Monday, December 27, 2010

एक रुपियाँमा सर्पदंशको उपचार गर्ने दाबी सीप भए पनि अधिकार नपाएको गुनासो

सिन्धुलीमाढी, पुस ७ गते । विषालु सर्पले टोकेर अशक्त बनेका बिरामीलाई एक रुपियाामा नै उपचार गर्ने सीप छ तर सीप प्रयोग गरी बिरामीको सेवा गर्न कानुनी अधिकार छैन । यस्तै समस्यामा पर्नुभएको छ, सिन्धुलीको डकाहा बजारमा बस्दै आउनु कविराज विवेक पौडेल ।

वैधानिक रूपमा बिरामीको सेवा गर्न राज्यबाट कुनै सहयोग नपाएपछि नाम र इज्जतका लागि गैरकानुनी रूपमा बिरामीको सेवा गर्न थालेको उहााले गुनासो गर्नुभयो ।

लेखनाथ नगरपालिका-२, कास्की निवासी ३१ वषर्ीय पौडेलले भन्नुभयो, वि.सं. २०५४ सालमा पोखराकै निखिल आयुर्वेदिक विद्यालयबाट आयुर्वेद शिक्षा पूरा गरेपछि विषालु सर्प टोकेपछि उपचारसम्बन्धी अनुसन्धान सुरु गरेर चार वर्षपछि औषधि पत्ता लगाए ।

अहिले प्रयोग भइरहेको कानुनी वैधता पाएको औषधि 'एन्टिस्नेक भेनम्'को तुलनामा आफूले पत्ता लगाएको औषधि निकै सस्तो रहेको र जस्तोसुकै विषालु सर्पले टोकेको बिरामीको उपचार एक रुपियाामा हुने उहााको दाबी छ ।

उपचार गर्दा लाग्ने पट्ट िर सामग्री बिरामी आफैले ल्याउनुपर्छ । बिरामीले औषधि प्रयोग गरेबापत एक रुपियााभन्दा बढी तिर्नुपर्दैन, कविराज पौडेलले भन्नुभयो, बजारमा प्रचलित एन्टिस्नेक भेनम् प्रयोग गर्न पहिले कुन सर्पले टोकेको हो पत्ता लगाउनुपर्छ । अनि मात्र त्यसको प्रयोग गर्न सकिन्छ ।

जबकी मैले पत्ता लगाएको एउटै औषधिले गोमन्, करेत, हरेउ र बिच्छीले टोकेका बिरामीलाई काम गर्छ । अनुसन्धानको सिलसिलामा सिन्धुली, बारा, रौतहट र नवलपरासीमा गरी सय जनाभन्दा बढी विषालु सर्पले टोकेका बिरामीलाई कविराज पौडेलले आफूले पत्ता लगाएको औषधि प्रयोग गरी उपचार गरेर निको बनाई सक्नुभएको छ । गत साउन महिनामा सिन्धुलीमा आएपछि यही मात्र ४० जना त्यस्ता बिरामीको उपचार गरिसकेा, उहााले भन्नुभयो ।

मैले पत्ता लगाएको औषधिलाई कानुनी मान्यता दिलाउन रोनास्ट र डब्लुएचओ -विश्व स्वास्थ्य सङ्गठन) दुबै ठाउामा गए । देशमै उच्च तहमा पुगेका कुनै नेतालाई पनि भेट्न बााकी राखिन । तर कतैबाट कुनै सहयोग पाइना, उहााले आˆनो दुःखेसो पोख्नुभयो । मैले ठगेको छु कि लुटेको छु, अहिलेसम्म राज्य खोज्न आएको छैन । म त्यही ठाउामा जाादा न त वास्ता छ ?, कविराज पौडेलको भनाइ थियो ।

No comments:

Post a Comment