Tuesday, December 14, 2010

एक घण्टा लोडसेडिङ घट्नुको रहस्य के हो ?

डिल्ली पौड्याल-

देशमा चरम उर्जा सङ्कट भएर हाहाकार भएको बेला नघटेको लोडसेडिङ जावो १६ मेगावाट उत्पादनले १ घण्टा घट्ने गरी जलस्रोतमा त्यस्तो केही उल्लेख्य परिवर्तन आएको छैन। न त वर्षा नै भएको छ। वर्षा नभई खोलानालामा पानीको बहाव बढेको पनि छैन। मधेस सम्झौता सँगसँगै खुलेका उद्योगसँगै दैनिक १ घण्टा लोडसेडिङ घट्ने अवस्था आउनु आफैंमा विरोधाभाषपूर्ण छ। यसले अराजक सञ्जाल कतातिरसम्म फैलिएको छ भन्ने संकेत दिन्छ। यस परिदृश्यले प्राधिकरणको हालको लोडसेडिङ बदनियतपूर्ण र कृत्रिम हो भन्ने देखाउँछ।

आज अर्थात् फागुन १९ गतेदेखि नेपाल विद्युत् प्राधिकरणले साताको ६ घण्टा लोडसेडिङ घटाएको छ। यसअघि फेब्रुअरी १ तारिखदेखि दिनको आठ घण्टा लोडसेडिङ हुँदै आएको थियो।

अत्यधिक विद्युत् खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका यथावत् राखेको छ। तर राति १२ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दैआएको लोडसेडिङ भने पूर्ण रूपमा हटाइएको छ। त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घण्टा कटौती भएको छ। आजदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ। बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदैआएको लोडसेडिङ १२ बजेसम्म कायम हुनेछ।

मधेस नाकाबन्दीसँगै उब्जेको अत्याधिक उर्जा सङ्कटको बेला जुनबेला मान्छेले मट्टितेल, ग्याँस लगायत कुनै वैकल्पिक उर्जा पाउन सकेका थिएनन्, त्यतिबेला प्राधिकरणले लोडसेडिङ घटाएन। यो बन्दको समयमा विद्युत अत्याधिक खपत गर्ने उद्योगहरु बन्द थिए। ३२ मेगावाट क्षमताको कुलेखानी दोस्रोको एउटा टर्वाइन बिग्रिएको र मर्मतको क्रममा अर्कोबाट पनि पानी चुहिएकोले बन्द गर्नुपरेको तर्क सहित ३२ मेगावाट क्षमता घटेको प्राधिकरणले बताएको थियो ।

३२ मध्ये अहिले १६ मेगावाट बनेको छ र उत्पादन शुरु गरिएको छ । यसैसँगै लोडसेडिङ दैनिक १ घण्टा घटेको छ । यस तर्कले दिने गणितीय हिसाबमा नेपाललाई दैनिक एक घण्टालाई १६ मेगावाट अर्थात १६X२४=३८४ मेघावाट भयो भने पुग्छ भन्ने हो । त्यसो हो भने नेपालमा १४४ मेघावाटको कालिगण्डकी, ६० को खिम्ती ६० को कुलेखानी पहिलो, ६९ को मर्स्याङ्दी, त्रिशुली २१, देवीघाट १४, गण्डक १५, भोटेकोशी ३६, मोदी १४, झिम्रुक १२, सुनकोशी १०, पुवाखोला ६ दशमलब २, चिलिमे २० बाँकि अरु चानचुनलाई छोड्दै गन्दा कूल उत्पादन कति हुन्छ ? ४८५ मेगावाट अहिले पनि उत्पादन छ । त्यसमा डिजेल प्लान्ट र आँधिखोला, इन्द्रावति, पिलुवा, सुनकोशी (निजी), चाकु, कुलेखानी दोस्रो जस्ता उत्पादन तथा कैयौं लघु जलविद्युत उत्पादन जोडिएको छैन ।

ठूला उद्योग कलकारखाना नचल्दा विद्युत खपत निश्चय नै घटेको हुनुपर्छ जसले लोडसेडिङ घटाउन पुग्थ्यो वा नगर्दै पनि हुने थियो। देशमा चरम उर्जा सङ्कट भएर हाहाकार भएको बेला नघटेको लोडसेडिङ जावो १६ मेगावाट उत्पादनले १ घण्टा घट्ने गरी जलस्रोतमा त्यस्तो केही उल्लेख्य परिवर्तन आएको छैन। न त वर्षा नै भएको छ। वर्षा नभई खोलानालामा पानीको बहाव बढेको पनि छैन। मधेस सम्झौता सँगसँगै खुलेका उद्योगसँगै दैनिक १ घण्टा लोडसेडिङ घट्ने अवस्था आउनु आफैंमा विरोधाभाषपूर्ण छ। यसले अराजक सञ्जाल कतातिरसम्म फैलिएको छ भन्ने संकेत दिन्छ। यस परिदृश्यले प्राधिकरणको हालको लोडसेडिङ बदनियतपूर्ण र कृत्रिम हो भन्ने देखाउँछ। उर्जाको चरम सङ्कट आउँदा राज्य नियन्त्रित संसाधनलाई पूर्ण क्षमतामा चलाएर भए पनि वैकल्पिक स्रोत उपलब्ध गराउनु राज्यको दायित्व हो। तर यो भएको पाइएन। या त प्राधिकरण पुरानै भूतले अहिलेसम्म चलाइरहेको छ जो उर्जाको हाहाकार तुल्याएर आफ्नो अभिष्ट पूरा गर्न कम्मर कसेर लागेको छ वा वर्तमान सरकारको कुनै घटक वा मन्त्री अदृश्यरुपमा त्यस तत्वलाई सघाइरहेको छ।

No comments:

Post a Comment