Monday, February 20, 2017

लोडसेडिङ हटाएबापत कुलमान घिसिङलाई उत्कृष्टको अवार्ड

अन्नपूर्ण सोमवार, फागुन ९, २०७३  

साभार  पत्र पत्रिका बाट- http://www.annapurnapost.com/news/64959

लोडसेडिङ हटाएबापत कुलमान घिसिङलाई उत्कृष्टको अवार्ड

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूर्वाधारमा उत्कृष्ट योगदान गरेवापत अवार्ड प्रदान गरिएको छ।
नेपाल उद्योग परिसंघले घिसिङलाई पूर्वाधार विकास अन्तर्गतको विद्युत् प्राधिकरणमार्फत लोडसेडिङ हटाउन पुर्या‍‍एको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरेको हो। पूर्वाधार सम्मेलनमा घिसिङलाई पूर्वाधारमा वर्षकै उत्कृष्ट योगदान गरेबापत सम्मान गरिएको हो।
प्राधिकरणमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि घिसिङले काठमाडौं उपत्यका र बाहिरी सहरमा लोडसेडिङ हटाएर उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याएको भन्दै यो सम्मान प्रदान गरिएको पनि सीएनआईको भनाइ छ।
उपत्यकामा मोनो रेल उत्कृष्ट
सम्मेलनमा प्रस्तुत भएको विभिन्न १० वटा आइडिया मध्ये स्नेहा मेहताले प्रस्तुत गरेको काठमाडौं उपत्यकामा मोनोरेल उत्कृष्ट भएको छ। काठमाडौं उपत्यकामा बढ्दै सहरीकरणसँगै सडक यातायातको प्रयोग कठिन हुँदै गएकोले उपयुक्त विकल्प मोनोरेल हुनसक्ने उनको आइडिया रहेका छ।
यो आइडिलाई सीएनआईले पूर्वाधार सम्मेलनमा उत्कृष्ट ठहर्‍याउदै नगद एक लाख रुपैयाँ प्रदान गरेको छ। सम्मेलनमा निर्मला सुवालको यान्त्रिक रोपवेले फस्ट रनर र सुवास रिजालको रेल तथा पूर्वाधारमा तालिम प्राप्त श्रमिक हुनुपर्ने आइडियाले सेकेण्ड रनरको उपाधि जितेको थियो।
सुवाल र रिजाललाई सीएनआईले नगद ५०-५० हजार रुपैयाँसहित सम्मान गरेको छ। सीएनआईले यो वर्ष दिगो पूर्वाधार समृद्धिको आधार भन्ने नाराका साथ आयोजना गरेको दोस्रो पूर्वाधार सम्मेलनमा निजी तथा सरकारी क्षेत्रको उल्लेख्य सहमागिता रहेको थियो।

No comments:

Post a Comment