Thursday, June 13, 2019

सरकारले ४० वटा शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने

http://www.malpotkhabar.com/2019/04/07/8147/?fbclid=IwAR3M8CwmBWIBiCxtKrjxiydhxOr7lWvhLY2_vRlZgWi9s2V-4i90l2nDtk0

सरकारले ४० वटा शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने

मालपोत खबर आइत, चैत्र २४, २०७५
सरकारले ४० वटा शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको छ । आधुनिक सुविधाले सम्पन्न स्मार्ट सिटीमा विभिन्न मनोरन्जनात्मक सेवा तथा सुविधाहरु पनि हुनेछन् ।
व्यवस्थित आवासलाई मध्यनजर गर्दै सरकारले देशका विभिन्न शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न लागेको हो ।
कतिपय शहरहरुको डीपीआरको काम भइसकेको छ भने कतिपय शहरहरुको पहिचान मात्रै भएको छ । पर्याप्त बजेटको अभावमा शहरी विकास मन्त्रालयले सबै स्मार्ट सिटीको कामा एकैपटक अघि बढाउन नसकेको हो ।
मन्त्रालयले चरणवद्धरुपमा स्मार्ट सिटीको कामलाई अघि बढाउने योजना बनाएर काम गरिरहेको छ ।
स्मार्ट सिटीमा आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन पार्क, खुल्ला क्षेत्र, बगैँचा, खेलकुद मैदान, व्यवस्थति शौचालय लगायतका सुविधाहरु हुनेछन् ।
United Cement
शहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा रुपन्देहीको लुम्बिनी स्मार्ट सीटी, गोरखाको पालुङटार र बाराको निजगढ स्मार्ट सीटी बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ ।
त्यस्तै, दोश्रो चरणमामा धनकुटा बजार, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेको काभ्रे उपत्यका, चितवनको भरतपुर, स्याङजाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी र कैलालीको टिकापुरलाई स्मार्ट सिटी बनाइने छ ।
त्यसैगरी, मध्यपहाडी लोकमार्गमा पर्ने १२ वटा नयाँ शहर निर्माणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गको अवधारणासँगै लोकमार्गमा पर्ने विभिन्न स्थानमा सुविधा सम्पन्न शहरको विकास गर्ने सरकारको एक दशक अघिको घोषणा थियो ।
मध्य पहाडी लोकमार्गमा पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे–भन्सार, बाग्लुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम–कर्णाली, अछामको साँफेबगर, बैतडीको पाटन, सुर्खेतको भेरिगंगा र प्युठानको भिंग्री नयाँ शहर निर्माण भइरहेको छ ।
त्यसैगरी, तराईको हुलाकी लोकमार्गमा झापादेखि कञ्चनपुरसम्म १० वटा नयाँ शहरको अध्ययन धमाधम भइरहेको मन्त्रालयले जनाएकोछ ।
झापामा गौरीगञ्ज, मोरङमा रंगेली नयाँ शहर, महोत्तरीमा मनरा नयाँ शहर, रौतहटमा मौलापुर नयाँ शहर, सर्लाहीमा ब्रम्हपुर नयाँ शहर, बारामा गढीमाई नयाँ शहर, नवलपरासीमा बर्दघाट नयाँ शहर, बर्र्दियामा राजापुर, कैलालीमा भजनी र कञ्चनपुरमा बेलैरीलाई स्मार्ट सिटी बनाइनेछ ।
मन्त्रालयका अनुसार तराईका बिभिन्न जिल्लामा थप ५ स्मार्ट सिटी बनाइनेछ । सप्तरीको शम्भुनाथ नयाँ शहर, महोत्तरीको बलवा नयाँ शहर, सर्लाहीको इश्वरपुर नयाँ शहर, रौतहटको कटहरिया नयाँ शहर र दाङमा गढवा हुन् ।
मन्त्रालयले चालू आर्थिक वर्षका लागि नयाँ शहर तथा स्मार्ट सिटीका लागि २ खर्ब बजेट बिनियोजन गरेको थियो ।

No comments:

Post a Comment