Thursday, June 6, 2019

सामसङ टेलिभिजनमा ४४ प्रतिशतसम्म छूट, किस्ताबन्दीमा पनि किन्न सकिने

http://himalkhabar.com/news/12888

सामसङ टेलिभिजनमा ४४ प्रतिशतसम्म छूट, किस्ताबन्दीमा पनि किन्न सकिने 

सामसङ टेलिभिजनमा ४४ प्रतिशतसम्म छूट, किस्ताबन्दीमा पनि किन्न सकिने

हिमालखबर

सामसङ इलेक्ट्रोनिक्सले ‘आईसीसी वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत सामसङ टेलिभिजनका केही मोडलमा अधिकतम ४४ प्रतिशतसम्म छूट दिइएको छ । छूट टेलिभिजका मोडलअनुसार फरक हुने कम्पनीले जनाएको छ ।
१ जुनदेखि शुरु भएको अफर १५ जुलाईसम्म जारी रहने छ । एकैपटक रकम भुक्तानी गर्न नचाहनेहरुको लागि सामसङले मासिक किस्ताबन्दीमा टेलिभिजन खरीद गर्न सकिने व्यवस्था पनि गरेको छ ।
सामसङ डिजिटल प्लाजामार्फत् ग्राहकले विभिन्न ब्याङ्कको किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन् ।
सामसङले विभिन्न मोडलका स्मार्ट टिभीका साथै यूएचडी, स्मार्ट कन्सर्ट लगायतका टेलिभिजनहरु बिक्री गर्दै आइरहेको छ ।
सामसङ स्मार्ट टेलिभिजनमा यूट्यूब, नेटफ्लिक्स पनि सजिलै हेर्न सकिन्छ । त्यस्तै, स्मार्टफोनमा रहेका अन्य मल्टिमिडिया अप्सन पनि टेलिभिजनको पर्दामा हेर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालमा प्रिमियम अल्ट्रा सिलिम डिजाइनमा ४३, ४९, ५५, ६५ र ७५ इन्चका यूएचडी टेलिभिजन सेटहरु पाइने कम्पनीले जनाएको छ ।
त्यस्तै, ३२, ४३ र ४९ इन्चका ‘स्मार्ट कन्सर्ट’ मोडलका टेलिभिजन उपलब्ध छन् । यसमा उत्कृष्ट अडियो क्यालिटी रहेको कम्पनीको दाबी छ । स्मार्ट कन्सर्ट मोडलका टेलिभिजनले ‘होम थियटर’ को आवश्यकता पुरा गर्ने सामसङ इलेक्ट्रोनिक्सको भनाइ छ ।
सामसङका सबै मोडलमा उत्कृट पिक्चर क्यालिटी, अपडेटेड आफ्नै टाइजन भर्सन, उत्कृष्ट सराउण्डिङ अडियो लगायतका विशेषता छन् । टाइजन ‘यूजर फ्रेण्डली’ रहेको कम्पनीको दाबी छ ।
सामसङका विभिन्न मोडलका टेलिभिजनमध्ये २४ इन्चको एलईडी टेलिभिजनको मूल्य अफरसहित १९ हजार ५०० तोकिएको छ । उक्त टेलिभिजनको मूल्य यसअघि २४ हजार ४९० थियो ।
त्यसैगरी मासिक ५३ हजार ३९० किस्ताबन्दीमा क्यूलेड टेलिभिजन खरीद गर्न सकिनेछ । यसको मूल्य पाँच लाख ४६ हजार ७५० तोकिएको छ । अफर अघि यसको मूल्य सात लाख ८९ हजार ९९० थियो ।
कम्पनीले प्रिमियम यूएचडी मोडलमा पनि भारी छूट दिएको छ । ६ लाख ९९ हजार ९९० रुपैयाँ रहेको यसको मूल्य आईसीसी वल्र्डकप अफर अन्तर्गत चार लाख ८६ हजार तोकिएको छ ।
यो टेलिभिजन किस्ताबन्दीमा खरीद गर्न चाहनेले मासिक ४७ हजार २९० तिनुपर्नेछ ।
किस्ताबन्दी सामसङ प्लाजामार्फत विभिन्न ब्याङ्कले एक वर्षको लागि गर्नेछन् ।
वारेन्टी तथा गुणस्तरीय टेलिभिजनका लागि सामसङ प्लाजा र आधिकारिक डिलरबाट बिल सहित खरीद गर्न कम्पनीले आग्रह गरेको छ ।
सामसङ छिट्टै ‘आर सिरिज’ मोडलका नयाँ टेलिभिजन सार्वजनिक गर्ने तयारीमा छ ।

प्रतिकृया दिनुहोस

 

No comments:

Post a Comment