Tuesday, January 24, 2012

थर्मल प्लान्ट ल्याउने तयारी सुरु

काठमाडौं, ५ पुस बढ्दो लोडसेडिङको विकल्पका रुपमा सरकारले लामो समयदेखि ल्याउने भनेको थर्मल प्लान्ट अब जडानको तयारी सुरु गरेको छ । मंगलबारदेखि लोडसेडिङको समय बढाएर हप्तामा ६९ घण्टा बनाएपछि सरकारले थर्मल प्लान्ट जडान गर्ने निर्णयमा पुगेको हो ।

यसका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्री समक्ष प्रस्ताव पेश गरेपछि जडानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आवश्यक निर्देशन दिएका छन् ।

यसका लागि भारतबाट २ सय मेगावटको थर्मल प्लान्ट ल्याइने छ । प्लान्ट जडानका लागि २० अर्ब लाग्ने अनुमान गरिएको छ । प्लान्ट जडान पछि लोडसेडिङ दैनिक ६ घण्टामा सिमित गर्न सकिने सरकारको दाबी छ ।

प्लान्ट जडानका लागि प्रस्तुत गरिएको प्रस्तावबारे प्रधानमन्त्रीले विस्तृत कार्ययोजना बनाई तत्काल निजी क्षेत्रलाई आह्वान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आफूहरुसँग छलफल नै नगरी सरकारले अर्बौ रुपैयाँ खर्च हुने प्लान्ट जडानप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । 

No comments:

Post a Comment