Thursday, March 16, 2017

अपहरणमा संलग्न प्रनानि पक्राउ

पत्र पत्रिका बाट  -साभार  

http://gorkhapatraonline.com/news/37401

काठमाडौं, चैत ४ गते । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) नै एक वैदेशिक रोजगार कम्पनी सञ्चालकको अपहरण घटनामा संलग्न रहेको अभियोगमा विहीवार पक्राउ परेका छन् ।
अपराध महाशाखाबाट महानगरीय प्रहरी वृत गौशालामा खटिएका ३२ वर्षीय सम्वत तामाङ धुम्वाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरी दुई लाख ३० हजार नगद फिरौती र एक करोड रुपियाँको चेक लिई छोडेको अवस्थामा पक्राउ परेका हुन् ।
उहाँसँगै सहयोगी गौशाला वृतमा कार्यरत प्रहरी जवान सूर्यबहादुर थापा, अपहरण घटनाका योजनाकार कुमार भन्ने रुपन्देही देवदहका राजकुमार गुरुङ र काभ्रे शिखर धम्बोटेका अर्जुनबहादुर लामा पनि पक्राउ परेका छन् ।
प्रहरीको सशस्त्र दंगा गण मेची दरवन्दी भएका सई तामाङ र महानगरीय प्रहरी दंगा गण त्रिपुरेश्वरमा दरवन्दी भएका जवान महाशाखाबाट बृत गौशालामा खटिएका सादा पोसाकका (घुमुवा ) प्रहरी कर्मचारी हुन ।
उहाँहरुले राजकुमार र अर्जुनको योजना अनुसार, म्यानपावर सञ्चालक राईलाई आफूहरु सिआइबी प्रहरी हुँ भन्दै सुरुमा फुर्पा शेर्पा नाम गरेको सुन तस्कर कहाँ छ ? कता लुकाई ? सबै कुरा खोल भन्दै धम्की दिनुभएको थियो ।
सो धम्कीबाट डराएका राईलाई गत माघ १ गते साँझ कोटेश्वर बोलाई त्यहाँबाट अपहरण गरी सिनामङ्गलस्थित एक घरमा पु¥याएर बन्धक बनाई साथमा रहेको नगद दुईलाख ३० हजार र नबिल बैंक तथा राष्ट्रिय वाणिज्य बैंङ्कको दुई÷दुईवटा चेक काट्न लगाइ एक करोड रुपियाँ निकाल्ने योजना अनुरुप उहाँहरु फरार हुनुभएको थियो ।
चेकमा सई सम्वत तामाङ, प्रसाद गुरुङ र धिरज गुरुङको नाम उल्लेख गर्न लगाइएको थियो । सो घटना भएको एक महिनापछि पीडित राई चेकमा नाम उल्लेख भएका व्यक्तिको विषयमा उजुरी दिन अपराध महाशाखा पुग्नुभएको थियो ।
महाशाखाका प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले अपहरणमा संलग्न त्यस समूहलाई प्रहरी वृत गौशालामा कार्यरत रहेकै बेला पक्राउ गरेको हो ।    

 =======


काठमाडौं : अपहरणमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सईद्वय सूर्य थापा र सम्बत तामाङ रहेका छन्। ३२ बर्षीया सम्बत महाशाखाअन्तर्गत गौशाला वृतमा खटिएका थिए। सूर्य भने काठमाडौं परिसरअन्तर्गत गौशाला वृतमा कार्यरत हुन्।
सम्वत मंगलबार र सूर्य बिहीबार दिउँसो पक्राउ परेका हुन्। अपहरणमा संलग्न भएको आरोपमा काभ्रेका अर्जुनबहादुर लामा र रुपन्देहीका कुमार भन्ने राजकुमार गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरुले धनकुटाका बद्री राईलाई अपहरणगरी दुई लाख ३० हजार रुपैयाँ नगद लिएका थिए भने नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाममा २५÷२५ लाखका चार वटा चेक समेत काट्न लगाएका थिए।
यस्तो थियो घटना
राजकुमार र सम्बत पहिलादेखी नै साथी थिए। यता अर्जुन र राजकुमारबीच पनि चिनजान थियो। अर्जुनले सुन तस्करीमा सक्रिय भरिया फुर्पा तामाङ सुनसहित बेपत्ता भएको सूचना जानकारी पाए। फुर्पा नाताले बद्रीका नाती पर्छन्।
फुर्पाले विदेश जानको लागि आफ्नो राहदानी म्यानपावर व्यावसायीलाई दिएको चाल पाए। यहाँबाट सुरु भयो ‘ब्ल्याकमेलिङ’, अर्जुनले घटनाबारे राजकुमारलाई बताए। राजकुमारले प्रहरीको साथ लिए, सम्बतका रुपमा। सम्बतलाई अर्का सई सूर्यले साथ दिए।
उनीहरुले ‘टर्चर’ दिन थाले। प्रहरी समेत सहभागी भएकाले बद्री तनावमा हुनु स्वभाविक थियो। उनीहरुले बद्रीले नै फुर्पालाई लुकाएको आरोप लगाए। उनीहरुले जसरी पनि फुर्पालाई झिकाउन बद्रीलाई दबाब दिए।
उनीहरुले गत माघ १ गते कोटेश्वरमा बद्रीलाई बोलाए र बाइकमा राखेर सिनामंगलको सेकुवा कर्नरमा राखे। उक्त समूहले फुर्पालाई झिकाउन दबाब दिदै बद्रीलाई समेत सुन तस्करीमा संलग्न भएको आरोप लगायो।
उनीहरुले बद्रीलाई यातना दिएर एक करोडको चेक काट्न लगाए र उनको साथमा रहेको दुई लाख ३० हजार रुपैयाँ पनि लिए। त्यसपछि घटना सार्वजनिक गरे वा प्रहरीमा उजुरी गरे बद्रीसहित उनका परिवारलाई मारिदिने धम्की दिएर उनीहरु निस्किए ।
घटनाबारे प्रहरीले गोप्यरुपमा चाल पायो र बद्रीलाई झिकायो। निकै तनावमा रहेको बद्रीले घटनाको बेलिविस्तार लगाए। यसपछि बद्रीलाई जाहेरी दिन लगाएर महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो।

No comments:

Post a Comment