Wednesday, February 2, 2011

विद्युत् विकासमा रु.तीन अर्ब विनियोजन

कपिलदेव खनाल/नुवाकोट

विदुर, माघ ६ गते । यस वर्षदेखि नुवाकोटमा ठूला जलविद्युत् आयोजना निर्माण गरिने भएपछि चालु आर्थिक वर्षमा नुवाकोटको कुल बजेटको ७१ प्रतिशतभन्दा बढी रकम विद्युत् विकासमा विनियोजन भएको छ ।

राष्ट्रिय योजना आयोगले नुवाकोटका लागि विनियोजन गरेको तीन अर्व १३ करोड ९८ लाख ६२ हजार रुपियाँमध्ये रु. दुई अर्ब २५ करोड १५ लाख ८६ हजार विद्युत् विकासका लागि छुट्याएको छ । यो रकम कुल बजेटको ७१ दशमलव ७१ प्रतिशत रहेको छ ।

आयोगले माथिल्लो त्रिशूली-३ -ए) जलविद्युत् आयोजना निर्माणका लागि रु. एक अर्ब १८ करोड ५० लाख, देविघाट जलविद्युत् केन्द्र सुदृढीकरण कार्यका लागि रु. १९ करोड ५९ लाख ८६ हजार, त्रिशूली जलविद्युत् केन्द्र सुदृढीकरणका लागि ६० लाख र माथिल्लो त्रिशूली-३ -बी) जलविद्युत् आयोजना निर्माणका लागि रु. ५० लाख विनियोजन गरेको छ । त्यसैगरी, बेलकोट- कुमरी- चाउथे विद्युतीकरण आयोजनका लागि एक करोड ७५ लाख रुपियाँ, भद्रुटार लेखि तलाखु विद्युत्ीकरण आयोजनाका लागि रु. एक करोड ६० लाख, अधुरो ग्रामीण विद्युतीकरणका लागि रु. एक करोड ९० लाख, र सामुदायिक तथा ग्रामीण विद्युतीकरणका लागि रु. ६० लाख ४२ हजार विनियोजन गरेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।

नुवाकोटमा विद्युतीकरणका लागि गत वर्ष पनि रु। १२ करोड विनियोजन भएको थियो । गत वर्ष जिल्ला विकास समिति नुवाकोटमा प्राप्त रोयल्टीसमेत विद्युत् विकासमा मात्र खर्च गर्न पाउने गरी सशर्त निकासा भएपछि जिल्ला विकास समितिको धेरै योजना प्रभावित भएको थियो । पौने दुई करोड रुपियाँ रोयल्टी ससर्त आएपछि जिल्लाका राजनितिक दल र कर्मचारीले विरोध गरी सरकारको निर्णय फिर्ता लिन पटक- पटक दबाब लिएका थिए । उक्त रकम हालसम्म पनिखर्च हुन सकेको छैन ।

No comments:

Post a Comment