प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
भारतले अहिले भन्दै आएको कालीनदी र
कालापानी वास्तवमा क्रमशः खा यंक्ति (नदी) र तिल्सी हो । स्थानीयहरुलाई
कालापानी भन्ने कहाँ पर्छ थाहा छैन ।
(३१ जेठमा
प्रतिनिधिसभाको दुई तिहाईले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको
नेपालको नयाँ मानचित्र पारित गर्याे । त्यससता नेपालीसँग पश्चिमी भागमा
चुच्चोसहितको नयाँ मानचित्र छ । तर, दार्चुलावासी गोपालसिंह बोहराले झण्डै
एकदशकअघि १६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिकामा प्रकाशित एक
लेखमार्फत विवादित भूमि नेपालको भएको प्रमाण प्रस्तुत गर्दै नयाँ नक्शाको
प्रारुपसेमत तयार पारेका थिए । पहिलो संविधानसभामा तत्कालिन नेकपा
(एमाले)का तर्फका समानुपातिक सभासद, माओवादी लडाकु समायोजन गर्न गठित
‘विशेष समिति’ सचिवालयका सदस्य, सेनाका पूर्व सहायक रथी समेत रहेका बोहराले
आफू रहँदै सरकारले मान्यता दिएको नयाँ नक्शा जारी गरेको ऐतिहासिक क्षण भने
देख्न पाएनन् । ६ माघ २०७१ मा उनको निधन भयो ।)
गोपालसिंह बोहरा
नेपालका राष्ट्रप्रमुखदेखि
गाविसस्तरसम्मका कार्यालयमा गलत सीमा बुझाउने नक्सा झुण्ड्याइएको छ। सुगौली
सन्धिअनुसार, लिम्पियाधुरा महाकाली नदीको मुहान र महाकालीको पश्चिम तटसम्म
नेपालको भू–भाग हो। तर, अहिले महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने
तथ्यलाई नै गोलमटोल पारिएको छ।
नेपाल–भारत दुवैतिर ‘ब्यास’ भनिने
महाकाली नदीको उपल्लो उपत्यकामा नेपालका नौ गाउँ छन्। समुद्री सतहबाट १०
हजारदेखि १३ हजार फीट उचाइमा पर्ने यी गाउँमा ६ महिना हिउँ पर्नेहुँदा
त्यहाँका बासिन्दा हरेक साल बेसीतिर ‘कुन्चा’ (बसाइँ) झर्छन्।
कैलाश पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको
वर्णन कैलाशखण्ड महात्म्य, नेपालखण्ड महात्म्य, उत्तराखण्ड महात्म्य र
स्कन्दपुराणमा पनि छ। प्राचीनकालदेखि नै कैलाश र मानसरोवर जाने बाटो भएकाले
ब्यासलाई ‘स्वर्ग जाने द्वार’ पनि भनिन्छ।
अपी, नम्पा र सैपाल
हिमालको उत्तरमा छ, ब्यास। ऐतिहासिक युरोप–चीन ‘सिल्क रोड’ ब्यास उपत्यकाको
उत्तरी सीमामा पर्ने तिब्बतको पुराङ्ग काउण्टीहुँदै गएको थियो। उहिले
पुराङ्ग काउण्टीको व्यापार मण्डी ताक्लाकोटबाट नेपाल र भारत प्रवेश गर्न
लिपुलेक भञ्ज्याङ्ग प्रयोग हुन्थ्यो। यही भञ्ज्याङ्ग भएर परम्परागत
नेपाल–भारत हिमालपार व्यापार हुन्थ्यो। नेपाल–तिब्बत आउजाउका लागि १० हजार
८५० फिटको लिम्पियाधुरा, १७ हजार ४०० फिटको लेलोङ्ग र १६ हजार फिटको तिङ्कर
भञ्ज्याङ्ग भन्दा १६ हजार ८०० फिटको लिपुलेक बढी चल्तीको नाका थियो।
भारतको छेतो हुँदै पुग्न सकिने व्यास गाविसमा अहिले छाँगरु र तिङ्कर गाउँ
मात्र आवाद छन्। छेतोमा भारतीय सेनाको एक गुल्म र अर्ध–सैनिक बल एसएसबीको
टुकडी तैनाथ छ। छेतोभन्दा माथि ‘नोटिफाइड’ इलाका पर्ने हुँदा धार्चुलाको
सब–डिभिजनल मजिस्ट्रेटबाट विशेष अनुमतिपत्र लिएर मात्र आवतजावत गर्न
पाइन्छ। छेतो काटेपछि भारतकै गब्र्याङ्ग गाउँ आउँछ। अङ्ग्रेजको समयमा
सम्पन्न भएकाले ‘छोटा बेलायत’ भनिने गब्र्याङ्गलाई अहिले भूस्खलनले उजाड
बनाएको छ।
नेपाल र भारतका विशाल उब्जाउ मैदानका सिंचाइ स्रोत
हिमालय पर्वत हुन्। हिमालय क्षेत्र अक्षय जलस्रोतले भरिपूर्ण छ। यही
हिमालयका ढलान र उपत्यकामा ब्यासी (शौका) समुदायको बसोबास छ। भारतको
उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला र नेपालको दार्चुला
जिल्लाको व्यास गाविसमा विभिन्न थरका ब्यासीहरू छन्।
यस क्षेत्रमा शताब्दीयौंदेखि बस्दै आएका
ब्यासीहरूले लिम्पियाधुराबाट निस्कने नदीलाई काली र अहिले भारतले कालीनदी
भनेर दाबी गरेको नदीलाई ‘खा यंक्ति’ (खा नदी) भन्थे, भन्छन्। तर पछिल्ला
दशकमा भारतले ‘खा यंक्ति’लाई काली र ‘तिल्सी’लाई कालापानी भनेर स्थापित
गरेको छ। ब्यास उपत्यकाका नेपालीहरू आफ्नै देशको सिमाना थाहा पाउनबाट
बञ्चित भएका छन्।
काल्पनिक कालापानी
मार्च १९५९ मा तिब्बती धर्मगुरु दलाई लामा भारत निर्वासित हुनुअघिसम्म
ब्यास उपत्यका र सीमावर्ती भारतीय गाउँहरूबीच राम्रो सम्बन्ध तथा स्वतन्त्र
आवागमन थियो। खेतीपातीमा काम गर्नेदेखि बौद्ध तीर्थयात्रीसम्मका
तिब्बतीहरू नेपाल र भारत दुवैतिर डुलेर फर्किन्थे। दलाई लामाको पलायनपछि
यसमा अवरोध आयो। लुक्दै–भाग्दै भारत पस्ने तिब्बतीले लिपुलेक र तिङ्कर
भञ्ज्याङ्ग प्रयोग गर्न थाले, जसमा नेपालले चासो नदिए पनि भारतले निगरानी
बढायो। सन् १९६२ को भारत–चीन युद्धपछि अवस्था झनै बिग्रेर गयो।
६८
वर्षअघि छाँगरुमा जन्मेको यो पङ्क्तिकारले अनेकौं पटक तिब्बतको ताक्लाकोट र
कैलाश मानसरोवरको भ्रमण गरेको तथा त्यसका आधारमा त्यस क्षेत्रको नक्सासमेत
बनाएको छ (हे. स्केच)। नैनीताल (भारत) हाईस्कूल बोर्डको परीक्षा दिएपछि
अप्रिल १९५९ मा घर फर्केको पङ्क्तिकार बुबासँग तिब्बत गएर करिब एक महिनामा
गाउँ फर्कंदा तिल्सी (हाल भारतीय फौजको ब्यारेक रहेको काल्पनिक कालापानी)
मा उत्तर–प्रदेश राज्यको ‘आम्र्ड कन्स्टेबुलरी’का १०–१२ जवान प्रहरी तीनवटा
पाल टाँगेर बसेका थिए। उनीहरूले ‘कहाँ के रहनेवाले हो ? कहाँ से आए हो ?
उधर क्यों गए ?’ भन्दै कडिकडाउ गरे। त्यसपछि गाउँ पुगेर तिल्सीमा भारतीय
सुरक्षाकर्मी बसेको सुनाउँदा कसैले गम्भीरतापूर्वक लिएनन्।
यात्रीहरूले तिर्खा मेटाउने र रीतअनुसार
ढुङ्गामाथि ढुङ्गा थप्दै आएको तिल्सीस्थित पानीको सानो मूललाई कालीको उद्गम
मानिएको छ । लिम्पियाधुराबाट निस्कने पानी पार्वतीतालहुँदै कालीमा बगेको
झैं पार्न तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाइएको छ । पार्वतीतालमा
जस्तै तिल्सीमा पनि काली मन्दिर बनाइएको छ ।
त्यसबेला पंकौवामा गुन्जी र एरखा तथा
पंखामा गब्र्याङ्गवासीका खेतहरू थिए। बाली लगाउने र उठाउने समयमा गाउँलेहरू
त्यहीँ बस्थे। तिल्सीमा चट्टानमुनि पानीको सानो मूल थियो। यात्रीहरू
त्यहीँ तिर्खा मेटाउँथे र स्थानीय परम्पराअनुसार ढुङ्गामाथि ढुङ्गा थपेर
हिँड्थे। अहिले त्यहाँ बसेका भारतीय फौज नेपाल सरकारको सहमतिमा बसेका हुन्
कि आफैं, त्यो नेपाल सरकारलाई नै थाहा होला।
स्थानीय बासिन्दाले १९६२ मा चीनबीच लडाईं
हुने भएपछि यस क्षेत्रका ठाउँ–ठाउँमा बङ्कर खन्दै भारतीय फौज परिचालित भएको
देखेका थिए। १९६५ सम्म यस भेगमा नेपालीको आवतजावतमा बन्देज पनि भएन। तर
त्यसपछि, भारतीयहरू तिब्बत जान छाडेसँगै, नेपालीहरूको आवतजावतमा पनि बन्देज
लगाइयो। स्थानीयवासीले थुप्रै पटक गुनासो गरे पनि नेपाल सरकार मौन रह्यो।
सूर्यबहादुर थापा नेतृत्वको पहिलो मन्त्रिमण्डलमा वन सहायकमन्त्री बनाइएका
मेरा गाउँका स्वर्गीय बहादुरसिंह ऐतवाल नेपाली भू–भागमा विदेशी फौज
बसेकोमा सरकारको ध्यानाकर्षण गराउने प्रयास त गर्नुभो, तर त्यससँगै उहाँ पद
खोसुवामा पर्नुभो। त्यसपछि त उहाँलाई आफ्नो गाउँ जाँदा भारतीय बाटो प्रयोग
गर्न समेत बन्देज लाग्यो। उहाँ कैयन् दिनसम्म निर्जन र अप्ठ्यारा बाटा
छिचोल्दै गाउँ–जिल्ला ओहोरदोहोर गर्नुहुन्थ्यो। त्यसबेला काठमाडौंमा भएको
वास्तविकता पूर्वप्रधानमन्त्री थापालाई पक्कै थाहा हुनुपर्छ।
आफ्नै गाउँमा चार कक्षा छिचोलेको पङ्क्तिकारले पाँच कक्षादेखि नैनीतालमा
पढेको हो। त्यसबेला नैनीताल अल्मोडा जिल्लामा पथ्र्यो। भारतीयहरू ‘कालीनदी
कुटी से निकल्ती है’ भन्थे र नक्सासमेत त्यसैअनुसार कोर्न सिकाउँथे। कुटी
गाउँभन्दा माथि प्राचीनकालदेखि प्रसिद्ध ज्योलीकाङ्ग (पार्वतीताल) र काली
मन्दिर छन्। लिम्पियाधुराबाट निस्कने पानी पार्वतीताल हुँदै कालीनदीमा आउने
गाउँलेहरू बताउँथे। कालो चट्टानबाट कालीनदी निस्किन्छ भन्ने स्थानीय
किम्बदन्ती छ।
लिम्पियाधुरानिर हिमाच्छादित पर्वत छ, जसलाई ‘छोटा
कैलाश’ भन्ने गरिन्छ। कैलाश मानसरोवर जान नसक्नेहरू यसैको दर्शन गर्छन्,
पार्वतीतालमा नुहाउँछन् र काली मन्दिरमा पूजा गर्छन्।
अहिले कुटी र
पार्वतीतालमा बाह्रै महिना भारतीय फौज बस्छ। गुन्जी गाउँनिरको
मनिलाथाङ्गमा भारतले विभिन्न सरकारी कार्यालय बनाएको, हेलिकप्टरबाट निर्माण
उपकरण पुर्याएको र यस क्षेत्रमा सडक निर्माण तीव्र बनाएको छ। तर, यसबारे
नेपाल सरकारले मौनता साँधिरहेको छ।
लिम्पियाधुरा कालीनदीको उद्गमस्थल
निर्धारित हुँदा कुटी, नाबी र गुन्जी नेपालमा पर्छन्। यी तीन गाउँका
बासिन्दाले नेपाल सरकारलाई तिरो तिरेको स्थानीय पाकाहरू अझ्ै सम्झ्न्छन्।
नेपाल सरकारले चाह्यो भने पुराना अभिलेख केलाएर तथ्य एकीकृत गर्न सक्छ।
सरकारी स्तरबाट प्रयास भयो भने, हाम्रो पुस्ताले पढ्दाका पाठ्यपुस्तकहरू
लखनऊ, मुरादावाद वा आगरामा अझै फेला पार्न सकिन्छ। ती पाठ्यपुस्तकले सुगौली
सन्धिमा उल्लेख भएको कालीनदीको उद्गम अहिले भन्ने गरिएको कालापानी होइन,
कुटी हो भन्ने पुष्टि गर्न सघाउँछन्।
सुगौली सन्धिअनुसार लिम्पियाधुरा महाकाली नदीको मुहान र
महाकालीको पश्चिमी तटसम्म नेपाली सीमा कायम– क । खा नदी नै कालीनदी हो
भन्ने भारतीय दाबी मान्दा पनि ख अनुसार सीमा कायम हुनुपर्ने । तर अहिले ग
अनुसारको नक्सा सर्वत्र चलाइएको छ ।
भारतले ‘खा यंक्ति’लाई कालीनदी भन्ने गरे
पनि तिल्सी पुगेर पानीको मात्रा हेर्नासाथ त्यो आँखामा धूलो छ्याप्ने
प्रपञ्च हो भन्ने जो–कोहीले बुझ्हिाल्छ। त्यहाँको अनुपम प्राकृतिक उपहार
‘ॐ’ पहाडलाई आफ्नो भूभागमा पार्न पूर्वपट्टि रेखाङ्कन समेत गरेको भारतले
तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाएको छ।
लिम्पियाधुराबाट निस्कने पानी
पार्वतीतालहुँदै कालीनदीमा बगेको स्थानीयवासीको भनाइ विपरित तिल्सीको
मानवनिर्मित तालबाट कालीनदी बनेको देखाउन यो काम गरिएको हो। तिल्सीमा
पार्वतीतालमा जस्तै काली मन्दिर पनि बनाइएको छ।
भारतले
गब्र्याङ्गबाट कालीनदीको पश्चिम किनाराहुँदै रोङ्गकाङ्ग र नपल्च्यु गाउँ
जाने बाटो १९६२ को भारत–चीन युद्धपछि खनेको हो। त्यसअघि भारतीयहरू नेपालको
बाटो हुँदै ‘खा’ नदीको पुल तरेर जान्थे। तिब्बत जाने भारतीय व्यापारी र
तीर्थयात्रीहरूको अनुगमन तथा कागजात तयार गर्न अहिले पिथौरागढ जिल्लामा
पर्ने मनिलाथाङ्गमा भारतीय सरकारी कार्यालयहरू बनाइएको छ, जबकि सुगौली
सन्धि अनुसार यो नेपाली भूमि हो। अब नेपाल सरकारले ‘लिपुलेक भञ्ज्याङ्ग
त्रि–देशीय सिमाना बिन्दु होइन’ भन्नुपर्छ।
वास्तविक मानचित्र
यो आलेखमा कालीनदीको माथिल्लो उपत्यकाको वस्तुगत तथ्य उतार्न खोजिएको हो।
माथि नै भनियो, सुगौली सन्धिअनुसार नेपालको सिमाना कालीनदीको पश्चिम तटसम्म
हो। तर कालीलाई साझा नदी भन्न थालिएको धेरै भइसक्यो। यसो भन्न थाल्नुअघि
दुई देशबीच कुन–कुन समयमा के–कस्ता ‘गोप्य’ सम्झौता–सहमति भए, नेपाली
जनतालाई थाहा छैन। त्यस्तै, तिल्सीमा भारतीय फौज राख्ने र लिपुलेक पनि दिने
सहमति भएको छ भने त्यसबेलाका सरकारी पदाधिकारीहरूले जानकारी दिनुपर्छ।
नेपालले आफ्नो देशको सिमानाको वास्तविकताबारे उदासीन भएर बस्न मिल्दैन,
कालीको वास्तविक मुहान निक्र्योल गर्न विज्ञहरूको टोली गठन गर्नुपर्छ। केही
वर्षअघि नेपाली पक्ष विना गृहकार्य भारतसँग कालीनदीबारे छलफल गर्न
देहरादुन पुगेको थियो। नेपाली टोलीसँग प्रमाणहरूको कमी त थियो नै, ऊ अडान
राख्न पनि नसक्ने अवस्थामा रहेको टिप्पणी भारतीय वार्ताकारमध्ये एकले
पङ्क्तिकारसँग गरेका थिए। अब कदापि त्यस्तो हुनुहुँदैन।
नेपालको
वर्तमान मानचित्रलाई मान्यता दिने निकाय कुन हो ? कैयन् स्थानमा सीमा विवाद
नसुल्झिएको अवस्थामा नेपालले भारतमा प्रकाशित मानचित्रहरूलाई प्रयोगमा
ल्याउन मिल्छ ? सुगौली सन्धिअनुसार नेपालको नक्सा यहाँ दिइएको नक्सा ‘क’
अनुसार हुनुपर्ने हो (हे.अघिल्लो पृष्ठको नक्सा)।
‘खा’ नदी नै कालीनदी भन्ने भारतको दाबी
मान्दा पनि नक्सा ‘ख’ अनुसार सिमाना हुनुपर्छ। तर अहिले जताततै ‘ग’
अनुसारको नक्सा चलाईंदैछ। नेपाल सरकारले कि जनतालाई यो नक्सा स्वीकार्नुको
आधार बताउनुपर्छ कि गलत मानचित्रलाई तुरुन्त सच्याउनुपर्छ।
नेपाल र
भारत प्राचीनकालदेखिका मित्र हुन्। धर्म, संस्कृति, भाषा आदिबाट प्रगाढ
रूपमा बाँधिएका यी दुई देशबीच जनस्तरमा त विश्वमा कतै नभएको अनुपम सम्बन्ध
छ। यस्तो सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ भन्नेमा कसैको विमति छैन। तर
सीमामा किचलो राखेर सम्बन्ध सुमधुर हुँदैन, बरु बिग्रन्छ। कालीको
उद्गमस्थलसम्बन्धी विवाद तत्काल सुल्झाउनु नेपाल र भारत दुवैको हितमा छ।
राष्ट्रिय स्वाभिमान र छिमेकी राष्ट्रसँगको सुसम्बन्धका लागि पनि यसलाई
यथासक्य सुल्झाउन सकिएन भने अबको पुस्ताले देशको पश्चिमी सीमाको तथ्य नै
जान्न पाउने छैन।
(१६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिका मा प्रकाशित। )
I
had edited and done everything on his book entitled Kalapani : Katha Ra
Byatha and it was published on 2072 BS in the name of his wife Dr.
Sadhana Bohara after Gopal Sing Bohara's death.
Dilli Bhattaraiनेपाल–भारत
दुवैतिर ‘ब्यास’ भनिने महाकाली नदीको उपल्लो उपत्यकामा नेपालका नौ गाउँ
छन्। समुद्री सतहबाट १० हजारदेखि १३ हजार फीट उचाइमा पर्ने यी गाउँमा ६
महिना हिउँ पर्नेहुँदा त्यहाँका बासिन्दा हरेक साल बेसीतिर ‘कुन्चा’
(बसाइँ) झर्छन्। कैलाश पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको वर्णन कैलाशखण्ड
महात्म्य, नेपालखण्ड महात्म्य, उत्तराखण्ड महात्म्य र स्कन्दपुराणमा पनि
छ। प्राचीनकालदेखि नै कैलाश र मानसरोवर जाने बाटो भएकाले ब्यासलाई ‘स्वर्ग
जाने द्वार’ पनि भनिन्छ।
कोतपर्व र
भण्डारखालपर्वमार्फत जङ्गबहादुरले आफ्नो अधिनायकत्वका व्यवधान सबैलाई
पन्छाए । असन्तुष्ट राजा राजेन्द्रले उनलाई ‘निमकहराम’ समेत भने । तर,
जङ्गबहादुरले आफ्ना पूर्वजहरुले देशका लागि देखाएको वीरता र सौर्यको बयान
गरेर उनलाई मुखभरी जवाफ दिए ।
राजकुमार दिक्पाल
दन्त्यकथाको पात्रजस्ता लाग्छन्,
जङ्गबहादुर राणा। अनेक तिकडम, दुस्साहस, बल र छलले उनले स्थापित गरेको
जहाँनिया राणा शासन एक सय चार वर्षसम्म टिक्यो। उनी एक्लैले लगातार तीन दशक
एकछत्र शासन चलाए।
तर, उनकै कान्छा भाइ धीरशमशेरका छोराहरुले
पर्व मच्चाएर उनका दरसन्तानमध्ये रोलवाला जेठा छोरा जगतजंग लगायतको प्राण
हरे, कतिपयलाई डाँडा कटाए। र, रणोद्विप सिंहपछि धीरशमशेरकै छोरानातिले २००७
सालसम्म ६५ वर्ष लगातार एकछत्र शासन चलाए।
जङ्गबहादुरका पुर्खा
जङ्गबहादुर राणाका पुर्खा अहिराम कुँवर
पहिले कास्की राज्यसँग नजिक थिए। तर, कास्कीका राजासँग खटपट परेपछि उनी
गोरखासँग निकट भए। गोरखामा उनले प्रतिष्ठित भारदारका रुपमा नाम कमाए।
अहिरामका छोरा रामकृष्ण कुँवर
पृथ्वीनारायण शाहका मुख्य सरदार थिए। पृथ्वीनारायण शाहको राज्यविस्तारको
अभियानका क्रममा उपत्यका वरपर र पूर्वी क्षेत्रमा विजय हासिल गरेर आफ्नो
नाम चम्काए।
रामकृष्णका छोरा रणजित, रणजितका छोरा
बालनरसिंह र बालनरसिंहका छोरा जङ्गबहादुर। जङ्गबहादुरअघिका उनका सबै
पुर्खाको थरमा कसैकोमा कवर, कुँवर लेखिएको पाइन्छ। तर जङ्गबहादुरको
पालादेखि सन्तानले आफ्नो नामपछाडि ‘राणा’ लेखाए। अझ जङ्गबहादुरका सन्तानको
सत्ता पूर्ण रुपमा हरण गरेपछि धीरशमशेरका सन्तानले शमशेरको पछाडि
‘जंगबहादुर राणा’ (जबरा) पनि थपे।
एकै वंशमा राणा र रैती जङ्गबहादुर
अनेक छल र बलले प्रधानमन्त्रीको रुपमा सर्वशक्तिमान भएपछि पनि जातिगत
रुपमा तीन डोरे क्षत्री भएकाले आफूलाई उपेक्षित महशुस गर्थे। ६ डोरे राजपुत
र चौतारिया खलकसँग जङ्गबहादुर खलकको भातभान्सा र बिहेवारी चल्दैनथ्यो।
इतिहासकार ज्ञानमणि नेपालको ‘नेपाल
निरुपण’ (२०५५ः१२१–१२४) अनुसार, त्यसका लागि विजयराज लगायतका राजपुरोहितले
जङ्गबहादुरलाई कुँवर वंशावली तयार गर्न प्रस्ताव गरे। उच्च र प्रसिद्ध
राजघरानासँग वंश जोड्ने कुरामा दत्तचित्त उनले आफ्ना प्रसिद्ध पुर्खा
अहिराम र रामकृष्णलाई हेरेर मात्र चित्त बुझाएनन्। जङ्गबहादुरले वंशावलीमा
भारतमा मुगल बादशाहलाई समेत टक्कर दिने चितौढका महाराणा प्रतापको वंशसँग
आफ्नो वंश जोड्न लगाए। ‘कुँवर’ ब्युत्पत्ति कुमार हुने हुँदा
‘श्रीमद्राजकुमारात्मज’ अर्थात् राजाको छोराका छोरा भन्ने उपपत्ति दिएर
भारतको उच्च राजघरानाका वंशवृक्षसँग जङ्गबहादुरको वंश जोड्ने काम भयो।
जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले पनि
‘जङ्गबहादुरको जीवनयात्रा’ (२०७४ः१)मा ‘राणा परिवारको वंशावलीका सम्बन्धमा
आफूसँग रहेको एउटा पुस्तकमा अति प्राचीन पौराणिक आख्यानमा वर्णित
पूर्वजदेखि वर्तमान कालसम्मका राणा परिवारको वंशावलीको विस्तृत रुपमा वर्णन
गरिएकाले आफ्ना युगका बहादुर नायक (जङ्गबहादुरको जिजुबुवा (रामकृष्ण) को
इतिहासभन्दा पर जान आफूहरुलाई आवश्यक नभएको’ उल्लेख गरेका छन्।
यसबाट जङ्गबहादुर र यताका उनका सन्तानले अहिराम कुँवरको नाम समेत लिन कञ्जुस्याइँ गरेको स्पष्ट हुन्छ।
राणा (कुँवर)को वंशावलीअनुसार अहिराम
कुँवरका दुई भाइ छोरा रामकृष्ण र जयकृष्ण देखिन्छन्। रामकृष्णपछिका वंशमा
रणजित, बालनरसिंह र जङ्गबहादुर देखिन्छन्। यता जयकृष्णतिर चन्द्रवीर,
बलभद्र कुँवर देखिन्छन्। तर, जयकृष्णका सन्तान राणा कहलाएनन्। उनीहरुलाई
राणा लेख्ने अधिकार दिइएन। त्यसैले एउटै पुर्खाका सन्तान राणा अर्थात् श्री
३ राजखान्दान भए भने अर्को चाहिं कुँवर अर्थात् रैती।
इतिहास शिरोमणि बाबुराम आचार्यले
‘पूर्णिमा’को पूर्णाङ्क २७ (२०२९ असोजः१७७)मा ‘राजेन्द्रविक्रमको शासनकाल’
शीर्षकको तिथ्यावलीमा जङ्गबहादुरले राणाजीको पदवी र राजपुतसँग विवाहको
अधिकार वि.सं. १९०५ जेठ बदी ५ मा लालमोहर लगाई लिएको उल्लेख गरेका छन्।
तिमाल कोटको युद्धकथा तामाङ
बाहुल्य क्षेत्र तिमालमा स्थानीय शासकका रुपमा रिन्जिन दोर्जे सक्रिय थिए।
पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को अंक ९१ (२०४२ पुस–माघः६)मा
चन्द्रप्रसाद त्रिपाठीका अनुसार मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले
हरिहरपुरगढीबाट वि.सं. १८१९ भाद्र सुदीमा रिन्जिन दोर्जेको नाममा एक
ताम्रपत्र जारी गरेबाट उनी त्यहाँको स्थानीय शासक भएको प्रमाणित हुन्छ।
तिमाल हातमा लिन पृथ्वीनारायण शाहले विशेष
तयारी गरेका थिए। पलाञ्चोकका बगाले थापामध्ये परशुराम थापालाई आफूसँग
मिलाएर सेनानायक बनाई विभिन्न लडाइँमा खटाइसकेका थिए।
पृथ्वीनारायणले पलाञ्चोके थापामध्ये अर्का
लछिमन थापालाई पनि हात लिन १८१९ भाद्र सुदी १ रोज ६ मा एक पत्र पठाए।
मोहनप्रसाद खनालको ‘पृथ्वीपत्र’ सङ्ग्रह भाग १ (२०१८ः१०)मा पृथ्वीनारायणले
लछिमन थापालाई पठाएको पत्र प्रकाशित छ। पत्रअनुसार वीरे धामी नामका
व्यक्तिलाई यसअघि लछिमन थापाले नेल काटी भगाइदिएका थिए। पछि उनले
गोरखालीसँग मिल्न लालायित भई तिमालमा काज पुर्याइदिने आश्वासन दिए।
पत्रमा ‘तैलेई कपट घाली विर्या धामिको
नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या
छ’ भन्ने परेबाट भोट्या अर्थात् तिमालका तामाङहरु त्यतिखेरको अवस्थामा
आवश्यक युद्ध लड्न तयारी गरिरहेको अनुमान सहजै गर्न सकिन्छ। पत्रमा भदौ
नसकी ज्योतिषीले युद्धका लागि साइत नदिएको र त्यतिञ्जेलसम्म तिमालका भोट्या
अर्थात् तामाङहरुलाई सम्झाईबुझाई गर्दै गर्न लछिमन थापालाई पृथ्वीनारायण
शाहले अह्राएका छन्।
हालकाे तिमाल गाउँ । तस्वीर: भिजिट तिमाल काभ्रे ।
यसरी तयारी गर्दै गर्दा १८१९ असोज २ गते
गोरखालीहरुले तिमाल कोट आक्रमण गरे। ‘पूर्णिमा’ को पूर्णाङ्क ५० (२०२४
भाद्र–आश्विनः१४४)मा देवीप्रसाद भण्डारीले ‘श्री ५ पृथ्वीनारायण शाहका
निश्चित संवत् र तिथि–मितिहरु’ शीर्षकको लेखमा ‘भाषा वंशावली’लाई उद्धृत
गर्दै तिमालकोटको युद्ध वर्णन प्रकाशमा ल्याएका छन्। यसमा ‘आफ्ना
मन्त्रीवर्गसँग सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित् शाह, काजी वंशराज
पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर प्रभृति, नजिकी,
द्वार्या, उमराव गैह« थरघर भला मानिससमेत फौज विदा गर्नुभयो। लश्कर लिई
भाईभारदारले तिमालकोट हान्या। हान्दा ३०० गीड पर्याका’ भन्ने परेको छ।
भाषा वंशावलीको यो वर्णन हेर्दा स्वयम्
पृथ्वीनारायण शाहका भाइ दलजित शाहसमेत संलग्न यो युद्धमा साह्रै सजिलो गरी
गोरखालीले तीन सय जना शत्रु सेनालाई काटी तिमाल हात पार्न सफल जस्तो
देखिन्छ। तिमाल क्षेत्रमा अनुश्रुतिगत इतिहास भेला गरेर लिलाबहादुर
दोङले ‘तेमाल दरबार र तामाङ राजाहरु’ (२०६०ः३०–३४)मा गोरखालीहरुले राजा
रिन्छिन दोर्जेलाई शान्ति सम्झौता गर्न सुनकोशी किनारमा निशस्त्र आउन
बोलाएर अघिल्लै दिन बालुवाभित्र लुकाएर राखेको हतियार झिकी मारेको भन्ने
लेखेका छन्।
इतिहास शिरोमणि बाबुराम आचार्यले
‘पूर्णिमा’ को पूर्णाङ्क ५० (२०३८ भाद्रः८–१०)मा १८१७ सालमा पलाञ्चोक
आक्रमण गर्दा बाघ भीमसेन थापा (बडाकाजी अमरसिंह थापाका पिता)घेरामा परी
मारिएका र उनको कमान रामकृष्ण कुँवरले सम्हाली त्यहाँ अधिकार जमाई केही
दिनपछि काभ्रे गढीमा पनि अधिकार जमाएपछि १५ वर्षसम्म यस प्रदेशको हाकिम भई
रामकृष्ण बसेको उल्लेख गरेका छन्।
यस्तै १८१९ भाद्र १० मा गोरखालीले
मकवानगढी कब्जा गरेका, तिमालकोटमा मकवानी सेनाले एक महीनासम्म रामकृष्णलाई
रोक्दा भयङ्कर लडाइँ भएको, उनका एक भाइका साथ तीन सय गोरखाली सेना परेका र
त्योभन्दा धेरै मकवानी सेना परेको उल्लेख भएबाट भाषा वंशावलीमा जस्तै सजिलै
गोरखालीहरुले तिमालकोट लिन सकेको भन्नेमा शंका उब्जने ठाउँ रहेको छ।
तिमालमा तामाङहरुको बाहुल्य रहेको र
पृथ्वीनारायण शाहकै भाषामा पनि युद्ध हुने बेलामा ‘तिमालका भोट्या चमक्या
छन्’ भन्ने उल्लेख भएबाट आचार्यले भनेको मकवानी सैन्यमा तामाङ सेनाकै
बाहुल्य रहेकोमा शंका मान्ने ठाउँ छैन।
काभ्रेपलाञ्चोक क्षेत्रको हाकिम भएर बस्दा
गोरखाली सरदार रामकृष्ण कुँवरले वरपरका तामाङहरुलाई मीठोमसिनो गर्दै
रिझाएर राख्नुपर्ने जिम्मा पनि पृथ्वीनारायण शाहबाट पाएका थिए।
‘पृथ्वीनारायण शाहको उपदेश’ (२०२५ः९८८–९८९)मा छापिएको १८२० असार वदी ७ को
एक पत्रमा पृथ्वीनारायणले रामकृष्णलाई ‘पनौतीका भोटेहरुको कुरो गर सजा
कोटको जागिर मोहर गरी पठाएको छु। त्यो मोहर र लेय मिझार्याका भाई छोरा वलक
पनि झिकी हाम्रो काम पुर्याएपछि सये तीन सिक्का सुन चुरा घोडा सिरोपाउ
बक्सौंला...’ भन्ने आदेश तथा आश्वासन दिएको परेबाट तामाङहरुलाई गोरखाली
राज्यमा गाभ्नका लागि रामकृष्णले ठूलो जिम्मेवारी पाएका रहेछन् भन्ने
पुष्टि हुन्छ।
काभ्रेपलाञ्चोकको हाकिम भएर रहँदा रामकृष्ण भमरकोटमा
घरबास गरी त्यहींका स्थायी बासिन्दा भएका बाबुराम आचार्यको ‘श्री ५
बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः२६३) पढ्दा थाहा
हुन्छ।
पुर्खाको मृत्यु तिमालकोटको
लडाइँमा रामकृष्ण कुँवरका एक जना भाइको मृत्यु भएको थियो। अहिराम कुँवरकै
सन्तान भएकाले यसरी मृत्यु हुने रामकृष्णका भाइ जङ्गबहादुरका पुर्खामध्ये
एक हुने नै भए।
पृथ्वीनारायण शाहले किरात हान्नका लागि
उत्साहित गर्दै रामकृष्ण कुँवरलाई आश्विन बदी ५ मा लेखेको पत्र रेग्मी
रिसर्च सिरिजको वर्ष ४ अंक ५ (सन् १९७२ डिसेम्बरः९४–९५)मा छापिएको छ।
बाबुराम आचार्यको संकलन रहेको यस पत्रमा
‘किरात फत्ते गर्न तिम्रै भर परेको छु। कालु पाँडे मारिदा साह«ै दुःखी भएको
थिएँ। यतिखेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ। धुलिखेलमा जस्तै
सिम्वु (स्वयम्भु)को जग्गा दिन्छु। तिम्रो भाई तिमालका मारिएकोमा म धेरै
दुःखी छु’ भन्ने भाका परेको छ।
आचार्यले किरात जित्न भनी १८२९ भदौ १३ गते
रामकृष्ण दूधकोशी तरिसकेको हुनाले यो पत्र १८२९ अघिनै लेखिएको हुने विचार
व्यक्त गरेका छन्।
हालसम्म प्रकाशमा आएको तथ्यअनुसार अहिराम कुँवरका
छोरा रामकृष्ण र जयकृष्ण मात्रै रहेको देखिन्छ। अहिरामका अन्य दाजुभाइको
चर्चा पढ्न पाइएको छैन।
रेग्मी रिसर्च (उही) ले रणबहादुर शाहले १८४३
सालमा जारी गरेको एक पत्रमा रामकृष्णका भाइ जयकृष्ण फेला परेकोमा
रामकृष्णका नाम नचलेका कुनै भाइले तिमालको युद्धमा ज्यान गुमाएका हुन सक्ने
टिप्पणी गरेको छ।
गोरखालीले तिमाल फत्ते गरेको १७ वर्षपछि
पनि रामकृष्णका एक भाइ जयकृष्ण (बलभद्र कुँवरका हजुरबुवा) सोमेश्वर
(चितवन)को युद्धमा खटिएको देखिन्छ। इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को
पूर्णाङ्क ५८ (२०४० चैतः३६)मा प्रकाशमा ल्याएको रणबहादुर शाहका नौ
अप्रकाशित लालमोहरमध्ये १८३६ वैशाख सुदी १५ रोज ६ मा ‘वैशाख दिन १२ जादा
बुढा दलमर्दन शाह, बन्दु राना, पारथ भण्डारी, अम्बरसिंह रानासहित जयकृष्ण
कुँवर’ थिए भन्ने परेको छ।
पहिले गोरखा अधीनस्थ भइसकेको सोमेश्वर तनहुँले कब्जा गरिदिंदा उसबाट गोरखालीले पुनः खोस्नुपरेको थियो। ं
तर
तिमालमा भएको युद्धमा तामाङ सेनाको हातबाट मारिने जङ्गबहादुरका पुर्खाको
नाम भने इतिहास अध्ययनका क्रममा नपाइने होइन, त्यो पनि जङ्गबहादुरकै
शब्दमा।
१९०३ आश्विन वदी ९ (१९०३ भाद्र ३१ गते) कोतपर्व मच्चियो।
जङ्गबहादुरले आफ्नो प्रगतिको मूल तगारो पन्छाए। १९०३ कात्तिक सुदी १२ मा
भण्डारखालपर्व मात्र उनले आफ्नो अधिनायकत्वको यात्राको बाटोको सबै व्यवधान
पन्छाए।
असामान्य शक्तिमा आएका जङ्गबहादुरसँग आफ्नो शक्ति क्षीण हुँदै गएका राजा राजेन्द्र सन्तुष्ट थिएनन्।
राजा राजेन्द्रले कोतपर्वको सबै दोष
जङ्गबहादुरमाथि लगाउने उद्देश्यले तत्कालीन परिस्थितिमा उनलाई ‘निमकहराम’
भनेका थिए। तर, जवाफमा जङ्गबहादुरले आफ्ना पूर्वजहरुले देशका लागि देखाएको
वीरता र सौर्यको समेत बयान गरेका छन्।
राजा राजेन्द्रले
जङ्गबहादुरका नाममा १९०४ प्रथम जेष्ठ वदी १३ रोज ३ मा जारी गरेको लालमोहरमा
जङ्गबहादुर राणाले राजालाई पठाएको अर्जीमा उल्लेख भएको भाका प्रशस्त
मात्रामा परेको छ। यो पत्र इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’
(२०५२ः२७१–२७४)मा प्रकाशित छ।
विभिन्न
युद्धमा पौरख देखाउने आफ्ना पितापुर्खाहरुमध्ये उनले तिमालको युद्धमा ज्यान
गुमाउने आफ्ना पुर्खाको नाम पनि लिएका छन्। पत्रमा खुलेअनुसार सरदार
रामकृष्ण कुँवरका अर्का भाइको नाम अमरसिंह कुँवर रहेको देखिन्छ, जसको
तिमालकोटमा भएको युद्धमा ज्यान गुम्यो।
Mohan Thapaखै
। इतिहास काे चर्चा त भयाे गरियाे तर ठाेस कुरा पाठक लाइ के दिन खाेजेकाे
हाे त्याे बिषयमा लेखक अलमलिएका छन् । शिर्षक अनुरुप काे लेखनी मिल्याे त ।
छ त । साथै तिमाल बिजय युद्ध मा शत्रु सेनाबाट मारिएका
हाेइनन बडाकाजी अमरसिह थापाका पिता बाघ भीमसिह थापा । तिमाल बि स १८१९ मा
बिजय भ काे हाे तर बाघ भीमसिह थापा पलान्चाेक काे युद्धमा त्यसअघि नै
बीरगति पाएका हुन जाे तिमाल काे युद्ध मा हाेइन । लेखक ले यहा गाेलमटाेल
कुरा गरेर पाठक लाइ अल्मलाएका छन् । यति लामाे चर्चा काे सार के । शीर्षक जगबहादुर कुवर कुवर थर बाट रााणा बनेकाे हाे । तर चर्चा अन्त काे भएन र ।
काठमाडौंवासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि ‘बाली र
हरियालीलाई पूर्ण क्षति गर्छ’ भनिएको सलह कीरालाई बथानका बथान कागले
खाइरहेका थिए।
सलह भगाउन थाल ठटाउने, आगो बालेर धुवाँ निकाल्नेदेखि
छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ। तर काठमाडौंमा त्यस्तो
कुनै उपाय गर्नुपरेन।
कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष
भूमिका हुन्छ नै। अझ हिन्दू समाजले कागलाई पूजा गर्छ। कागको सम्मानमा पर्व
नै छ– कागतिहार। सलहको आगमनसँगै काठमाडौंवासीले आफ्नो संस्कृति र
जीवनपद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए।
चराविज्ञ
हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा
दिएको बताउँछन्। बराल भन्छन्, ‘कागले सलह खाएको त एउटा उदाहरणमात्र हो।
यस्ता धेरै चराले सलह खाए होलान्। उनीहरूले आहारामात्र पाएनन्, सलह
नियन्त्रणमा पनि सहयोग भयो।’ यस्ता दृष्टान्तले पन्छी मानिसको साथी भएको
पुष्टि हुने बराल बताउँछन्। बेलाबखत प्रकृति असन्तुलित बन्दा वा कुनै
प्रकोप आउँदा सन्तुलन ल्याउन हरेक प्राणीको भूमिका हुने उनको भनाइ छ।
चराविज्ञ
राजेन्द्र गुरुङ पनि चरालाई किसानको साथी मान्छन्। ‘अहिले हामीले सलह
खाएको देखेर मात्र महसुस ग¥यौं तर आजसम्म कति रैथाने फट्यांग्रा, कीरा आदि
खाए होलान् पन्छीले,’ उनी भन्छन्, ‘सलहलाई त खेद्दै लगेको पनि देखियो।
काठमाडौंमा त काग कम थिए। के थाहा, तराईतिर कागले सलहको बथानै फर्काएको पनि
हुन सक्छ।’
कागले सलह खाएको एउटा उदाहरण मात्र हो, यस्ता धेरै चराले सलह खाए होलान्। त्यसैले पन्छी मानिसको साथी हो।
राजधानीमा
मात्र होइन, सबैतिर सलहको अनुभव केही अनौठो देखियो। धेरैको साझा बुझाइ
थियो– सलह आयो भने भुइँको घाँस पनि बाँकी राख्दैन। तर यसविपरीत अहिले सलहको
फोटो र भिडियोले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको छ। मानिसहरू सलहसँग
रमाएको देखिन्छ।
सलह नियन्त्रणका लागि बनेको प्राविधिक कार्यदलका
सदस्य एवं प्लान्ट क्वारेन्टिन तथा विषादि व्यवस्थापन केन्द्रका वरिष्ठ
बाली संरक्षण अधिकृत महेश अर्याल सलहको अहिलेसम्मको आगमन र क्षतिलाई हेर्दा
हतास हुने अवस्था नरहेको बताउँछन्। ‘प्रदेश–५ का केही जिल्लाका बालीमा
सामान्य क्षति पु¥याएको खबर आएको छ, बाँकी जिल्लामा सलह पुग्यो तर क्षति
छैन,’ उनले भने, ‘अब सलह नथपियोस्, हामी भाग्यमानी पनि भनौं, ठूलो
क्षतिबिना सुन्दै आएको सलह देख्न पायौं।’ उनका अनुसार बुधबार साँझसम्म
मुलुकभर ५० जिल्लामा सलह पुगेको छ। उनी भन्छन्, ‘दुई दर्जन जिल्लाबाहेकमा
सानो संख्यामा सलह पुग्यो। अझ हामीले कल्पनै नगरेको मुस्ताङमा पनि पुग्यो।’
अहिले
आचार्यलगायतको टिम ‘सलह अपडेट’ मा खटिएको छ। सलहले नागरिकलाई सचेत र
जिज्ञासु बनाएको उनको ठम्याइ छ। ‘हामीलाई सलह पहिचानका लागि कर्णाली कृषि
विकास निर्देशनालय र विराटनगरबाट दुईवटा फोटो र भिडियो आए,’ उनले रमाइलो
सन्दर्भ सुनाए, ‘ती दुवै फट्यांग्राका बथान थिए, यसले नागरिकमा भएको
जिज्ञासा र आतंकलाई दर्साउँछ।’ आचार्य यो समय रैथाने फट्यांग्राले पनि फुल
पार्ने र हजार वा १५ सयको संख्यामा हुने भएकाले भ्रममा नपर्न आग्रह गर्छन्।
सलह
कहाँ आइपुग्यो भनी जानकारी राख्दाराख्दै थाकेका उनलाई सलह देख्ने मन थियो।
उनी भन्छन्, ‘कताबाट आएको हो, टुंगो थिएन तर मंगलबार हामीले पनि देख्यौं।’
मंगलबार कागले सलह खाएको देखेर उनलाई अनौठो लाग्यो। उनले भने, ‘काग पनि
यसको नियन्त्रणका लागि सहयोगी रहेछ भन्ने लाग्यो।’