Saturday, April 1, 2017

पाटन कलेजमा बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ...सञ्चालनमा

पत्र पत्रिका बाट  -साभार    अन्नपूर्ण शुक्रवार, चैत १८, २०७३


काठमाडौं : बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायरको सम्बन्धनमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयको सम्बन्धनमा स्नातकअन्तर्गत बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन विषयको पढाइ सञ्चालन गरिएको कलेजका अध्यक्ष पंकज जालानले जानकारी दिए ।
बेलायतको टाइम्स यूकेको र्यांकिङ अनुसार एक सय ३० वर्ष पुरानो युनिभर्सिटी अफ बेडफोर्डसायर विश्वको उत्कृट आठ सय विश्वविद्यालयमध्ये एक भएको जालानले दाबी गरे । उक्त विश्वविद्यालयमा विश्वभरका एक सय २० मुलुकका २२ हजार विद्यार्थी अध्ययनरत छन् ।
तिन वर्षको अध्ययन अवधि र तीन सय ६० क्रेडिट आवर भएको बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन कोर्स पढेका विद्यार्थी आफूले पढेको विषयमा पारंगत हुने कलेजले जनाएको छ ।
विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्रोफेसनल स्टडिजमा प्रथम वर्षको अध्ययन नेपालमा गरेर बाँकी समय युनिभर्सिटी अफ बेडफोर्डसायर, बेलायतको मूल क्याम्पसमा गर्न सक्नेछन् ।पाटन कलेज फर प्रोफेसनल स्टडिज, दुई दशक पुरानो लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ)को भगिनी संस्था हो । एलबीईएफबाट करिब पा“च हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापनलगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् ।
यहा भएको 'प्रिजेन्टेसन रुम', डिजिटलाइज्ड छ । स्टुडेन्ट चिल आउट जोनमा विभिन्न प्रकारका इनडोर गेमको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीका लागि स्वस्थकर, स्वच्छ क्याफ्टेरियाको व्यवस्था छ । कलेज परिसरमा २४ सै घन्टा उच्च गतिको वाइफाइ इन्टरनेट सुविधा छ ।

No comments:

Post a Comment