प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
डा. ललित कुमार मिश्रकाठमाडौँ
— हुन त ईनफर्टीलिटी अर्थात बांझोपना हुनुका धेरै कारणहरु हुन सक्छन् ।
कुनै एक कारणले मात्र बांझोपन हुँदैन । महिला र पुरुष दुबैमा हुने
जानेन्द्रिय सम्बन्धि समस्याका कारण बाँझोपन हुनसक्छ ।
गर्भधारण
गरि सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन। पुरुष
पनि यसको लागि जिम्मेवार हुन्छन्। यस अर्थमा दुबैजनाले आ-आफ्नो स्वास्थ्य
बेलैमा जाँच गराई कारण पहिल्याउनु पर्दछ।
के हो
बाँझोपन : महिलामा मासिकधर्म ( रजश्वला) को शुरुवात भएपछि र पुरुषमा विर्य
उत्पादन हुन थालेपछि, यि दुवैको संयुक्त मेलबाट सन्तान जन्मिन सक्छ। तर
बैवाहिक जीवन पश्चात एकवर्षसम्म नियमित रुपले यौन सम्पर्क गर्दा पनि बच्चा
भएन भने बाँझोपनको शंका रहन्छ। महिलाको यस अवस्थालाई बाँझोपन भनिन्छ।
कारण
: बाँझोपन पुरुष वा महिला दुबैको कारणले हुने संभावना रहन्छ। जस्तै,
पुरुषमा विर्य उत्पादन कम हुनु वा नहुनु। लागु पदार्थको अत्याधिक सेवन
गर्नु। यौन सम्पर्क गर्दा एकपटकमा करिब दुई एमएल जति पुरुषको विर्य स्खलन
हुन्छ। त्यो भन्दा विर्यको मात्रा कम निस्काशन भएमा। एउटा स्वस्थ्य
ब्यक्तिको बिर्यमा शुक्राणुको सख्या सामान्यत चार करोड देखि दश करोड हुन्छ।
सो संख्यामा कमि देखिएमा। यस्तै कुल शुक्राणु मध्ये ३५% प्रतिशत जति
शुक्राणुको बनावट गर्भाधान हुने योग्य हुन्छन्। यदि सो भन्दा शुक्राणुको
पर्सेन्टेज कम देखिएमा समस्या देखिन्छ। महिलाको कारणले यदि यो समस्या आएको
रहेछ भने। महिलाको परीक्षण गर्दा देखिने अवस्था यस्तो हुन सक्छ, महिलाको
प्रजनन् अंग पुर्णरुपले बिकशित नहुनु। फोलिपियन ट्युब (डिम्बबाहिनी नली) मा
अबरोध हुनु। पाठे घरमा घाउ हुनु। श्वेतप्रदर (ल्युकोरिया), गर्भाशय ग्रिवा
शोथ, डिम्बाशयमा सिष्ट हुनु। डिम्ब निस्काशन नहुनु। थायरायड ग्रन्थिको
हार्मोन्समा गडबडि देखिनु। शारीरिक एवं मानसिक तनाव हुनु। आदि कुराहरुलाई
कारण को रुपमा लिनसकिन्छ।
लक्षण : अनियमित रुपले
महिनाबारी हुनु। महिनावारी हुने बेलामा तल्लोपेट तथा कम्मर धेरै दुख्नु।
रगत कालो ढिक्का – ढिक्का जम्मेको आउनु। कपडामा दाग लाग्नु, धुँदापनि दाग
नजानु। श्वेतप्रदर (यौनिबाट सेतोपानी) बराबर बगिरहनु। यौन सम्पर्क गर्दा
अत्यधिक पिडा हुनु। यौन क्रियाकलापमा रुची नहुनु वा घटेर जानु। लामो
समयदेखि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु। पटक-पटक क्युरेट गराई
गर्भपात गराउनु। महिनावारी रोकने खालको औषधिको प्रयोग बढिमात्रामा गर्नु।
शरीरको तौल आवश्यकता भन्दा बढि हुनु।
बाँझोपनको
प्रकार : महिलाहरुमा देखिने बाझोपन प्राय गरी तीन प्रकारका हुन्छन्। पहिलो,
आदि बन्ध्यत्व अर्थात त्यो महिला जो आफ्नो पुरै जीवनमा कहिले पनि गर्भधारण
गर्न सकिनन्। यसलाइ प्राईमरी स्टेरेलिटी भनिन्छ। दोश्रो, एउटा सन्तानलाई
जन्म दिएपछि कुनैपनि कारणवशले गर्दा फेरी गर्भधारण गर्न नसक्नु। एउटा
सन्तान जन्मिसकेपछि त्यस महिलालाई बाँझोपन भन्न मिल्दैन। तर यस्ता महिलालाई
वन चाईल्ड स्टेरेलिटी भनिन्छ। तेश्रो, यसमा महिलामा गर्भधारण त हुन्छ तर
गर्भकालको समय पुरा हुनु भन्दा अगाडि नै गर्भस्राव या गर्भपात भईहाल्छ।
यसलाई रिलेटिक स्टेरेलिटि भनिन्छ। यसप्रकारको बाझोपनलाई दुईभागमा बाँडन
सकिन्छ। एक त पुर्णरुपले नै बाँझोपन हुन जसको कुनै उपचार नै छैन। अर्को
हुन्छ अपुर्ण बाझोपन, जसलाई उचित औषधोपचारद्वारा समस्यालाई निको पार्न
सकियोस।
होमियोप्याथिक उपचार : हुन त बाझोपनको
उपचार हेतु बिभिन्न बिधिहरु छन्। यहाँ होमियोप्याथिक औषधोपचार बारे मात्र
संक्षिप्तमा उल्लेख गरिएको छ। बाँझोपनका उपचारमा रोगीको मानसिक एवं शारीरिक
लक्षणहरुको आधारमा सफलतापुर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन।
(१) सिपिया – ३०/ शक्ति–गर्भाशयसंग सम्बन्धित रोग एवं बाँझोपनको लागि यो
मुख्य औषधि हो। बिहान र बेलुकी दुईपटक यसको सेवन गर्दा लाभदायक हुन्छ।
(२)
प्लेटिना – ३०/ शक्ति – महिनावारी अनियमित हुनु, तिब्र कामवासनाको प्रवृति
हुनु, अत्यन्त संवेदनशिल र भावुक स्वभावको हुनु, हिस्टिया रोगको लक्षण
हुनु। यस किसिमको लक्षणमा यसको प्रयोग उपयोगो हुन्छ।
(३) थ्लेपसि वर्सा
पेस्टोरिस –क्यू (मदर टिन्चर) महिनावारी को अलावा अरु समयमा पनि रक्तस्राव
हुनु, बढि मात्रामा हुनु, रगतको दाग धुँदापनि नजानु , स्राव हुने समय दर्द
हुनु आदि लक्षण भएको महिलालाई यस औषधिको मुलअर्क बिहान–बेलुकि दुई चम्चा
पानीमा चार/पाँच थोपा हालेर सेवन गर्दा फाईदा हुनुका साथै
यसबाट गर्भाधान
हुने संभावना बढिरहन्छ। यस बाहेक प्रयोग हुने औषधिहरुमा पल्सेटिला ,
कल्केरिया कार्ब, कोनियम, नेट्रम म्युर, बोरेक्स, मेडोरिनम, कालिफोस,
कल्करिया फ्लोर, लकेसिस, आरम मेट, नेटृम कार्ब, औभाटोस्टा, थायरायडिनम,
फासफोरस, फेम मेटालिकम आदि छन्।
उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिक रहेको चिकित्सकसंग सल्लाह लिई प्रयोग गर्दा उपतुक्त हुन्छ।
No comments:
Post a Comment