Monday, May 27, 2019

प्रतिबन्धित भारतीय खानेतेलको बिगबिगी

http://www.abhiyan.com.np/?p=345077
प्रदेश समाचार, प्रदेश-सुदूरपश्चिम

प्रतिबन्धित भारतीय खानेतेलको बिगबिगी

प्रतिबन्धित भारतीय खानेतेलको बिगबिगी
The following two tabs change content below.
नेपालगञ्ज । नेपालमा भारतीय खानेतेल प्रतिबन्धित भए पनि नेपालगञ्ज बजारमा यसको खुलेआम विक्री हुँदै आएको छ । भारतीय खानेतेल नेपाली बजारमा अवैध रूपमा विक्रीवितरण हुन थालेपछि आर्थिक वर्ष २०७४/७५ देखि सरकारले नै यसमा प्रतिबन्ध लगाएको हो । तर नेपालगञ्ज भन्सार हुँदै परीक्षण र चेकजाँच विना यसको अवैध पैठारी भइरहेको छ ।
भारतीय ब्रान्डका चक्र, तुलसी, जय भारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फर्च्युन, तड्का लगायत खानेतेल बजारमा देखिएका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करहरूले ठूलो मात्रामा अखाद्य भारतीय ब्रान्डका तेल नेपाल भित्र्याउन थालेका छन् ।
नेपालगञ्जका किराना व्यवसायी प्रदीप वर्माका अनुसार सामान बोक्ने (क्यारिङ) व्यक्तिलाई तस्करहरूले प्रतिलिटर रू. १० का दरले दिने गरेका छन् । ‘दैनिक करीब २ हजार लिटरसम्म अखाद्य तेल अवैध रूपमा नेपाल भित्रिरहेको छ,’ उनले भने । भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका कपडा व्यवसायी सुमित चौरसियाले बताए ।
भारतबाट भित्रिने खानेतेलमा अत्यधिक मिसावट हुने गरेकाले प्रशासनले यसको अवैध पैठारी तत्काल रोक्नुपर्नेमा बाँके नेपालगञ्ज–१ का विश्वप्रकाश शर्माले जोड दिए ।
प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । ‘खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले भारतीय खानेतेल ल्याएर विक्रीवितरण गर्दा नेपालका तेल उद्योग समस्यामा परेका परे,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने । सस्तो मूल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको विक्री घटेको छ ।
गुणस्तरहीन भारतीय खानेतेल आयातमा लगाइएको प्रतिबन्ध कडा बनाउनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायाले बताइन् । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने खानेतेलको चेकजाँचका लागि प्रविधि र आफूहरूलाई त्यसको अधिकार पनि नभएको बताए ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल भित्रिनु गम्भीर विषय भएको बताउँदै यसको आयातमा पूर्णरूपमा रोक लगाइने प्रतिबद्धता व्यक्त गरे ।


No comments:

Post a Comment