बर्मा वृत्तान्त
राम्रो अवसरको खोजीमा रहेका नेपालीको गन्तव्य युरोप, अमेरकिालगायत समृद्ध मुलुक बनेका छन् अहिले। तर, पहिलो र दोस्रो विश्वयुद्धताका नेपालीका लागि अलिक टाढाको आकर्षक गन्तव्य भनेको अचेल म्यानमार भनेर चिनिने बर्मा थियो। सुखको खोजीमा उनीहरू आसाम, मणिपुर हुँदै बर्मा पुग्थे। तर, त्यहाँ तिनले भोग्ने नियति पनि दुःख नै हुन्थ्यो सायद। त्यसैले 'बर्मा गए कर्मसँगै' भन्ने लोकोक्ति नै बन्यो।
अहिले पनि त्यसलाई नेपालीको नियति भनेकै दुःख पाउनु हो भन्ने अर्थमा लिने गरएिको छ। तर, दुबसु क्षेत्री, पुनम क्षेत्री, चक्र क्षेत्री र कृसु क्षेत्रीद्वारा लिखित म्यान्मामा नेपाली भाषा, साहित्य र संस्कृति पुस्तकले त्यो पुरानो उक्ति बर्माका नेपालीका सन्दर्भमा असान्दर्भिक भइसकेको बताउँछ। बर्मा भासिएको पहिलो पुस्ताले त्यतिबेला गरेका दुःख र मिहिनेतका कारण हाल बर्मामा स्थायी बसोवास गररिहेका नेपाली सुखी पनि रहेछन्।
नेपाल र बर्माबीचको सबैभन्दा बलियो सम्बन्ध-सेतु झन्डै ९० प्रतिशत बर्मेलीले मान्ने बौद्ध धर्म र त्यहाँ रहेका नेपाली हुन्। बर्मामा बौद्ध धर्मको विस्तार नेपालबाटै भएको जानकारी दिँदै पुस्तकले नेपाली र बर्मेलीबीचको समानतालाई विस्तृतमा केलाउने प्रयास गरेको छ। जसरी नेपाली 'अतिथि देवो भवः'को मान्यतामा पाहुनाको सत्कारमा कुनै कमी हुन दिँदैनन्, बर्मेलीले प्रदान गर्ने आतिथ्यता पनि ठ्याक्कै त्यस्तै हुने पुस्तकमा बताइएको छ।
भगवान् गौतम बुद्धको पालादेखि नै नेपाल-बर्माबीच आवतजावत रहेको तथ्य लेखकहरूले पेस गरेका छन्। बुद्धत्व प्राप्त गरेको आठ वर्षपछि बुद्धले आफ्नो केश दिएका ६ जना भिक्षु-भिक्षुणीमध्ये एक भिक्षुले आफूसँग रहेको केश बर्माको चाइठियोको ढुंगाको गर्भभित्र राखेका र अहिले त्यहीँ बौद्ध चैत्य निर्माण भएको आधारमा लेखकहरूले बर्मामा आवतजावत त्यही बेला सुरु हुन थालेको तथ्य पेस
गरेका हुन्।
पृथ्वीनारायण शाहले नेपाल विस्तार अभियान सुरु गरेपछि पूर्वतिरबाट नेपालीहरू बर्मातिर पलायन हुन थालेका रहेछन्। त्यस बेला हुने लडाइँका कारण किराँती समुदायका मानिस भारत हुँदै बर्माको कछिनतिर लागेको जानकारी पुस्तकले दिएको छ। यद्यपि, स्थायी बसोवास नै गर्ने गरी ठूलो संख्यामा नेपाली पुग्न थालेको भने दोस्रो विश्वयुद्धताका हो। त्यस बेला उत्तर-पूर्वी एसियामा सबैभन्दा ठूलो लडाइँ भएको मुलुक नै बर्मा थियो। त्यहाँ विपरीत दुई ध्रुवका बेलायत र जापानबीच घमासान युद्धहरू भएका थिए। ती युद्धमा भाग लिएका नेपाली -गोर्खा) सिपाहीमध्ये धेरैजसो उतै घरजम गरेर बस्न थालेका रहेछन्।
पुस्तकमा उल्लेख भए अनुसार तरकारीका रूपमा प्रयोग गरनिे इस्कुस पहिले बर्मामा प्रचलनमा थिएन। नेपालीसँगै बर्मा पुगेको इस्कुस अहिले बर्मेलीका लागि पनि मीठो र लोकपि्रय भइसकेको रहेछ। र, बर्मेलीले इस्कुसको नाम 'गोर्खादी' राखिदिएका रहेछन्। अनि, नेपालीले लगेको तीनपाने रक्सी पनि त्यहाँ उत्तिकै लोकपि्रय भएछ। त्यसैले इस्कुसलाई जस्तै तीनपानेको नाम गोर्खालीसँगै मिल्दो हुने गरी 'गोरछो' राखेका रहेछन्।
पुस्तकका लेखकहरू चारै जना एकाघरका सदस्य हुन्। दुबसु, कृसु र चक्र तीनै जनाले बर्मास्थित नेपाली राजदूतावासमा कूटनीतिक कर्मचारीको भूमिका निर्वाह गरसिकेका छन्। लेखकमध्येकी पुनमचाहिँ बर्मामै जन्मे-हुर्केर सुवेदी परविारमा बिहेबारी गरी नेपाल आएकी हुन्।
पुस्तकमा बर्माका नेपालीको भाषा र साहित्य मात्रै होइन, आर्थिक अवस्था, धर्म-संस्कृति, आनीबानी, बोली-व्यवहारदेखि नेपाल-बर्माबीचको कूटनीतिक सम्बन्धको सांगो-पांगो जानकारी छ। बर्माका नेपाली र नेपाली साहित्यबारे अहिलेसम्मकै सबैभन्दा बढी जानकारी दिने पुस्तक हो यो। त्यहाँको नेपाली समाज, भाषा र संस्कृतिको गहिरो अध्ययन गरेपछि यस्तो महत्त्वपूर्ण पुस्तक प्रकाशन गरेका लेखकहरू धन्यवादका पात्र बनेका छन् ।
म्यान्मामा नेपाली भाषा, साहित्य र संस्कृति
लेखक : दुबसु क्षेत्री, पुनम क्षेत्री, चक्र सुवेदी र कृसु क्षेत्री
प्रकाशक : वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान
पृष्ठ : २००
मूल्य : ५०० रुपियाँ