Friday, July 6, 2018

पुरा पढ्नुहोस,के तपाईलाई थाहा छ : कसको कसरी रहन गयो थर ?

https://nepaldrishti.com/2018/07/06/2765/

पुरा पढ्नुहोस,के तपाईलाई थाहा छ : कसको कसरी रहन गयो थर ?

4 hours अगाडी

नेपाल देशलाई ४ वर्ण ३६ जातजातिको फूलबारीका रुपमा धेरैले बुझी आएका छन् । हरेक मानिसको नामसँगै थर आउने गरेको छ । नाम आफूखुुसी राख्न सकिन्छ भने थर आफ्नो पूर्खाले प्रयोग गर्दै आएको नै रहन्छ । कसरी राखियो मानिसको थर सबैको जिज्ञासा बनेको छ । नेपालको सन्दर्भमा खस, आर्य जातिका धेरै थरहरु हुने गर्दछन् । तर ती थरहरु केही सरकारी दर्जाबाट, कुनै थरहरु गाउँको नामबाट अपभ्रंश भएर रहन गएको देखिन्छ ।

कसको कसरी थरको नाम राखियो :-

सरकारी दर्जाबाट रहन गएका थरहरू  : अधिकारी – दराको हाकिम, कार्की – राजस्व अधिकृत, भट्ट – राज पुरोहित वा धर्माधिकारी, भण्डारी – राजकीय कोषको प्रमुख, लेखक – लेखक, महत – ग्राम प्रमुख र रोकाया – महतको सहयोगी, थापा – सैनिक दर्जा, खड्का – सैनिक दर्जा, राना – सैनिक दर्जा, बुढा – सैनिक दर्जा र बस्नेत – सैनिक दर्जा ।

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

जुम्ला  : धिता– धिताल, पाण्डुसेरा– पाण्डे, सिञ्जा– सिंजापति, चैडिलागाउँ –चौलागाई, प्याकुरी– प्याकुरेल, सिम्खाडा– सिम्खडा, अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना, घमिराउँ– घिमिरे, देवकोट– देवकोटा, ढुङ्ग्रानी– ढुङ्गाना, ढाँकु– ढकाल, बजगाउँ– बजगाई, रिमा– रिमाल, रसाईली र स्वाँरा– स्वार ।
घोडासैन– घोडासैनी, पुरासैन– पुडासैनी, धमाली– धमला, दर्ना– दर्नाल, कुइका– कुइँकेल, चाल्सा– चालिसे, बारला–बराल, लामिसाल– लम्साल ।
दैलेख : लामाछान्नी–लामिछाने, बाँस्कोट–बास्कोटा, बास्ःतोली–बास्तोला, सातला– सत्याल, लुयाटी–लुईटेल, चापागाउँ– चापागाईं, नेपा–नेपाल, रिजु– रिजाल, पोखर– पोखरेल, लम्सु– लम्साल, लम्जी– लम्जेल, दह– दाहाल तथा दहाल, गैह्रा–गैह्रे तथा गैरे, भूर्ति– भूर्तेल, पराजुल–पराजुली, कोइराली–कोइराला, दवाडा– दवाडी, कट्टील–कट्टेल, भुषाकोट– भुषाल, सुइय–सुञेल, वड–वडाल । मोडासैन–मरासैनी,मरासिनी, गुरगाउँ– गुरागाईं, कालिकोट, खिट्किसैन– खिर्सिने, भुतौ– भुर्तेल, राँचु– रुचाल, गेला–गेलाल, वञ्जाडा–वञ्जाडे, बाँझकोट–बाझकोटा । रुकुम सर्पुकोट–सापकोटा, दाङ रजौरा– रजौरिया ।
बझाङ : रेगम– रेग्मी, सोत– सोती, खार– खरेल तथा खराल, सुवाडा–सुबेडा, सुवेदी, बयाना– बनियाँ तथा बानियाँ।
बाजुरा : जमकट्टी– जमरकट्टेल, छाती– छन्त्याल, कुँडी– कुड्याल, बेलकाटे– केलकाटिया, खातिवाडा– खाती ।
बैतडी गाजरी– गजुरेल, डोटी डोटेखेला– डोटेल, निरौली– निरौला, ओझाना– ओझा, बोगटान– बोगटी, मुडभरा–मुडभरी ।
मुगु : खनाया– खनाल, कालैगाउँ– कल्यान, खत्याड– खतिवडा


No comments:

Post a Comment