Tuesday, December 14, 2010

कुबेत आउने नेपालीहरुले आफ्नो भिसा सक्कली हो की नक्कली नेपालबाट सिधै हेर्न मिल्ने

आर.बी.बुढाथोकी”गाउले”(कुबेत)
२७/०६/२०१०,कुबेतमा दुताबास खुलेपछी दिनानु दिन नेपलीहरुको समस्याहरु ओइरिन थाले पछि दुताबासले नयाँ आउने नेपालीहरुको सुरक्षा र शुबिधाका लागि बिशेष नियमहरु लागु गरेको छ। क्रित्ते कागज पत्रमा नेपालबाट कुबेत उड्न हतारिने नेपालीहरु भोली के परिणाम हुन्छ जो कसैले सोच्दैनन त्यसको गलत नतिजा अस्ति कुवेतको विमानस्थल अध्यागमन कार्यालयले ५ जना महिला कामदार सिधै नेपाल पर्काइ दिए पछि एक पटक सबै झस्केका छन। म्यान पावर तथा एजेन्टहरुको लसैला कुराको लह लहैमा लागेर प्रति ब्यक्ति ४५ हजार खर्च गरेर आएका बाहिर निस्कन नपाउदै पर्कनु पर्दा अब भने सोच बिचार पुर्याएर आफ्नो भुमी छोड्नु पर्ने रहेछ भन्ने चेतना उनिहरुमा आएपछी ढिलै भए पनि घैटोमा घाम लागेको छ। दुताबासले जारी गरेको आबश्याक कागज पत्रको बेवास्ता गर्दा यस्ता नेपालीहरु बेखबर भएर फर्कन्ने क्रम दिनानु दिन बड्दै गए पछि दुताबाले नयाँ उपाए खोजेको छ। यदि तपाईंको कुबेतबाट जारी गरिएको भिसा सक्कल्ली हो या नक्कली त्यो अब दुताबासको आफ्नै वेब साइडबाट सजिलै हेर्न सकिने छ,तपाइले नेपाल बसीबसी यो कुराको जानकारी पाउनु खुशीको कुरा हो मात्र तपाईंले कम्प्युटर खोलेर दुताबासको साइड http://kuwait.mofa.gov.np टाइप गर्नुस् र services (सेवाहरू) हेर्नुहोस्, त्यस अन्तर्गत कागजात प्रमाणिकरण भन्ने शीर्षक हेर्नुहोस्, जसमा कुवेत आउन खोज्ने कामदारहरूको वारेमा जानकारी पाउन सक्नुहुनेछ,तपाइको नाम भए मात्र कुवेत आउनुहोस यदि तपाईंको नाम भेट्नु नभएमा केही समय कुर्नुस र अन्तत नभेटिएमा तपाईंलाई पठाएँको भिसा नक्कली भनेर सम्झनुस वा तपाईंलाइ कुनै पनि जानकारी चाहिएमा नेपाली दुतावासको इमेल ठेगाना kuwait@mofa.gov.np मा सोधेर पठाउन सक्नु हुने छ यसको जबाफ तपाईंले पाउनुहुने छ अधिक जानकारीको लागि दुताबासको टेली फोन नम्बरहरु ००९६५ २५२४३२५४,२५२४३२५७ मा आइतवार नेपालको समय अनुसार १२ बजेदेखि वेलुका ६.३० बजेसम्म सिधै फोन गर्न सक्नुहुने कुरा पनि दुताबासले जानकारी गराएको छ।
जुनसुकै कागजजात बनाउदा छिटो हुने लोभले पैसा तेरेर अरुलाई बनाउन दिनाले केही न केही गल्ती अबस्या देखिन्छ जसको कारणले गर्दा कत्ति नेपालीहरु मिठो सपना गुनेर आफ्नो भुमी छोडे पनि अरुको भुमिमा बेखबर भएर फर्कनु परेको तितो सत्य कसैका सामु छुपेको छैन। त्यसैले केही ज्यादा समय लागे पनि कानुनी प्रक्रिया पुर्याएर गरेको कामले तपाईंलाई कहिल्यै पछुत्याउने छैन अत अहीलेको सन्धर्बमा दुताबासले सबैको भलो र दिर्घ कालिनका लागि लागु गरेको नियमहरुलाई इज्जतसाथ अङिकार गरेमा तपाईंले पनि इज्जतसाथ अरुकै भुमीमै भए पनि शिर ठडाएर जिउन पाउनु हुने छ। कुबेतमा दुताबास खुलेको छ सबै समस्याहरु दुताबासले सुल्झ्याउछ भनेर हेलचक्र्याइ गर्नाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम होइन र ?? उधाहरनका लागि हालसालै दुताबासले प्रमानिकरण गरेका नाम लिस्ट तल दिएको छ यसरी तपाईंको नाम भेटिएमा मात्र उड्ने तर्खर गर्नुस नत्र………………..
भिषा २० अन्तर्गत कुवेतमा काम गर्न आउने कामदारहरूको कागजात प्रमाणिकरण
सि नं कामदारको नाम र ठेगाना राहदानी नं दर्ता नं मिति सर्टिफिकेट नं तलव (कुवेती दिनार) गर्नुपर्ने काम लिङ्क
१. हिमा कार्की, ज्यामिरगढी-८, झापा २६५३७८० 126, 23.6.2010 PPADH/2009/37/001 55 घरायसी
२. खिला श्रेष्ठ, सिद्धेश्वर-६, भोजपुर ३१६२४४७ 129.24.6.2010 PPADH/2009/37/003 50 घरायसी

No comments:

Post a Comment