Thursday, February 9, 2012

मात्र बर्बादीतिर

मात्र बर्बादीतिर

भविष्यमा वैमनस्यको बच्चा गर्भमा बोकेर गरनिे राज्यको पुनःसंरचनाले देशलाई बर्बादीको खाडलबाहेक अन्त कतै डोर्‍याउँदैन (सर्वस्वीकार्य संघीयताको आधार, २२ माघ) । एक जातिले अर्को जातिमाथि गर्ने निषेध, दंगाजस्ता अपि्रय क्रियाकलापबाट आफ्नो राजनीतिक अभीष्ट साँध्ने च्याँखे थापेर बसेका निश्चित झुन्ड वा समूहका लागि भने जातीय राज्यइतरको संरचना प्रीतिकर नहुन सक्छ। तथापि, केन्द्रमा रहेको एउटा शक्ति (जात)लाई पन्छाई अर्को जातीय केन्द्रको स्थापना गर्ने कुरा कुनै पनि राष्ट्रप्रेमी र राष्ट्रको समृद्धि चाहने नागरकिका लागि मान्य हुँदैन। अतः सबै जातजाति, भाषा, संस्कृति, वर्ग, क्षेत्र र सबै नेपाली जनताको मर्मलाई सम्बोधन गर्ने गरी राज्यको पुनःसंरचना आजको आवश्यकता हो।

एउटा जात वा समूहलाई विरासतका आधारमा किनारीकृत गर्ने गरी संविधान बनाउने वा राज्यको पुनःसंरचना गर्ने दुष्प्रयास गरयिो भने न त्यो दीर्घजीवी हुन्छ, न त वैज्ञानिकतामा आधारति। बरु निषेध र जातीय द्वन्द्व यसका हानिकारक नतिजा हुन सक्छन्। तसर्थ, आ-आफ्ना स्वार्थका धुनमा विषालु सर्पलाई नचाउनुको साटो राजनीतिक दलहरूले नेपाली जनताको विकासवादी चाहनालाई सम्बोधन गर्ने गरी सिंगो राष्ट्रप्रेमको सगोल धुन बजाउने आँट गर्न सक्नुपर्छ।

- ध्रुव गौतम

बाग्लुङ-६, ढिकीचौर

हाल : अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

No comments:

Post a Comment