्नुहुन्छ, नजिकका काउन्टरको सम्पर्क पाउन सक्नुहुन्छ ।
त्यत्तिमात्र होइन, बुध्द एयरले निकाल्ने उडान पत्रिका ‘यात्रा’ समेत पढ्न पाउनु हुनेछ । तपाइका गुनासा र प्रश्नको जवाफका लागि पनि यो एपको मद्दत लिन सक्नुहुन्छ ।
बुध्द एयर एपले तपाईको मोबाइलमा धेरै ‘स्टोरेज’ समेत लिदैन । सजिलो गरि चलाउन मिल्ने र थोरै मात्र ‘स्पेस’ लिने भएकाले नै यो विशेष एप बन्न सफल भएको छ ।
निश्चय नै यो एप चलाउन वाइफाई वा मोबाइल डाटाको आवश्यकता पर्छ तर केही सुविधा जस्तै सम्पर्क र रिजर्व फ्लाइट बारे जानकारी भने इन्टरनेट बिनै लिन सकिन्छ ।

Wednesday, May 24, 2017

अरुण तेस्रो निर्माण सेप्टेम्बरपछि

पत्र पत्रिका बाट  -साभार    http://annapurnapost.com/news/71639

अन्नपूर्ण बुधवार, जेठ १०, २०७४ 0 2906 पटक पढिएको


 263  3 Google +2  268


अरुण तेस्रो निर्माणले नेपाली अर्थव्यवस्थामा सकारात्मक प्रभाव पर्छ । परियोजना क्षेत्रको स्वरूपमै परिवर्तन आउँछ । स्थानीयवासीले रोजगारी पाउँछन् । स्थानीय उद्यमशीलता उकासिन्छ । पूरै क्षेत्रको जनस्तरमा खुसी तथा समृद्धि ल्याउन सहयोग पुर्‍याउँछ ।नेपालको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण जिम्मा पाएको भारतीय एसजेभीएन लिमिटेडले यही सेप्टेम्बरपछि परियोजना सुरु गर्ने योजना बनाएको छ । पूर्वी नेपालको संखुवासभास्थित अरुण नदीमा बनाउन लागिएको यो परियोजनाका लागि भारत सरकारले गत फेब्रुअरीमा ५ हजार ७ सय २३ करोड भारतीय रुपैयाँको बजेट स्वीकृत गरेको थियो ।
भारत सरकारको ऊर्जा मन्त्रालयको मातहतमा भारत सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानीका रूपमा रहेको एसजेभीएनले भारतको हिमाञ्चल प्रदेश, उत्तराखण्ड, बिहार, गुजरात, राजस्थान, अरुणाञ्चल प्रदेशलगायत भुटानमा समेत परियोजना निर्माण गरिरहेको छ । अरुण तेस्रो निर्माणका लागि पीडीए (पावर डेभलपमेन्ट एग्रिमेन्ट) मा सन् २०१४ मा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हस्ताक्षर भएको थियो । यही परियोजनाको सेरोफेरोमा अन्नपूर्णका लागि आशा थपलियाले गरेको कुराकानी :
अरुण तेस्रो परियोजनाको मुख्य निर्माण कहिलेबाट सुरु हुन्छ ?
लगानीको टुंगो लगाउने काम सेप्टेम्बरसम्ममा सकिन्छ । परियोजना स्थलसम्मको सडक निर्माण पनि अन्तिम अवस्थासम्म पुगिसकेको छ । यही सेप्टेम्बरपछि परियोजना स्थलमा जनस्तरको निर्माणकार्य सुरु गर्ने योजना छ।
अहिले परियोजना कुन अवस्थामा छ ?
परियोजना स्थलसम्मको सडक निर्माणकार्य लगभग पूरा भइसकेको छ । सडक तथा पुल निर्माणको जिम्मा नेपाल सरकारलाई दिइएको छ । हाम्रातर्फबाट नेपाल सरकारले यो काम द्रूतगतिमा गरिरहेको छ । ट्र्याक खन्ने काम पनि भइरहेको छ । निजी जग्गाको मुआब्जा पहिले नै दिइसकेका छौं । परियोजनाका लागि आवश्यक पर्ने वन क्षेत्रका विषयमा केही विवाद बाँकी छ तर त्यसलाई नेपाल सरकारले छिट्टै समाधान गर्नेमा हामी विश्वस्त छौं ।
वन क्षेत्रबारे कस्तो विवाद बाँकी छ ?
वन कटान गरेर यी जमिन प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।वनभूमिको प्रयोगका लागि नयाँ दिशानिर्देश जारी गरिएको छ । यी मुद्दा हामीले परियोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर गर्दा उल्लेख थिएनन् तर नेपाल सरकारले वन क्षेत्रको विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर काम गर्न बाटो खोल्नेछ भन्नेमा हामी आशावादी छौं ।
चार महिनामा यी मुद्दाको समाधान हुन्छ त ?
हुनैपर्छ अन्यथा परियोजना कार्यान्वयनमा असर पर्छ । काम समयमा हुँदैन । नेपाल सरकार पनि यो परियोजना छिटो सुरु भएर समयमै सकियोस् भन्ने चाहन्छ । किनकि यो नेपालको पनि हितमा छ । उत्पादित बिजुलीको २१.९ प्रतिशत नेपालले पाउँछ । कुनै पनि मुलुकका लागि यो ठूलो परिमाण हो । त्यसैले नेपालले वनफँडानीको विषयलाई छिटो टुंगो लगाउँछ भन्ने हामीलाई विश्वास छ ।
परियोजना कहिलेसम्म सक्ने योजना छ ?
परियोजनाका सबै एकाइहरूको निर्माणको काम पाँच वर्षभित्र पूरा गर्ने हाम्रो लक्ष्य हो । योजनाअनुरूप सबै काम भयो भने सन् २०२२ सम्म सम्पन्न हुन सक्छ ।
परियोजना कार्यान्वयन गर्न तथा यसलाई सम्पन्न गराउँदासम्म सम्भावित बाधा के देख्नुहुन्छ ?
परियोजना पूरा गर्नका लागि मुलुकको राजनीतिक अवस्था महत्वपूर्ण हुन्छ । नेपालमा राजनीतिक स्थायित्व छैन तर पनि सरकारको दृष्टिकोण सकारात्मक छ । सबै प्रमुख राजनीतिक दलले विदेशी लगानीको सुरक्षा गर्ने सामूहिक प्रतिबद्धता गरेका छन् । हामी सकारात्मक मानसिकताका साथ काम गर्न नेपाल गएका हौं र सरकारबाट पनि सकारात्मक सहयोगको अपेक्षा गर्छौं । यो परियोजना सम्पन्न गराउनु नेपाल-भारत दुवैको लक्ष्य हो । जतिसक्दो छिटो परियोजना सम्पन्न गरेर नेपाली जनतालाई समृद्धिको अनुभूति गराउन यसले मद्दत गर्छ । त्यसैले काम गर्ने क्रममा आएका समस्यालाई दुवै पक्षले मिलेर समाधान गर्न सकिन्छ ।
सन् २०१४ मा यो परियोजनाको पीडीएमा हस्ताक्षर भएको थियो । कार्यान्वयनमा यति ढिलाइ किन भयो ?
यसैबीच सन् २०१५ मा नेपालमा महाभूकम्प गयो । राजनीतिक प्रकृतिका केही विवाद देखिए । पीडीएमा नभएका केही विषयका विवादले पनि ढिलो भएको हो । त्यसैले पनि नेपाल सरकारले हामीलाई एक वर्षको समय थप दिएको थियो । अब परिस्थिति अनुकूल बनेको छ र सोहीअनुरूप काम अगाडि बढ्नेमा दुवै पक्ष आशावादी छौं ।

बजेटको व्यवस्था गर्न समय लागेकाले पनि ढिलो भएको हो कि ?
भारत सरकारले यो परियोजनाका लागि ५,७२३ करोड भारतीय रुपैयाँबराबरको बजेट दिने निर्णय गरिसकेको छ । सम्पूर्ण लगानी हाम्रो हुनेछ । इक्विटीका लागि पनि लगानी गर्नुपर्छ । थप पैसा लगानी गर्नुपर्ने भयो भने पनि समस्या छैन । बैंक तथा वित्तीय संस्थाहरू लगानी गर्न तयार छन् । वित्तीय व्यवस्थापनमा हामी सक्षम छौं।
यो परियोजनाबाट उत्पादित बिजुली (९०० मेगावाट) भारतमै बेच्ने योजना छ, प्रसारण लाइन त पर्याप्त छैन ।
नेपाल-भारत सीमापार प्रसारण लाइनको क्षमता विस्तार गर्ने काम भइरहेको छ । ढल्केबर-मुजफ्फरपुरको लाइन क्षमता वृद्धि तथा थप लाइन विस्तारका लागि अनुमानित लागत तथा प्रारम्भिक पर्यावरणीय अध्ययन गरिसकेका छौं । उत्पादित बिजुली बजारमा पुर्‍याउनका लागि आवश्यक पूर्वाधार तयार पारेनौं भने हामीलाई पनि घाटा हुन्छ । त्यसैले परियोजना निर्माण सम्पन्न हुँदासम्म प्रसारण लाइन पनि तयार भइसक्छ भन्नेमा ढुक्क छौं ।
 नेपालका जलविद्युत् परियोजनामा भएका भारतीय लगानी अधिकांश राजनीतिक रूपले संवेदनशील मुद्दा बन्ने गर्छन् ।
यसै क्षेत्रको ठूलो लगानीकर्ता भएको नाताले यसलाई कसरी लिनुहुन्छ ?
कुनै पनि परियोजनामा काम गर्दा विशेषगरी दुईचारवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ । नेपालमा काम गर्दा पनि हामीले त्यसलाई ध्यानमा राखेका छौं र राख्छौं । नेपालको प्रचलित कानुनको सम्मान गर्छौं । परियोजनाबाट प्रभावित जनतालाई ध्यानमा राख्छौं, व्यावहारिक निर्णय गर्छौं र एकअर्काको सम्मानको वातावरण बनाउँछौं । यसरी काम गरेर अगाडि बढ्यौं भने यसले सकारात्मक परिणाम ल्याउँछ । यी समस्या समाधान हुँदै गयो भने स्वाभाविक रूपमा परियोजना क्षेत्रका जनताले सहयोग गर्नेछन्, अहिले पनि गरिरहेका छन् । स्थानीय जनताको समृद्धिमा योगदान हुने सत्यतथ्य देखेपछि त मानसिकतामा पनि परिवर्तन आइहाल्छ नि !
परियोजना नेपालको हितमा छ भनेर कसरी विश्वास गर्ने ?
यो परियोजना नेपाली भूमिका लागि गेमचेन्जर बन्न सक्छ । परियोजनाबाट उत्पादित २१.९ प्रतिशत बिजुली नेपालले नि:शुल्क पाउँछ । भारतमा बेचिने बिजुलीको रोयल्टी पनि नेपाललाई नै जान्छ । यसले नेपाली अर्थव्यवस्थामा सकारात्मक प्रभाव पर्छ । परियोजना क्षेत्रको स्वरूपमै परिवर्तन आउँछ । स्थानीयवासीले रोजगारी पाउँछन् । स्थानीय उद्यमशीलता उकासिन्छ । परियोजनाको योजनाअनुरूप एक परिवार एक रोजगारले सम्पूर्ण परिवारलाई फाइदा पुग्छ । यसले पूरै क्षेत्रको जनस्तरमा खुसी तथा समृद्धि ल्याउन सहयोग पुर्‍याउँछ ।
उत्तराखण्डको रामपुरमा सञ्चालनमा आएको जलविद्युत् परियोजनाको उदाहरण छ हामीसँग । परियोजना सम्पन्न भएपछि त्यस क्षेत्रका जनताको वार्षिक आम्दानी, जीवनस्तर, शैक्षिक स्तर सबै बढेको छ । जलविद्युत् परियोजनाले आर्थिक-सामाजिक जीवनस्तर उकास्ने कुरालाई भुटानले राम्ररी क्यास गरेको छ । त्यसैगरी अनुकूल वातावरणमा अरुण तेस्रो परियोजना पूरा भएपछि भारतीय र नेपाली जनताबीचको सम्बन्ध पनि थप बलियो हुन्छ।
पछिल्लो समय चीनले नेपालमा लगानी गर्न निकै चासो देखाएको छ । यसले भारतीय लगानीकर्तालाई थ्रेट (खतरा) अथवा चुनौती दिएजस्तो लाग्दैन ? विशेषगरी भारतीय परियोजनाको कार्यसम्पादनमा भएको ढिलाइलाई ध्यान दिँदा तपाईं के भन्नुहुन्छ ?
भारत र चीन भिन्नाभिनै मुलुक हुन् । चीनले नेपालमा कसरी काम गर्छ र भारतले कसरी गर्छ, त्यो पनि फरक कुरा हो । हरेक मुलुकको आआफ्नो रणनीति हुन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वपछि परियोजनाहरूको कार्यान्वयनका लागि द्रूत तथा सकारात्मक पहल भएका छन् । अरुण तेस्रो पनि मोदीकै उपस्थितिमा हस्ताक्षर गरिएको परियोजना हो । छिमेकको समृद्धिका लागि भारत सरकार एकदमै गम्भीर छ । भारतले नेपाललाई महत्वपूर्ण र आत्मीय छिमेकी मान्छ । त्यसैले दुवै देशबीचको सम्बन्ध एकआपसको हितमा हुँदा दुवैको भलाइ छ । जहाँसम्म व्यवसायको कुरा छ व्यवसायमा हमेसा सबल र कमजोर पक्ष हुन्छ ।
त्यसैगरी अवसर तथा खतरा (चुनौती) हुन्छ । अवसरको उपयोग गर्नुपर्छ भने चुनौतीलाई व्यवस्थापन । त्यसैगरी सबल पक्षको भरपूर उपयोग गर्नुपर्छ भने कमजोरीलाई हटाउँदै लैजानुपर्छ । यही भारतको दृष्टिकोण पनि हो । यसले मित्रताको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ ।
परियोजनाबाट उत्पादित बिजुलीको मूल्य निर्धारण कसरी हुन्छ ?
भारतमै बिजुली निर्यात गर्ने र बेच्ने हो । त्यसैले बिजुली खरिद गर्ने पक्ष तथा त्यस बेलाको समयअनुरूप मूल्य निर्धारण गरिन्छ । परियोजनाबाट उत्पादित आधा बिजुलीको पावर पर्चेज एग्रिमेन्ट (विद्युत् खरिद सम्झौता) मा परियोजना सम्पन्न हुनुभन्दा एक वर्षअगाडि हस्ताक्षर गर्ने सहमति भएको छ । त्यसैले यो विषयलाई त्यतिबेलाको समय र परिस्थितिअनुसार समाधान गरिन्छ ।

अब नेपालमा पनि आधुनिक पेट्रोल पम्प, १० लाख धरौटी अनिवार्य

http://www.abhiyan.com.np/new/Articles/view/98353
२०७४-०२-११ मा प्रकाशित    
जेठ १०, काठमाडौं । नेपालमा पनि अब अत्याधुनिक सुविधासहितको नमूना पेट्रोल पम्प निर्माण हुने भएको छ । नेपाल आयल निगमले त्यस्ता पेट्रोल पम्प निर्माणका लागि आह्वान गरेको प्रस्तावमा उल्लेख्य सङ्ख्यामा आवेदन परेको छ । निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार नमूना पेट्रोल पम्प निर्माणका लागि अहिलेसम्म ७३ ओटा आवेदन दर्ता भएका छन् । निगमले गत पुस १८ गते त्यस्तो प्रस्ताव आह्वान गरेको थियो । निकै सङ्ख्यामा आवेदन दर्ता भएकाले त्यस्ता पेट्रोल पम्प निर्माण गर्न लगानीकर्ता इच्छुक देखिएको निगमको भनाइ छ । निगमका अनुसार विकसित देशसरहको सुविधा प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न पेट्रोल पम्प निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
निगमका अनुसार दर्ता भएका आवेदनमध्ये सरकारी क्षेत्रबाट १७ ओटा र बाँकी ५६ ओटा निजीक्षेत्रका छन् । सरकारी क्षेत्रका आवेदनमध्ये नेशनल ट्रेडिङले ७, साल्ट ट्रेडिङ र साझा पेट्रोल सेवाले ४/४ र नेपाली सेनाले २ ओटा पम्प सञ्चालनका लागि आवेदन दिएका हुन् । नेशनल ट्रेडिङकोे भने हालको प्रादेशिक संरचनाअनुसार सातओटै प्रदेशमा पम्प सञ्चालन गर्ने योजना रहेको छ ।
हालसम्ममा दर्ता भएका आवेदनमध्ये सातओटाले भने पम्प सञ्चालनका लागि स्वीकृति पाइसकेको प्रवक्ता पोखरेलले बताए । स्वीकृति पाएकामा नेपाली सेनाका दुईओटा र बाँकी निजीक्षेत्रका हुन् । निजीक्षेत्रबाट स्वीकृति पाएका पेट्रोल पम्पहरूमा पोखराको विकास आयल, सिरहाको गणपति आयल, सप्तरीको ओमश्री, धनकुटाको महाबोधी पेट्रोलियम र रूपन्देहीको मसिना आयल रहेका छन् । आवेदन दर्ताका लागि अन्तिम म्याद असार मसान्तसम्म रहेकाले आवेदन दर्ताको सङ्ख्या निकै बढ्ने निगमले बताएको छ । निगमका अनुसार आवश्यक कागजात सबै मिलेको खण्डमा सबै आवेदनकर्तालाई पम्प सञ्चालनको स्वीकृति दिइनेछ । आवेदनसँगै ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था  छ ।
आधुनिक सुविधायुक्त पम्प सञ्चालनका लागि १० लाख रुपैयाँ धरौटीका रूपमा राख्नुपर्ने व्यवस्था छ । पोखरेलका अनुसार स्वीकृति पाएका सबै पम्पले १ वर्षभित्र निर्माण कार्य अघि बढाउनुपर्ने प्रावधान छ । निगमले ठूला र आधुनिक सुविधा एवम् प्रविधियुक्त नमूना पम्प सञ्चालन गर्ने गरी विक्रेता नियमावलीमा संशोधन गरी नयाँ व्यवस्था गरेको हो । सार्वजनिक सडकदेखि पम्पसम्म पुग्ने बाटाकोे समेत निगमले मापदण्ड तोकेको छ । त्यस्ता बाटो कङ्क्रिटको ढलान, ढुङ्गा छापेको वा सिमेण्ट जोडेको, सिमेण्टबाट बनेको, इण्टरलिङ्क टायलले बनेको हुनुपर्ने छ । त्यस्तै पम्पको वरिपरिको क्षेत्र हरियाली हुनुपर्नेसमेत निगमको मापदण्डमा उल्लेख छ ।
यस्तो हुनुपर्छ आधुनिक पेट्रोल पम्प
  • तराईमा १ बिगाहा र हिमाली, पहाडी क्षेत्रमा ५ रोपनी जग्गा
  • हरेक पम्पमा पेट्रोल र डिजल गरी आठओटा नोजल
  • स्वचालित विलिङ मेशिन
  • एटीएम मेशिन
  • होटल, रेष्टूराँ, सपिङ कम्प्लेक्सलगायत सुविधा  
  • १ अपाङ्गमैत्रीसहित ६ शौचालय
  • कम्तीमा पनि २५ ओटा सवारी अट्ने पार्किङ र गाडी वर्कशप
  • इलेक्ट्रोनिक कार्डबाट खरीद गर्न मिल्ने मेशिनको व्यवस्था
  • २४ घण्टा नै सेवा दिने व्यवस्था

आजबाट भक्तपुरमा साझा बस (फोटो फिचर) - तस्बिर : अंगद ढकाल, भक्तपुर

पत्र पत्रिका बाट  -साभारhttp://kantipur.ekantipur.com/news/2017-05-24/20170524083643.html

जेष्ठ १०, २०७४- साझा यातायातले बुधबारदेखि भक्तपुरमा बस सञ्चालन गर्ने भएको छ । दुई महिनादेखि यातायात व्यवसायी महासंघलगायतको विरोधका कारण रोकिएको भक्तपुरको रुटपरमिट (इजाजत) साझाले सोमबार पाएको हो ।

साझा यातायातका अनुसार पहिलो चरणमा भक्तपुरको नयाँ बाटो हँुदै सूर्यविनायक बसपार्क पुग्ने २० वटा बस सञ्चालन गरिनेछ । साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले स्वयम्भूबाट कलंकी–कालीमाटी–त्रिपुरेश्वर– रत्नपार्क–माइतीघर–बानेश्वर–कोटेश्वर– जडिबुटी–सल्लाघारी हुँदै सूर्यविनायक रुटमा सञ्चालन हुनेछ । ‘बस चल्ने समय बिहान ६ देखि बेलुका ९ बजेसम्म तोकिएको छ,’ उनले भने, ‘सरकारले तोकेको भाडा स्वयम्भूदेखि सूर्यविनायकसम्म अधिकतम २५ रुपैयाँ र नतोकिएको ठाउँमा न्यूनतम १३ रुपैयाँ छ ।’

उनका अनुसार बसमा यात्रुलाई मनोरञ्जनका लागि टीभी र सुरक्षाका लागि सीसीटीभी जडान गरिएको छ । ‘अपांगता भएका व्यक्तिहरूले पनि आरामदायी यात्रा गर्न सकिन्छ,’ उनले भने, ‘एक पटकमा एक सय जनाले यात्रा गर्न सक्छन् ।’ उनले प्रत्येक स्टेसनमा १५/१५ मिनेटमा बस पुग्ने व्यवस्था मिलाइएको बताए । साझाले भक्तपुरमा बस सञ्चालन गर्न पुरानो र नयाँ रुटको परमिटका लागि यातायात विभागमा चैत ३० मा निवदेन दर्ता गरेको थियो । पुरानो रुटको अनुमति भने साझाले अझै पाएको छैन । अनुमति पाएमा कमलविनायक बसपार्क हुने गरी पुरानो र नयाँ रुटमा १०/१० वटा बस सञ्चालन गर्ने साझाको योजना थियो । कानुनी प्रक्रिया पुर्‍याएर निवेदन दिँदा पनि विभागले स्वीकृत नगरेको साझाको गुनासो छ । कार्यकारी अधिकृत पाण्डेले पुरानो रुटमा स्वीकृति दिएको भोलिपल्टदेखि बस सञ्चालन गरिने बताए ।


अन्य रुटमा पनि सञ्चालनको माग
उपत्यका विभिन्न स्थानबाट थप अन्य रुटमा साझा बस सेवा सञ्चालनका लागि माग आएको जानकारी यातायात कार्यालयले दिएको छ ।
कार्यालयका अनुसार ललितपुर महानगरपालिकाको बुङमतीस्थित छ्यासीकोट बसपार्क हुने गरी खोकना दोबाटो–भैंसेपाटी– एकान्तकुना–महालक्ष्मीस्थान–लगनखेल– जावलाखेल हुँदै रत्नपार्क, लुभु बसपार्क हुने गरी सानोगाउँ–इमाडोल–ग्वार्को–सातदोबाटो– लगनखेल–जावलाखेल हुँदै रत्नपार्क रुटमा बस सञ्चालनका लागि माग आएका छन् । त्यस्तै लगनखेल–रत्नपार्क–महाराजगन्ज–सामाखुसी चक्रपथ–ग्रयान्डी अस्पताल हुँदै टोखा रुट पनि माग भएको जानकारी प्रमुख पाण्डेले दिए ।



http://kantipur.ekantipur.com/news/2017-05-24/20170524083643.html

 

 

Monday, May 22, 2017

आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् यी महिला

पत्र पत्रिका बाट  -साभार     http://www.ratopati.com/news/144911/

जेठ २ – पैसा कमाउनका लागि मानिसहरु के के मात्र गर्दैनन् । दिन रात मेहनत गर्दछन्, पसिना बगाउँछन् । घण्टौंसम्म मेहनत गरेपछि मात्र पैसा आफ्नो हातमा पार्छन् । तर आज हामी तपाईंलाई यस्तो महिलाबारे जानकारी दिँदैछौं जसले केही नगरी प्रत्येक महिना लाखौं कमाइरहेका छन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले निकै सजिलै लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी महिलाले आफ्नो पिसाब बेचेर लाखौं कमाइरहेकी छिन् ।
आखिर यी युवतीको पिसाब कसले किन्छन् र के का लागि प्रयोग गर्छन् भन्ने बारे सोचिरहनुभएको होला । वास्वमा ज्याक्सनविलकी नाम नखुलाएकी यी महिला गर्भवती छिन् र आफ्नो पिसाब २५ डलर दिएर बेचिरहेकी छिन् । यसरी उनले दिनमा २ सय डलरसम्म कमाइरहेकी छिन् ।  वास्तवमा कलेजकी यी विद्यार्थीले यो काम त्यतिबेला देखि गर्न सुरु गरे जब उनी तीन महिनाकी गर्भवती थिइन् ।
गर्भवती महिलाको पिसाबको प्रयोग महिला र युवती आफ्ना श्रीमान् वा प्रेमीलाई ब्ल्याकमेल गर्नका लागि गर्दछन् । पिसाब खरिद गर्ने युवती यसको प्रयोग गरेर प्रेमीलाई ब्ल्याकमेल गरेर उनीहरुमाथि विवाहको दबाब दिनका लागि गर्दछन् । यी युवतीहरु गर्भवती महिलाको पिसाब खरिद गरेर, गर्भवती भएको नाटक गरेर उनीहरुलाई धोका दिन्छन् ।

अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने

पत्र पत्रिका बाट  -साभार    http://www.onlinekhabar.com/2017/01/522794/

रबिन्द्र/सुदिल

१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ ।

सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन प्रक्रिया सुरु गरेको छ ।
र, एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।
एडिबीको ‘नेक्स्ट’ प्रोजेक्ट
मुग्लिन-पोखरा सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ ।
तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने ।
कस्तो बन्ला सडक ?
विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ ।
सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने विभागका अधिकारी बताउँछन् ।
‘अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोगी’
सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् ।
विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ ।
मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।
सवेदनशील क्षेत्रका सडक दुई लेनकै
आबुखैरहनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार गरिने छैन । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ ।
यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ । यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।
जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।
२०७३ पुष १९ गते ११:१४ मा प्रकाशित  

नारायणगढ–बुटवल सडकः १६ अर्ब खर्चेर यसरी हुँदैछ विस्तार

पत्र पत्रिका बाट  -साभार     http://www.onlinekhabar.com/2016/12/519069/  

दाउन्नेको उकालो तीन लेनको मात्रै, बाँकी चार लेनको बन्ने    --रविन्द्र घिमिरे/सुदिल पोखरेल
११ पुस, काठमाडौं । नारायणगढदेखि बुटवलसम्मको सडक खण्ड आधुनिक स्वरुपमा विस्तार हुने भएको छ । अहिले दुई लेनमात्रै रहेको यो खण्ड विस्तारपछि चार लेनको हुनेछ । सँगै अस्फाल्ट र सर्भिसलेन पनि जोडिनेछ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगतको महत्वपूर्ण खण्डका रुपमा रहेको सडकलाई विस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो । यसका लागि टेण्डर आह्वान भइसकेको बुटवल-नारायणगढ सडक आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।
टेण्डर प्रक्रिया टुंग्याएर एडीबीको सहमति लिएपछि आयोजना कार्यान्वयन हुनेछ । आगामी अपि्रलदेखि सडक विस्तारका लागि भौतिक निर्माणको काम सुरु हुने शाक्यले बताए ।
अप्रिलदेखि काम सुरु
सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिटेल इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । अब स्थानीय स्तरमा वातावरणीय प्रभावबारे सार्वजनिक सुनुवाइको काम गर्न बाँकी छ ।
‘बुटवलमा पछिल्लो समयमा आन्दोलन भइरकेकाले सुनुवाइ भएको छैन, त्यो प्रक्रिया पनि सकाएर छिटै सबै तयारीलाई अन्तिम चरणमा पुर्‍याउँछौं’ इन्जिनियर महर्जनले भने ।
यो सडक खण्डमा केही भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन ईआइएको काम पनि अघि बढेको छ ।
कति छ लागत ?
यो आयोजना सम्पन्न गर्दा सडक क्षेत्रभित्रका झण्डै २५ सय रुखहरु काटिनेछन् । यसका लागि वन मन्त्रालयसँग स्वीकृतिको प्रक्रिया अघि बढेको छ ।
यो सडकसहित अर्को एउटा सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै १९ अर्ब बराबरको ऋण दिँदैछ । यो सहलियत ब्याजदरको ऋण हो ।
यसमध्ये नारायणगढ-बुटवल आयोजनाका लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, सडक विभागले भने औपचारिक रुपमा लागतबारे बोलेको छैन ।
ग्रीनरी बेल्टसहितको सडक
नारायणगढ-बुटवल सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई-दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।
मिडियम भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
दुबै छेउमा पातलो पीच पनि
सडकको दुबैतर्फको छेउ भागमा पनि पातलो पीच गरिनेछ । यस्तो सडकलाई असफाल्ट भनिन्छ ।
सडकको दुबैतर्फ २.५ मिटरको भागलाई पातलो पीच गरेर गाडीहरु पार्किङका लागि प्रयोग गर्न मिल्ने गरी बनाइनेछ । यो भागमा गाडी भने गुड्न पाउने छैनन् । ‘यो कमसलको खालको पीच हो । यसले रोडमा गुड्ने सवारीको सुरक्षा गर्छ भने यो उपयोगी पनि हुन्छ’ शाक्यले भने ।
वस्तीहरुमा सर्भिस लेन
यो सडक खण्डको मूलः विशेषता हो राजमार्ग छेउका बस्तीहरुमा ‘सर्भिस लेन’ । सडकको किनारमा बस्ती भएका क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिनेछ ।
सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । झण्डै २८ किलोमिटर सडकमा सर्भिस लेन पनि हुनेछन् ।
जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । सर्भिस लेन पनि ७ मिटरको हुनेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।
दुई प्याकेजमा काम
१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायण गढ-दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ । यी दुई खण्डमा फरक-फरक ठेक्का लाग्नेछ ।
यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । त्यसपछि एक वर्ष यो सडक परीक्षण अवधिमा रहनेछ । ठकेदारले थप चार वर्षसम्म सडकमा कुनै समस्या आएर आफैंले मर्मत सम्भार गर्नेछन् ।
दाउन्नेको उकालो तीन लेनको
बुटवल-नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।
‘त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएन’ इन्जिनियर शाक्यले भने, ‘त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।’
३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालेतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।
२०७३ पुष ११ गते १५:२९ मा प्रकाशित  

अब लुम्बिनीसम्म ४ लेनको आधुनिक सडक, तौलीहवासम्म अर्को लेन थपिने

पत्र पत्रिका बाट  -साभार http://www.onlinekhabar.com/2017/05/587484/

७ जेठ, काठमाडौं । भैरहवा-बुटवल सडकखण्ड विस्तारको काम लगभग सकिएको छ । यो क्रमसँगै अब रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकखण्ड आधुनिक स्वरुप पाउने भएकोे भएको छ । यो सडक विस्तारको जिम्मा भारतको गावार कन्सट्रक्सन कम्पनीले पाएको छ ।

अब भैरहवाबाट लुम्बिनीसम्मको १८ किलोमिटर सडक ४ लेनमा विस्तार हुनेछ । अहिले यो सडक २ लेनमा छ । लुम्बिनीबाट तोलिहवासम्म एक लेनमा रहेको सडक पनि अब २ लेनको बन्ने छ ।
१ अर्ब ९० करोड रुपैयाँमा कम्पनीले न्युनतम् ठेक्का हालेपछि उसैलाई जिम्मा दिन लागिएको छ । त्यसका लागि सडक विभागले दावी विरोधको सूचना निकालेको छ । यो प्रक्रिया सकिएपछि सम्झौता भएर तत्काल काम सुरु हुने सडक आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।
पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको सडकलाई विस्तार अब केही समयमै सुरु हुनेछ । सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो ।
तयारी पूरा
सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिटेल इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । वातावरणीय प्रभावसहित स्थानीय सार्वजनिक सुनुवाइको काम पनि भएको छ ।
‘भैरहवाबाट लुम्बिनीसम्मको सडक साँघुरो हुँदा समस्या छ । पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रमा जानेका लागि हुने अनेकन समस्या हटाउने गरी काम सुरु हुन्छ’ इन्जिनियर महर्जनले भने ।
यो सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै साढे २ अर्ब बराबरको ऋण दिने समझदारी जनाएको थियो । तर, १ अर्ब ९० करोडमै ठेक्का अवार्ड हुने अवस्था आएको छ । एडिबीले दिने यो सहलियत ब्याजदरको ऋण हो ।
कस्तो बन्छ ?
भैरहवा-लुम्बिनी सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई-दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।
मिडियम भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
लुम्बिनीदेखि तौलिहवासम्म भने २ लेनको मौ सडक बन्ने छ । तर, यो पुरै राजमार्ग छेउका बाक्लो बस्तीहरुमा ‘सर्भिस लेन’ पनि रहनेछन् । सडकको किनारमा बजार क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिने शाक्यले बताए ।
सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न र उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने विश्वास छ ।
साढे ३ वर्षमा सकिने
यो सडक विस्तार गरिसक्न काम सुरु भएपछि झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । त्यसपछि एक वर्ष यो सडक परीक्षण अवधिमा रहनेछ । ठकेदारले थप चार वर्षसम्म सडकमा कुनै समस्या आए आफैंले मर्मत सम्भार गर्नेछन् ।
तौलीहवासम्म नै ४ लेनको बनाउने भनिए पनि लुम्बिनी क्षेत्र विकास कोषले पुरातात्विक सम्पदाको जगेर्नाको विषयलाई ध्यानमा राख्दै तौलिहवासम्म २ लेनको मै सडक बनाउन अनुरोध गरेको थियो । त्यसैका आधारमा २५ किलोमिटर सडक भने २ लेनमा मात्रै विस्तार गर्न लागिएको हो ।
एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत यो सडकको विस्तारमा सहयोग गर्दैछ ।
मुग्लिन नारयणगढ सडक ४ लेनमा विस्तार भइरहँदा सडक विभागले नरायणगण्ढ बुटवल सडकलाई पनि ४ लेनमा विस्तार गर्न टेण्डरप्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । यसअनुसार अबको केही वर्षमा मुग्लिनबाटबाट लुम्बिनीसम्म ४ लेनको सडकमा यात्रा गर्न पाइनेछ ।
यो पनि पढ्नुस 
अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने
 नागढुंगाको विकल्प सीतापाइला–धार्के सडक ! दुई लेनको बनाउन सुरु
नारायणगढ–बुटवल सडकः १६ अर्ब खर्चेर यसरी हुँदैछ विस्तार

खाद्य संस्थानको चामल नबिकेर कुहियो, नष्ट गर्न निर्देशन

पत्र पत्रिका बाट  -साभार   http://www.karobardaily.com/news/78753

खोटाङ: राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको केपीलासगढी गाउँपालिका–४, बाक्सिलास्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएर रहेको चामल तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिएको छ । 
उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा ४६ क्विन्टल ९० केजी चामल कुहिएको पाइएपछि आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले तत्काल गाडेर नष्ट गर्न निर्देशन दिएको हो । 
कुहिएर किरा परेको चामल गन्हाउन थालेकाले तत्काल नष्ट नगरे मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेकाले नेपाल खाद्य संस्थान प्रधान कार्यालय काठमाडौँ, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ । 
डिपोमा आव २०७१-०७२ मा स्टक गरिएको ४६ क्विन्टल ९० केजी चामलको मूल्य बजारको भन्दा महँगो भएपछि बिक्री नहुँदा गोदाममै कुहिएको हो । 
सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल मानवका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गर्न निर्देशन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका मानवअधिकार सहायक लोकनाथ घिमिरेले बताए । 
“कुहिएर किरा परेको चामल तत्काल जमिनमा गाड्ने व्यवस्था मिलाएर जानकारी गराउन भनेका छौँ,” उनले भने, “कुहिएको चामल पशुपक्षीलाई समेत दिन नहुने अवस्थाको भएकाले नष्ट गर्न भनेका हौँ ।” 
स्थानीय तहको मतदानपूर्वको अवस्था विषयमा अनुगमन गर्नका लागि पुगेको आयोगको टोलीले चामल सडेको गुनासो आएपछि जेठ १ गते डिपो कार्यालयको अनुगमन गरेको थियो । बिक्री नभए पनि कर्मचारीले सुरक्षित तरिकाले भण्डारण गर्नेतर्फ ध्यान नदिँदा ठूलो परिमाणको सोना मन्सुली चामल सड्न पुगेको हो । 
भूकम्प र भारतीय नाकाबन्दीका समयमा चाहिने भन्दै स्टक राखिएको चामल बजारको भन्दा महँगो हुँदा गोदाममै थन्किएको डिपो प्रमुख अनिलकुमार महतोले बताए । 
त्यो चामलको मूल्य प्रतिकेजी ४४ तोकिएको थियो । केही समयपछि प्रतिकेजी ४२ मा झारेपनि चामल बिक्री नभएको डिपोले जनाएको छ । 
अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्हाउने भएको नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य तथा स्थानीयवासी समिर राईले बताए । 
“डिपोको चामल बजारको भन्दा महँगो भएपछि गत वर्ष बिक्री भएन”, उनले भने, “तत्कालै मूल्य घटाउन सर्वदलीय बैठकले आग्रह गर्यौँ, केही रुपैयाँ घट्यो पनि । तर बजारको भन्दा महँगो हुँदा बिक्री हुन नसकेको हो ।”

सौराहा–लुम्बिनी तथा लुम्बिनी–सौराहा स्तरीय पर्यटक बस सेवा

पत्र पत्रिका बाट  -साभार http://www.abhiyan.com.np/new/Articles/view/98248 

२०७४-०२-९ मा प्रकाशित       दुवै क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै गर्ने सहमति

जेठ ८, काठमाडौं । चितवनको सौराहा र गौतम बुद्धको जन्मस्थल लुम्बिनीबीच पर्यटन प्रवद्र्धनका लागि सौराहा–लुम्बिनी तथा लुम्बिनी–सौराहा स्तरीय पर्यटक बस सेवा शुरू हुने भएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि चितवन पुगेका लुम्बिनीका पर्यटन व्यवसायी र सौराहका होटल व्यवसायीबीच बस सेवा शुरू गर्ने सहमति भएको सिद्धार्थ होटल एशोसिएशन (सान) ले जानकारी दिएको छ ।

लुम्बिनी र त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सान लुम्बिनी च्याप्टरको आयोजनामा व्यवसायी पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर सौराहा, तनहुँको बन्दिपुर र पोखरा भ्रमणमा निस्किएको र सौराहा र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको सान लुम्बिनी च्याप्टरका महासचिव लीलामणि शर्माले बताए । टोलीले आइतवार सौराहा र सोमवार बन्दिपुरका व्यवसायीसँग छलफल गरेको छ भने मङ्गलवार पोखराका व्यवसायीसँग अन्तरक्रिया गरिने उनले जानकारी दिए । सौराहामा भएको अन्तरक्रियामा सौराहा र लुम्बिनी दैनिक तीनओटा स्तरीय बस सञ्चालन गर्ने र यसका लागि व्यवसायीसँग सहकार्य गरिने सहमति भएको उनले जानकारी दिए ।
यस्तै, नेपाल, भारत वा अन्य कुनै पनि ठाउँमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा सामूहिक रूपमा गर्ने सहमति भएको र यसले दुवै क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनले भने, ‘चितवन र लुम्बिनी आएकामध्ये ५ प्रतिशत पर्यटकले मात्र दुवै ठाँउको भ्रमण गर्ने गरेकाले कम्तीमा ट्राभल प्याकेज बनाउँदा १ दिन लुम्बिनी र १ दिन सौराहा राख्ने गरी बनाउदा दुवै ठाउँलाई फाइदा पुग्छ ।’ यसबारे सम्बन्धित निकायसँग छलफल गरेर यसै सिजनदेखि काम शुरू गर्ने उनले बताए ।
यस्तै, लुम्बिनी आउने पर्यटकलाई आवासमा ३० प्रतिशत र खानामा २० प्रतिशत छूटको व्यवस्था गरिएको सानले जानकारी दिएको छ । टोलीले सोमवार तनहुँका होटल व्यवसायीसँग छलफल गरेको छ । तनहुँ र लुम्बिनीवीच सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको टोलीका सदस्य तथा उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरका  सदस्य गोविन्द ज्ञवालीले जानकारी दिए । स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटक भारतीय गाइडले गर्ने मिस गाइडका कारण १ दिन पनि नबसी फर्किने तथा कतिपय पर्यटक लुम्बिनीबाट सीधै काठमाडौं वा पोखरा जाने गर्छन् । यो सहमतिले महŒवपूर्ण दुई पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका सहयोग पुग्ने अपेक्षा होटल व्यवसायीको छ । उनीहरूले बन्दिपुर र पोखरामा आउने पर्यटकलाई लुम्बिनीसम्म पुर्‍याउन र त्यहाँ पुगेका पर्यटकलाई यी स्थानमा ल्याउनका लागि आफूहरूले समेत पहल गर्ने बताएका छन् । नयाँ वर्ष २०७४ को अवसरमा मात्रै लुम्बिनीमा ३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊः अदालत

पत्र पत्रिका बाट  -साभार    http://www.karobardaily.com/news/78749 

काठमाडौंः सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको छ । 
कामुृ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ ।
टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारलगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, पूर्वसचिव डा द्वारिकानाथ ढुङ्गेल र डा. जगदीशचन्द्र बरालले संयुक्त रुपमा मुद्दा रिट निवेदन दायर गरेका थिए । 

निवेदनमा सरकारको निर्णय कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित हुने अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको विषय भएकाले कानुनको शासनमाथि नै प्रश्न उठ्ने उल्लेख छ ।
स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता, विधिको शासन, न्यायिक सर्वोच्चताजस्ता विषयमा प्राथमिक रुपमा नै अपूरणीय क्षति हुने उल्लेख गर्दै निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ । 
मन्त्रिपरिषद्ले यही जेठ ४ गते थरुहट र मधेस आन्दोलन राजनीतिक भएकाले त्यस क्रममा विभिन्न व्यक्तिमाथि चलाइएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । टीकापुरमा २०७२ भदौ ७ गते दुईवर्षीय बालकसहित नेपाल प्रहरीका तत्कालीन बहालवाला प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ प्रहरीको हत्या भएको थियो । 
सो घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न २०७३ साल फागुन २४ गते सरकारलाई सिफारिससमेत गरेको थियो ।
त्यसपछि सरकारले घटनामा संलग्नमािथ अदालतमा मुद्दासमेत दायर गरेको थियो । निवेदनमा सो घटनामा संलग्नलाई अदालतमा मुद्दा दायर गरिएको र अहिले पनि आरोपितविरुद्ध दायर भएका मुद्दा अदालतमा विचाराधीन भएकाले मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख छ । 

Saturday, May 20, 2017

थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले सोमबार दिउँसो टीकापुरमा



  • दिलबहादुर छत्याल   मङ्गलबार ८ भाद्र, २०७२

(0 votes)

धनगढी- थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले सोमबार दिउँसो टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक नाबालकको कायरतापूर्वक ज्यान लिएका छन्। घटनामा २० प्रहरी, २१ सशस्त्र बल घाइते छन्। तीमध्ये सशस्त्रका ३, प्रहरीका दुई गम्भीर छन्।
टीकापुर नगरपालिका कार्यालय कब्जा गरी 'थरुहट स्वायत्त सरकार' लेखिएको साइनबोर्ड झुन्ड्याउन चारैतिरबाट घरेलु हतियारसहित ओइरिएका हजारौं प्रदर्शनकारीले प्रहरी टोलीलाई घेरा हाली भाला, बन्चरो, हँसिया, लाठीलगायत घरेलु हतियारले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित पाँच, सशस्त्र प्रहरीका दुई गरी सात सुरक्षाकर्मीको ज्यान गएको हो।

घटनामा एक नाबालकको पनि मृत्यु भएको सुरक्षा प्रशासनले पुष्टि गरेको छ। प्रदर्शनकारीतर्फ केही हताहत भएको, सयौं घाइते भएको बताइए पनि नाम खुलेको छैन।

मारिनेमा सेती अञ्चल प्रहरी कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का छन्। यसैगरी, सशस्त्र प्रहरी हवल्दार ललित साउद र सहायक हवल्दार रामबिहारी चौधरीको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको छ।

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकेन्द्र साउद घरमै बसिरहेका बेला आन्दोलनकारी प्रवेश गरी हत्या गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए।

प्रमुख राजनीतिक दलले साउन २३ गते ६ प्रदेशको संघीय सीमांकनमा सहमति जनाएलगत्तै साउन २४ बाट थरुहट–थारुवान संघर्ष समितिको नेतृत्वमा कैलाली तनावग्रस्त थियो। आन्दोलनकारीले पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार नगरपालिका कब्जा गरी बोर्डमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम राखेका थिए।

प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्ने क्रममा आन्दोलनकारीलाई सम्झाउँदा–सम्झाउँदै न्यौपाने उनीहरुको घेरामा परेको प्रत्यक्षदर्शीले बताए। उनीहरुका अनुसार प्रहरीलाई उनीहरुले भाला, बन्चरो, हँसियालगायत घरेलु हतियारले प्रहार गरी ज्यान लिएका थिए। चौधरीलाई जिउँदै जलाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

थरुहट पक्षधरले आफूतर्फ तीन जनाको मृत्यु भएको जनाए पनि नाम खुलाएका छैनन्।

घटनापछि टीकापुरमा कर्फ्यु जारी गरिएको छ। दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरिएको प्रजिअ श्रेष्ठले बताए। 'सुरक्षा समितिबाट दंगाक्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरका हौं,' उनले भने।

दिउँसो करिब दुई बजेतिर टीकापुरको पश्चिमतर्फ रहेको टीकापुर नगरपालिका–६, शकरस्थित पशुहाटबजारमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा रहेको प्रहरी टोलीले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेका प्रदर्शनकारीलाई रोकेको थियो।

निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिएपछि प्रदर्शनकारीले प्रहरीमाथि एकाएक घरेलु हतियारले आक्रमण गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका प्रमुख रामकुमार खनालले बताए।

प्रहरीले गोली चलाउनुअघि नै प्रदर्शकारीले अकल्पनीय रुपमा घरेलु हतियार प्रयोग गरेर प्रहरीलाई ढालेको उनले जानकारी दिए। 'निषेधाज्ञा तोड्ने क्रम रोक्न खोज्दा प्रहरीमाथि एकाएक घरेलु हतियार प्रयोग भए,' उनले भने।

चारैतिरबाट आएका प्रदर्शनकारीको संख्या करिब २० हजार रहेको र उक्त घटना भएको क्षेत्रमा ३/४ हजार प्रदर्शनकारी रहेको प्रजिअ श्रेष्ठले बताए। शान्तिपूर्ण आन्दोलनमा हतियारसहित प्रहरीमाथि आक्रमण गर्न आउलान् भन्ने पूर्वअनुमान गर्न नसक्दा प्रहरीतर्फ ठूलो क्षति बेहोर्नुपरेको प्रजिअ श्रेष्ठले बताए।

'घरेलु हतियारसहित उनीहरु आक्रमण गर्न आउलान् भनेर पूर्वअनुमान नहँुदा आकस्मिक दुःखदायी घटना भएको हो,' उनले भने, 'निर्मम तरिकाले प्रहरीको हत्या भएको छ।'

भाला रोपेर तथा जिउँदै जलाएरसमेत प्रहरीलाई मारिएको उनले बताए। 'भिडन्त क्रममा प्रदर्शनकारीले प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन्,' प्रजिअ श्रेष्ठले भने।

घाइते 'हतियार सहितअ आएका उनीहरुले अन्धाधुन्द भाला,हँसियाले प्रहार गरे। 'घाइते प्रहरी प्रशान्त बि.क.ले भने,

एकाएक आएर हतियार प्रयोग गरि आक्रमण भएको उनले बताए।

घाइते प्रहरी र सशस्त्र प्रहरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका २ र सशस्त्र प्रहरीका ३ जना गम्भीर घाइते रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।

थरुहट अगुवाले प्रहरीले दमन गरेकाले प्रदर्शकारीले प्रतिकार गरेको बताएका छन्। आन्दोलनमा घुसपेठ भएको पनि उनीहरुले प्रतिक्रिया दिएका छन्।

थरुहट–थारुवान संयुक्त संघर्ष समिति, कैलालीका सचिव माधव चौधरीले टीकापुर नगरपालिका कार्यालयमा स्वायत्त थरुहट सरकार लेखेको साइन बोर्ड टाँस्ने कार्यक्रममा प्रहरीले दमन गरेकाले प्रदर्शनकारीले आत्मरक्षाका लागि घरेलु हतियार प्रयोग गरेको बताए।

'सुनियोजित रुपमा प्रहरीमाथि आक्रमण गर्ने योजना थिएन। प्रदर्शनमा आएका जनता थरुहट पक्षकै हुन्,' उनले भने, 'सुनियोजित रुपमा र घुसपेठ भएको भन्ने हामी भन्न सक्तैनौं।'

घटनास्थल गाउँनजिकै भएकाले घरेलु हतियार प्रयोग गरेको उनले स्विकारे। 'थरुहट पक्षका पनि तीन जनाको मृत्यु भएको छ,' उनले भने, 'नाम खुल्न सकेको छैन।'

थरुहट–तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले शान्तिपूर्ण आन्दोलनमा घुसपेठका कारण घटना भएको बताए।

'टीकापुरमा विरोध सभा गर्ने कार्यक्रम थियो। प्रहरीतर्फ घुसपेठ भएर प्रदर्शनलाई उत्तेजित पारियो। यो घटनाको जिम्मेवारी राज्य नै हो,' उनले भने।

कैलालीका राजनीतिक दलका नेताले जातीय हिंसा भड्काउन चाहनेले सुनियोजित रुपमा घटना भएको भन्दै सबैलाई संयम हुन र घटना घटाउने तŒवलाई कारबाही गरिनुपर्ने बताएका छन्।

एमाले, कैलाली अध्यक्ष दीर्घ सोडारीले प्रदर्शनकारीबाट भएको आक्रमण 'आतकंवादी' भएको बताए। उनले प्रहरीतर्फ त्यति ठूलो नोक्सान हँुदासम्म समयमै गोली ठोक्ने आदेश नदिनु प्रहरी प्रशासनको पनि चरम लापरबाही भएको बताए। थप स्थिति बिग्रन नदिन प्रहरी प्रशासनले सतर्कता अपनाउनुका साथै सबैले संयम हुनुपर्ने उनले बताए।

'सुनियोजित तरिकाले यो घटना भएको छ। हिंसा भड्काउन चाहनेबाट भएकाले सबैले संयम हुनु जरुरी छ,' उनले भने, 'हिंसा भड्काउन चाहने र आतंककारी घटना घटाउने तŒव पत्ता लगाई कारबाही गरिनुपर्छ।'

नेपाली कांग्रेस, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले जातीय हिंसा भड्काउन चाहने तत्व घुसेर यो घटना गराएको बताए।

'केही दिनअघि अमरेश सिंह, राजेन्द महतोहरुले जातीय द्वन्द्व भड्काउन दिएको अभिव्यक्तिको परिणाम हो यो घटना,' उनले भने।

एकीकृत माओवादी जिल्ला सचिवालय सदस्य रमेश धामीले प्रशासनले अवस्था नबुझी बल प्रयोग गर्दा घटना भएको बताए। 'प्रदर्शकारी बढी र सुरक्षाकर्मी थोरै भए, अवस्था नबुझी बल प्रयोग हँुदा घटना भयो,' उनले भने, 'यो घटना दुखद हो।' सरकारले सुरक्षा सतर्कता अपनाउन नसक्नु कमजोरी भएको उनले आरोप लगाए।

स्थिति तनाबपूर्ण भएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो २ बजेदेखि कैलालीको पूर्वमा कर्णाली नदी, पश्चिममा मुनुवा गाविस, उत्तरमा पथरैया गाविस र दक्षिणमा धनसिंहपुर गाविससम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

अखण्ड सुदूरपश्चिम पक्षधरले निकालेको मोटरसाइकल र्याषलीका सहभागी र थरुहटका कार्यकर्ताबीच शुक्रबार कैलालीको दुर्गौली गाविस, तोरैयापुरमा झडप भएपछि प्रशासनले रातिबाट कर्फ्यु लगाएको थियो। शनिबारदेखि लगातार दिउँसो टीकापुर निषेधित क्षेत्र घोषणा गरी विरोध सभा, कार्यक्रम गर्न रोक लगाइएको थियो।
- See more at: http://archive.nagariknews.com/society/nation/story/44054.html#sthash.6oBhMm9B.dpuf