Thursday, March 16, 2017

नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस सरकार

पत्र पत्रिका बाट  -साभार  

 http://www.annapurnapost.com/news/66640

 मनोहरकुमार बिहीबार, चैत ३, २०७३ 


नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस सरकार

राजविराजः सप्तरीको राजविराज क्षेत्रमा रहेको स्थानीय निकायका कार्यलयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार तालाबन्दी गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय प्रमुख र प्रशासन कक्षमा समेत ताला लगाएका छन् ।
तालाबन्दी गर्न गएका मोर्चा कार्यकर्ताले एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।
स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले बिहीबारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो । जिल्लाका सबै गाविस, नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको मोर्चाले तालाबन्दी अनिश्चित रहने बताएको छ ।
आगामी बैशाख ३१ गतेका लागि निर्धारित स्थानीय निकायको निर्वाचन र स्थानीय तह पुर्नसंरचना कार्यान्वयन हुन नदिने मोर्चाले निर्णय गरेको छ

No comments:

Post a Comment