Thursday, February 9, 2012

जी स्पट पत्ता लागेन G-spot

महिलाको यौनाङ्गभित्र पनि चरम आनन्द दिने क्षेत्र जी स्पट हो भन्ने मान्यता छ। यौनसम्पर्कका बेला उक्त क्षेत्रमा हुने घर्षणले नै महिलालाई अत्यधिक आनन्द प्रदान गर्छ। महिलामा जी स्पट हुन्छ कि हुँदैन भन्ने विषयमा महिलाहरूबीच पनि मतभेद रहँदै आएको छ। यौनसम्पर्कका बेला चरम आनन्द पाउने महिलाहरू जी स्पट हुन्छ भन्छन् भने आनन्द नपाउने महिलाहरू हुँदैन भन्छन्। महिलाहरूबीच रहेको यही दुविधा अन्त गर्न अमेरिकाको यालेस्थित न्यू हेभेन अस्पतालका प्रसूति विशेषज्ञहरूले गहिरो अनुसन्धान गरेका छन्। डा. आमिचाई किलचेस्किको नेतृत्वमा भएको अनुसन्धानकर्ताहरूले महिलाको योनिमा जी स्पट स्पष्ट रूपमा पत्ता लगाउन नसकेको जानकारी जर्नल अफ सेक्सुअल मेडिसिनमा गराएका छन्। सर्वेक्षण गर्दै अनुसन्धान गर्दा धेरै महिलाले जी स्पटका सम्बन्धमा जानकारी दिए। त्यस्ता महिलाले सर्वाधिक आनन्द आउने भागको पहिचानसमेत गराए। महिलाको योनिको बनावटमा हुने फरकपनअनुसार चरम आनन्द आउने क्षेत्र फरक-फरक हुने चिकित्सकहरूले बताएका छन्। जी स्पट योनिको एउटै क्षेत्रमा नहुने र योनिको बनावटअनुसार फरक-फरक ठाउँमा हुने तथ्य उनीहरूले जर्नलमा प्रकाशित गरेका छन्।

No comments:

Post a Comment