Monday, January 11, 2010

नदी आसपासको जमिनलाई बहुउपयोगी बनाइनेः खाण

दुर्गालाल केसी
दाङ, २०६६ पुस २० - सिंचाइ मन्त्री वालकृष्ण खाणले देशभरका १० वटा नदीमा तटबन्ध गरी नदी आसपासको जमिनलाई बहुउपयोगी बनाइने बताएका छन् । नदीको कटानले गर्दा हजारौं हेक्टर जमिन खेर गइरहेकाले त्यसलाई अब छिट्टै व्यवस्थित गरी उपयोगी बनाउने कार्य थालिने उनले बताए । जनताको तटवन्ध कार्यक्रम अन्तर्गत फिल्ड कार्यालय देउखुरीको सोमबार लमहीमा उद्घाटन गर्दै मन्त्री खाणले नदी तटबन्धनका लागि अहिले १ अर्ब रुपैया छुट्याएको र यसलाई निरन्तरता दिन १० अर्ब रकम पुर्‍याइने जानकारी दिए । उनले राप्ती नदीमा तटबन्ध निर्माणका लागि मात्रै १५ करोड रुपैया वजेट छुट्याइएको जानकारी दिए । पश्चिम राप्ती नियन्त्रण गर्दा दाङ र बााकेमा फाइदा पुग्छ । तटबन्ध गरी आउने जमिनमा स्थानियबासीको अधिकार स्थापित गरिने पनि उनले बताए । दाङमा बड्कापथ र दंगाली छाप सिंचाई योजना ल्याउन लागेको पनि उनले जानकारी दिए । यसैगरी प्युठानको माडी नदीबाट दाङ उपत्यकालाई सिंचित गर्ने योजनाका लागि कार्ययोजना बनाउने कार्य प्रारम्भ भैसकेको उल्लेख गर्दै उनले योजना सम्पन्न भए दाङमा बाझो जमिन नरहने दावी गरे । मन्त्री खााणले अबको ६ महिनाभित्र तराईमा ७ हजार बढी स्यालो ट्युबेल बनाइने बताए । जमीनमुनीको पानीमाथि जनताको स्वामित्व स्थापित गर्न पानी निस्कन सक्ने हरेक ठाउामा ट्युवेल गाडिने उनले जानकारी दिए । सिंचाइको अभावमा खेति रोकीने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनको भनाइ थियो । तराईका खेतीयोग्य जमीनमा सिंचाईं पुर्‍याउन सरकारले उपलब्ध नदीनालाको पानी सदुपयोग गर्न विशेष कार्यक्रम ल्याउन थालेको पनि मन्त्री खाणले जानकारी दिए ।

No comments:

Post a Comment