Tuesday, January 24, 2012

विश्वविद्यालय स्थापनाका लागि आन्दोलन गरिने

नेपालगन्ज, ६ पुस राजनीतिक दलको वेवास्ताले नेपालगञ्जमा विश्वविद्यालय बन्न नसकेको भन्दै प्रस्तावित नेपालगञ्ज विश्वविद्यालय स्थापना संघर्ष समितिले आजबाट चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाएको छ ।


आजदेखि पुस १७ गतेसम्म पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । समितिले आज जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाइ आन्दोलनका कार्यक्रमहरुका बारेमा सरकारलाई जानकारी दिइने संघर्ष समितिका संयोजक अच्युतप्रसाद प्रसाइले बताए । प्रस्तावित नेपालगञ्ज विश्वविद्यालय विधेयक ससंदमा पेश भए पनि पास हुन नसकेको भन्दै समितिले आन्दोलन थालेको हो । आन्दोलनका कार्यक्रमअन्तर्गत आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, ११ गतेसम्म जनमत सृजनाका लागि प्रचारप्रसार गर्ने, १२ गते वृहत र्‍याली प्रदर्शन गर्नेसहित १७ गतेदेखि अनिश्चितकालीन भन्सार ठप्प पार्ने कार्यक्रमहरु तय भएको संघर्ष समितिका संयोजक प्रर्साईले जानकारी दिए । 

No comments:

Post a Comment