Thursday, March 16, 2017

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

पत्र पत्रिका बाट  -साभार  

 http://www.annapurnapost.com/news/66611

 

म्याग्दी: मङ्गला गाउँपालीका-१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन्।
चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन्।
छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका थिए।
“यसपाली दुई सय घार मौरी बेच्ने लक्ष्य छ,” उनले भने। गत वर्ष उहाँले रु एक लाख ५० हजार बराबरको मह बिक्री गर्नुभएको थियो । अहिले उनले एपी सेरेना जातको ९८ घार मौरी पालेका छन्। केसीले प्रतिघार मौरी रु छ हजार ५०० तथा मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका छन्।
एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उनको भनाई छ। कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ। उनी जिल्ला कृषि विकास कार्यालयद्वारा प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। रासस

No comments:

Post a Comment